Posted by: Nepe January 22, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
Chitawanethito wrote: >के गर्ने न्युट्रलजि, >१। माओबादिले नउस्काएको भए कहा गोइत हुन्थे र? गोइतहरुको साधन (बन्दूक) को लागि माओवादीलाई दोष दिन मिल्छ, तर गोईतको उग्रवादको लागि भने ऐतिहासिक कारकको रुपमा परम्परागत उत्पीडक राज्यका आफुखुशी संरक्षक (नेका, एमाले र अन्य संसदिय दलहरु) र समकालिन कारकको रुपमा माओवादीको संघिय राज्यको प्रस्तावलाई अन्तरिम सम्विधानमा स्पष्ट रुपले पर्न नदिने नेपाली कंग्रेसलाई जान्छ दोष । वास्तवमा कोईरालाले राज्यको स्वरुप र दिशालाई घरको न घाटको रुपमा राखेर देशलाई ठूलो भूमरीमा फसाउदैछन् । कोईरालाले "मैले जुवा खेलेको छु" भनेर बारम्बार जो भन्छन्, त्यो डरलाग्दो तर सत्य हो । कोईरालाको मुख्य जुवा के थियो भने माओवादीलाई केवल सत्ताको भाग दिएर राजतन्त्र मान्न लगाउन र नि:शस्त्रिकरण हुन मनाउछु भन्ने । यसमा कोइराला र देश दुवै हारेको छ । कोइरालाले जत्ति मरिमेटे पनि अंतरिम संविधानमा राजाले "स्पेस" पाएनन् । कोईराला हारे । त्यसमा दु:ख मनाउनु पर्ने कुरा केही छैन, बरु उत्सव मनाउने पर्ने कुरा छ । दु:ख मनाउनु पर्ने कुरा त कोईरालाले देशलाई हतियारको मामलामा हरुवा बनाएकोमा छ । माओवादीले गणतन्त्रमा सहमत होउ हामी हतियार छोड्छौं भनेर लगातार राखेको प्रस्ताव कोइरालाले गणतन्त्र आउन नदिएर केवल सत्ताको भाग दिएर हतियार छोडाउन सक्छु भनेर थालेको जुवा यथार्थमा हारे । माओवादी र हतियार संगसंगै छन्, र माओवादीले चाहेको बखत हतियार पुन: उठाउन सक्ने अवस्थामा सहमति भएको छ । कोईरालाको अयथार्थवादी, अदूरदर्शी र नितान्त स्वार्थी (नेपाल साप्ताहिकमा पढ्नु भो कंग्रेसको अस्तित्वको लागि राजतन्त्र चाहिने कोईराला रहस्य ? ) जुवाले देशलाई खतरनाक अवस्थामा पु-याएको छ । अन्तरिम संविधान वस्तुत: गणतान्त्रिक संविधान हो । यति हदमा त माओवादीलाई पूर्ण नि:शस्त्रिकरण गर्न सकिने कुरा माओवादीले जनआन्दोलन अघि, जनआन्दोलन पछि, आठ बुँदे सम्झौता अघी पछि राखेको गणतन्त्र वा कम्तिमा त्यसप्रति प्रतिवद्धताको शर्तमा पूर्ण नि:शस्त्रिकृत हुन राखेको प्रस्तावले स्पष्टै निश्चित छ । तर कोईरालाले राजतन्त्रको चौटा खाने लोभमा देशलाई सशस्त्रताको झोलमा डुबाएर छाडे । कोईरालाले राजतन्त्रको चौटा खाने लोभ नगरेको भए यतिन्जेल माओवादीको नि:शस्त्रिकरण र मुलुकमा एकमात्र राष्ट्रिय सेना भएको अवस्थामा पुगेको वा पुग्न लागिसकेको हुनेथियौ र यस्तो अवस्थामा गोइतजस्तालको हतियार र पृथकततावादी उग्रवाद होईन समस्त मधेशीको शान्तिपूर्ण सशक्तिकरण र समावेशिकरणको आन्दोलन पो भइरहेको हुनेथियो । जे भो सो भो, अब मुलुक माओवादीको सुझबुझ र कर्तव्यबोधको mercy मा छ । माओवादीहरुलाई लोकतन्त्रप्रति बढि भन्दा बढि प्रतिवद्द हुन लगाउदै जाने वातावरण बनाउदै जानु नै आजको बाटो हो । कोइराला मार्काको जुवा, दाउपेच र षडयन्त्र होईन नयाँ राज्य संरचनाको नेपाल निर्माण गर्ने प्रतिवद्दता सहितको अन्तरदलिय सहकार्यको संस्कृतिले मात्र त्यो सम्भव हुन्छ । वास्तवमा आगामी केही वर्षहरुको लागि दलिय द्वन्द कम र सहकार्य ज्यादा हुने राजनैतिक कार्यशैलीको आवश्यकता छ नेपाललाई । सहकार्य निश्चित कार्यको लागि हुन्छ, सहकार्यको लागि सहकार्य हुन सक्तैन । र आजको राजनैतिक यथार्थले निर्धारण गरिदिइसकेको छ त्यो निश्चित कार्य, यद्यपि नेपाली कंग्रेस भने अझै अलमल र अन्योलमा छ । सहकार्यको संस्कृति (प्रतिपक्षको कमी) ले लोकतन्त्र स्वस्थ नहुने तर्क आउला । मेरो विचारमा, यस्तो आंशिक रिक्त प्रतिपक्षलाई नागरिक सक्रियतावादले पूर्ति गर्न सक्छ र गर्नेछ । त्यसैले हामीसंग आगामी यात्राहरुमा चाहिने सबै कुरा छन् । केवल नेपाली कंग्रेसको घैटोमा घाम लाग्न बाँकी छ । अहिले नेपाली कंग्रेस कोइरालाको वयोवृद्दता र व्यक्तित्वको कैदी भएर रहेको छ । त्यसैले कोइरालाको जीवनकाल भरी कंग्रेसको बौद्धिक मूक्ति संभव देखिदैन । त्यसो भनेर मैले कोइरालाको अवसानको कामना गरेको होइन है । कोइरालाको दीर्घ जीवनको मेरो कामनामा कुनै शंका नगर्नु भए हुन्छ । कोइरालाको दीर्घजीवन र सुस्वास्थ्यको मेरो कामना केवल सामान्य भलादमीपन भने होईन । अलिकति दुष्टता र अलिकति दार्शनिकता पनि छ यसमा । दुष्टता के भने, मलाई लाग्छ नेपाली कंग्रेसले कोइरालाबाट पाठ सिक्न अझै बाँकी छ, र त्यो पाठ नसिकिकन नेपाली कंग्रेस भविष्यको लागि बलियो र योग्य हुनेछैन । दार्शनिकता चाहि के भने, अनायास आएको संजोगमा भन्दा सायस गरेको प्रयासमा हुन्छ पुरुषार्थ (महिलार्थ पनि है) र गर्व, र त्यसैले गुणवत्ता पनि । नेपाली कंग्रेसका कनिष्ट प्रगतिवादी नेतृत्वले कोइरालाको जीवनकालमै पुरुषार्थ देखाउनु पर्छ, दललाई समयको माँग र हाँक अनुसार रुपान्तर गर्न संघर्ष गर्ने आँट देखाएर । नेपाली कंग्रेसका कनिष्ट प्रगतिवादी नेतृत्व समयले चाँदीको थालीमा ल्याएर थपक्क लगाइदिने श्रीपेचलाई पर्खेर नबसुन् । Nepe
Read Full Discussion Thread for this article