[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शृंखला

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 97571 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 07-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 


 
Posted on 08-20-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wahh ... harek shabda dohorai teherai padhna man lagney..yo last part ho kyare  sabai bhanda ramro lagyo. 

जिन्दगीको रापमा कुनै बेला तप्त हुँदा उस्को स्पर्शले मलाई राहत त दिन्थ्यो तर उस्लाई देख्न सक्थें न...........

सूर्य उदाउँदा पूर्बी अस्ताउँदा पश्चिम आकासमा रंग उस्तै हुन्छ --एउटा गहीरीँदै जान्छ अर्को धमिलिंदै। .........

awesome!


 
Posted on 08-20-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>संगत त्यस्तै उस्तै भएर मात्रै नत्र त जमानामै जेन्टिलम्यान भैसक्थें म -- <<< 

yo chahi bharkhari dekhey

rithe LOL 'Thanks for Foodre  sachai tyasai bhanya ho ta क्षितिज le  ? 


 
Posted on 08-20-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप गुरु
मेरो  झुकी झुकी प्रणाम  तपाई लाई।


 
Posted on 08-20-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep guru

mero jhuki jhuki pranam tapai lai.


 
Posted on 08-20-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha  'Thanks for Foodre ... ritthe ko experience bolya ho?

<<कस्तो हाई हाई हो यो? भारत तिर ताली बजाउँदै गर्ने त होईन त? >>


 
Posted on 08-20-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, कस्तो मनै रुवाउने कथा लेखानी भएको। निशब्दै भएँ म त।    

 
Posted on 08-20-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep guru

mero jhuki jhuki pranam tapai lai.


 
Posted on 08-20-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्ती कडा गयो प्रभो मन बिचलित भयो
अल्लारे दिप बाट सुरु भई पाको दिप को समाप्ती गजब छ्।
लास्ट को सुर्य उदाउदा र अस्ताउदा को गाढिदै र धमिलिदै गएको क्षितिज को रङ वाह प्रभो वाह
मन भित्र को बादल,भुमरी,अनी छिट्टा हरु ....
"मन्दिर त अहिले पनि छ तर जस्को मन्दिर हो यो उ अब छैन यहाँ...."
सारै गरौङ, प्रत्यक शब्द मा तेत्तिकै वजन छ् प्रभो,उचाल्न गाह्रो दुई तीन फेरी गरी उचाल्नु पर्ने 

 शृंखला बन्द हुन्जेलसम्म त मन नै गर्हुङो भयो प्रभो

अब के लेर आउँदै हो प्रभो ?


 
Posted on 08-20-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सूर्य उदाउँदा पूर्बी अस्ताउँदा पश्चिम आकासमा रंग उस्तै हुन्छ --एउटा गहीरीँदै जान्छ अर्को धमिलिंदै"----मन छोयो यो वाक्यले

हुन पनि हो शब्द शब्दमा जादु छ दीप को। यो भाग पनि त्यस्तै मन छुने रहेछ।


 
Posted on 08-20-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति राम्रो कथा, अति राम्रो प्रस्तुति,

दीप को दीप पात्रभित्र आफै हराउने, गज्जब छ ल ।

एउटा कुरो चै खड्किरह्यो । दीप र क्षितिज कसरी छुटिए ? निकै बर्षसम्म छुटिदा पनि उस्तै प्रेम उस्तै आकर्षण, त्यो बीचमा एकले अर्कालाइ खोज्न किन नखोज्या होला ? - ओ पिया पिया, ओ मेरे पिया - भन्दै विछोडको बेदना गाउने  अंशहरुको बयान हुनु पर्ने जस्तो लाग्यो (खै हिन्दी फिल्मको प्रभावले पो हो कि  मलाइ त्यस्तो लागेको । कि मैले हेर्न छुटाएँ कि ?)

जे होस त्यो किताबको पहिलो पन्नामा तिनवटा शब्दको उपहार पाउनू भनेको चै ठुलै कुरा हो । जिन्दगीको त्यो मोडमा ती शब्दको उपहार हत्तपत्त पाइन्न । जस्तो लाग्छ है ।


 
Posted on 08-20-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

double post deleted

Last edited: 20-Aug-08 03:51 PM

 
Posted on 08-20-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma yo sajha blog ko naya pathak hun, ra ma praya jaso Deep ji ko yo srinkhala khoji khoji padchhu ra tyo merai katha po lekheko ho ki jasto lagchha.  Matra patraka nam haru pharak chhan tara ghatana lag bhag ustai.  Kasto ramo prastuti chha... Dhanyabad hai...hamilai yeso phurshadko belama padhne mauka pradan gareko ma.
 
Posted on 08-20-08 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 20-Aug-08 06:36 PM

 
Posted on 08-20-08 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु माने मैले दीप ब्रोलाई ! अहिले सम्म मैले जती पनि नेपाली साहित्य पढे होला, ति मध्य अती उत्क्रुस्ठ मा गुरुको कथा हरु पर्छन। कुनै जमानमा मैले नारायण वाग्ले को कफी गफ एक सास मा पढ्थे होला, अहिले फेरी त्यसरी नै पढ्न पाउदा धेरै रमाइलो लाग्यो। अझ तपाईंको कथाको परिबेश , भाषा , पात्र हरु भित्र आफ्नै बिगत लुकेको जस्तो महसुस भयो। मेरो अन्दाज , तपाईं को उमेर ३५ +- ३ बर्ष  जती हो ??? जे होस्, धेरै धेरै धन्यवाद ! गुरु,  I'm not kidding. Let's publish your collection in future.  मदन पुरस्कार त कसो दीप ब्रोको हात नपर्ला , ए गाठे।

अनी अर्को कुरा, कथाको title मैले नबुझेर हो कि कथाको गुदी अझै बाँकी भएर हो, छितिज नै राखेको भए ( नाम पनि मिल्ने, अनी guruko प्रेम पनि त छितिज मै अड्केछ नि ) ??? मात्र मेरो उत्सुक्ता ।  अरु पनि पढ्न पाउने आशामा छु।


 
Posted on 08-20-08 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मन्दिर अब अध्याँरो कहिल्यै हुँदैन--दीप नै निभ्यो भने चैं भन्न सक्दिन।".... some people have magic.... u can do anything with words.....kuna kuna chuncha mann ko tapaiko katha padhdaa.... ajhhai padham padham lageko cha... tara sayed yo katha ko aantya yehi hola jasto cha.....
 
Posted on 08-21-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'म पढ्दै थिए  शृङ्खला ,उस्ले ब्यक्त गरेका  हरेक शब्दमालाहरु  मेरो गलामा कसिदै  थिए। मेरो आवाज अबरुद्द हुदै थियो। म हैरान थिए   यो काल्पनिक कथा  नै  हो  तर किन यति  वास्तविक ?!   उस्ले लखेका तिनवटा शब्दहरुमा उस्कै चुराको बुकमार्क राखे  -- मेरो मन लालायित थियो उस्का ति मायालु पङ्तिहरुलाई अंकमाल गर्न।तर क्षितिज अब  क्षितिज मै पुगेकी थिए जस्लाई  म देख्न सक्छु तर छुन सक्दिन। मन चाहादैन थ्यो शृङ्खला बन्द गर्न तर उस्ले  शुरु गरेको नयाँ यात्राको लागी हृदय भरीको शुभकामना सहित मैले मेरो यात्रालाई विश्राम दिन चाँहे-' ( रिसानी नहोस है --हिहिहिहि)  

दिपदा,

धुत् ! कस्तो झेली रहेछ  हजुर त? माया गर्ने पाठकलाई यसरी रुवाइदिन हुन्छ

Last edited: 21-Aug-08 08:46 AM

 
Posted on 08-21-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

prabho,

hotani taniwari chhini sakechha! manai chassssssaaa bhayo.


 
Posted on 08-21-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pjna007,

मेरो लेखाईलाई भनेर छुट्ट्याईएने ती हरेक पलहरुको लागि म आभारी छु।

do_not_remember_me ,

म र मेरा लेखाई प्रति लक्षित प्रभोको उदार दृष्टीकोण प्रति म धन्य छु।

chipledhunga,

प्रोत्साहनमा प्रभोहरुले पोख्ने शब्दहरु नै मेरा लेखाईका उर्जाहरु हुन।

बिस्टे,

मेरो लेखाई सँगै उभिएर यस्को यात्रामा हौसला उकास्ने प्रभोको मनसायको म कदर गर्छु।

Dipika02 ,

मेरा शब्दहरु अनि तीनका प्रस्तुती प्रति देखाएका सबै भाबहरु प्रति म आभारी छु।

chanaa_tarkaari,

मेरो लेखाईलाई उत्साहित गर्ने प्रभो जस्ता पाठकहरु पाउनु मेरो लागि ठुलो कुरा हो।

Paradeshi,

धन्यवाद त मैले पो दिनु पर्छ त मेरा लेखाई प्रति दर्शाएको मायाको लागि। अनि दिन्छु पनि। धेरै धेरै धन्यबाद।

Trishul,

मेरो लेखाई प्रति प्रभोको बिश्वास मेरो लागि प्रोत्साहनको उर्जा हो।

swopnilcheeta,

प्रभोले मेरा लेखाईहरु पढिदीएर ती लेखाईहरुलाई लगाएको गुनको लागि म आभारी छु।

**********

मेरो साहित्य प्रतिको रुझान नै हो जस्ले मलाई सधैं साहित्यको एउटा जेहेन्दार बिद्यार्थी हुन अभिप्रेरीत गर्छ। मेरा प्रस्तुतीहरुका पाठकहरु नै मेरा लेखाईका न्यायधिसहरु  पनि हुन। म सिक्दैछु। मेरा कमजोरीहरु मैले देखेका भन्दा पनि धेरै हुन सक्छन। मेरा प्रस्तुतीहरु प्रति निगरानी राखेर पाठकहरुले मेरा कमजोरीहरु प्रति मलाई सचेत गरीदीए म अरु माझिने थिएँ।

अन्त्यमा, यो प्रस्तुती पढेर आफ्नो बिचार पोख्ने र नपोख्ने सबैलाई म हार्दिक धन्यबाद दिन चाहन्छु।

धन्यबाद।

- दीप

 

 


 
Posted on 08-21-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep here is my honest analysis.
I liked the flow of the story. How it goes from handigaon to USA and ends up where it is now. But there is some disconnection between US and Nepal; I mean how they departed when they loved each other so much. I usually like the open end stories from you in which you allow people to imagine what the end will be. but this was kind of open middle story of yours; maybe new experiment kind, but then again it was difficult to find what happened in between there. I would have liked to know what happened in between. You stopped the story in the Handigaon when Bange left you smoking in that galli; and from that I would like to connect story like how Khsitiz found you smoking ciggarate there and misunderstanding grew between you ultimately ending relationship, but then again the deep feelings you show between you and Kshitiz doesn't let me believe in that story. I am sure there are more than me who wants to know what happened in between.
For rest of story, nobody can beat you in selection of words and explanation of the events. You win hands down on any story teller; and you are totaly world class on them. I read a lot; and when i say lot I mean lot, and you are among few of writers who put image in my mind, with the words, sentences and events.
Thanks for providing such a world class story Deep; and surely I would love to see you published, I would buy your book- hard bound edition, whenever it is published, just let me know; And yeah I would want your signature on it.
P.S.- It would be nice to read what bange is doing in his padoo these days!!


 
Posted on 08-21-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I got an opportunity to read it this morning...still thinking if they could be together....I cannot imaging how it will be to live with different ppl whom you don’t love.

Great presentation of words.

 

Nepali Thita


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters