[Show all top banners]

narayanbdr
Replies to this thread:

More by narayanbdr
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 REPUBLIC OF MADESH - FREE MADESH

[Please view other pages to see the rest of the postings. Total posts: 155]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 45695 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 01-18-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GUYS HAVE YOU HEARD THAT MADESHI ARE DEMANDING FREE MADESH? WHAT THE FU(K ARE THEY TAKING ABOUT? NEPAL IS ALREADY SMALL AND SUFFERING IN MANY WAYS. WHY DON'T THEY MOVE TO INDIA IF THEY REALLY DON'T WANT NEPAL AS THEIR COUNTRY. I REALLY DON'T UNDERSTAND THEIR HUMOUR. MAUKA KO FAIDA LINA KHOJEKO HO KI KYA HO?

http://freemadhesh.atspace.com/

CHECK THIS LINK OUT, ITS REALLY IRRITATING, ERRRRRRRRRRRRRRRRRRRRRRRR, FEEL LIKE DANG DANG DANG TO ALL MADESHI WHO WANT FREE MADESH.

SORRY IF IT IS A REPOST.
 
Posted on 01-21-07 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले को सन्दर्भमा तिलक पाठक को यो लेख पनि केही सान्दर्भिक होला जस्तो लाग्छ मलाई,

तनावमा तर्राई

तिलक पाठक

िअन्तरमि संविधान-२०६३ को प्रावधान मधेशविरोधी भएको भन्दै मधेशी जनाधिकार फोरमले माघ २ गते अन्तरमि संविधान जलायो । त्यसक्रममा प्रहरीले फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत २८ जनालाई गिरफ्तार पनि गर्‍यो । उनीहरूलाई र्सार्वजनिक अपराधमा अनुसन्धान गर्न १० दिनको म्यादसहितको थुनुवा पर्ुर्जी दिइएको छ । फोरमले अन्तरमि संविधानका केही बु“दा मधेशी भावनाविपरीत भएको बताउ“दै सोही दिन मधेश बन्दसमेत गर्‍यो । तीन दिनपछि नै फोरमका नेता-कार्यकर्तालाई पक्राउ गरएिको विरोधमा फेर िमधेश बन्दको कार्यक्रम राखियो । माघ ५ गतेको बन्दका क्रममा लहानमा गोलीबाट न्यु मनकामना बोर्डिङ् स्कुलमा १० कक्षामा अध्ययनरत १६ वषर्ीय रमेशकुमार महतोको मृत्यु भएको छ । पर््रदर्शनकारी र माओवादी कार्यकर्ताबीचको विवादमा महतोको मृत्यु भएको हो । पर््रदर्शनकारीले माओवादीले प्रयोग गरेका दर्ुइवटा मिनीबससहित एक दर्जन यात्रुवाहक बस र दर्ुइवटा मालवाहक ट्रकमा आगजनी गरे ।

सिंविधानसभा चुनावका लागि दर्ुइ सय पा“च निर्वाचन क्षेत्रलाई अन्तरमि संविधानमा यथावत् राखिएकोमा सत्तारूढ दलमध्येको एक नेपाल सद् भावना पार्टर्ीीआनन्दीदेवी) ले पनि असहमति प्रकट गर्दै पुस १० गते नेपाल बन्दको आह् वान गरेको थियो । बन्दका कारण भोलिपल्ट नेपालगन्जमा साम्प्रदायिक दङ्गा भड्कियो । अराजक समूहको झडपमा परी नेपालगन्जस्थित महेन्द्रपार्कका ३३ वषर्ीय कमल गिरीको ज्यान गयो भने दर्ुइ दर्जन व्यक्ति घाइते भए ।

सिशस्त्र जनतान्त्रिक तर्राई मुक्ति मोर्चा

-ज्वाला सिंह) का कार्यकर्ताले पुस १३ मा पर्ूव-पश्चिम राजमार्गको सप्तरीस्थित भारदह-१ मा र्सार्वजनिक यातायातमा आक्रमण गरी एकको हत्या गरेे । मृत्यु हुनेमा दोलखा जिल्लाको च्यामा-६ का १८ वषर्ीय अर्जुन फुयाल थिए ।

यी घटनाले तनावग्रस्त मधेशको अवस्था झल्काउ“छ । साथै, मधेशका समस्यालाई बेलैमा सम्बोधन नगरएिमा यो असहजता असहिष्णुतातिर जाने सङ्केत पनि देखिएको छ । मधेशीहरूले आफ्नो असन्तुष्टि प्रकट गर्दै अधिकारको माग गरे पनि राजनीतिक दल र राज्यचाहि“ उनीहरूका मागप्रति संवेदनशील हुन सकिरहेको छैन । अधिकांश मधेशीहरू काठमाडौ“को केन्द्रीय सत्तास“ग सन्तुष्ट देखि“दैनन् । उनीहरू एकीकरणकालदेखि नै राज्यबाट ठगिएको महसुस गर्छन् ।

हरेक राजनीतिक परविर्तनपछि मधेशको मुद्दालाई सम्बोधन गर्ने आश्वासन दियो, राज्यले । "हरेक राजनीतिक आन्दोलनमा मधेशी समुदायका मानिसलाई राजनीतिक दलहरूले आश्वासन दिए," जागृति नेपालका अध्यक्ष विजयकान्त कर्ण्र्ाान्छन्, "तर, सत्तामा गएपछि मधेशीहरूको मुद्दामा उनीहरू संवेदनशील बन्न सकेनन् ।" त्यसैले राज्यले मधेशका केही नेतालाई प्रतिनिधित्व गराउनेबाहेक केही गरेन । यता विभेदविरुद्धको यस आन्दोलनले राज्य र नागरकि समाजको ध्यान पनि आकृष्ट गर्न सकेन । मधेशको बाहेक अन्य आन्दोलन जस्तै दलित, जनजाति, महिलाका मुद्दासम्बन्धी आन्दोलनलाई राज्य चलाउने अभिजात्य वर्गले पनि आफ्नै आन्दोलनका रूपमा लिए । किनभने, उनीहरूको बसाइ“को क्ष्ँेत्र एउटै भएकाले पनि आफू बसेको ठाउ“मा अशान्ति नहोस् भन्ने उनीहरू चाहन्थे । त्यसैले पनि दलित, जनजातिलगायतका मुद्दाहरू ०४६ सालको परविर्तनपश्चात् ज्वलन्त भए । तर, मधेशको मुद्दालाई भने राजनीतिक दल र राज्यले सम्बोधन गर्ने तत्परता देखाएन । जनआन्दोलन-२ ले भने मधेशको मुद्दालाई राजनीतिको प|mन्टमा ल्याइदिएको छ ।

मधेशी जनाधिकार फोरमका पर्ूवमहासचिव जयप्रकाशप्रसाद गुप्ता मधेशी समुदायमा पहिचानको समस् या रहेको बताउ“दै भन्छन्, "मधेशीलाई नेपाली हुन् भन्ने कुरा नै मानिएन । " उनको भनाइमा मधेशलाई सिङ्गो उपनिवेश मान्दै पहाडी र मधेशी गरी दुइटा राष्ट्रियताको अवधारणा ल्याइयो । "राज्यले पहाडी राष्ट्रियतालाई मान्यता दियो भने अर्को मधेशी राष्ट्रियतालाई मान्यता दिएन," उनी भन्छन् । त्यसैगरी सांस्कृतिक रूपमा पनि उनीहरूलाई कुनै मान्यता नदिइएको गुनासो मधेशीहरूको छ । गुप्ताका अनुसार, मधेशको सांस्  कृतिक र धार्मिक बिदा छैन । "राष्ट्रिय बिदा दिनु भनेको राजनीतिक रूपमा मान्यता दिनु हो," उनी भन्छन्, "क्षेत्रीय रूपमा त्यही समुदायका व्यक्तिलाई मात्र बिदा दिएर यसलाई राष्ट्रिय मान्यताको विषय बनाइएन ।" नेपाल सद्भावना पार्टर्ीीआनन्दीदेवी) का सह-महासचिव अनिल झाचाहि“ मधेशीहरूको अस् ितत्वको समस्या रहेको बताउ“छन् । "जब भाषा, पहिचान हराउ“दै जान्छ, तब उसको अस्तित्वमाथि सङ्कट पर्छ," झा भन्छन् ।

अहिले आएर मधेशी समुदायकाले पनि आफ् नो हक अधिकार बुझे । प्रतिनिधित्वको होइन, मान्यता र सहभागिताको समस्या हो भन्ने थाहा पाए । संविधानसभाको पर्ूवसन्ध्यामा किन यो समस् या ज्वलन्त छ - "विद्यमान निर्वाचन पद्धतिले प्रतिनिधित्व रहला तर सहभागिता रह“दैन," जेपी गुप्ता भन्छन् । ८० स्थान छ, मधेशमा । तर, विगतका तीन संसदीय निर्वाचनमा कहिल्यै पनि २९ जनाभन्दा बढी निर्वाचित हुनसकेका छैनन् । किनभने, निर्वाचन क्षेत्रको बनोट नै यस्तो छ कि अधिकांश पहाडी समुदायका व्यक्तिहरूलाई टिकट दिनुपर्ने हुन्छ ।

मधेशका मुद्दा

राज्यको शक्ति परचिालनको केन्द्र व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, कर्मचारीतन्त्रदेखि सुरक्षा निकायमा मधेशी समुदायको सहभागिता नभएको गुनासो पनि यस समुदायको छ । वेदानन्द झा ०२३ सालमा गृहमन्त्री भए भने मधेशी समुदायबाट रक्षामन्त्री हुनेमा फत्तेसिंह थारू हुन् । त्यसैगरी ०५९ सालमा बद्री मण्डल उपप्रधानमन्त्री भएका थिए । ००७ सालमा गठित १० सदस्यीय राणा-काङ्ग्रेस मन्त्रिमण्डलमा मधेशी समुदायका भद्रकाली मिश्रले यातायात मन्त्रीको जिम्मेवारी पाएका थिए । त्यसैबेलाबाट सत्तामा मधेशी सहभागिता फाट्टफुट्ट भए पनि यो सङ्ख्या नगण्य छ । १२ दशमलव सात प्रतिशत जनसङ्ख्या रहेको बाहुनको यसअघिको संसद्मा ३९ दशमलव छ प्रतिशत सहभागिता थियो भने क्षेत्री/ठकुरीको चाहि“ जनसङ्ख्याको अनुपातमा समान सङ्ख्यामा प्रतिनिधित्व रहेको देखिन्छ । जबकि, ३३ प्रतिशत जनसङ्ख्या रहेको तर्राईमा मधेशीको १७ दशमलव चार प्रतिशत मात्रै प्रतिनिधित्व रहेको देखिन्छ -हर्ेर्नुस्, तालिका) । सरकारी सेवामा पनि मधेशी समुदायको पहु“च उस् तै नगण्य छ । सरकारी सेवामा पर्वते बाहुन र क्षेत्रीको प्रतिनिधित्व ६९ दशमलव पा“च प्रतिशत छ भने मधेशी समुदायको ११ दशमलव पा“च प्रतिशत रहेको छ । "प्रतिनिधित्व होइन, सहभागिता चाहिन्छ," जेपी गुप्ता भन्छन्, "प्रतिनिधित्व र सहभागिता फरक कुरा हो ।" उनको भनाइमा केही व्यक्तिको मात्रै उपस् िथति रहनु प्रतिनिधित्व हो भने जनसङ् ख्याका आधारमा प्रतिनिधित्व हुनु सहभागिता हो ।

त्यसैगरी भाषाको समस्या पनि मधेशको ज्वलन्त समस्या हो । मधेशमा भोजपुरी, मैथिली, अवधिजस् ता मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने माग उठ्दै आएको छ । ०५४ सालको स्थानीय निर्वाचनपछि राजविराज नगरपालिका र धनुषा जिविसले नेपालीस“गै मैथिली भाषालाई पनि स्थानीय तहमा प्रयोग गर्ने निर्ण्र्ाागरेका थिए । तर, यसविरुद्ध रटि निवेदन परेपछि सर्वोच्च अदालतले ०५६ जेठ १८ गते सरकारी कामकाजमा स्थानीय भाषा प्रयोग नगर्नु भन्ने अन्तरमि आदेश जारी गर्‍यो । त्यसैले पनि मधेशीले विभिन्न जनजातिस“ग मिलेर जेठ १८ गतेलाई 'कालो दिवस' का रूपमा मनाउने गर्छन् ।

मधेशी असन्तुष्टिको अर्को कारण नागरकिता समस्या हो । एमालेका तत्कालीन राष्ट्रियसभा सदस्य धनपति उपाध्यायको अध्यक्षतामा गठित नागरकिता आयोगको प्रतिवेदनमा लगभग ३४ लाख मधेशीहरू नागरकिताविहीन रहेको कुरा उल्लेख गरएिको थियो । पटकपटक निर्वाचनमा मतदाता भइसकेकालाई पनि नागरकिताका आधारमा मतदाता नामावलीमा समावेश नगराइ“दा आफ्नो अधिकार खोसिएको महसुस मधेशीहरूले गरेका छन् । त्यसो त नागरकिताको समस्या विगत १५-२० वर्षेखि उठ्दै आएको हो । मधेशलाई हर्ेने मानसिकता र संवैधानिक जटिलताले गर्दा समस् या समाधान हुन नसकेको तर्क सद्भावना पार्टर्ीीानन्दीदेवीका महासचिव राजेन्द्र महतोको छ । प्रतिनिधिसभाले मङ्सिर १० मा नागरकिता ऐन ०६३ पारति गरी नागरकिता वितरणका लागि टोलीहरू खटाइएकाले अब कानूनी रूपमा कुनै समस् या रहेन । "तर, मानसिकताको समस्या अझ रहन सक्छ," सद्भावना -आनन्दीदेवी) का महासचिव महतो भन्छन्, "नागरकिता टोलीको मधेशीप्रतिको दृष्टिकोणमा परविर्तन आएन भने समस्या आउन सक्छ ।"

सम्बोधनको उपाय

अबको परविर्तनले आफ्नो भूमिमा आफ्नै शासन -होम-रुल) को मान्यता र त्यसका लागि सङ्घीय शासनसहितको मधेश प्रदेश वा आफ्नै 'होमल्याण्ड' चाहिरहेको तर्क मधेशी समुदायका नेताहरूको छ । सद्भावना -आनन्दीदेवी) का महासचिव महतो मधेशमा द्वन्द्वको समाधान गर्न सङ्घीय शासनप्रणालीमा जानर्ुपर्ने बताउ“छन् । त्यसका लागि सिङ्गो मधेशलाई एउटा प्रान्तका रूपमा अधिकार दिइनर्ुपर्ने भनाइ पनि उनको छ । "त्यस्तो प्रान्त अधिकारसम्पन्न पनि हुनर्ुपर्छ," उनले भने । त्यसो त अन्तरमि संविधान-०६३ मा पनि एकात्मक शासनप्रणालीको अन्त्य गर्ने कुरा उल्लेख गरएिको छ । तर, त्यसको विकल्पमा के भन्ने कुरा भने खुलाइएको छैन । "सङ्घीय शासनको अवधारणा अन्तरमि संविधानमा आएन," सद्भावना -आनन्दीदेवी) कै सह-महासचिव अनिल झा भन्छन्, "एकात्मक शासनप्रणालीको विकल्पमा सङ्घीय शासन उल्लेख हुनुपर्‍यो भन्ने नै हाम्रो माग हो ।"

त्यस्तै सत्तारूढ दलमध्येको एक सद्भावना -आनन्दीदेवी) को अर्काे माग समान जनसङ्ख्या, भौगोलिक र सांस्कृतिक एकरूपताका आधारमा निर्वाचन क्षेत्रको पुनः निर्धारण हुनर्ुपर्छ भन्ने रहेको छ । उनीहरूको भनाइमा अन्तरमि संविधान छिट्टै संशोधन गरनिर्ुपर्छ । "अन्तरमि संविधानमा सङ्घीय शासनप्रणाली राख्ने र निर्वाचन क्षेत्रको पुनः निर्धारण भएन भने ठूलो उपद्रो मच्चिन सक्छ," महतोको चेतावनी छ । जिल्लाहरूको विभाजन अवैज्ञानिक ढङ्गले गरएिको बताउ“दै राजेन्द्र महतो भन्छन्, "बेढङ्ग र अवैज्ञानिक ७५ जिल्लालाई कायम राखी त्यही निर्वाचन क्षेत्रलाई राख्दा भेदभाव भएको छ ।" पुस १ गते अन्तरमि संविधानमा सबै राजनीतिक दलहरूबीच सहमति भए पनि सद्भावना -आनन्दीदेवी) ले भने असहमति प्रकट गर्दै त्यसको विरोधमा बन्दको आह्वान गरेको थियो । समानुपातिक निर्वाचन प्रणाली हुनर्ुपर्ने माग पनि मधेशी समुदायका नेताहरूको छ । "समानुपातिक निर्वाचन प्रणाली कायम गरनिर्ुपर्छ भन्ने मधेशी समुदायको माग हो," जेपी गुप्ता भन्छन् । कात्तिक २२ मा सात दल र माओवादीबीच भएको ऐतिहासिक समझदारीमा एमालेले फरक मत प्रस्तुत गर्दै संविधानसभाको निर्वाचनका निम्ति समानुपातिक प्रणाली अपनाउनु सबैभन्दा बढी लोकतान्त्रिक हुने बताएको थियो ।

सङ्घीय शासनप्रणालीको कुरा गर्दा मधेशी समुदायका नेताहरू पर्ूवदेखी पश्चिमसम्म मधेश एउटै हुनर्ुपर्ने माग गररिहेका छन् । किन एउटै मधेश - "सम्पर्ूण्ा मधेश एक ठाउ“मा रह्यो भने मात्रै हाम्रो पहिचान रहन्छ," महतो भन्छन् । नेपाली काङ्ग्रेसबाट भर्खरै प्रतिनिधिसभामा मनोनीत सांसद अमेरशकुमार सिंहको तर्क पनि उस्तै छ । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्ययनरत सिंह भन्छन्, "मधेशको समस्या समाधान गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको एउटै मधेश हुनर्ुपर्छ । " तर, तिनै सिंहले यसअघि राज्यको पुनःसंरचनाको खाका प्रस्तुत गर्दा मधेशलाई मिथिला, भोजपुरी, अवधि र थारू गरी चार प्रदेशमा विभाजन गरेका छन् । "त्यतिखेर प्राज्ञिक हिसाबले त्यो तयार गरेको थिए“," उनी भन्छन्, "अहिले राजनीतिमा आएको छु । राजनीतिक एजेण्डाको कुरा त गर्नैपर्‍यो ।"

माओवादी नेता तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मातृका यादव पनि यस समस् याबाट पृथक् छैनन् । माओवादीले यसअघि राज्य पुनःसंरचनाको प्रारूप अघि र्सार्ने क्रममा मधेशी, थारूवानजस्ता प्रदेशहरूमा मधेशलाई विभाजन गरेको थियो । तर, यादव आफ्नो पार्टर्ीी एकल मधेशको कुरा गरेको दाबी गर्छन् । "माओवादीले शुरूमा मधेशलाई छुट्टाछुट्टै राज्यका रूपमा स्वीकार गरे पनि अहिले एकल मधेशतिर उन्मुख भएको छ," उनी भन्छन् । तर, माओवादीले आफूले पहिल्यै प्रस्तुत गरेको राज्यसंरचनाको प्रारूपमा परविर्तन गरेका छैनन् । बरु, माओवादी नेताहरूले आफ्नो पार्टर्ीीे प्रारूप त्यही भएको बताउ“दै आएका छन् । यसरी मधेशी समुदायका नेताहरूको तर्क र उनीहरूका पार्टर्ीी लिएको नीतिबीच विरोधाभास देखिन्छ । नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका महामन्त्री विमलेन्द्र निधिको धारणाचाहि“ फरक छ । मधेशको सवालमा पहिचान, प्रतिनिधित्व र स्वामित्वको कुरा रहेको बताउ“दै उनले भने, "यसलाई सम्बोधन गर्नका लागि सङ्घीय राज्य संरचनामा जानर्ुपर्छ । यसको खाका तयार पार्दा जनसङ्ख्या, भूगोल, संस् कृति, भाषा र प्राकृतिक स्रोत साधनका आधारमा तयार गरनिर्ुपर्छ ।" यसरी निर्धारण गर्दा कति राज्य बनाउनु उपयुक्त हुन्छ, त्यति नै बनाउनर्ुपर्ने उनको तर्क छ । "त्यसका लागि यति भनेर निश्चित सङ्ख्या तोक्नुभन्दा पनि वैज्ञानिक छलफल र राजनीतिक सहमति हुनर्ुपर्छ," निधिले भने, "तर, यसो गर्दा हिमाल, पहाड र तर्राईमा समान सिद्धान्त र अवधारणा लागू गर्नुपर्छ ।"

जसरी मधेशी समुदायले आफू उत्पीडनमा परेको महसुस गर्छ, त्यसरी नै मधेशी समुदायमा पनि ठूला जातका भनिनेबाट साना जातमाथि हुने भेदभाव उत्तिकै छ । ठूला जातका मानिसहरूले स्थानीय चमारहरूलाई गाउ“ नाकाबन्दी गरेका घटनासमेत छन् । मधेशी बाहुल्य क्ष्ँेत्रमा पहाडियाहरू दबिएका छन् । हिन्दू मधेशी र मुस्लिम मधेशीबीच पनि भेदभाव छ । अहिले माग भइरहेको सिङ्गो मधेशसहितको सङ्घीय शासनप्रणालीमा यिनीहरूको स्थान के हुने भन्नेबारे मधेशी सङ्गठन र तिनको नेतृत्व प्रस्ट छैन ।

त्यसैगरी मधेशमा भाषिकलगायत सांस्कृतिक विविधता पनि पाइन्छ । मधेशका कुनै स्थानमा मैथिली त कुनैमा अवधि र कही“ थारू भाषा बोलिन्छ । ठाउ“पिच्छे विभिन्न भाषाहरू बोलिने मधेशलाई एउटै प्रान्त बनाउ“दा त्यस सङ्घको भाषा के हुने भन्ने प्रश्न पनि उठ्ने गरेको छ । "मधेशीहरूको भाषा त मैथिली, भोजपुरी, अवधि, थारू आदि हो," एक समाजशास्त्री भन्छन्, "हिन्दी त अङ्ग्रेजीजस्तै एउटा सर्म्पर्क भाषा मात्रै हो ।" त्यसैले मधेशलाई सिङ्गो राज्य बनाउ“दा त्यहा“का बासिन्दालाई एउटा उत्पीडनबाट अर्काे उत्पीडनमा पठाएजस्तै हो भनी तर्क गर्नेहरू पनि छन् । जेपी गुप्ताचाहि“ मधेशको भाषा, संस्कृतिका नाममा मधेशलाई टुक्र्याउन खोजेको कुरालाई मधेशी समुदायका मानिसहरूले नबुझेको तर्क गर्छन् । "मधेशी समुदायका अवधि, मिथिला, थारू भाषीहरू आफ्नै जातिको लोभलाग्दा नामकरणको पछि दौडिरहेका छन्," गुप्ताले भने ।

यता तर्राईलाई अलग राज्यको माग गर्दै जयकृष्ण गोइत र ज्वाला सिंहले अलगअलग रूपमा नेतृत्व गरेको दर्ुइ समूहले जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको नाममा हिंसात्मक राजनीति गररिहेको छ । माओवादीले सशस्त्र व्रि्रोहबाट विश्राम लिए पनि तर्राईमा भने हिंसाको राजनीतिको अन्त्य भएको छैन । यसरी मधेशको सवालमा शान्तिपर्ूण्ा वैचारकि आन्दोलनका साथै हतियारबन्द आन्दोलन भइरहेको छ । मधेशलाई उचित सम्ब्ाोधन नगरेकै कारण हतियार उठेको तर्क मधेशी समुदायका नेताहरूकको छ । "शान्तिपर्ूण्ा तरकिाले गरेको आन्दोलनलाई राज्यले सम्बोधन गरेन भने बन्दुकसमेत उठ्न सक्छ," सद्भावना -आनन्दीदेवी) का महासचिव राजेन्द्र महतो भन्छन्, "राज्यले नै बन्दुक उठाउन बाध्य नपारोस् ।"
 
Posted on 01-21-07 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey bhagwan k gareko hola ra k bhayeko nepal ma. bhutani saranarthi haru ta hamrai daju bhai hunn.nepal ma ko afno ko arka ko bhanera ahile samma chinna sakeko chainan.
uniharu lai bhutan bata bhagayeko pani nepali bhaniyera ta ho ni. aba nepal bata ni bhagaune prayas..kaha jaun tini haru hamrai daju bhai.
kunai dinn aucha jaba bahira basne nepali haru le nepal lai maya garna chodchan.
hamile bhanda culture maintain garera baseka hunchan. afno pahichan, afno samskriti.
nepal ma pataka padhkauchan matra. ahile ta terai ma pahadeys haru le pani dheusi khelna chodisakey. tihar ko time bhari ma ayebhane 5 group bhanda badhi aundainan. jaba ki dheusi hamro chalan ho. jhilimili electric batti balchan, jaba ki diyo balne matra ho hamro chalan. holi manaunchan ajhai pani pahad tira holi manaundainan. chaaat manauncha. huna ta ho surya bhagwan ko puja tara hamro chaad haina tyo pani.
dheusi khelna ayeko haru lai pani pura dheusurey nabhattai leu paisa bhanera haath ma sompidinchan. hamro chalan anusar ta nanglo ma diyo balera, ful rakhera, chamal rakhera dakshina diney ho. ani tyo bhag bata alikati chamal dheusi le lanchan aru afule laney parsadi ko rup ma. tyo chalan sabai haraisake chan..tyo chalan aajhai bahira basne nepali le chalairaheko chan. hami nepal ma basera nepali culture birsidai chau.
afno daju bhai lai paraya bhanne..uniharu kai desh ma..
jun desh ko basi bhaniyera dhapaiyo tei desh le pani afno bhanena.
marwari,bihari lai afno bhanchan.
100000 bihari le nagarikta paye..400 nepali le paye ..compare garda ta aba yesso lagcha. nepal hamro desh thiyo..aba hamro manche pani arkakai bhaisakechan.
afnai desh ma afu minority hunuparcha, aafno pahichan jogaune jaba dinn auncha tara aawaz uthauchan hola..tara tyo time ma dhila bhaisakeko huncha.
bhimu bro le greater nepal ko barey ma post garyo khusi lagyo.
kunai dinn yesto aucha ..hamile mechi ko bagar ma basera ek jamana ma nepal hamro desh thiyo bhanne time.
ani bihari haru le aa kancha log iidhar aao aaur boot saaf karo bhanchan.
uhile hamro simana purba ma teesta paschim ma kila kangada thiyo..
ahile hamro simana purba ma mechi paschim ma mahakali cha.
kunai dinn aula hamro simana aajhai ghatla.
kunai dinn aula hamro desh nai narahala.
kaile aula hamra daju bhai haru ko suddhi.
jodiye thadiye uuttam,tukriye bilaye khattam.
NEPALI HAMI RAHUNLA KAHA NEPALAI NARAHEY.
JAI NEPAL.
 
Posted on 01-22-07 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

damn bahun bro u hit da rite spot myan. i agree wid u
adios
uhi sexy dharane
 
Posted on 01-22-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

r@ndi ko chhora machkne dhoti sala,email box tesko randi aama ko machkne p@ti le bharechha randi ko chhora RAKESH SHARMA...

 
Posted on 01-22-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chitawanethito wrote:
>के गर्ने न्युट्रलजि,
>१। माओबादिले नउस्काएको भए कहा गोइत हुन्थे र?




गोइतहरुको साधन (बन्दूक) को लागि माओवादीलाई दोष दिन मिल्छ, तर गोईतको उग्रवादको लागि भने ऐतिहासिक कारकको रुपमा परम्परागत उत्पीडक राज्यका आफुखुशी संरक्षक (नेका, एमाले र अन्य संसदिय दलहरु) र समकालिन कारकको रुपमा माओवादीको संघिय राज्यको प्रस्तावलाई अन्तरिम सम्विधानमा स्पष्ट रुपले पर्न नदिने नेपाली कंग्रेसलाई जान्छ दोष ।

वास्तवमा कोईरालाले राज्यको स्वरुप र दिशालाई घरको न घाटको रुपमा राखेर देशलाई ठूलो भूमरीमा फसाउदैछन् ।

कोईरालाले "मैले जुवा खेलेको छु" भनेर बारम्बार जो भन्छन्, त्यो डरलाग्दो तर सत्य हो ।

कोईरालाको मुख्य जुवा के थियो भने माओवादीलाई केवल सत्ताको भाग दिएर राजतन्त्र मान्न लगाउन र नि:शस्त्रिकरण हुन मनाउछु भन्ने । यसमा कोइराला र देश दुवै हारेको छ । कोइरालाले जत्ति मरिमेटे पनि अंतरिम संविधानमा राजाले "स्पेस" पाएनन् । कोईराला हारे । त्यसमा दु:ख मनाउनु पर्ने कुरा केही छैन, बरु उत्सव मनाउने पर्ने कुरा छ । दु:ख मनाउनु पर्ने कुरा त कोईरालाले देशलाई हतियारको मामलामा हरुवा बनाएकोमा छ ।

माओवादीले गणतन्त्रमा सहमत होउ हामी हतियार छोड्छौं भनेर लगातार राखेको प्रस्ताव कोइरालाले गणतन्त्र आउन नदिएर केवल सत्ताको भाग दिएर हतियार छोडाउन सक्छु भनेर थालेको जुवा यथार्थमा हारे । माओवादी र हतियार संगसंगै छन्, र माओवादीले चाहेको बखत हतियार पुन: उठाउन सक्ने अवस्थामा सहमति भएको छ ।

कोईरालाको अयथार्थवादी, अदूरदर्शी र नितान्त स्वार्थी (नेपाल साप्ताहिकमा पढ्नु भो कंग्रेसको अस्तित्वको लागि राजतन्त्र चाहिने कोईराला रहस्य ? ) जुवाले देशलाई खतरनाक अवस्थामा पु-याएको छ ।

अन्तरिम संविधान वस्तुत: गणतान्त्रिक संविधान हो । यति हदमा त माओवादीलाई पूर्ण नि:शस्त्रिकरण गर्न सकिने कुरा माओवादीले जनआन्दोलन अघि, जनआन्दोलन पछि, आठ बुँदे सम्झौता अघी पछि राखेको गणतन्त्र वा कम्तिमा त्यसप्रति प्रतिवद्धताको शर्तमा पूर्ण नि:शस्त्रिकृत हुन राखेको प्रस्तावले स्पष्टै निश्चित छ ।

तर कोईरालाले राजतन्त्रको चौटा खाने लोभमा देशलाई सशस्त्रताको झोलमा डुबाएर छाडे ।

कोईरालाले राजतन्त्रको चौटा खाने लोभ नगरेको भए यतिन्जेल माओवादीको नि:शस्त्रिकरण र मुलुकमा एकमात्र राष्ट्रिय सेना भएको अवस्थामा पुगेको वा पुग्न लागिसकेको हुनेथियौ र यस्तो अवस्थामा गोइतजस्तालको हतियार र पृथकततावादी उग्रवाद होईन समस्त मधेशीको शान्तिपूर्ण सशक्तिकरण र समावेशिकरणको आन्दोलन पो भइरहेको हुनेथियो ।



जे भो सो भो, अब मुलुक माओवादीको सुझबुझ र कर्तव्यबोधको mercy मा छ । माओवादीहरुलाई लोकतन्त्रप्रति बढि भन्दा बढि प्रतिवद्द हुन लगाउदै जाने वातावरण बनाउदै जानु नै आजको बाटो हो ।

कोइराला मार्काको जुवा, दाउपेच र षडयन्त्र होईन नयाँ राज्य संरचनाको नेपाल निर्माण गर्ने प्रतिवद्दता सहितको अन्तरदलिय सहकार्यको संस्कृतिले मात्र त्यो सम्भव हुन्छ ।

वास्तवमा आगामी केही वर्षहरुको लागि दलिय द्वन्द कम र सहकार्य ज्यादा हुने राजनैतिक कार्यशैलीको आवश्यकता छ नेपाललाई । सहकार्य निश्चित कार्यको लागि हुन्छ, सहकार्यको लागि सहकार्य हुन सक्तैन । र आजको राजनैतिक यथार्थले निर्धारण गरिदिइसकेको छ त्यो निश्चित कार्य, यद्यपि नेपाली कंग्रेस भने अझै अलमल र अन्योलमा छ ।

सहकार्यको संस्कृति (प्रतिपक्षको कमी) ले लोकतन्त्र स्वस्थ नहुने तर्क आउला । मेरो विचारमा, यस्तो आंशिक रिक्त प्रतिपक्षलाई नागरिक सक्रियतावादले पूर्ति गर्न सक्छ र गर्नेछ ।

त्यसैले हामीसंग आगामी यात्राहरुमा चाहिने सबै कुरा छन् । केवल नेपाली कंग्रेसको घैटोमा घाम लाग्न बाँकी छ । अहिले नेपाली कंग्रेस कोइरालाको वयोवृद्दता र व्यक्तित्वको कैदी भएर रहेको छ । त्यसैले कोइरालाको जीवनकाल भरी कंग्रेसको बौद्धिक मूक्ति संभव देखिदैन । त्यसो भनेर मैले कोइरालाको अवसानको कामना गरेको होइन है । कोइरालाको दीर्घ जीवनको मेरो कामनामा कुनै शंका नगर्नु भए हुन्छ । कोइरालाको दीर्घजीवन र सुस्वास्थ्यको मेरो कामना केवल सामान्य भलादमीपन भने होईन । अलिकति दुष्टता र अलिकति दार्शनिकता पनि छ यसमा । दुष्टता के भने, मलाई लाग्छ नेपाली कंग्रेसले कोइरालाबाट पाठ सिक्न अझै बाँकी छ, र त्यो पाठ नसिकिकन नेपाली कंग्रेस भविष्यको लागि बलियो र योग्य हुनेछैन । दार्शनिकता चाहि के भने, अनायास आएको संजोगमा भन्दा सायस गरेको प्रयासमा हुन्छ पुरुषार्थ (महिलार्थ पनि है) र गर्व, र त्यसैले गुणवत्ता पनि । नेपाली कंग्रेसका कनिष्ट प्रगतिवादी नेतृत्वले कोइरालाको जीवनकालमै पुरुषार्थ देखाउनु पर्छ, दललाई समयको माँग र हाँक अनुसार रुपान्तर गर्न संघर्ष गर्ने आँट देखाएर । नेपाली कंग्रेसका कनिष्ट प्रगतिवादी नेतृत्व समयले चाँदीको थालीमा ल्याएर थपक्क लगाइदिने श्रीपेचलाई पर्खेर नबसुन् ।

Nepe
 
Posted on 01-23-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>कोईरालाले राजतन्त्रको चौटा खाने लोभ नगरेको भए यतिन्जेल माओवादीको नि:शस्त्रिकरण र मुलुकमा एकमात्र राष्ट्रिय सेना भएको अवस्थामा पुगेको वा पुग्न लागिसकेको हुनेथियौ र यस्तो अवस्थामा गोइतजस्तालको हतियार र पृथकततावादी उग्रवाद होईन समस्त मधेशीको शान्तिपूर्ण सशक्तिकरण र समावेशिकरणको आन्दोलन पो भइरहेको हुनेथियो ।

यो कुरामा चाहिं म असहमत छु। नेपेजीले कस्तो सजिलोसँग भनिदिनुभयो कि कोइरालाले शुरुमै गणतन्त्र स्वीकारेको भए अहिले माओवादी नि:शस्त्र भैसक्थे र समस्त मधेस शान्तिपूर्ण आन्दोलनमा हुन्थ्यो। यदि यो आन्दोलनको शुरुमै गणतन्त्र भएको भए माओवादी द्वन्द्वले १० वर्षमा मारेको भन्दा दस गुना मानिसको ज्यान जान्थ्यो। देख्नुभएन, जनआन्दोलनपछि त्यत्रो पुलिस फोर्स शान्तिमै जुट्दा त कति घर लुटिए, कति बैंक लुटिए? यदि त्यतिबेला सिधै गणतन्त्रमा गएको भए पुलिस र आर्मी अँझै राजनैतिक रुपमा परिचालित हुन्थे, डाँकाहरुले यता फाइदा लिइरहेका हुन्थे। यस्तै, सबै सम्प्रदायका मानिस आ-आफ्नो साम्प्रादायिक स्वार्थले दंगामा लाग्थे। त्यो भन्दा पनि, पैसावालहरु यस्तै अनपढ सम्प्रदायलाई लगानी गरेर अनुचित फाइदा लिइरहेका हुन्थे। राजावादी मन्डलेहरु उस्तै सकृय हुन्थे। लाखौं नभए नि हजारौंको ज्यान जान्थ्यो। देश अन्योल र कोलाहलमा हुन्थ्यो। देख्नुभएन अंग्रेजले छोडेपछि भारत-पाक कस्तो भयो? अहिले इराकमा के हुँदैछ?

नेपेजीले कल्पना गर्नुभएको (म त भन्छु सिम्युलेसन गर्नुभएको) जस्तो आइडियल तरीकाले राजा फाल्ने कुरा त त्यस्तो समाजमा सम्भव छ जहाँ हुन्छन्
१)शिक्षित जनता
२)निश्पक्ष सोचेर काम गर्ने नेता र समूह
३)जनताको भावना आदर गर्न सक्ने तथा राजनैतिक रुपमा अहिले नै कुनै पनि पहुँच नभएको राजतन्त्र
र, हाम्रो देशमा तीन वटै कुराको अभाव छ। हुन त उल्लेखित तीन कुराहरु भएका भए म आफैं पनि राजतन्त्र फाल्ने आवश्यकता देख्दिन थिएँ। तर, खैर!

अँझ, माओवादीको पाटो त कुरै गरेको छैन। माओवादीको अन्तिम लक्ष्य भनेको एक तन्त्रीय शासन लिई श्री५ ज्ञानेन्द्रको ठाउँमा श्री५प्रचन्ड वा श्री५वावुराम वा श्री५बादल ल्याउने थियो। हो, उनीहरुले केही संरचना फेर्थे होला। त्यो नसकिने देखेर नै अहिले लोकतान्त्रिक गणतन्त्रको कुरा गरिरहेछन्। माओले झैं सत्ता कब्जा गरेको भए आन्दोलनपछिको जस्तो खुकुरीको धारको अवस्थाको मौका छोपेर उनीहरु त्यो लक्ष्य प्राप्त गर्नको लागि अरु १५-२० हजार मान्छे मार्न पछि पर्थे जस्तो लाग्दैन।

काँग्रेसले राजतन्त्रको बारेमा धारणा ल्याउन ढिलो गरेर देशलाई ठुलो अनिष्टबाट जोगाएको छ जस्तो लाग्छ। त्यो गिरिजाले जानेर त्यसो गरेको हो वा अरु कारणले मलाई थाहा छैन। संबिधान सभामा जाँदा सिरोमोनियल धार लिएछ भने काँग्रेस पतन होला, र उसको सट्टामा अर्को गणतान्त्रिक धारको डेमोक्रेटिक फोर्स अगाडि आउला। हैन, गणतान्त्रिक धार लियो भने नेपाललाई अन्तराष्ट्रिय रुपमा समर्थन रहेको एउटा ससक्त पार्टीको रुपमा आफैलाई स्थापना गरिरहला। गिरिजापछिका नेताहरुबाट अलि आशा गर्न सकिन्छ कि!

नेपेजीले गिरिजालाई देश बिगार्न सक्ने प्रमूख नेता लिनुभएछ। म त भन्छु हाम्रो देशलाई त माधव नेपाल, देउबा, रोहित जस्ता हल्का सोच्ने, हल्का बोल्ने र हल्का रुपमा काम गर्नेहरुको पो डर छ त।

काँग्रेसले अहिले आफ्नो धारणा स्पष्ट गर्यो भने संविधान सभाको बेलाको राजनैतिक अवस्था छर्लङ्ग हुन्छ। त्यसो भएमा मन्डलेहरु अलि बेसी खेल्न पाउँछन् कि जस्तो लाग्छ। अहिले पार्टी एकिकरण, महाधिवेशनका कुराहरु छन् । जे होस् यो ०६३ सालको अन्तिमतिर निर्णय गर्यो भने ठिक होला।
 
Posted on 01-23-07 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबजी,

तपाईजस्तो मेरो एकजना प्रिय पोस्टरको प्रतिक्रिया र विचारहरु सुन्न पाउँदा खुशि लागेको छ । त्यसो त तपाईको र मेरो विश्लेषण-सिम्युलेशन अकाश पाताल फरक रहेछन् । त्यसैले अहिलेलाई आदरपूर्ण असहमतिमा सहमति जनाउने आज्ञा चाहुँला ।

खास गरेर निम्न तीन assumptions प्रति मेरो असहमति छ

१) नेपाली समाज शिघ्र परिवर्तन वहन गर्ने अवस्थामा छैन

जहासम्म मलाई लाग्छ, वास्तविकता ठ्याक्कै उल्टो छ- नेपाली समाज परिवर्तनको लागि अधैर्य छ र वास्तवमा विलम्वित परिवर्तनले त्यो अधैर्यताको बाँधै फुटाउने अवस्था आईसक्यो ।

लौ एकछिनलाई मानिलिऔ, नेपाली समाज शिघ्र परिवर्तन वहन गर्ने अवस्थामा छैन रे र विलम्वित परिवर्तनको लागि धैर्यवान छ रे । र पनि के चाहि असत्य हो भने गिरिजा विलम्वित परिवर्तनवादी मान्छे हुन् । उनको वास्तविकता के हो भने उनी अपरिवर्तनबादी हुन्, र मुलुकमा जे परिवर्तन भईरहेको छ त्यो उनले रोक्न नसकेको परिवर्तन मात्र हो । विडम्वना के भने तपाईले यसैमा उनको महत्व र सान्दर्भिकता देख्नुभो ।

नेपाली समाज परिवर्तनको लागि आतुर छ भनेर मैले जो दावी गरें त्यसको लागि दूई कुरालाई प्रमाणको रुपमा राख्न चाहुँला ।

एक त, जनआन्दोलनमा देखिएको जनउभार । यसलाई कसैकसैले क्षणिक आवेश वा चमत्कार पनि ठान्लान् । तर मसंग भएको दोश्रो प्रमाण संगै राख्दा यो क्षणिक आवेश नभएर परिवर्तनको निरन्तर चाहनाको अभिव्यक्ति हो भन्ने कुरालाई बल पुग्छ । र यो दोश्रो प्रमाण हो- गत १५ वर्ष भरि देखिएको सबै जनप्रतिक्रियाहरुमा कुनै एक पनि परिवर्तनको विरोधमा नभएको र बरु सबै नै परिवर्तनको पक्षमा भएको तथ्य ।

तपाईले देशमा शिक्षित जनताको अभाव भएको र यसैले गर्दा गणतन्त्र ल्याईहाल्न नसकिने/नहुने धारणा राख्नु भयो । यसलाई खण्डन गर्ने एउटा रमाईलो तथ्य राख्ने अनुमति चाहन्छु । जनआन्दोलनमा सबभन्दा सक्रिय वर्गलाई नियाल्नु भयो ? जनआन्दोलनमा सबभन्दा सक्रिय वर्ग "चप्पल लगाउने वर्ग" थियो । त्यसैले त यसलाई कतै कतै "चप्पलवालाहरुको क्रान्ति" पनि भनिएको छ । जनआन्दोलन-१ मा सडकमा जुत्ताहरु धेरै देखिन्थे भने जनआन्दोलन-२ मा चप्पलहरु ज्यादा । एउटा पत्र पढ्नोस् ।
- http://www.kantipuronline.com/kolnepalinews.php?nid=73093

एउटा अर्को तथ्य पनि । अहिले परिवर्तनको लागि सबभन्दा आतुर र जुर्मुराइरहेका वर्गहरुलाई नियाल्नु भएको छ ? ती सब तपाईले भन्नु भएको "शिक्षा" को क्षेत्रमा सबभन्दा पछाडि परेका वर्ग छन् ।

यो सबको सारांश के हो भने, "अशिक्षित" मा पनि अधिकारचेत हुन्छ र मूलत: समुहको collective wisdom लाई कम आँक्न मिल्दैन ।

२) >यदि यो आन्दोलनको शुरुमै गणतन्त्र भएको भए माओवादी द्वन्द्वले
>१० वर्षमा मारेको भन्दा दस गुना मानिसको ज्यान जान्थ्यो।


गलत । र वास्तविकता चाहि के हो भने यदि राजा राख्ने नै उद्देश्यको आन्दोलन हो भनेर जनताले ठानेको भए यो आन्दोलनै हुँदैनथ्यो । हुन त गिरिजाले त्यसै भनेका हुन् तर जनताले त्यसको मतलबै नराखी माओवादीको समेतको आन्दोलन भएको हुनाले शान्ति र गणतन्त्रको बाटो खुलेकै हो भनेर ओईरिएका हुन् ।

राजा राख्ने तर राजाले खोसेको राज्याधिकार मात्र फिर्ता लिने सातदलको तीनवर्ष भन्दा लामो आन्दोलन (२००२-२००६) मा जनताले साथ नदिएर रत्नपार्कको रमितामा सिमित हुन पुगेको कुरा नबिर्सऔं ।

नागरिक समाजले गणतन्त्रको नारा बुलन्द गरेपछि र अन्त्यमा माओवादी मिसिएपछि मात्र जनताले साथ दियो आन्दोलनलाई । त्यसैले सिधै स्पष्ट छ- गणतन्त्र र/वा माओवादी बेगर जनआन्दोलन-२ हुँदै हुँदैनथ्यो । र आन्दोलन यथार्थमा शुरुमै अघोषित रुपमा गणतन्त्रवादी थियो ।

जहाँसम्म घोषितरुपमै गणतन्त्रवादी भएको भए १ लाख तीस हजार मानिसहरुको ज्यान जान्थ्यो भन्ने अनिष्टवाणी छ, मैले शुरुमै भने नि यो गलत अनिष्टवाणी हो ।

पहिले त, शाही सेना वा प्रहरीलाई आदेशकै भरमा हजारौंको संख्यामा आन्दोलनकारीहरुको नरसंहार गर्न पछि नहट्ने "भेडो" को रुपमा हेर्ने दृष्टि नै दोषी छ । मैले शाहीसेनाका थुप्रै जबान र अफिसरहरुसंग कुराकानी गर्ने अवसर पाएको छु १९९२-२००० को अवधिमा, र उनिहरुको ज्ञान र चेतनास्तरबाट म प्रभावित भएको छु । म के कुरामा विश्वस्त छु भने यस्तो नरसंहारको जवाफदेहिता उनिहरुले अन्ततोगत्वा कसरी भोग्नुपर्छ भन्ने कुराको पूर्ण ज्ञान हाम्रो सुरक्षाफौजलाई छ । त्यसैले फाट्टफुट्ट गोली हान्ने कुरा बेग्लै हो (त्यो भयो पनि), तर हजारौंको संख्यामा नरसंहार गर्ने कुरा, त्यो पनि संसारले ध्यानपूर्वक हेरिरहेको अवस्थामा, अझ त्यसमाथि त्यस्तो कामले राजालाई बचाउन नसक्ने ग्यारेन्टी स्पष्ट भएको अवस्थामा, वाहियात दुस्कल्पना हो ।

वास्तवमा हाम्रा जति पनि आन्दोलनकारीले शहादत प्राप्त गर्नुभयो त्यसलाई पनि जोगाउन सकिन्थ्यो, आन्दोलनलाई शिथिल हुन नदिई वा अझ बलियो र सुरक्षित पारेर । गिरिजा वा कुनै पनि प्रमुख नेताले राजालाई सिधा "तैले एउटा मात्र पनि गोली चलाईस् भने तैले amnesty पाउँला भनेर नसोचे हुन्छ" भन्ने सार्वजनिक धम्की दिएर । वास्तवमा यस्तो धम्की नभएकोले राजालाई अलिकति हिँसा ता क्षेम्य होला नि भन्ने थियो र गोली हान्ने आदेश ("माथि" को आदेश ?) दिएको हो ।

अब जहाँसम्म आन्दोलनले गणतन्त्र लेराएको भए त्यसपछि तत्कालै राजावादी र असामाजिक तत्वहरुले फैलाउन सक्ने हिंसा र अव्यवस्थाको सम्भावनाको कुरा छ, यो त झन उल्टो र असंभव कुरा भयो । राजाले आत्मसमर्पण वा पलायन गरेपछि त सारा राजावादीहरु रातारात लोकतन्त्रवादी पो बन्थे त (कति त बनिरहेका पनि छन् नि, छैन र ?), सेना र प्रहरीले पनि आन्दोलनकारी दलहरुप्रति वफादारी स्थानान्तरण गर्ने कुरा स्पष्टै थियो (आन्दोलनकारी दलहरुलाई दमन गर्ने हिसाबको सैनिक विद्रोहको सम्भावना शुन्यबराबर थियो) । सर्वशक्तिमान र क्रान्तिकारी केन्द्रिय सत्ता स्थापना भए पछि असामाजिक तत्वहरुले टाउको उठाउने कुरा झन असम्भव हो ।

त्यसैले हामीसंग मुसाको लिंड जतिमात्र पनि बुद्धि भएका नेता भएका भए, एउटा रक्तविहिन गणतान्त्रिक सुन्तलाक्रान्तिको र तत्पश्चातका क्रान्तिकारी आर्थिकसामाजिक सुधारहरुका शुरुवातको लागि पोहोरकै वसन्तऋतु तयार थियो । यो मुलुकले एउटा सिङ्गै वर्ष अन्यथा अनावश्यक कुरामा खेर फाल्यो र दुखदतम कुरा त के भने मुलुक अझै घर न घाटको छ र परिवर्तनकामीहरुमा अधैर्यता र भडकाव देखिन थालिसकेको छ ।

३) >माओवादीको अन्तिम लक्ष्य भनेको एक तन्त्रीय शासन लिई श्री५
>ज्ञानेन्द्रको ठाउँमा श्री५प्रचन्ड वा श्री५वावुराम वा श्री५बादल ल्याउने
>थियो। हो, उनीहरुले केही संरचना फेर्थे होला। त्यो नसकिने देखेर नै
>अहिले लोकतान्त्रिक गणतन्त्रको कुरा गरिरहेछन्।

त्यो नसकिने देखेर नै अहिले लोकतान्त्रिक गणतन्त्रको कुरा गरिरहेछन्।

माओवादीको लोकतान्त्रिक गणतन्त्रप्रतिको आवद्धतामा मलाई भने अलिकति पनि शंका छैन । यसलाई यसरी राख्दा मेरो कुरा स्पष्ट होला - मलाई के लाग्छ भने लोकतान्त्रिक गणतन्त्र प्रति नेपाली कंग्रेसको जति प्रतिवद्धता छ (राजतन्त्रमा फर्कने वा मौका मिले नेपाली कंग्रेसको अधिनायकत्व लादने सापेक्षतामा ) त्यो भन्दा दश गुणा बढी प्रतिवद्ध छ माओवादी । And this is what matters at this point of time and also for some future of our country.

र यो पनि महत्वपूर्ण छ, थपिहालुँ, यदि माओवादीले मनमा अर्कै कुरा राखेर मुखले मात्र लोकतन्त्रिक गणतन्त्रप्रति प्रतिवद्धता जनाएका हुन सक्ने सम्भावना छ भने पनि, आज नेपालको स्थिति यस्तो छ कि उनिहरुले ढाँटेको उनिहरुको अप्रतिवद्धताको बारेमा हामी केही गर्न सक्ने वा गर्न हुने स्थितिमा छैनौ बरु उनिहरुले ढाँटेरै राखेको भए पनि उनिहरुको लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिवद्धतालाई स्वीकार गरेर यसलाई उपयोग नगरी नहुने अवस्थामा छौं ।

हाम्रो स्थिति, माथि एक ठाउँमा Neutral-jee ले संकेत गर्नु भएको जस्तो, कस्तो छ भने माओवादीको अनुपस्थिति, असंलग्नता वा असहयोगमा त सातदलले राजनैतिक निकास र विकासका कुरा त छाडिदिनुस् दैनिक प्रशासन र सुरक्षा पनि चलाउन नसक्ने भएको छ ।

सातदलले र खास गरेर नेपाली कंग्रेसले नेपालको राजनैतिक परिवर्तनको वास्तविक नेतृत्व नलिईदिएकोले यसो भएको हो । नेपालको राजनैतिक परिवर्तनको सुत्रधार माओवादी भयो भने यसको वास्तविक नेतृत्व पनि कम्तिमा आंशिक रुपले यसैको हातमा छ ।

यसैले माओवादीप्रति विश्वास र सत्तासाझेदारी हाम्रो वाध्यता र आवश्यकता दुवै हो ।

मैले यो राजनैतिक पाटो मात्र उठाएको हुँ है । केहि गैरराजनैतिक पाटाहरु (जस्तै: युद्दकालिन मानवअधिकार हननको मामला) छन् जसमा माओवादी र सुरक्षाफौज परिचालकहरु दुबैसंग बिनालेनदेन छुट्टाछुट्टै हिसाबकिताब लिन बाँकी छ । त्यो चाहि राजनैतिक सम्झौताको विषय बन्न सक्तैन ।

अन्त्यमा, मैले माओवादीको लोकतन्त्रिक गणतन्त्रप्रतिको प्रतिवद्धतामा गरेको विश्वास केवल नेपाली कंग्रेसको सापेक्षतामा मात्र होईन, त्यसका स्वतन्त्र र ठोस आधारहरु छन् । यसबारे चर्चा अलग्गै गरम्ला ।

Nepe
 
Posted on 01-23-07 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जनआन्दोलन-२ (चप्पलवालाहरुको क्रान्ति)




फ्रिडम एट मिडनाइट
डा. गोविन्दराज भट्टराई

सिमालीझ्याङ् पुगेर हेर्‍यौं, युद्धमैदान चप्पलैचप्पलले भरिएको थियो- हरिया, राता, पहेंला, तुना चुँडिएका, भुक्के, प्लास्टिकका, केही सल थिए, पछ्यौरा थिए, जुत्ता पनि थिए, च्यातिएका इस्टकोट, सर्ट र सारी अनि रगतका छिर्का । उनीहरू अझै खेदिरहेका थिए । यसरी आङ्मा एक धरोमात्र भिरेका, जुत्ता किनेर लाउन नसक्ने पनि तीन हप्तादेखि दिनैपिच्छे भोकैतिर्खै आहुती बनिरहेका थिए । कसरी यस्तो हुन सक्छ ?

- http://www.kantipuronline.com/kolnepalinews.php?nid=72898

************ *********** ************

पाठक मञ्च
गरिबलाई नबिर्सौं
जगत देउजा

जनआन्दोलनमा सबै तह र तप्काका व्यक्ति तथा संगठन सहभागी भए पनि गरिब तथा श्रमिकहरूको सानदार उपस्थितिलाई धेरैले अर्थपूर्ण मानेका छन् । आन्दोलनमा अधिकांश चप्पल लाउनेहरू सरिक थिए ।

- http://www.kantipuronline.com/kolnepalinews.php?nid=73093

************ *********** ************

असनबाट:

 
Posted on 01-23-07 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madeshi Janata...Jindabad...jindabad..

Independent Madeshi homeland jindabad..jindabad...


If we dont get our homeland in a polite manner, we'll grab it by the barrel of our guns

 
Posted on 01-23-07 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bihari janta bhanera nepali haru ko pic kina upload gareko.
If some biharis talk like this in front of me i don care where i m. first thing i will do is..dhyang dhyand or khukuri prahar. j sukai hos afno desh ko lagi sahid bhanera hanthiye...polite manners re hahahaha dherai swang badheko jasto cha yeha. aukat k cha bihari haru ko..i respect u for being humans but hate u from the core of my heart..bihar ma beglai state magnu ni. arka ko desh ma ayera dhamki. u know that..it is well proven...vietnam ma america haryo..arka ko desh...
korea ma takkar bhayo..arka ko desh..
iraq pani arka ko desh..k hundai cha thaha cha.
india nai kura garum..dhoti haru ko desh..british le raaj garyo..tara locals le liyerai chadyo..
nepal ..nepali ko desh..hamro ragat le baneko desh..jun desh ko nagarikta pauna ko lagi ra jun desh ma basne hak magdai chau tyo desh ko locals hami haun.
arka ko ghar ma ayera bhusiya kukur le jati bhukepani ghar ko musa le tharkauna sakcha.
aati nai kei sip lagena bhane goli thokdiumla bihari haru lai k cha ra.
dream on of seperating terai from nepal.
bihari haru lai nepal kai ethnic madhisey le lakhatchan..
timiharu lai madhisey bhanda nepal ko behijat ho..real jo cha tiniharu lai bhanchu...
tharu,rajbangsi etc r reals..i call them madhisey n nepali n brothers..
patel dhari ta raicha bihari haru sanga uuthne..patel bhaneko ta gujarati ho hahahahahaha
nepal ma kaile dekhi gujarati ethnic huna thalyo..
kunai dinn somaliya bata work garna ayeko manche le pani afulai ethnic bhanera claim garda k dinchau ta hami..
dhoti haru chor jaat ho..kunai kunai ramra pani hunchan..manche lai naramro bhannu ramro haina tara jaba kura afno desh ko auncha..no compromise.
jai nepal..
we would love to die rather den giving u rights.
I would happily die but wont stop protesting against biharis.
nasa nasa ma purkha ko ragat bagcha..jun purkha le nepal banaune time ma sahayog diye.
jai nepal
 
Posted on 01-23-07 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Magar homeland, kirat homneland, Madesh homeland, Newari homeland, Tharu homeland, Tamag homeland and so on...we all will have our own homelands...
 
Posted on 01-23-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

let all get theirs homeland but not biharis..
if they get i will b the first one to go n start killin.
i will atleast kill 15..
ahile ma nepal ko pradhan mantri bhako bhaye..sabai bihari haru lai ..aaau aaau nepal ma sabai lai nagarikta dinchau ra hak dinchau timiharu lai nepal ko tribal banaunchau bhanera..sara nepal ko ethnic nepali madhisey haru lai kehi barsa ko lagi pahad ma bolayera salary diyera..basauthiye..
jaba terai ma sabai bihari ani aru jo jo indian jhuto kura sunera chirchan..taba gayera border seal ..kina bhanda for security reason..terrorist haru ayeko jhuto kura bataune..ani
drugs ra chelibeti bechbikhan badhyo bhanera lock garne border..
ani patrakar haru lai sabai lai najarbandha..phone lines haru cut..terai ko..
ani bhatabhat sabai lai hitler ko dosro janma bhayo bhanera chamber ma lagera marna lagara..chala haru lai aagan ma sukara..maharaja haru ko ghar ma bagh ko chala rakheko jasari.
ani sabai lai marey pachi border kholdinthiye.ani india le khoi ta terai ma ayera hamra indian biharis bengalis marwaris bhanda..hamilai k thaha ..aba hak dine bhaneko ho..kati le manparayenan hamro policy so farkiye jasto cha bhanera ...baru international law bata fasi nai lagos kei chaina tara nisfikri ko jivan aune hamra pusta le bachna paunchan.
tyespachi no biharis rights.
no goit, no jwala singh, no shrivatav, no yadav.
Nepali haru le paun na k cha ra..rai le paun.limbu le paun, magar le paun..sabai le paun tara biharis le chahi haina..indians le chahi haina..
tettro hamro purkha le ragat bagara banako desh ayera todhne kura garchau bihari haru..
rights maga kam garne, kehi barsa basne tara land haina.
yo land ko mato ma hamro purkha ko sarir haru misiyeko cha.
jai nepal.
 
Posted on 01-23-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khaobadi yo ke ho thaha chha

 
Posted on 01-24-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MadDoGG
Do you know what is this ...
This will pump up nearly 1320 rounds of ammo into your ass in a single minute.
 
Posted on 01-24-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-24-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i came to know that RAkesh kumar, protagonist of madhes republic is a hacker. careful guys. don't write any comments in his website. i wrote the comments in his website, the fu*ker sent all of my friends in my contact list the message from my adress. .......
jayamatadi
 
Posted on 01-25-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Civil Society stands by the movement of Madhesis but rejects the violence.

- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=98604

लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन
सदभाव भेलाको आह्वान

मधेस अहिले आन्दोलित छ । तर यो आन्दोलन अहिलेमात्र सुरु भएको होइन, गत २३८ वर्षेखि शाहवंशको एकल छत्रछायामा संरक्षित कथित शाही राष्ट्रवाद र पहाडी उच्च जातीय राजनीतिक वर्चस्वको दबदबामा दमित तथा सुषुप्त अवस्थामा रहेको मधेसी आवाजले अहिले मुखरित हुन पाएर आन्दोलनको रूप लिएको मात्र हो । अरू उत्पीडित जातिले राज्यको पुनःसंरचना र सामाजिक रूपान्तरणनिम्ति राखेको आकांक्षा पनि यही संघर्षको अर्को पाटो हो । ०६२/६३ को जनआन्दोलनको क्रममा विभिन्न जातीय र भौगोलिक समूहले आ-आफ्ना राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक हकको माग अघि सारेर आन्दोलनलाई तीव्र पारेका हुन् । मधेसी, आदिवासी/जनजाति, महिला, दलित तथा विकट कर्णाली भेग लगायतका विभिन्न अल्पसङ्ख्यक समुदायले आ-आफ्ना अभिलाषा र आकांक्षाहरूलाई अन्तरिम संविधानमै प्रस्ट रूपले सम्बोधन गरिनुपर्छ भन्ने आवाज अन्तरिम संविधान निर्माण प्रक्रिया थालिनुभन्दा निकै अघिदेखि राख्दै आएका हुन् । तर आवश्यक राजनीतिक इच्छा भए तत्काल सम्बोधन गर्न सकिने न्यायोचित मागहरूलाई लोकतान्त्रिक सरकारले वास्ता गर्नु आवश्यक ठानेन । फलतः नयाँ स्वरूप धारण गरिरहेको राज्यप्रति पनि ती समुदायको धारणा नकारात्मक नै बन्न पुग्यो । यस्तो स्थितिमा विरोधमार्फ आफ्ना पीरमर्का सुनाउन मधेसका केही समूहले विद्रोहकै गतिविधि अँगालेका छन् । केही समूहले त हिंसात्मक गतिविधिलाई समेत अँगालेका छन् । यही सिलसिलामा नेकपा (माओवादी) को ज्यादती र सरकारको नृशंस दमनबाट लहानमा असामयिक मृत्युवरण गर्न बाध्य पारिएकाहरूप्रति हाम्रो श्रद्धाञ्जली छ । स्मरण रहोस्, परिवर्तनको शान्तिविमुख बाटो र हिंसाको प्रयोग नागरिक आन्दोलनलाई कदापि स्वीकार्य छैन । अहिंसामै हाम्रो विश्वास छ र १९ दिनको जनआन्दोलनले अपूर्व रूपमा यसलाई स्थापित गरेको छ ।

अन्तरिम संविधानको मूल प्रयोजन संविधानसभाको निर्वाचन स्वच्छ एवं भयमुक्त वातावरणमा सम्पन्न गरी जनअपेक्षित राज्यसंरचना र शासनविधि निर्माण गर्नु हो । यस कार्यलाई फत्ते गर्दा व्यहोर्नुपर्ने चुनौतीका रूपमा एकातर्फमुलुकको राजनीतिक संस्कृतिमा विद्यमान कमजोरी उजागर हुनपुगेका छन् भने अर्कोतर्फसामाजिक सद्भावमा आघात पर्नथालेको देखिन्छ । मधेसको संघर्ष राज्यमा समानुपातिक राजनीतिक संलग्नताको निम्तिमात्र नभई सांस्कृतिक पहिचान र मर्यादाको निम्ति पनि हो । मधेसले उठान गर्दै आएका सवाललाई समयमै सम्बोधन गरेर त्यसको उचित निरुपण गरिएन भने मधेसीमा यो राज्यप्रतिको असन्तोष अझ गहिरिंदै गएर त्यसले झन् भयावह रूप लिने सम्भावना पनि छ, जसको परिणाम एकातिर सामाजिक सद्भाव र सहिष्णुतामा आघात पुग्नेछ भने अर्कोतिर संविधानसभाको निर्वाचनलाई पनि यसले प्रभावित गर्नेछ । पराजित मनोदशामा लुकेर बसेका सामन्ती प्रतिगामी तत्त्वहरूले आन्दोलनमा घुसेर धमिलो पानीमा माछा मार्ने चेष्टा गर्दै इतिहासको दिशा र गतिमै अवरोध खडा गर्ने सम्भावना स्पष्ट छ ।

यर्सथ समावेशी राज्यसम्बन्धी अन्य सवालमा संविधानसभामार्फ फस्र्यौट गर्ने सर्तमा केही अत्यन्त महत्त्वपूर्ण सवालको सम्बोधन तत्कालै अन्तरिम संविधानमै र निर्वाचनको कानुन निर्माण गर्ने क्रममा नै गरिनुपर्छ । विभेदमा आधारित पुराना २०५ निर्वाचन क्षेत्रलाई नै कायम राखेर मधेसी लगायत सबैले उठाएका समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको समस्याको हल किमार्थ हुँदैन ।

राज्यको हालसम्मको केन्द्रीकृत ढाँचा र त्यसमाथि केही जाति तथा वर्गविशेषको वर्चस्व हटाउन समानुपातिक निर्वाचन प्रणालीको माध्यमले मात्र सम्भव छ । त्यसैगरी सङ्घीय गणराज्य र स्वशासनको अधिकारविना दलित, आदिवासी/जनजाति, महिला, मधेसी र अन्य अल्पसंख्यकका सवालहरूको समाधान खोजिनु निर्रथक हुनेछ । तर्सथ मधेसीमार्फ मुखरित यी सवाललाई तत्काल सम्बोधन गरी सम्पूर्ण उत्पीडित जनतालाई विश्वासमा लिएर संविधानसभा निर्वाचनलाई उच्चतम् सहभागी र प्रतिनिधिमूलक बनाई उक्त सभाको निर्वाचन आगामी जेठमै सम्पन्न गराउन यस नागरिक भेलाले नेपाल सरकारसमक्ष जोडदार आग्रह गर्छ । साथै मधेसका आन्दोलित नागरिकलाई प्रतिगामी तथा अन्य अवाञ्छित शक्तिहरूको घुसपैठबाट जोगिएर आन्दोलनका शान्तिपूर्ण एवं मर्यादित रूपहरू अँगाल्न पनि हार्दिक निवेदन गर्छ ।

नागरिक आन्दोलनले हिंसात्मक नारालाई कदापि समर्थन गर्ने छैन । राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको नेपाललाई जनभावनाअनुरूप संविधानसभामार्फ लोकतान्त्रिक गणतन्त्रको गन्तव्यमा पुग्न नदिन विभिन्न प्रतिगामी तत्त्वबाट हुनसक्ने हिंसा, विध्वंस र हस्तक्षेपबाट सजग एवं सचेत हुनुपर्ने आजको समयको आवश्यकता छ । यर्सथ सबै जाति तथा समुदायका नागरिकलाई आ-आफ्ना राजनीतिक, आर्थिक एवं सांस्कृतिक सवालहरू अहिंसात्मक र शान्तिपूर्ण ढंगले उठाउन पनि नागरिक आन्दोलन आग्रह गर्छ ।

_____
 
Posted on 01-25-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेपेजि जस्तो हावादारि बामेहरुलेनै देशलाइ यो हालतम पुर्याको हो।ताल न सुरको पुङ् न पुच्छरको कुरा गर्यो।।

इ बामेहरु गिरिजालाइ देश हाँक पनि भन्ने,उसैको तलुवा पनि चाट्ने,अनि मर्न लाको बुडालाइ गालि गर्ने बस्ने।

गालि गर्न सबैलाइ आउँछ,अगाडि आएर सम्स्याको समाधान पनि गर्नु पर्यो नि।

खालि हावा कुरा गर्यो हिड्यो,फटाहा कम्युनिस्टहरु।।
 
Posted on 01-25-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Man what the fug is this. We are just trying to get ove one fugging insurgency. Now here we go again. What the fug !! This is starting to piss me off now. I am all for Madhesh equal rights... but this is ot going to happen overnight. If you take the terai, tomorrow the Sherpas are gonna wanna keep the mountains to themselves, Or the Newars would want only newars in Kathmandu. For Madhesiii to be dwang fukoing this bullshit is useless. NEPALI PEOPLE ARE NOT GOING TO GIVE UP TERAI TO AN INDEPENDENT STATE(look at what happened to SIKHS in India and Khalisthan). SO TO ME BARKING LIKE THIS IS NOT GOING TO HELP YOUR CAUSE. IT WILL EVEN ANNOY THOSE NEPALI PEOPLE WHO WANT TO SUPPORT YOU.
 
Posted on 01-25-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नि:सन्देह यी वामेहरुले नै देशलाई यो हालतमा पु-याएका हुन् । वास्तवमा यो वाम प्रजाती नेपालमा हुँदै नभएको भए नेपाल यसबेला झण्डै झण्डै २०३३-३४ सालको जुगमा हुन्थ्यो - देशभक्ति र मेलमिलापले ओतप्रोत राजनीति, उत्पीडन र असमानता कुन चराको नाम हो पत्तै नभएका शान्त जनता, साच्चै धर्तीमा स्वर्गको एक टुक्रा भने हुने ।

यी वामेहरुले खत्तम पारे देशलाई ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters