Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शृंखला

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 97623 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 07-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 


 
Posted on 07-30-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dherai ramro lagyo, tara first part dekhi second part samma ko difference ma khali KT le lekheko paragraph ko bare ma matra thaha bhayo. Pheri tyaha k lekheko ho bhanne chadai thaha pauna paye huntheeo.

Bange le ta dikka nai lagai sakyo

Thank You

Nepali Thita


 
Posted on 07-30-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba arko part kaile ho khoi?????????????????


 
Posted on 07-30-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरो लभ मेरो ट्र्याजिडी पर्या दिन  

bichara bangey --  bangey lai kura chai kati aeko feri -- ani क्षितिज le kitaab bhitra k lekhi raiche ta?

Last edited: 30-Jul-08 11:30 AM

 
Posted on 07-31-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता खसेछ त हँ पिरेम पत्र? छन त थियो नि?

 मलाई त त्यो शिबदाईलाई गफ लगा'र पिछा छोडेको हरिप लाग्यो हाहाहा!


 
Posted on 07-31-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*~Spring~*,

धन्यवाद। अचेल फेरी कता हो? सूर्यलेपनमा मग्न हो कि?

swopnilcheeta,

पढान दिदै गर्या हैन त प्रभो? कि लट्टे मात्रै हो?

Nepali Thita ,

पाके पछि धमाधम पस्किन्छु प्रभो म -- फेरी अर्को बान छडकिदै छ --

shubha ,

"नबुझिने  कथा रहेछ मलाई पनि बुझ्न गाह्रो भयो "

के भएर नबुझेको त? अलि उमेर नपुगेर हो कि त?  :)

Khitititititiiii,

नामै LOL भनेकै LOL कस्तो मिल्या।

nepwanted ,

"last tension दिन्छ यार् यो क्रमशले"

हो यार बबाल दिन्छ।

ek@l ,

"के हो गाठे, अली लामो लेखन यार "

अली लामो

ल भयो त प्रभो?

daum ,

"By the way malai "क्षितिज" naam saroo maan paryo. "

प्रभोलाई त नामैले पुगेछ मलाई त मान्छे पनि मन परेर भनेको चक्कड भो नी---

बिस्टे,

"शहिद को घर चारिन्छ अब त आफु नि। "

भैहाल्छ नी प्रभो उ पनि एक्लै होला बिचरा-- शहीद के -- यसो सम्झाईदिन बेला बेला चहार्दै गरम है - शहीद शहीदको कुरा त मिल्ला केरे -- :)

Birkhe_Maila ,

"भाटभटेनि देखि ढल्कु सम्म राम्रै यात्र परेछ त!"

पर्यो नी -- माथ्ली पेच हानेर धागो छोडिया थ्यो प्रभो त्यती बेला -- पकनाजोल बाट ठमेल तिर निस्किदा पनि छोड्या थ्यो प्रभो धागो छोड्नालाई एकचोटी --- तर आफै चेट भैयो त्यो ट्याम मा चै---

kancha01,

अर्को शृंखलामा घाम उदाउंदै छ प्रभो।

jira ,

"guruji, kitaap nikalu ewuta edit nagarikana sirshak chai " Jasta koTtastai" rakhera..royalty lay khana pugchha..kellai garnu paryo yo kaam saam....."

लौन दाई छाप्दिनु पर्यो -- मिलेर खाम्ला के रे रोयल्टी -- कतै यो रोयल्टी खान पुग्छ भनेर रोयल भन्ने कम्पनीको चिया खाने कुरा गर्या त हैन त? चिया मात्रैले ज्यान धान्नु पर्यो भने त अप्ठ्यारो पर्छ नी -- हैन भने त मिलेर बजाम्ला नी -- त्यो जयबागेस्वरीबाट आउँदा सिफलको ओरालैमा भएको त्यो ठुलो रुख मुनी उभिएर एउटा चुरोस तान्न मन लाग्यो यसो यता उती हेर्दै -- पुरानो रोग बल्झेला जस्तो गर्छ हत्तेरी!

sishir_1,

हौसलाको लागि आभार अर्पण गरें मैले।

pjna007,

लेख्ने प्रेरणा पाएर म त धन्य भएँ। :)

सान्नानी

popeye ,

कुरान देको देकै? आको पनि नदेख्या हो कि के हो प्रभो कुरानलाई घुरान दिने धुनमा?

Norton,

क्यार्न कुराम्थें र प्रभो?

fucheketo ,

"ढोग गरेँ प्रभो हजुरको लेखाईलाई ..."

मेरो लेखाईले भनेको बिसासय आयु होस रे अनि हरेक बिहीबारे हाटाँ हात लागोस अरे है प्रभो --

हैन त्याँ कल्पनाकुन्जमा अस्ति त्यो मोटर साईकलमा आउने मै हो कि के हो? उस्लाई लिन आ थें -- प्रभोले देखेर छाप्दीहाल्या?

RajaHarischandra ,

मण्डले भन्लान है प्रभो -- रास्ट्रपती हरीशचन्द्र भन्ने हो कि त?

अनि पुतना दहन गर्ने तिर के लगाई भो र? आफैंलाई फेरी डाम्यो भने?

miss_ me,

"राम्रो छ के राम्रो छ शहिदको कौशी।"

हो त है---त्यो कौसीको पूर्ब तिरको ठाउँ के त? ट्याङ्की छेउ को-- त्यो चै बेस्ट है?--पुरानो कुरा अझै याद छ जस्तो छ नी? मैले नी बिर्स्या छैन। त्यो त थाह भै हाल्यो नी हैन?  :)

Pretty ,

"बाङी चाँही मान्छे गज्जबको हो ल "

हैन अनि बाङ्गेको गर्लफ्रेण्ड मात्रै हो यो बाङी भन्ने कि श्रीमती नै हो?

SAAJAN_.

प्रोत्साहनको लागि धन्यबाद है प्रभो।

 

 

फेरी पनि सबै प्रति हार्दिक आभार।

लेखाईको क्रमलाई म निरन्तरता दिदै गर्छु।

 

 

 

 

 


 
Posted on 07-31-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile ke protshan diye ra, Deep? for some reason, I really like and enjoy any story that is associated with love and romance, and honestly your writing skills and flow of your story is making it even interesting.. hoping to read more soon... I hope you have a happy ending
 
Posted on 07-31-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बाङ्गेको श्रीमती नि थि? हरे किबोर्ड बिग्र्या थ्यो के अस्ती त्यो लेख्दा, कस्तो त्यत्ती नि नबुझ्या भन्या
 
Posted on 07-31-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

'बाङ्गे  भन्छ आग्रा दिप सुन्छन गाग्रा '

हेरन कौशी अरे  अनिखेरि  हुदा हुदै ट्याङ्की पो-- हाम्त पधेराँ पो जान्थिम क रे  पानी भर्न---उकाली ओराली अर्दै--

 कथा चै होइन तर  कुरो चै बेला बेला मा नबुझिने नै हुन्छ लौ जा --कति वा वा मात्रै  गर्नु  

झण  कथा पढ्न मनलाइरच्च  छिटो  छिटो  लेख्नुस भन्यो के के जाती पो  ---'चिन्नु न जान्नु घचेटी मार्नु'---- 


 
Posted on 07-31-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" Neither recognize nor know but push  to death" in case some didnt understand wot the above ukhaan tukka mean.

Deep bro good goin...enjoy the whole episode

 

 


 
Posted on 07-31-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव दाई लाई गफ देकै हो। अनी किताबमा लेखेको चाही के रैछ? 
 
Posted on 07-31-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग एक बाट भाग दुईको अन्त्य  पुग्नलाई १ हरफ लेख्थे  यदी मैले लेखेको भये यो कथा। दीप ज्यो को टुइस्टिङ बुझी सक्नुको छैन। ल प्रभो अरु टुइस्ट गरौ, तर नभाचौँ है। 
 
Posted on 08-01-08 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali Thita,

"Bange le ta dikka nai lagai sakyo"

हो प्रभो कुरा मुनासिब हो।

ek@l,

अर्को भाग आउँदैछ है प्रभो।

Birkhe_Maila ,

"कता खसेछ त हँ पिरेम पत्र? छन त थियो नि?"

किताब भित्र पत्र हैन केही पंक्तिहरु भएको त जाहेर गरीसकें नी प्रभो। तिनै पंक्तिहरु त थिए जे थिए।

pjna007 ,

"ani क्षितिज le kitaab bhitra k lekhi raiche ta? "

खै किताब भित्र त के थियो थाह भएन तर किताबका पानाहरुमा चै केही पंक्तिहरु थिए मन बहकाउने ।

Pretty,

ए -- मलाई त त्यो किबोर्ड बिग्र्या था थे न --बाङीको कुरा गर्दा त्यसैले त अलमलिए नी -- को बाङी भनेर --

miss_ me,

'चिन्नु न जान्नु घचेटी मार्नु'---- 

हैन यो उखान टुक्का परिमार्जन अभियान पनि त्यै पधेराँ जाँदा जाँदै सुरु गर्या हो की के हो?

_Saajan_,

"Maile ke protshan diye ra, Deep?"

आफ्नो प्रस्तुती पढेर कसैले त्यस प्रति टिप्पणी गर्नु भनेको लेख्ने मान्छेको लागि त्यो टिप्पणी प्रोत्साहनको कुरा हो जस्तो लाग्छ मलाई प्रभो।

mauj_garau,

प्रभो को त नाम पढ्दै बोतलको बिर्को खोलेर चुरोट सल्काम सल्काम जस्तो लाग्ने रेछ। मोज त गर्नु पर्छ प्रभो।

Nepal ko chora ,

"अनी किताबमा लेखेको चाही के रैछ?"

मन बहकाउने कुरा नी प्रभो अरु के हुन्थ्यो?

Norton,

"भाग एक बाट भाग दुईको अन्त्य  पुग्नलाई १ हरफ लेख्थे  यदी मैले लेखेको भये यो कथा।"

त्यसरी सटकट हान्नु हुँदैन प्रभो। भन्नै नै हो भने त मेरो अहिले सम्मको जिन्दगी लेख्ने हो भने दुई चार वाक्यमै पनि सकाउँछु होला तर त्यसो गरें भने मैले बिताएका त्यत्रा औधी बर्ष र ति बर्षहरुले मलाई उपहारस्वरुप दिएका सम्समरणहरु प्रति अन्याय हुँदैन र?

 


 
Posted on 08-01-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो भाग झन रोचक हुन लाग्या थ्यो ब्रो ले बिच्मै रोक्दिरा भन्या जँड्या दाई लाई भेटाइदेर, जे होस् एक्छिन भए नि रमाईलै भयो, किताबाँ के लेखेर दिछ कुन्नी क्षितिज ले पढ्न पाये हुन्थ्यो प्रभो। लौ अर्को पाटो हाल्नु पर्‍यो छिट्टै।
 
Posted on 08-01-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baange le pani kt lai yeti dhukaan didaina hola jati maile teshro bhaag lai dirachu
 
Posted on 08-01-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you hai deep bro शृंखला-2 ko lagi.......

maile bhag-2 ko expect ta gareko thiyina...sooche "kshitiz"---"kshitiz" mai hola............tara "kshitiz" pari ko yatra ali lamo hola jasto cha.....

-daum


 
Posted on 08-01-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro,
Do u know one thing? Some of yr stories are not clearly viewed on Mozilla Firefox, Esp last few words of every line (extreme right). But its ok if I open on Internet Explorer. I missed your part 2 becoz of that as I hardly use explorer on my comp.

Please bro, yes barema dhyaan dinu paryo hai. Deep bro ko katha bata banchit hunu ta bhayena ni ho.

-----I used to have same problem but now I found the answer-----

If u just copy and paste text from other file (Eg----word)

Make sure all the text is in Times Roman Format and size 2-----( i think u know it but still--------)

----------(havent read part 2 yet)

 
Posted on 08-01-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***बाङ्गे नी हिन्यो म नी घर तिर लागें किताब च्यापेर। --***

अघि पसलमा देखेका पंक्तिहरु मात्रै होईन, किताबका अरु पानाहरुमा पनि अरु पंक्तिहरु छरीएका रहेछन। आँखाले बडो जतनले उठाएँ ति शब्दहरुलाई, मायाले स्पर्श गरें उस्का ती बयानहरुलाई अनि आस्था पूर्बक सजाएँ ति भावहरुलाई मनको गहीराई भित्र।

कौसी भरी गमला थिए, अनि गमलामा थरी थरी फुलहरु फुलेका। यस्तो लाग्थ्यो मानौं समय बिहानीका ती पलहरुका हो जुन सूर्योदयको केही पल अघि क्षितिजमा स्थिर थिए। म थिएँ अनि मेरो स्पर्शमा क्षितिज थिई। 

"दीप" चिने चिने जस्तो आबाज थ्यो तर क्षितिजको हैन। मैले वरीपरी हेरें त्यो बगैंचा जस्तो कौसीमा म र क्षितिज बाहेक अरु कोही थिएन।

"दीप" फेरी आबाज आयो।

मैले फ्याट्टै चिनें--यो आबाज त बाङ्गेको हो। "बेला न कुबेला---" रिस उठेर् आयो। क्षितिज पनि देखिन, अनि अरु केही पनि।

"फुटाल्दिम झ्याल कि खोल्छस?" बाङ्गेको स्वर मेरो कानमै आएर ठोक्कियो। यसो घडी हेर्या चार बज्न आँटेको रहेछ। निन्द्राकै सुरमा झ्याल खोलें। बाहिर अध्यारै थियो। बाङ्गे ठिंग उभी रा।

"के गर्न आधाराताँ मर्या तँ यहाँ?" मलाई पटक्कै चित्त बुझ्या थेन उ त्यसरी आएर मेरो र क्षितिजको साथ भाँडेको।

"के को आधारात? घाम झुल्किन लाईसक्यो-- ल ल उठ" उस्ले भन्यो।

"रातभर बाहिरै छस कि के हो तँ? कस्तो राम्रो सपना देखिरा बेलाँ --" मैले भन्दै थिएँ उस्ले "आफ्नो त सपना पनि छैन सपनामा आउने पनि छैनन अनि ढिलो सम्म के सुताई भो र --" भन्दै मेरो कुरा काट्यो।

"के गर्नु पर्यो यतिबेला?" मैले सोधें उस्लाई।

"के गर्नु पर्यो रे अझ? फुटबल खेल्न जाने भन्या हैन हिंजो?" उस्ले सम्झायो।

भन्या त हो तर यत्ति छिटो त भन्या थे न। त्यै पनि त्यो त हिंजोको कुरा। हिंजो मन लाग्या थ्यो जाने कुरा गरीयो आज मन थिएन आफुलाई।

"जान्न म त -- बरु एक निन्द्रा सुत्नु पर्यो--" मैले भन्दें।

"ल हेरम त कसरी जाँदैन रेछस -- अहिले म तेरो घराँ सबैलाई उठाई दिन्छु नी -- अस्ति देखी भन्या हैन आज देखि फेरी सुरु गर्ने खेल्न भनेर?" उ अलि झर्कियो। अनि थप्यो "अब बिपनामै भेटे पछि के खान सपनामा पर्खिनु पर्यो? ल --ल-- उठ-- बाहिर आईज"।

नउठी सुख थिएन। बेक्कारमा खेल्छु भन्या फुटबल सोच्दै ठिक परें। अनि बाहीर निस्किएँ। दशैको बेला आउन लागेको थ्यो। कुहीरोमा जिस्किदा ती शितहरु अनुभव गर्दा भने रमाईलो लाग्यो।

"तँ र म मात्रै?" मैले सोधें।

"हैन, ट्वाकलाई उठार आको म -- त्यसले झ्यालिन्चा, छ्याक, कुबेर, पुडके लाई लिएर आउँछ, हाम्ले चै बर्मु, सुपारी, बाघ:, हल्दार र गुरुलाई लिएर जाने हो।"

जस्लाई उठाउन गयो जान्न भन्ने पहिला फेरी किच किच गरेर उठायो गर्दै सबै भेला भैयो भगबती थान अगाडी। बिहानको पौने पाँच जति बजेको थ्यो होला त्यहाँ बाट सानोगौचर तिर लाग्दा।

एक हुल हामी फुटबल लिएर त्यो बिहान अनेक थरी गफ हाँक्दै सानोगौचर तिर
लाग्दा रमाईलो भा थ्यो। हामी बिहान बिहान त्यहाँ फुटबल खेल्न जान्थिम तर झण्डै झण्डै एक महिना देखि त्यो क्रम रोकिएको थ्यो।

टंगाल स्कुलबाट देब्रे लागेर बालमन्दिरको पूर्ब पर्खाल छेउको बाटो हुँदै पुगियो सानोगौचर। फुटबल चौर आधि सम्म देखिन्थ्यो। अर्को तिर कुहीरोले छेकेको थ्यो। एउटा गोल पोस्ट बाट अर्को गोल पोस्ट देखिन्न थ्यो। को को कता तिर बाट खेल्ने त्यो भागबण्डा भयो। हाम्रो पट्टी गुरु थ्यो किपर, म ब्याक्की बस्या थें। खेल सुरु भै सक्या थ्यो। हाम्रो साईड अलि बलियो परेछ क्यारे बल अर्को साईडमै धेरै हुन्थ्यो। म र गुरु फुर्सद। गुरु मान्छे सोझो थ्यो। तरुनीको गफ एकलौटी गर्न पाईन्थ्यो त्यो सँग।

खेल एक छिन सुरु भै सके पछि बाउ छोरी जस्ता देखिने दुई जना छीरे फिल्डमा। दुबै जना ट्र्याक सुटमा। उनीहरु फिल्डको चक्कर लाउन थाले। बाउ पनि संगै थिए र मात्रै नत्र मैले त छोरी चै मात्रै देख्थें।  देब्रे तिर बाट उनीहरुले चक्कर लाउँदा म देब्रे तिरको ब्याक्की हुन्थें दाईने तिर उनीहरु आईपुग्दा म दाईने तिरको ब्याक्की हुन्थें। अब एक्लो ब्याक्की-- फिल्ड त कभर गर्नै पर्यो नी। के गर्ने?

--बल आयो भने आयो हैन भने बाउ छोरी कति बेला आउलान आफ्नो साईडको फिल्ड तिर जस्तो हुन थाल्या थ्यो आफुलाई। उनीहरुले तिन चार चक्कर जति ला थे होलान -- बाङ्गे खुट्टा खोच्याउँदै आयो। उ हाम्रो साईडको एउटा फरबार्ड थ्यो।

केही सोध्नु अघि नै "खुट्टा मडकियो जस्तो छ यार -- " भन्यो। अनि गुरुलाई गएर "-- ल गुरु एक छिन अगाडी जा त --म यहाँ रेस्ट गर्छु -- गोल्कीको आज खासै काम छैन" भन्यो। गुरु बत्तियो अगाडी।

बाङ्गे म तिर आयो। खोच्याउने त निक्कै कम भए जस्तो थ्यो छिनको छिनै। म नेर आएर भन्यो "क्या बुलेट है त्यो केटी?--- बाउ चै बरु एक निन्द्रा अरु सुतेर आ भे नी हुने नी---"

"तेरो खुट्टा सुट्टा केई मडक्या छैन हो कि हैन ल भन --" मैले सोधे उस्लाई।

"अब के गर्ने त -- अगाडी कुदेर केही हेर्नै पाईएन राम्रो सँग -- त्यस्तो राम्रो केटी चौराँ घुमीराछे म चै खाली ढाडीया बल कति लखेटीरहने त?"

एक छिन भा थ्यो केटी र बाउ हाम्रो साईड तिर आउँदै थिए, त्यै बेलाँ बल पनि आयो। "भाग्गेमा नभए पछि यस्तो हुन्छ--" बाङ्गे फतफताउँदै अलि अलि खोच्याको जस्तो गरेर पुग्यो पोस्ट तिर -- म पनि लागें आफ्नो काममा। कर्नल भो। एउटाले केरा सट कर्नल हान्छु भनेर गा थ्यो नङ सट हानेछ क्यारे उ पनि भुतुक्कै बल पनि आउट भो। त्यती गर्दा होर्दा केटीहरु अर्को तिर पुगीहाले। त्यो राउण्ड त्यतिकै भो।

अर्को राउण्ड ठीटीहरु आउँदा बल सेन्टर तिरै थ्यो। बाङ्गेलाई टेन्सन हाम्रो डि एरिया तिर बल आउने र पोस्ट छेउ तरुनी आउने बेला एकै पर्ला भनेर। "म अगाडी हुन्जेल, बल यता सेन्टर सम्म नी आउँदैन थ्यो अहिले हेरन अहिले" बाङ्गे झर्किदै थ्यो।

म बल तिर लागें बाङ्गे केटी तिर लागेछ। सबैले एकै स्वर्मा "ए बाङ्गे ए!" भनेर कराउँदा त बाङ्गे पोस्ट बाट उती पर केटी हेर्दै। फेरी खोच्याएको जस्तो नी गर्नु पर्ने। उ पोस्टाँ आउनु अघि नै बल छिरी हाल्यो। एका तिर बाट "गोल" भन्या घन्कियो अर्को तिर बाट बाङ्गे का बाङ्गे भन्या सुनियो। "के हेरीरा थिस बाङ्गे तँ?" "पोस्ट छोडेर काँ मर्न गा थिस बाङ्गे?" "ए यो बाङ्गे गोल्की हुँदैन" ---यस्तै यस्तै।

"तिमीहरुको बाउको नाम छैन र बाङ्गे बाङ्गे भनी रा?" बाङ्गे पनि तात्यो। त्यस्तो तरुनीको अगाडी बाङ्गे बाङ्गे भने पछि तात्ने नै भो। ठिटी चै मुस्काउँदै थिई बाउ चै हाम्लाई नियाल्दै थ्यो।

सेन्टर चलाई सक्या थ्यो। बल अर्को तिर थ्यो। बाङ्गे अझै रिसाई रा। अरु त गै हाले म परे उस्को राग सुन्ने मा। एक छिन पछि बाउ छोरी आए। बाङ्गे पोस्टमै थ्यो यस पटक। केटी बाङ्गे छेउ आईपुग्नु अघि नै हल्का हाँस्दै थिई।  उस्ले बाङ्गेलाई हेर्दा बाङ्गे पनि उसैलाई हेर्दै थ्यो। केटीले मुस्कान कायमै राखी। बाङ्गे पनि खुसी भयो। केटी अगाडी पुगे पछि फर्केर पनि हेरी।

"ठीटीले क्या सलिड स्माइला दीई नी मलाई देखिस? लुक्स पनि दिई नी --क्या लभली डेडली नी --" बाङ्गे फुरुङ्ग थ्यो। उस्को रिस हरायो।

पछि थाह भयो त्यो केटीको नाम मेघना रे। हल्दार ले भन्या। फर्किदा बाङ्गेले त्यो केटीको कुरा झिकेको मात्रै के थ्यो हल्दारले चेतावनी दिदै भन्यो "मेरो सानीमाको छोरी हो मेघना -- बुझिस हैन?"


 
Posted on 08-01-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एक्लो ब्याक्की-- फिल्ड त कभर गर्नै पर्यो नी। के गर्ने?

"म अगाडी हुन्जेल, बल यता सेन्टर सम्म नी आउँदैन थ्यो अहिले हेरन अहिले" बाङ्गे झर्किदै थ्यो।

ठीटीले क्या सलिड स्माइला दीई नी मलाई देखिस? लुक्स पनि दिई नी --क्या लभली डेडली नी --" बाङ्गे फुरुङ्ग थ्यो। उस्को रिस हरायो।

हल्दारले चेतावनी दिदै भन्यो "मेरो सानीमाको छोरी हो मेघना -- बुझिस हैन?"

 

पेलुम पेलुम दीप ब्रो पेलुम - बाङ्गे  लाई त क्या बोर भयो होला है
बल्ल बल्ल केटीले हेराथ्यो - त्यो पनि हल्दार ले थर्काएछ - किन हल्दार है सानीआमा को छोरी हुनु पर्ने नि
बाङ्गे को कर्म मै छैन जस्तो छ केटी 


 
Posted on 08-01-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'तरुनी' श्रीँखला  मैले पनि पढदै छु है ब्रो
बाङ्गे 'डाइलग' हरु सुन्दै कपी गरेर राखम जस्ता छन यार
तर अचम्म त्यस्तो बाङे को ट्र्याजेडी अनी दिपको लब परेको होला भनेर चाँही पत्याइन है,
जे होस् पुराना दिन अनी तरुनी सम्झाउनी श्रीँखला  पढेर भए नि मजा लिन पर्‍यो अरु काम त दिप र बाङे ले गरिहाले नि
 
Posted on 08-01-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very nice...................wonderful lunch break today.

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters