Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शृंखला

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 97578 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 07-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 


 
Posted on 08-11-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो को छोटो अध्याए एक सास मा पढि सकेर, आँखा चिम्लेर गेस गर्ने अनी लास्टाँ लगेर ठ्याक्क रोक्देको रिसको झोकाँ रविन लाई रोशन लेख्न पुगिछु।
चिम्लेका आँखा खोल्देको मा धन्यबाद।

 
Posted on 08-11-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"के छ रबिन?" मैले उ तर्फ मेरो हात बढाउँदै स्वागत गरें।

उस्ले पनि हात मिलायो।

"मलाई चिन्या हो?" रबिन सँगै उभिएकी स्त्रीले नमस्कार गर्दै मलाई सोधी।

"ओहो! मेघना?" मैले उस्को नमस्कारको उत्तर दिंदै भनें।

रबिन र उ दुबै जना मुस्कुराउँदै थिए।

बैठक कोठामा पस्दा पस्दै मेघनाले सोधी, "कसरी चिन्नु भो मलाई दीप दाई, पैलेई थाह थ्यो हो?"

"अहिल्या कुरा पैलेई थाह पाउने भैदेको भए म किन यस्तो हुन्थें नी --" मैले हाँस्दै भनें।

हामी बैठक कोठामा एकले अर्कालाई हेर्दै थिम। लामो समय पछि भेट भएको थियो। बैठक कोठा जुनेली रात झै थ्यो। हाम्रो खुशीमा उज्यालो। चन्द्रमा भने मेघना थिई। उस्को सुन्दरता झन धेरै निखारिएको रहेछ। उ एकदमै राम्री देखिन्थी।

रबिन र मेघनाको बिहे भरखरै जस्तो भएको रहेछ। मेघना अमेरीका आएकि त दुई महिना पनि भएको रहेनछ। रबिनले आफु पि-एच-डी मा लागेको कुरा सुनायो। भलाकुसारी भए। रमाईलो त्यति बेला त्यै कोठामा हामी सँग निर्धक्क बसेको थ्यो।

"तपाईँले बनाको हो खाना?" खाने बेलामा मेघनाले सोधी।

"मलाई त पकाउन अल्छि लाग्छ, यसो बेपार होला भनेर हुटेल खोलेर बस्या छन देशीहरु--बेला बेला उद्धार गर्दिन्छु म चैं--आज पनि त्यै गर्देको" मैले भाको कुरा भनें।

"भोलीको डिनर चैं म बनाउँछु है दीपदाई?" मेघना ले सोधी।

"किन दु:ख गर्ने?" मैले सोधें।

"हैन म दु:ख गर्छु, रहरले गर्ने दु:खमा सुख हुन्छ नी -- है?" उस्ले फेरी सोधी।

भैगो भन्या मानिन अनि मैले "लौ त उसो भए म भाँडा धस्काईदिम्ला" भनें।

"म पनि मद्दत गर्छु नी धस्काउन" रबिनले थप्यो।

मैले "पर्दैन" भन्या उस्ले "घराँ मेरो पेसै यही हो -- दुई दिन बाहीर फेर जाँदा बानी बिगार्न भएन नी -- " भन्यो।

मेघना हाँसी।

"ल ठिक छ हामी दुई जना धस्काम्ला" मैले भनें।

"काँ दुईजना मात्रै-- आदित्यलाई पनि धस्काउन लाउनु पर्छ।" रबिनले भन्यो।

"को आदित्य?" म अलमिलिएँ।

रबिन र मेघनाले हेराहेर गरे। अनि मेघनाले म तिर हेरेर अलि गम्भीर भएर भनी "साथी" अनि तुरुन्तै हाँस्दै सोधी "अनि तपाईंको साथिको के छ नी हालखबर?"

"को?" मैले सोधें।

"त्यै सोझो चैं" मेघनाले भनी।

"ए, बाङ्गे -- म टक्क अडें--" सायद रबिन पनि त्यहीँ भएर होला--

"त्यो सानोगौचरमा बुवा र म वाकिङ्गमा फर्स्ट टाईम जाँदा उस्ले म तिर हेरेर बल छोड्या अनि सबैले गोल भयो भनेर उ सँग उ रिसा अनि उ चै मेरो अगाडी सबैले उस्लाई बाङ्गे बाङ्गे भनेर गाली गरे भनेर रिसाको  देखि लिएर पछि मलाई दिक्क पार्या सम्म सबै सुनाछु मैले रबिनलाई" मेघनाले मेरो बाटो सजिलो पार्दी।

"अँ बाङ्गेको मस्ति छ क्या रे" मैले भनें।

"ठुल्मुवाँ कहाँ पनि धेरै चोटी आ छ नी बाङ्गे, हैन?" रबिनले सोध्यो। मैले "हो" भनें। बाङ्गे म सँग धेरै चोटी गा छ मेरो मामाघर।

"उस्ले राम्रो गरीरा छ क्यारे" रबिनले भन्यो।

"पाडो चढेर हिन्छ" मेघनाले थपी।

"पाडो चढेर हिन्छ रे? पैला पैला मधेस तिर भैसी चढथे क्यारे मान्छे-- अचेल उ काठमाडौंमा पाडो चढ्छ?" म छक्क परें।

मेघना त मुर्छै पर्ला जस्तो गरेर हाँसी। रबिन पनि पहिला त अलमलियो अनि पछि हाँस्न थाल्यो।

हाँसो सँगै मेघनाले भनी "पाडो हो त -- प्राडो चढछ क्या" -- रबिनले थप्यो "टोयोटाको एस यू भि हो"

अनि चैं मलाई पनि हाँस उठ्यो।

"अनि आदित्य भन्या चै को नी?" मैले रबिन तिर हेर्दै सोधें।

उस्ले केही भनेन बरु मेघना तिर हेर्यो। अनि मेघनालाई हेरेर मैले सोधें "मैले चिन्या छ?"

"उस्लाई त होईन उस्की श्रीमतीलाई चिन्या छ तपाईँले" मेघनाले भनी।

"को?" मैले सोधें।

"क्षितिज" उस्ले मेरा आँखामा हेरेर भनी।

"को रे?" मेरो मन झिलिक्क भयो।

"क्षितिज" उस्ले फेरी भनी। उस्को अनुहारमा मुस्कान र गाम्भिर्य दुईटै मिसिएका थिए। रबिन चुपचाप थियो।

"मैले रबिनलाई तपाईँहरुको बारेमा पनि सबै भनेको छु" मेघनाले सुनाई।

"आदित्य मात्रै आउने?" मैले सोधें।

"हैन क्षितिज पनि" मेघनाले भनी।

"क्षितिजहरुलाई पनि बोलाउन मन छ मलाई भोलि डिनरमा" मेघनाले भनी।

मलाई लाग्यो मेघना जिस्कीराछे म सँग। क्षितिज मेरै शहरमा भएको भए उस्को र मेरो कुनै न कुनै ठाउँमा भेट हुँदैन थ्यो र?

"कसरी त मैले अहिले सम्म भेट्या छैन, यहीँ भएको भए?" मैले सोधें।

"आदित्य त यहाँ आईराख्छ--। यस पटक क्षितिज पनि आछे। कस्तो धनी सँग बे गर्या छे तपाईलाई थाहै छैन।"  मेघनाले भनी।

म त सुनेको सुनेई भएँ।

"तपाइँले भैगो भन्नु हुन्छ भने, म बोलाउँदिन" मेघनाले सायद मैले केही नभनेकोले होला भनी।

"हैन मलाई त केही छैन, उस्लाई सोध्नु पर्दैन?" मैले मेघनालाई सोधें।


"उस्लाई मैले सोधी सकें -- " मेघनाले भनी।


"के-- सोध्या?" मेरो मनमस्तिस्कमा अनेक कुराहरु आईराथे।


"हामी दीपदाई कहाँ, जान ला --तिमीहरु पनि त्यै हुने रहेछौ-- हामी भेटम न भनेर"

"अनि?" मैले सोधें।

उस्ले "हुन्छ" भनी।

"तिमिले मनाको हो?" मेघनालाई सोधें।

"उस्ले तपाईंलाई चै मनाउन भनेकी थिई बरु" मेघना हाँसी।

मैले "हुन्छ" भनिदिएँ। बाढीको खहरे बनेको थियो मन मेरो। अनि पानी दर्किदो थ्यो।

रबिनले म नजिकै आएर भन्यो "भोली चैं हिन्दी सिनेमा लाईभ हेर्न पाईने भो" अनि उस्को बियरको बोतल उठाउँदै मेघनाको वाईनको ग्लास र मेरो पनि सिसी तिर हेर्दै थप्यो" चिअर्स"

"चुरोट पनि तान्ने हैन त?" मैले सोधें।

..........


 
Posted on 08-11-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पाडो चढेर हिन्छ रे? पैला पैला मधेस तिर भैसी चढथे क्यारे मान्छे-- अचेल उ काठमाडौंमा पाडो चढ्छ?"

हसाउन कती जानेको हो ।।


 
Posted on 08-11-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>बाढीको खहरे बनेको थियो मन मेरो। अनि पानी दर्किदो थ्यो।<<<

 

इथियोपिया र सोमालिया मा बास्मती चामल बाँडे जस्तै हो कि दीप ब्रो?
यो भाग पनि - वाह


 
Posted on 08-11-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कठै बरा दीप ब्रो :)

 
Posted on 08-11-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उस्लाई त होईन उस्की श्रीमतीलाई चिन्या छ तपाईँले" मेघनाले भनी।
अईया..
कस्तो चसक्क घोच्यो,दिप ब्रो कै लागि मेरो मन।
काँ मेघना पनि,सुकिसकेको घाऊ फेरी बल्झाउन क्षितिज लाई बोलाई रा भन्या..
साँचै नै "भोली चैं हिन्दी सिनेमा लाईभ हेर्न पाईने भो" जस्तो छ हामीले पनि.
ल प्रभो देर नगरम।
 
Posted on 08-11-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep prabho!

Katha padhda ta mutu le dhangro bajauna lagyo bhane jhan kothamai Chhitij aayepachhi ke hune hola!! jawas prabho jawas. Enjoyed thoroughly.


 
Posted on 08-11-08 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..

waiting for next episode..


 
Posted on 08-11-08 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

Last edited: 13-Aug-08 09:38 AM

 
Posted on 08-11-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro, please post your hands pics in sajha. I would like to see the hand ,which is so good in writing. Deep bro u r the best. Ur way of story telling is awesome. Simply the best
Last edited: 11-Aug-08 08:31 PM

 
Posted on 08-12-08 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep pravu,
You never fail to amaze me. Everytime you craft the story with such a elegance that, nobody will deny you are the story king of sajha. I hope u publish your story someday; and if you do please let me know, I ll be first one to buy it.
Jai hoos pravu,
Lu paskiim aaba aajhai,
Uuhi AC,
Jagge.

 
Posted on 08-12-08 6:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप,

कस्तो झेली गरेर कथा लेख्ने कि पाठकहरुको सहानुभुति ,माया सबै आफै मात्र लिनलाईहोला ।  सधै आफैलाई  मात्र अन्याय मा पार्न भएन नि  ,पढ्दा पढ्दै कस्तो चित्त दुख्ने-असाध्यै मनपर्यो --अर्को भागको प्रतिक्षामा--अब क्षितिजले कस्तो सजाय दिनलाइरा होली फेरी --घरमै खाना खान आएर-- 


 
सान्नानी
Posted on 08-13-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaja aauchha arko bhag, deep?
 
Posted on 08-13-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप दाई

तपाई को लेखन मा नतमस्तक छु.  मुटु चाही दर्हो हो तपाई को. कसरी हुन्छ भन्न सक्या ?

 

 


 
Posted on 08-13-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता एस्तो गइसकेछ म असत्ति भातखाने जोहोमा लाग्दा लाग्दै हराएछु!

घच्चि जाँदै रहेछ प्रभु! पेलम जोड लगाएर पेलम!


 
Posted on 08-13-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्षितिज na auney bhaichey ki ke ho?
 
Posted on 08-13-08 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्षितिज क्षितिजमै रोकिए जस्तो पो भयो त?
 
Posted on 08-14-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ek@l ,

"धोका दिने लाई के  भन्नु र खोई .."

धोका दिनेलाई आफन्त भन्नु पर्छ प्रभो, पराईले धोका दिंदैनन --

ritthe ,

ससपेन्समै जिन्दगी ससपेण्ड भएसी क्यारमतनी?

Parbatya,

खै प्रभो, एउटाको दशा अर्काको दशैं हुने रेछ --

Brain Malfunction,

स्वस्ती गरें मैले।

सदभावको लागि हार्दिक आभार। तर कहाँ भैरब अर्याल कहाँ म -- जे भए पनि सदभाव पाएँ। धन्य भएँ।

बिस्टे,

प्रभो -- सचेत बस्नु पर्छ -- कति बेला के आईलाग्छ -- मित्र पार्क अगाडीका घरहरु त बिर्स्या छैन होला नी?

Harka_Bahadur,

ब्रो, यो कथा सकेर बत्तिसपुतली जानु पर्छ-- मन शान्ती गर्यो त्यहाँ अनि राम मन्दिर गएर मनायो त्यो शान्ती कसो?

chipledhunga,

"कठै बरा दीप ब्रो :)"
ब्रो सहानुभुतीले मात्रै के गर्ने? प्रेरणा छैन-- प्रेरणा? -- भए जिम्मा लाईदिम न मलाई--

lale ,

--म कहाँ क्षितिज आउने भन्दा प्रभोको मनमा ढ्याङ्ग्रो बज्यो रे? ए रात्तै --

prem chopda ,

स्वस्ती गरें ख्वामित। प्रोत्साहनको लागि आभारी छु।

Juggy ,

जय होस, प्रभो।  अनि काम पायो?

miss_ me,

सहानुभुती त भिख हो -- त्यो रहरले कस्ले माग्छ र?

सान्नानी ,

अर्को भाग मौका परे आउँछ आजै।

do_not_remember_me ,

"कसरी हुन्छ भन्न सक्या ?"

हुन्न भन्न पो गार्हो थ्यो त प्रभो।

Birkhe_Maila ,

प्रभो, पढान दिदै गरम है। पकनाजोल हुँदै क्षेत्रपाटी जान मन लाग्यो। क्या मजा आउँथ्यो।

pjna007,

"क्षितिज na auney bhaichey ki ke ho? "

आगमनमा उस्को फेरी बाँच्नु छ जिन्दगीका केही पल, नआएर ति पलहरु प्रति अन्याय गर्ली र?

 

शृङ्खला अघि बढाउँछु आज ---


 
Posted on 08-14-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ब्रो अर्को भाग लेर आए भनेर दगुर्दै आको त हैन रछ,
काबाट बिर्सिनु ति मित्रपार्क का घर अनी ति घरका कौसी र झ्याल हरु।
ल प्रभो छिट्टै राख्नु पर्‍यो अर्को भाग।
 
Posted on 08-14-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....

त्यो रात आफ्नै कोठामा पराई भएँ म। हरेक चिज नौलो लाग्न थाल्यो। कुनै नौलो ठाउँमा आईपुगे जस्तो। उस्को सोचाईमा मात्रै यस्तो , आफै यहाँ भोली आउँदा मैले के गर्ने होसोचें। उस्लाई नबोलाउन भन्नु पर्थ्यो कि मेघनालाई मैले? तर्क गरें। तर त्यो कसरी सम्भव थियो ? जस्को आराधना गर्थें , उसैको दर्शनलाई कसरी नाईँ भन्न सक्थें?

बत्ति निभाएर आफ्नो ओछ्यानमा छटपटिन थालेको पनि निक्कै बेर भैसकेको थ्यो। निन्द्रा नै लागेन। त्यो अध्याँरो कोठामा चलचित्रमा झै मैले अनेक दृश्यहरु देखिरहेको थिएँ। चलचित्रका कुनै कुनै दृष्यहरुमा झै ति दृष्यहरुमा मेरो नजिक आउँदा त्यो अध्याँरो कोठामा पनि निक्कै उज्यालो हुन्थ्यो।

केही लागेन। उठेर बत्ति बालें। जे गर्दिन भनेको थिएँ, त्यै नगरी भएन मलाई। जतनले बर्षौं देखि राखेको त्यही किताब झिकें जुन उस्ले मलाई दिएकि थिई। त्यो किताब मैले सधैं साथै राख्ने गरेको थिएँ।

ओछ्यानमा पल्टेर किताबका पानाहरु पल्टाउन थालें। हाडीगाउ निमेष भरमै पुगें। त्यहाँ बाट यात्रा शुरु भयो। पुराना दिनहरु झलझली आँखामा नाच्न थाले। धडकन तिब्र थ्यो। किताबमा उस्ले लेखेका शब्दहरुलाई हरेक चोटी पढदा फरक अर्थमा बुझे जस्तो लाग्थ्यो। आज झन बुझाई नितान्त बेग्लै थ्यो। ति किताबका पानाहरुमा कुनै मनमोहक बगैंचामा पुगे जस्तै रमाईरहेको थिएँ। त्यो बगैंचामा आउँदा जहाँ थिई, त्यहाँ बाट अलि पर गएको उस्लाई मैले देखेको थिएँ। तै पनि
उस्को सुबास ति फुलहरुमा अझै रंगमंगीएकै थिए। उस्लाई मैले देख्थें प्रस्टै तर स्पर्श गर्न लाइ अलि परै थिई। उस्लाई हेर्दा हेर्दै कुन बेला त्यै बगैंचामा भुसुक्कै निदाएछु म।

 बिहानको चिया नास्ता पछि शहरको घुमघाम कार्यक्रममा निस्किम। रबिन सँग पुराना दिनहरुको कुरा भए। "मेरो बुढालाई बिगारेको तपाईँहरुले रे हैन?" साउथ स्टेशन तिर बाट बरालिँदै चाईनाटाउन तिर लन्च खान जाँदा मेघनाले सोधी। "जाँड, रक्सी, चुरोटको लत लाईदेर मेरो रबिनलाई --" मेघनाले हाँसेर भनी। रबिन हात समातेर हिन्दै थिए।

"हाम्ले लाईदेको लत उस्ले चाहे छोडन पनि सक्छ तर तिमीले लाईदेको लतमा अब के गर्ला?" मैले भनें। "मैले के लत लाईदेकी छु ?" मेघनाले सोधी। "तिमिले लत लाई देकी छेउ नी मायाको" मैले भनें। "त्यो लत नछुटोस पनि कहिल्यै।" मेघनाले भनी। "पहिला पहिला सुनीताले नी त्यसै भन्थी" मैले भनें। "के रे? को सुनीता?" मेघनाका आँखा चम्किए। रबिन हाँस्दै बोल्यो "----मलाई काँ अचनामा राख्देको फेरी चिन्नु जान्नुको मान्छेको नाममा"-- मेघना मलाई रबिनलाई हेर्दै थिई। "यत्तिकै भन्देको" मैले भनें। "यो सुनीता भन्ने को हो---यस्ले मलाई धेरै दिन छोडदिन अब --" रबिनले मेघना तिर हेरेर भन्यो। बिचरी मेघनालाई सम्झाउन मलाई एकछिन लाग्यो। त्यस पछि फेरी पहिले जस्तै चुलबुले भई।

यता उता बरालिदा बरालिदै जस्तो बज्न आँटिसक्या थ्यो। क्षितिजको दुई चोटी फोन आईसकेको थ्यो मेघनालाई। कुरा गर्दा गर्दै मेघनाले एक चोटी इसाराले मलाई सँग कुरा गर्ने भनेर सोधेकी थिई तर मैले नाई भनें।

त्यो दिनको घुमघामलाई सकाउने क्रममा हामी घर तिर लागिम। फेरी भरेको लागि तयारी गर्नु थ्यो। फर्किदा मैले मेघनालाई फेरी भनें "दिनभरी घुमेर आईयो तिमीलाई थकाई लागेको भए रेस्टुरान्ट्बाट खाना मगाउँला--" उस्ले "नाई" भनी। फर्किदा सुपर्मार्केट गैयो। मेघनाको किनमेल थ्यो।

रबिन धन्ना टोलीमा थिईम। मेघना भान्सा तिर लागेकी थिई। "के मद्दत गरम?" भन्या, उस्ले "मैले खाना बनाउँदा मलाई आफ्नै सुरले गर्न मन लाग्छ सबै थोक --- जे मद्दत गर्नु भरे गर्नु" भनी।

रबिन बियरका बोतल लिएर बार्दली तिर लागिम। फेरी नयाँ पुराना गफमा हराईम।

दिनभरी जता जता गए पनि, जो जो सँग जे जे कुरा गरे पनि मेरो मन-मस्तिस्कबाट क्षितिजलाई मैले हटाउन सकेकै थिईन। त्यो क्रम अहिले पनि थ्यो। जति जति आउने बेला नजिकिदै थ्यो, उती उती अधैर्य हुँदै थिएँ।

आदित्य सँग आउँदै थिई। मैले हरेक शब्द तौलेर बोल्नु थ्यो, आफ्ना हरेक भाबहरुलाई निगरानी गर्नु थ्यो। "उस्ले कहाँ आउन किन हुन्छ भनेकी होला?" मलाई लाग्यो। प्रतिकुल परिस्थितीको असर मलाई भन्दा उस्लाई धेरै हुने निस्चित थ्यो। त्यति उस्ले पनि बुझेकै हुनु पर्ने।

आठ जस्तो बजेको थियो होला--मेघनाको फोन बज्यो। "उनीहरु हिने रे?" मेघनाले सुनाई। जुरुक्कै उठेछु। "कता हो? राजमार्गैमा जाने भेटन?" रबिनले सोध्यो। मेघना पनि हाँसी। पनि फिस्स हाँसे आफ्नो ताल देखेर। "कसरी आउने उनीहरु?" मैले मेघनालाई सोधें। "आदित्यले यहीँ पढेको हो नी -- उता वेस्ट कोस्ट तिर -- फेरी यता आईरहन्छ -- उसैले चलाउँछ होला नी मोटर-- खै अरु कोही आउने भन्या छैन मलाई " मेघनाले भनी।

कहाँ आईपुग्न उनीहरुलाई ४५ मिनेट जति लाग्ने थियो। सँग त्यति नै समय थ्यो तयार हुन। मनलाई सम्झाउनु थ्यो, दिमागलाई सचेतक बनाउनु थ्यो।

क्षितिज मैले जुन माला उनेका थिईम त्यस्का फुलहरु कुनबेला झरीसकेका थिए तर धागो सुरक्षित थ्यो।

उनीहरु आईपुगे। मुटु धडेकेको मेरो सुनीरहनु पर्दैन थ्यो, देखिन्थ्यो। बर्षामा पहाडको खोला झै गडगडाएको थ्यो। उनीहरुको मोटर बाहिर रोकिंदै गर्दा मेघनाले मेरो हात उस्का दुईटै हातले च्याप्प समातेर मलाई हेर्दै "दीप दाई!" भनेकी थिई। रबिन सँगै थ्यो, अनि साँझ बास बस्ने तरखरमा।

, मेघना, अनि रबिन बाहिर निस्किम। आदित्य पहिला निस्कियो मोटरबाट । उस्लाई मैले कहिल्यै देखेको थिएन। रबिनले परिचय गरायो। मैले स्वागत गरें। क्षितिज ओर्लने ढोका मेघनाले खोलेकी थिई। अनि सुन्तला रंगको सारी त्यस्कै जोडा पहिरन अनि श्रींगारमा क्षितिज पूर्बी आकासमा सूर्योदय अघिको आभा झै मेरो अघि उभिई। रबिन आदित्य तर्फ थिएम। मेघना क्षितिज तर्फ। उस्ले परेली उठाएर तिर हेर्दा समय स्थिर भएको थ्यो। अधरमा उही न्यानो मुस्कान थ्यो।

"ओहो, सारी लाएर आएकी?" मेघनाले क्षितिजलाई हेर्दै भनी। उनीहरुले एक अर्कालाई हग गरे।

क्षितिज हामी भए तिर बढी-- उस्ले केही झुकेर मलाई नमस्कार गर्दा झन्नै बिचलित भएको थिएँ।

"क्षितिजलाई चिन्नु हुन्छ नी दीपदाई, हैन?" मेघनाले तिर हेर्दै सोधी।

के के भनमला क्षितिज आउँदा भन्ने थ्यो, त्यति बेला एउटा शब्द पनि निस्केन। मैले खाली चिन्छुमा टाउको हल्लाएँ। शब्दले मेरो साथ त्यतिबेला नदिए पनि मुस्कानले भने धर्म थामेको थ्यो।

हामी भित्र लागिम। मेघना नै अघि लागेकी थिई। उस्को पछि क्षितिज थिई। आदित्य त्यस पछि, अनि रबिन अनि म।

.....


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters