Posted by: Gautam B. December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
पुण्टे बूडाको कथाले रमाईलो गरायो। यस्ता यस्ता हण्डर अचाक्ली खा'का भ'र पो यी बूडाको तालु ताछेको आलु भन्दा पनि सफाचट भ'को र'छ यति चाँडै! जिम्माल उनकाँ भूत हिँड्ने बेलाँ चौतारीमा आ'र गाँजा तानेर सम्झिँदा र'छन् मलाई। दिउँसो एकबाजी घाँटी खसखस त गर्छ सँधै। चौतारीको यो भाग एक राउण्ड फेरि सररर-- हेरें के रे मैले, तर ठूल्नानीले 'तोपे' भनेर कल्लाई भन्या हो भेउ पाउन सकिन। 'तोपे', 'बन्दूके, 'गोले' पनि आ'छन् र हाम्रो चौतारीमा भन्या? कि माउवादी खाउवादी हुन शहर पसे'सी बढी भ'का 'तोपे', 'बन्दूके', 'गोले', 'बमे' जति सबैलाई हाम्रो चौतारीतिर हुल्दिन आँटे कि क्या हो पातकीहर्ले?! यस्तै हो गाम्ले हो, चौतारीमा कसैका कुराले रिस उठे भूस कुट्नु, चित्त दुखे भित्तोलाई एक मुड्की हान्नु, तर हरेस नखानु। मान्छे भ'सी बरु चरेश खानु, तर हरेस नखानु भन्थ्यो के रे एउडोले।
Read Full Discussion Thread for this article