Posted by: gaalab January 23, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
>कोईरालाले राजतन्त्रको चौटा खाने लोभ नगरेको भए यतिन्जेल माओवादीको नि:शस्त्रिकरण र मुलुकमा एकमात्र राष्ट्रिय सेना भएको अवस्थामा पुगेको वा पुग्न लागिसकेको हुनेथियौ र यस्तो अवस्थामा गोइतजस्तालको हतियार र पृथकततावादी उग्रवाद होईन समस्त मधेशीको शान्तिपूर्ण सशक्तिकरण र समावेशिकरणको आन्दोलन पो भइरहेको हुनेथियो ।
यो कुरामा चाहिं म असहमत छु। नेपेजीले कस्तो सजिलोसँग भनिदिनुभयो कि कोइरालाले शुरुमै गणतन्त्र स्वीकारेको भए अहिले माओवादी नि:शस्त्र भैसक्थे र समस्त मधेस शान्तिपूर्ण आन्दोलनमा हुन्थ्यो। यदि यो आन्दोलनको शुरुमै गणतन्त्र भएको भए माओवादी द्वन्द्वले १० वर्षमा मारेको भन्दा दस गुना मानिसको ज्यान जान्थ्यो। देख्नुभएन, जनआन्दोलनपछि त्यत्रो पुलिस फोर्स शान्तिमै जुट्दा त कति घर लुटिए, कति बैंक लुटिए? यदि त्यतिबेला सिधै गणतन्त्रमा गएको भए पुलिस र आर्मी अँझै राजनैतिक रुपमा परिचालित हुन्थे, डाँकाहरुले यता फाइदा लिइरहेका हुन्थे। यस्तै, सबै सम्प्रदायका मानिस आ-आफ्नो साम्प्रादायिक स्वार्थले दंगामा लाग्थे। त्यो भन्दा पनि, पैसावालहरु यस्तै अनपढ सम्प्रदायलाई लगानी गरेर अनुचित फाइदा लिइरहेका हुन्थे। राजावादी मन्डलेहरु उस्तै सकृय हुन्थे। लाखौं नभए नि हजारौंको ज्यान जान्थ्यो। देश अन्योल र कोलाहलमा हुन्थ्यो। देख्नुभएन अंग्रेजले छोडेपछि भारत-पाक कस्तो भयो? अहिले इराकमा के हुँदैछ?
नेपेजीले कल्पना गर्नुभएको (म त भन्छु सिम्युलेसन गर्नुभएको) जस्तो आइडियल तरीकाले राजा फाल्ने कुरा त त्यस्तो समाजमा सम्भव छ जहाँ हुन्छन्
१)शिक्षित जनता
२)निश्पक्ष सोचेर काम गर्ने नेता र समूह
३)जनताको भावना आदर गर्न सक्ने तथा राजनैतिक रुपमा अहिले नै कुनै पनि पहुँच नभएको राजतन्त्र
र, हाम्रो देशमा तीन वटै कुराको अभाव छ। हुन त उल्लेखित तीन कुराहरु भएका भए म आफैं पनि राजतन्त्र फाल्ने आवश्यकता देख्दिन थिएँ। तर, खैर!
अँझ, माओवादीको पाटो त कुरै गरेको छैन। माओवादीको अन्तिम लक्ष्य भनेको एक तन्त्रीय शासन लिई श्री५ ज्ञानेन्द्रको ठाउँमा श्री५प्रचन्ड वा श्री५वावुराम वा श्री५बादल ल्याउने थियो। हो, उनीहरुले केही संरचना फेर्थे होला। त्यो नसकिने देखेर नै अहिले लोकतान्त्रिक गणतन्त्रको कुरा गरिरहेछन्। माओले झैं सत्ता कब्जा गरेको भए आन्दोलनपछिको जस्तो खुकुरीको धारको अवस्थाको मौका छोपेर उनीहरु त्यो लक्ष्य प्राप्त गर्नको लागि अरु १५-२० हजार मान्छे मार्न पछि पर्थे जस्तो लाग्दैन।
काँग्रेसले राजतन्त्रको बारेमा धारणा ल्याउन ढिलो गरेर देशलाई ठुलो अनिष्टबाट जोगाएको छ जस्तो लाग्छ। त्यो गिरिजाले जानेर त्यसो गरेको हो वा अरु कारणले मलाई थाहा छैन। संबिधान सभामा जाँदा सिरोमोनियल धार लिएछ भने काँग्रेस पतन होला, र उसको सट्टामा अर्को गणतान्त्रिक धारको डेमोक्रेटिक फोर्स अगाडि आउला। हैन, गणतान्त्रिक धार लियो भने नेपाललाई अन्तराष्ट्रिय रुपमा समर्थन रहेको एउटा ससक्त पार्टीको रुपमा आफैलाई स्थापना गरिरहला। गिरिजापछिका नेताहरुबाट अलि आशा गर्न सकिन्छ कि!
नेपेजीले गिरिजालाई देश बिगार्न सक्ने प्रमूख नेता लिनुभएछ। म त भन्छु हाम्रो देशलाई त माधव नेपाल, देउबा, रोहित जस्ता हल्का सोच्ने, हल्का बोल्ने र हल्का रुपमा काम गर्नेहरुको पो डर छ त।
काँग्रेसले अहिले आफ्नो धारणा स्पष्ट गर्यो भने संविधान सभाको बेलाको राजनैतिक अवस्था छर्लङ्ग हुन्छ। त्यसो भएमा मन्डलेहरु अलि बेसी खेल्न पाउँछन् कि जस्तो लाग्छ। अहिले पार्टी एकिकरण, महाधिवेशनका कुराहरु छन् । जे होस् यो ०६३ सालको अन्तिमतिर निर्णय गर्यो भने ठिक होला।