[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 106326 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 11-30-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मास्टर्नी नानी त टुपुल्किएकी! आयू त लाऽऽमो छ बा.
अब मलाई गालि अर्नी बेला भैच.
म भागेँ है.

म त भागेँ खोलापारि डाँडा चौपारी!

यता हेर कान्छी नानी म केइ भन्छु सुन
... ... ...

म त भागेँ खोलापारि डाँडा चौपारी!
 
Posted on 11-30-06 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा त गाली नखाइ भागे के रे म नि भाग्नु पर्ला जस्तो छ गाली खाएर ।
 
Posted on 12-01-06 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइल्दाइ,
"कोई आम्छन:P अर्छन जान्छन्। कोई आम्छन :D गर्छन जान्छन्"
Yo D ra P ko meaning bujhe maridinu?

Ke ho yo? sodhou sodhou lagiraheko chha. Short-form vand pani adkal garna sakina.

Teen age ka keta/keti le prayog garne po ho ki? Kasto vasa ho? Vanna ta hune ho?

Sajha ma naya vaera pani hola nabujeko?
 
Posted on 12-01-06 6:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भेटेर गफ गर्न पर्नी बेलाँ भाग्नी कुरा मात्रै गर्चन्। हैन यसरी पनि हुन्छ गाँठे? सबैजना बटारिए कल्ले कुरा मिलाउनी हो?

के भन्नी? कल्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्।

ल, जिम्मालबा! बुढाखाडाहरुले हस्तक्षेप नगरी होला जस्तो छैन। अब तपैंको अध्यक्षतामा एक सदस्यीय छानबिन आयोग गठन गर्न परो र समस्या के हो बुझ्न परो, अनि समाधान खोज्न परो।
 
Posted on 12-01-06 6:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!

सर्वप्रथम त मास्टर्नी दिदीलाई चौतारीमा निरन्तरता जारी राख्नको लागि हार्दिक अनुरोध गर्दछु। मैले जासूसीको सिलसिलामा समिधा को हुन् भन्ने कुराको पत्तो त पाउन सकिनँ तर यसमा मास्टर्नी दिदीको कुनै संलग्नता छैन भन्ने कुरा भने किटेरै भन्न सक्छु।मास्टर्नी दिदीलाई चौतारीमा फर्काउनको लागि म हस्ताक्षर अभियान शुरू गर्न चाहन्छु। सबैले आ-आफ्नो नाम तलको लिष्टमा थप्दै जाम्:-

१) चित्रे




भट्टे,
:) :D :( या :P भनेका smileys हुन्। यिनलाई हेरेर आफ्नो टाउको देव्रे तर्फ ढल्काएर हेर्नुहोला र यौटा अनुहारको कल्पना गर्नुहोला। हाँसेको, मुस्काएको या दु:खी भएको अनुहार जस्तो देख्नुहुनेछ।




अब यामेलाई पुरस्कार वितरण गर्नको लागि मास्टर्नी दिदीलाइ अनुरोध गर्न चाहन्छु। पुरस्कार मैले तयार पारेर राखेको छु, मास्टर्नी दिदी आएर प्रदान गरिदिनुहुनेछ।

 
Posted on 12-01-06 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो पोनि थप्चु मेलो नाम:-

मास्टर्नी दिदीलाई चौतारीमा फर्काउनको लागि हस्ताक्षर अभियान

१) चित्रे
२) गुन्टे
 
Posted on 12-01-06 6:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि है यसपाली आउन ढिलो भो, एउटा तेस्तइ बेकामको काममा लागेको थिए, चौतारीमा हाजिर हुनै पायिन ।

पुन्टे दाइको क्लासिक कथा मन परो, अझै जावोस् ।
---------
कुरा त कता'ट कता पुगिसकेछ ।

पैला जिम्माल बा सरि है माफ पाम्!
---------
गालब्, त्यो अस्ती भनेको काम नगरुम अस्तो लाग्यो, हुन त सप्पै सिद्धाइसक्या थे!
---------

अनि चित्रे ब्रो, मुकुन्डो फुकालेकोमा धन्यवाद!
---------
मास्टर्नी दिदीलाई चौतारीमा फर्काउनको लागि म हस्ताक्षर अभियान शुरू गर्न चाहन्छु। सबैले आ-आफ्नो नाम तलको लिष्टमा थप्दै जाम् (-चित्रे ) :-

१) चित्रे
२) ग्वाँचे
३)
४)
५)
 
Posted on 12-01-06 6:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदीलाई चौतारीमा फर्काउनको लागि म हस्ताक्षर अभियान शुरू गर्न चाहन्छु। सबैले आ-आफ्नो नाम तलको लिष्टमा थप्दै जाम् (-चित्रे ) :-

१) चित्रे
२) गुन्टे
३) ग्वाँचे
४)
५)
 
Posted on 12-01-06 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४) ठुलि
५)
६)
तोपे ज्यु हजुर लाइ चौतारी म स्वागत छ ।
 
Posted on 12-01-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, भनेसि पोर्जक्ट क्यान्सेल भो? हुन त त्यो बेलाको रौनक र अहिलेकोमा धेरै फरक आइसक्या छ। जे मर्जी!!१

मास्टर्नी दिदीलाई चौतारीमा फर्काउनको लागि म हस्ताक्षर अभियान शुरू गर्न चाहन्छु। सबैले आ-आफ्नो नाम तलको लिष्टमा थप्दै जाम् (-चित्रे ) :-

१) चित्रे
२) गुन्टे
३) ग्वाँचे
४) ठुलि
५) ग)ळउ
६)
 
Posted on 12-01-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब्,
तेइ त भुन्या, पुर्जेक्ट क्यान्सिल नै गर्नु परो, ड्राफ्ट हेर्ने भे पठाइदिन्छु क्यारे, बिजुलीपत्र बाट्!
 
Posted on 12-01-06 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पठाइदिम् न त!
 
Posted on 12-01-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, चित्रेले पनि मुकुन्डो खोलेछ,
ल निशब्रो को पनि मुकुन्डो खोल्दिम् के रे!!!

निशब्रो = गालब
निशब्रो = ग्वाँचे
 
Posted on 12-01-06 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ नमे त्यो भिडियो मा गीत गाउने मान्छे त त जस्तै रैछ (i mean that drunkard man)
 
Posted on 12-01-06 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदीलाई चौतारीमा फर्काउनको लागि म हस्ताक्षर अभियान शुरू गर्न चाहन्छु। सबैले आ-आफ्नो नाम तलको लिष्टमा थप्दै जाम् (-चित्रे ) :-

१) चित्रे
२) गुन्टे
३) ग्वाँचे
४) ठुलि
५) ग)ळउ
६) कुम्ले
७)
८)
९)

तर मलाई मास्टर्नी दिदीलाई केहि कुरा भन्न मन लागेको छ भने, यदि तपाईँ समिधा होइन भने एकचोटी होइन भनेर त्यस बिषयमा सोँच्नै छाडे भइहाल्यो नि। किन यति सार्‍हो मनमा लिनु पर्छ र?

मलाई "निशान्त होस्" भनेर धेरै ले भनिरहेको बेला त मैले कुनै किसिमले त्यो कुरालाई मनमा लिएको छैन। किन कि मलाई थाहा छ निशान्त म होइन भन्ने कुरा। अनि म किन यो कुरा सबैलाई Prove गर्दै हिड्नु? एक चोटी भन्ने हो अनि सकियो। अरुले भनेर के हुन्छ र??

मलाई त अचम्म लाग्छ यो कुरालाई यत्ति ठुलो बनाएर लगेको देखेर।

पून्टे दाईले भन्नु भएजस्तै यो त केवल नौटंकीमात्र हो। अनि यसमा जो जे भएपनि के फरक पर्यो र?

अनि दोस्रो कुरा, ति सबै मुखुन्डोहरु कुम्लेले लगाएको हो। अब सबै दोष अथवा तारिफ जत्ति कुम्लेलाई दिनुहोला। त्यसैपनि धेरैले म नै हुँ भन्ने ठानेको बेलामा मैले यस्तो भन्दिदा राम्रै हुन्छ होला नि। फेरि मुखुन्डोधारीहरुले राम्रा राम्रा कुरा गरिरहेको बेला यस्तो Credit लिन पाउनुपनि भाग्यकै कुरो हो। निशान्त जस्तो स्पष्टवक्ता, समिधा जस्तो सरल, गुन्टे र लुन्टेको जस्तो Innocent हुन सके यो सन्सारमा अरु के नै पो चाहियो र? मैले मुखुन्डो लगाएको छु या छुइन भन्ने कुरा मलाई अनि मुखुन्डोहरुलाई थाहा छ, तरपनि कृपया सबैले मलाई नै मुखुन्डोधारी सम्झिएर यि सबैकुरा समाप्त पारी दिनु होला। मुखुन्डो लगाएर राम्रा राम्रा कुरा गर्नु कुनै नराम्रो कुरो होइन। हुनपनि कुनै कुनै रूपमा हामी सबैजना एउटा मुखुन्डोधारी नै हौँ नि। अब मुखुन्डो को कुरा कसैलेपनि नगरौँ।

र अन्त्यमा, जब सम्म मुखुन्डोको कुरा हुन्छ चौतारीमा, म चौतारीमा आउने छुइन। अहिले सम्म प्राप्त भएका माया अनि आफ्नोपनको लागी म हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। कृपया मलाई आउनको लागी भोट नहाल्नु होला। म यो सबैकुरो साम्य भएपछि आफैँ आउनेछु। चौतारी मलाईपनि प्यारो लाग्छ। सबैजना आफ्नै मित्रहरु हुनुहुन्छ।

-कुम्ले
 
Posted on 12-01-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूली, के छ हालखबर? दिनमा कम्तीमा एकपल्ट तिमीलाई नसोधी त मेरो मनै बस्दैन भन्या। :)

ग्वाँचे र गालबले चैं के पोर्जेक्टको कुरा गर्नुभा' हो खै?

अनि ग्वाँचैको फर्मूला अनुसार त,
यदि,
निशब्रो = गालब
निशब्रो = ग्वाँचे
हो भने,
गालब = ग्वाँचे, पो हुने भयो त। (if A=B and A=C, then B=C) ;)
 
Posted on 12-01-06 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेले ठुलो रिपोर्ट तयार गर्या रचन् नि त! बाफ्रे!!! यस्तरी सोच्नी नेपालाँ क्वै राजनीतिज्ञ भैदिया भे त नेपाल त जुनमा पुगिसक्या हुन्थ्यो भन्या!!!
 
Posted on 12-01-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँसायो यार गालबले, के पुर्जेक्ट को कुरा अरेको तिम्ले!
अनि चित्रे ब्रो, जता पनि म्याथको फर्मुला लगाउन मिल्छ र ?
 
Posted on 12-01-06 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ye ratai, yo rate po raicha tyo vdo ma? ani mula tyo gali garne tero budi ho? mula bihe gare pachi bhannu parcha ni, hami pani tero bihe ma testai khayera nachthem ni?

Ma ta socho manche hajur, aba ko ko risako ho ko ko khusako ho vyau nai paudina. Sabaile nam lekheka raichan muile ni thokidiye, ramrai ta hola ni hagi?


१) चित्रे
२) गुन्टे
३) ग्वाँचे
४) ठुलि
५) ग)ळउ
६) कुम्ले
७) नमे
८)
९)
 
Posted on 12-01-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नमे पर्काश ओझाको पंखा हो के। पर्काश ओझा पनि खूम बहादुर जस्तै निर्दोष रेछ के रे।
ल बदाइ छ नमे।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
whats wrong living with your parents ?
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters