[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 250002 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-15-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                          सुचना

अर्को हप्ता दिपिका दवादी चौतारी मा नआउने भएकोले यो सुचना निकालेका हौ। सुस्री दिपिका दवादी लाई अर्को हप्ता चौतारीमा हाजिर हुन व्हिम निकालेको छ। एदी उपस्थिती जनाउन नसकेमा भक्कु गाली गर्ने खबर रस्रङ बिभाग बाटप्राप्त भएको छ। गाली कुनै पनि भाषा मा हुन सक्ने तर नेवारी मा हुने सम्भावना बलियो रहेको पनि जानकारी दिन चाहन्छौ।

 

चौतारी रस्रङ बिभाग 
 


 
Posted on 08-15-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ बाउचा, जुन भाषामा गाली गरे पनि "उल्ठा" गरेको पैसा माग्ने होइन नि। 

 
Posted on 08-15-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे कती खेर जाला र कुरा काटौला भनेर बस्या छौ नेत्रे हो?

मैले बाइ काँ^टी भन्नु, अपिस पो छुट्टी भो, चौतारी छुट्टी हुनु पर्‍यो नि अब भनेको !


 
Posted on 08-15-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छिन् चिलिम ब्रेक मा थिए। एक्सन फिलिम जस्तो हुइके छ चौतारी। पढ्न नै घण्टा लाग्यो। त्यसो त पढ्न भने सि च्याउ खाए भन्दा झ्याउ लाग्ने।


हे बौचा पनि, दीपिका नानु लाई कत्ति न सहेको भने। मलाई नि रीस उठेर ल्याउछ।
भरे एक जना डाक्टर साहेबकोमा म:म: पार्टी छ, आउने भए आउ लहरे। थुक निलेर न बस।
 

 


 
Posted on 08-15-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैले लखेट्न थाले अब चाँही साच्चै नै गये म !

नमरे बाचे कालले साँचे फिर मिलेङे यारो

 

HAVE A GOOD WEEKEND FOLKS


 
Posted on 08-15-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika asti ritthele ke bhanya tha chha? chautarima dipika euti sojhi re baki sabai ta chandal re la. ahile samjhe maile kamta ris uthya chhaina tyo burgande sanga.
 
Posted on 08-15-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सान्नानी आउन साथै डराएर भाग्यो नि रिट्ठे त। 

 
Posted on 08-15-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पाली उल्ठा गरेको पैसा धेरै लाग्छ - $२०० जती
धेरै बिज्ञापन भइसकेको हुनाले - शुल्क बढी भएको हो

गाली पनि बिभिन्न प्रकारको हुन्छ, त्यसमध्य एउटा प्रकार हो:
मिठो गाली - यो म(लहरे) ले गर्ने गाली हो

एस्को बारेमा अर्को हप्ता सबैले थाहा पाउने छ।

रस्रङ बिभाग


 
Posted on 08-15-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे पनि कस्ता कस्ता हुने? आफु यत्तिका दिन देखी गायब छ।
मुकुन्डो लगाएर आएको भन्ने हल्ला गाउभरी छ।
अझ पनि होइन भन्ने प्रमाण देखाउन सकेको छैन।
किन नाएको भन्दा रुघ खोकी जस्तो कम्जोर रोग को बहान पारेको छ।
आफु आइपुने बित्तिकै अर्को मुकुन्डो धारी लोके कुना तिर पस्दा पनि केही भनेको छैन।
बिचरी म काम ले उखु पेलेको जसरी पेलेर चिनी बन्ने बेला भईसक्दा पनि आइराछु चौतारी।
अर्को हप्ता आफु आफ्नो शहरमा धरी हुन्न त्यसैले मिल्दैन होला भन्दै छु ,
बढी जान्ने भएर नेवारी मा गाली गर्छु रे। पाप लाग्छ बौचा त्यसरी नबुझ्ने भाषामा के के भन्याउ भने।मुख नै बङगो हुन्छ अनी बल्ल थाहा हुन्छ।

 
Posted on 08-15-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो नभन दिपिका, कस्तो चित्त दुखेर ल्यायो
 
Posted on 08-15-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न हो र सान्नानी रिट्ठे ले त्यसो भनेको?

किन रिट्ठे? मलाई कसरी सबै भन्दा सोझी देख्यौ साथी? छैन है म त्यस्तो सोझो। लहरेलाई सोध त


 
Posted on 08-15-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका कस्तो सोझो छ भन्ने कुरा मलाई मात्र थाहा छ, भन्दिम लौ सुन

दिपिका पनि दिपिका को नाम जस्तै सोझो छ कसरी भने

दिपिका लेख्दा तेर्सो धर्को राख्नु पर्छ नि अनी

तेर्सो धर्को नाम मा भएपछी मान्छे सोझो हुन्छ है दिपिका
लौ न कस्तो कुरा आको मलाई, बर्बाद गर्‍यो नि, मार्छ मलाई दिपिका ले

 


 
Posted on 08-15-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती ठुल्दाइ ले एउटै मान्छे हो भन्दा नि मैले हैन भने कती सोझो भैएछ आफुलाई त यस्तो पनि हुन्छ भन्ने लाउन थालयो। अझ पर्बत्यजी नमस्ते सम्म भन्न भ्यायो, लहरे को विश्वाश गर्थे तेही पनि भएन, अब यो चौतारीमा एक जनाको मात्र विश्वाश छ मलाई
अनी ठुल्दाइ कहाको डाक्टर साहेबकहा पार्टी छ भन्नु भएको? केही पनि छैन है गाम्ले हो, ठुल्दाइ ले इर्श्याले जलुन भनेर भन्नु भएको हो 

सान्नानी अब यसै फेल उसै फेल आज X-Zone जानी?


 
Posted on 08-15-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भनेको पर्वते म होइन के कस्तो कुरा नबुझेको, म म हुँ लहरे
म भा भे पर्वते नमस्ते भनुलाँ त, सिधै टाउको मा प्यात्त हानेर के छ भनी हाल्थे र,

अनी भोज कहिले त पर्वते मार्ट्साब, अगस्त सकिन लाग्यो सेप्टेम्बर आउन लाग्यो


 
Posted on 08-15-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa kata x-zone jani kura garya afulai tha ni chhaina ke ho tyasto? hajurbale marnuhunchha kalab ho?
 
Posted on 08-15-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नसम्झाउन लहरे मुटु चसक्क हुन्छ के, भोज खानि बेला मा तिमीलाई खबर गरम्ला नि
 
Posted on 08-15-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरबालाई एक्जाम आयो साथीको मा गएर पढेर आउछु भनन हजुरबा जाती छन जे भनेपनी हुन्छ भन्छन
 
Posted on 08-15-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोज खाने बेलामा त म हुन्न होला, लौ मार्यो
दुई महिना पनि छैन मेरो यो चौतारी मा,
आइ विल्ल मिस चौतारी - के गर्ने एस्तो पनि हुदो राइछ
 
Posted on 08-15-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हन बुढो मान्छे एक्चिन एता उता ला बेला का लान लाएउ ए पर्बते मेरो नातिनी लाई फस्ल्याङ फुस्लुङ पारेर,अस्तिन भर्खर जुरेली लाई तेस्ताइ फस्ल्याङ फुस्लुङ पारेर शहर लैजान्छु भन्थ्यो अब हुँदा हुँदा मेरी ई बालख नातिनी लाई नि कलाप होकी कुन्नी के जाती जाम पो भन्च बा ए यो पर्बते त, कै नगै सिद्धै घर आईज है सान्नानी,काल बेला राउरो छैन।
 
Posted on 08-15-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफ नि कत्ति जान्या हुन आजकालका ठिटा ठिटिहरुले?

गफ सिकाउने स्कूल नि हुन्छ कि क्या हो।

जानु पर्‍यो भर्ना भएर सिक। नत्र यहाँ टिक्न गाह्रो हुने भयो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters