[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शृंखला

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 96880 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 07-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 


 
Posted on 08-14-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जस्को आराधना गर्थें , उसैको दर्शनलाई कसरी नाईँ भन्न सक्थें?

लौ हेर धर्मसंकट। ल ल अघि बढम् झट्टै।   

 
Posted on 08-14-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 दिपदा,

 क्या दामी कथा हाल्नु भा ---मेरो चै स्पन्दन नै बन्द हुनलाथ्यो --गला नै अबरुद्द हुनलाथ्यो  --कथा पढ्दा पढ्दै रोईदिम  कि क्या हो-- 

Last edited: 14-Aug-08 01:46 PM

 
Posted on 08-14-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaam paayen prabbhu balla talla! Hajur ko katha padhne!! Yo bhanda thulo kaam k huna sakchha!!
 
Posted on 08-14-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Bro

What a story. Surwaat  ma tapai ko trademark humor wala jasto story  achanak serious banna pugyo. Ek ek sabda haru gahan chhan. Deep bro milchha bhane ali lamo lekhau ho. Hunata tapai ko story jati lamo bhaya pani chhoto lagchha. Lekhai ani saili nai ramro bhayara hola.


 
Posted on 08-14-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--अनि सुन्तला रंगको सारी त्यस्कै जोडा पहिरन अनि श्रींगारमा क्षितिज पूर्बी आकासमा सूर्योदय अघिको आभा झै मेरो अघि उभिई------उस्ले परेली उठाएर तिर हेर्दा समय स्थिर भएको थ्यो। अधरमा उही न्यानो मुस्कान थ्यो।---

wow that's beautiful! (writing :) ---  katha ma nari patra lai sajauna deep le jasto kasle janya cha ra -- kati sundar portray garna sakeyko-- dahai lagney gari :P  


 
Posted on 08-14-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro,

I can feel what you went through at that particular time when chhitiz came out of the car...

its a very interesting story... waiting for the next part


 
Posted on 08-14-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"क्षितिज मैले जुन माला उनेका थिईम त्यस्का फुलहरु कुनबेला झरीसकेका थिए तर धागो सुरक्षित थ्यो।" वाह वाह वाह ---अत्ती सुन्दर


क्षितिज लाई सुन्तला रङ को साडी मा मैले पनि कल्पिएँ कत्ती राम्री बनाइदिएको दिप ब्रो ले क्षितिजलाई।

अर्को पाटो दिमागमा त बुनिसकेको होला,टाइप गर्ने हो भने म गर्दिम्ला दिप ब्रो भनुम है।


 
Posted on 08-14-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

"कुरा गर्दा गर्दै मेघनाले एक चोटी इसाराले मलाई सँग कुरा गर्ने भनेर सोधेकी थिई तर मैले नाई भनें। "

Every single instances are so realistic. Deep bro, You are the genius ! Your word crafting skill is par excellence.. What a beautiful narration ! God bless you.


 
Posted on 08-14-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो,  सबै कुरा गर्नु त्यों अफु ली चोदेरा जाने ली चाय वास्ता नगर्नु है,
गारो हुन्छा  यार, 
ANYWAY,  कथा चै अति उत्तम है त


 
Posted on 08-14-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे दीप दाई कहा रोकिनु भये को .
अनी धेरै धेरै धन्यवाद तपाई लाई, तपाई को प्रेरणा ले मैले पनी लेख्न थाले अली अली. तर एहा टासन चाही लाज लाग्यो.

you made my evening...


 
Posted on 08-14-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मुटु धडेकेको मेरो सुनीरहनु पर्दैन थ्यो, देखिन्थ्यो। "

" सँग त्यति नै समय थ्यो तयार हुन। मनलाई सम्झाउनु थ्यो, दिमागलाई सचेतक बनाउनु थ्यो।"

"शब्दले मेरो साथ त्यतिबेला नदिए पनि मुस्कानले भने धर्म थामेको थ्यो।"

एस्ता सब्द हरु यो केटा लाई पनि सापटी दिनुस न दाई.


 
Posted on 08-15-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chipledhunga ,

"ल ल अघि बढम् झट्टै।    "

अब अघि नलागेर त सुखै रैनछ प्रभो -- पछाडी जान मिल्ने बाटो हिनीएकै रहेनछ।

Juggy,

"Kaam paayen prabbhu balla talla!"

मलाई नी एउटा गतिलो काम खोज्दिनु पर्‍यो --प्रभो--

miss_ me,

"क्या दामी कथा हाल्नु भा.."

के गर्ने नामी हाल्न सकिएन त --

prem chopda,

"Ek ek sabda haru gahan chhan.."

जिन्दगीले तराजु लिएर उभीए पछि यस्तै हुने रहेछ प्रभो।

pjna007,

"kati sundar portray garna sakeyko-- "

जस्को सुन्दरतामा बयान स्वयम् परास्त थियो, त्यो सुन्दरता मेरा शब्दहरुमा मैले के गरी अटाउन सक्थें र?

_SAAJAN_,

"I can feel what you went through at that particular time when chhitiz came out of the car..."

प्रभो, गाग्रो बोक्नेलाई नै त थाह हुने हो छचल्किएको पनि।

बिस्टे,

"क्षितिज लाई सुन्तला रङ को साडी मा मैले पनि कल्पिएँ कत्ती राम्री बनाइदिएको दिप ब्रो ले क्षितिजलाई। "

क्षितिजलाई उस्को सुन्दरताले सजाएको थियो, मैले होईन। अनि नी प्रभो, उमेर माथ्लो तला तिर लागेको बेला यसरी परस्त्री कल्पिने कर्म नगरम् न -- मुस्किल पर्ला।

Brain Malfunction,

"What a beautiful narration ! "

यस्तै प्रोत्साहनका शब्दहरु नै हुन जस्ले मलाई बेला बेला लेख्न घच्घच्याउँछन। मेरा कमजोरीहरु प्रति पनि मलाई साबधान गराउँदै गरम् है प्रभो---

ek@l,

"गारो हुन्छा  यार"

हो प्रभो, मुनासिब हो।

do_not_remember_me ,

"...तर एहा टासन चाही लाज लाग्यो....."

प्रभो, आफ्नो लेखाईलाई आफैं संग सिमित राखेर ति शब्दहरु प्रति अन्याय नगरम्। बाँडम।

"..एस्ता सब्द हरु यो केटा लाई पनि सापटी दिनुस न दाई..."

मैले प्रयोग गरेका शब्दहरु हाम्रा भाषाका हुन, मेरा नीजी हैनन्। जति चलाईम हामीले हाम्रा शब्दहरु, हाम्रो भाषा त्यति नै धनि हुन्छ। चलाम प्रभो शब्दहरु निर्धक्क चलाम।

 


 
Posted on 08-15-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Minutely enjoyed every bit of the story Deep bro. Thanks

>>>साउथ स्टेशन तिर बाट बरालिँदै चाईनाटाउन तिर लन्च खान .........<<<

 

बस्टन तिर शुट गरेको फिलिम होला


 
Posted on 08-15-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah...
ma sanga sabda bhayena tarif garna lai... Chhitiz ko Sundarta....
Lekhum Deep Dai Lekhum...


 
Posted on 08-15-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"के के भनमला क्षितिज आउँदा भन्ने थ्यो, त्यति बेला एउटा शब्द पनि निस्केन। मैले खाली चिन्छुमा टाउको हल्लाएँ। शब्दले मेरो साथ त्यतिबेला नदिए पनि मुस्कानले भने धर्म थामेको थ्यो।"

यो पढ्दा त कस्तो नरमाइलो लाग्यो।  क्षितिजलाई चै किन भेट्नु परेको होला अब? थपक्क आफ्नो श्रीमान सँग नबसेर 

दीप, शृंखलाको यो भाग सब भन्दा राम्रो लाग्यो


 
Posted on 08-15-08 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Kaan Haandigaaon baata Boston ho ki DC/VA ho pugi sakechha. Malai ta Haandigaaon nai ramaailo laagthyo...yeta ta Baange ni chhaina...uhi jaange laaune haru maattrai! :D

Mero pani prem kahaani thesdim ki jhain laao gaanthen yo budheshkaalaan! ;)

 
Posted on 08-15-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो सत्य घटना मा आधारित हो यो, हो भने त त्यस्बेला दीप को
अनुहार हेर्न लाएकको भाथ्यो होला। फेरी क्षितिज ले साडी लार किन आइ भन्या
जिन्स पेन्ट मा आएनी हुन्थ्यो हैन र भन्या। कस्तो ठुलो चोट पर्या रैछ दीप लाई
राम्री केटीहरु त साडीमा झन झकास देखानी होइन र भन्या, देखाउनको लागि आको होला
दीपको मन छोएला छोएला कचिला कचिला पार्न लोल।

 
Posted on 08-15-08 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u are a gifted writer.... every words are laden with feelings

 
Posted on 08-16-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This song just for you Deep


 
Posted on 08-18-08 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो,

नतमस्तक बनाउनु भयो ।

हांसोका शृंखलाहरु चिर्दै मनका भाव हरु पोखिन थालेका छन । डुबौ प्रभो डुबौ । पहिलो माया भनेको अजम्बरि हुन्छ । हजुर ले उ बेला को किताब अझै सिरानिमा राख्नु भएको रहेछ । किताब नै त होईन, तर भएका केहि चिज हामीले पनि मिल्काउन सकेका छैनम् ।

अब, हजुरको शब्द, शैलि, र लेखाईमा भएको मादकताको त के कुरा गर्नु । उत्कृष्ट !

अरु भाग को प्रतिक्षा मा!!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters