world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 106328 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 12-01-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गालउ कहिले फिर्ने हो? यही बाटो आम्नी होला के रे?
 
Posted on 12-01-06 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-01-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" :) - साभार मिस
 
Posted on 12-01-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!!

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" :) - साभार मिस

१) चित्रे
२) गुन्टे
३) ग्वाँचे
४) ठुलि
५) ग)ळउ
६) कुम्ले
७) नमे
८) हरि
९)
१०)
 
Posted on 12-01-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सबैलाई!

"यो के भयो चौतारीलाई?"

फेरि शंकाको चिसो बढेको हो कि?
फेरि अविश्वासको हिऊँ झरेको हो कि?
ढुंगो त ढुंगै भयो, सधैं जमेकै हुन्छ
तूषारोले ढाकिएको वा मन आफैं जमेको हो कि?
 
Posted on 12-01-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) चित्रे
२) गुन्टे
३) ग्वाँचे
४) ठुलि
५) ग)ळउ
६) कुम्ले
७) नमे
८) हरि
९) गोताएँ
१०)
११)
 
Posted on 12-01-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विशेष सुत्रका अनुसार मास्टर्नी दिदी अत्यधिक व्यस्तताका कारण मात्र चौतारीमा आउन नसक्नुभएको र फुर्सद पाउने बित्तिकै आउने बाचा गर्नुभएको जानकारी दिन चाहन्छु। त्यसैले हस्ताक्षर अभियानलाई अब लम्ब्याउने जरूरत पनि परेन।

ए कुम्ले, मुखुन्डो जात्रा त सकिहाल्यो नि। अब आए नि हुन्छ, कसैले तिमीलाइ शंका गर्ने छैनन्।(मैले त कहिल्यै गर्या जस्तो लाग्दैन तिमीलाई शंका :P)

अब चौतारीमा नयाँ कुराहरू गरेर, कथा कविता हालेर रौनक बढाउनु पर्यो। म पनि भ्याइयो भने केही लेखम्ला, तपाईहरू पनि लेख्दै गर्नुस् है!

दादा, नमे र सान्नानीलाई नमस्ते!
 
Posted on 12-01-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यूको कविता:-

"यो के भयो चौतारीलाई?"

फेरि शंकाको चिसो बढेको हो कि?
फेरि अविश्वासको हिऊँ झरेको हो कि?
ढुंगो त ढुंगै भयो, सधैं जमेकै हुन्छ
तूषारोले ढाकिएको वा मन आफैं जमेको हो कि?


वाह! वाह! गोतामे ज्यू! क्या गज्जबको कविता!

गोतामे ज्यू र हरीलाई जदौ!
 
Posted on 12-01-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!!! आगन भरि भंगेरा बसेर सप्पै बिस्कुन सखाप पारे'चन्। उता बाख्रा फुकिएर भर्खर फु्ल्न थालेको तोरी सप्पै खाएचन । यि केटकिटिहुर के जाति आ-आप्नो नाम लेखेर पो बसेचन

यति धेरै माया!!! कल्पना पनि गरेकी थिएन । धन्यवादसप्पै लै

अनि कुम्ले तिमीसं त कुरो को कुम्लो तिंमी भन्दा ठूलो रे'छ नि।
:)
**************************************************************
मैले पहिले एउटा कविता लेखेकी थीए । (मेरो कलेज को साथिले बन्दुक संग लड्दा लड्दै ज्यान गुमाएकि थिइन)
उन्को संझनामा लेखेको ।पहिलेको दिन हरु खोतल्दै जादा त्यहि टुक्रो भेटियो एक पटक आज फेरि उन्को याद आयो


पानी होइन यो
हत्केलामा भरिएको
थोपा थोपा आशु मेरो
तिम्रो नाम मा सुम्पिएको

छोडिगयौ ह्रदयमा
महान तिम्रो नाम कोरी
भुल्ने छैन शगरमाथा
नेपाल कि तिमी विर छोरी
 
Posted on 12-01-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मित्रहरु, वातावरण सहज बनाम्न सर्वपक्षीय प्रयास हुनुपरो।

चित्रे -- गालब र ग्वाँचे चैं फरक हुन् है। :)

दादा -- म शनिवार बेलुका आइपुग्छु। ल, नेपाली सुकुटी र छोइला खाने ठाम सोचेर राख्नुस् है!

अमेरिकाका मित्रहरु -- धेरै मान्छेसँग फोनमा सम्पर्क भयो। सबै जना फरक फरक ब्याकग्राउन्डका रहेछन्। गफ गर्न पाउँदा खुसी लाग्यो। ल त, एकछिन पछि म एयरपोर्ट जाँदैछु। हवस् त विदा!!!

चौतारीमा मिलिजुली बस्नुहोला।
 
Posted on 12-01-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yi dada bro lai po jasus banaunu parne. Hijo rati matrai yutuba tyo prakash ojha ko .."Okhar bote kaka .."hereko thiye , hya sajhama post garna bhayisakeka chhan. Kyarni ta ni mero karmai yesto. Yeso kangress man parako , sappai khume jasta niske. Ani prakash ojha ko geet man parako tyo ta kulanghar niskyo. Kyarum ta ni, aba wokil bhako bhaye tyo adalat ko faisela paltauna hunthyo ke re clean bhakalai fohor prove garna, elinjiar pare tyai prakasheko geet tashindinchu lau ja.


 
Posted on 12-01-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुण्टे बूडाको कथाले रमाईलो गरायो। यस्ता यस्ता हण्डर अचाक्ली खा'का भ'र पो यी बूडाको तालु ताछेको आलु भन्दा पनि सफाचट भ'को र'छ यति चाँडै!

जिम्माल उनकाँ भूत हिँड्ने बेलाँ चौतारीमा आ'र गाँजा तानेर सम्झिँदा र'छन् मलाई। दिउँसो एकबाजी घाँटी खसखस त गर्छ सँधै।

चौतारीको यो भाग एक राउण्ड फेरि सररर-- हेरें के रे मैले, तर ठूल्नानीले 'तोपे' भनेर कल्लाई भन्या हो भेउ पाउन सकिन। 'तोपे', 'बन्दूके, 'गोले' पनि आ'छन् र हाम्रो चौतारीमा भन्या? कि माउवादी खाउवादी हुन शहर पसे'सी बढी भ'का 'तोपे', 'बन्दूके', 'गोले', 'बमे' जति सबैलाई हाम्रो चौतारीतिर हुल्दिन आँटे कि क्या हो पातकीहर्ले?!

यस्तै हो गाम्ले हो, चौतारीमा कसैका कुराले रिस उठे भूस कुट्नु, चित्त दुखे भित्तोलाई एक मुड्की हान्नु, तर हरेस नखानु। मान्छे भ'सी बरु चरेश खानु, तर हरेस नखानु भन्थ्यो के रे एउडोले।
 
Posted on 12-01-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो र कुलो जता लगे नि हुन्छ भनेको यइ रे'च

मेरो समिधालाइ चौतारीमा फर्काउने अभीयान पुरै हुन पाएन। के हो केहो ?!1

सबै अन्तर्यामी भैदिए 'भगवन' शब्द को अस्तित्व नै के हुने थियो होला र?? :D :D

पुन्टेदाको कथाले लास्टाँ हसायो। कुरो बुझ्न ट्याम लायो के रे मलै त दुइचोटि पढे'सि दिमागाँ कुरो पस्यो ।
 
Posted on 12-01-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" :) - साभार मिस
 
Posted on 12-01-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे धन्यवाद मेरो हालखबर सोद्नु भेकोमा । आ एम फाइन थ्यांक्उ । एन्द यु चित्रे ।
 
Posted on 12-01-06 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् "बिस्कुन" भनेको के हो ?
 
Posted on 12-01-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन गालब कता जान् लागेको । एएएएएएएएएएएएएएए गालब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब :(
 
Posted on 12-01-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" :) - साभार मिस
 
Posted on 12-01-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नजाउन चौतारी छोडि मुख मोदी दिल तोदी चान्तेमायालु

एएएएएएएएएएएएएएएएएएएए गालाआअब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब् नजाउन क्याआआ।
 
Posted on 12-01-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली

बिस्कुन‍‍= घाम को तातोमा सुकाउन लै भुइमा राखेको अनाज, समान हरु ( अब तिमी अनाज भनेको के दिदि भनेर सोध्छेउ ---i am sure :D)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters