[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आइ लभ यू

[Please view other pages to see the rest of the postings. Total posts: 37]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 13066 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-10-04 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-04 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ लभ यू

सूरजे सर पश्चिमे डाँडा बाट छयास्स ओझेल परया के थिए बेला साँझ साँझ परन लागया जस्तो भैगो। बाङगे र म पनि पूर्ब तिर हाँनिदै परोपकारको उकालोमा आई पुगया थिम् तेती खेर बिनसित्तिमा ताचल हुँदै छाउनी तिर बरालीएर। दशाले ङ्याक्या बेला परया रेछ, एउटी पन्ध्र सोरह कि हुँदी हो केटी लहलहाउदै हाम्रो अघि आई लागि। अब भयेन के भाँडभैलो? हामीलाई लागी हाल्यो कात्तिक। बाङ्गे लाग्यो सुसेल्न। मैले भने भरखरै चलेको हल्का हाबालाई ध्यानमा राखेर घुँडा सम्म छरीएको त्यो केटीको फरकमा गिद्धे नजर फ्याल्दै ?चिसो पस्ला है कलिलो ज्यानमा? भन्दिएँ।



 
Posted on 12-10-04 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाख्राको पछि मैतिदेबीको बोका लाग्या जसरी हामि केटी पछ्याउँदै अलि अघि बढे पछि बाङ्गेले त्यो केटीले राम्रै सुन्ने गरी आइ लभ यू भनेर आफ्नो धोको पनि पुरा गर्या के थियो केटीले त्यस्को घाँटीमा बारुलाले चिल्या जस्तो गरी टाउको झट्कारेर पछाडि त हेरी तर भन्न केहि भनिन। हाम्रो, बाङ्गेको त झन के कुरा गर्नु, हउसलाले धरहरा टपि हाल्यो। केटी जिस्क्याउदा जिस्क्याउदै नरदेबी पुग्या पत्तै भयेनछ। त्यो राम्रा केटीहरुलाई आइ लभ यू भन्ने रोग जस्तै लाग्या थ्यो बाङ्गेलाई। भन्थ्यो मनले खाकि बुलेट केटीलाई आइ लभ यू भनेसि मरे नी बिस्मात हुँदैन। कुरो ठिकै हो, जिउदैमा हुने रेछ। त्यो साँझ चिकँमुगलमा ढुट्टो भएर त्यै ग्याँन पाईयो।


 
Posted on 12-10-04 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई घरमा म बाङ्गेको सङ्गतले र बाङ्गेको घरमा उ मेरो सङ्गतले बिग्रेको भन्थे भन्नेले तै पनि छातिमा हात राखेर भन्दा हामि, भन्या बाङ्गे र म, स्वतन्त्र रुपले बिग्रया थिम। बाङ्गेले मेरो र मैले बाङ्गेको सङ्गत गर्नु अघिनै हामी ध्वस्तेश्वर (ध्वस्त + ईश्वर, अर्थात खत्तमका देउता) दर्शन गर्न बेग्ला बेग्लै बाटो लागि सक्या भए पनि हाम्रो भेट पछि भने लक्ष तर्फ त्यो भन्छन नी सिनर्जि, हो त्यहि सिनर्जिका साथ कवाज खेल्दै गर्दा हाम्रो बिग्राईमा अलि बल पुगेको सम्म चाहिँ हो, बिद्यानस भन्नु पर्दा। हुन त बाङ्गेले मलाई बढी बिग्ररेको भने पनि मलाई सधैँ के लाग्ने भने, अझै सम्म पनि, बाङ्गे म भन्दा अलि बढीनै बिग्रेको हो। मैले लट्टे दिया हो हैन कसरी यकिन गर्ने? कुरा मुनासिब हो।

 
Posted on 12-10-04 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैँ र तिहारको बिचमा च्यापिएको त्यो दिनले रात बोलाईनै सक्या थ्यो भन्दा हुन्छ। बाङ्गे र म मैतिदेबीमा जिउ तताएर सोजै दखिन हान्निम अनि दायाँ मोडीएर डिल्लिबजार तिर। घट्टेकुलोमा एउटा तरुनीको घर पत्ता नलाइ नि भा थे न त्यै बेलामा, गर्न सकया होर्या केहि हैन बिनसित्तिमा घर हेरयो, मनलाई दु:ख दियो, हावादारी कुरो उडायो एक दुई दिन त्यत्ति हो। जे होस, त्यो घट्टेकुलोको काम सकेर लागिम् उत्तर जन परशाशन क्यामपसको गल्लि धन्ने पार्दै ग्यानेशवर हुँदै स्वर्ग सरी हाँडीगाँउ आउने धुनमा। जन परशाशन क्यामपसनेरै आइपुग्या के थिम, बाङ्गेले उर्दि लायो ?टिप मासितरने ढुङ्गो एउटा?। कुन साइडबाट कुकुरले तारो लायेछ त हाम्लाई भनेर यता उती हेरेँ तर देखिन केहि खतरा। कतै लुते कुकुरले पछाडिबाट लुसुक्क तिघ्राको सत्यानास गर्न आँटि सक्या छ कि भनेर झसङ्ग हुदैँ पछि फर्केको त के हुन्थ्यो, हैन रे छ। ढुक्क हुँदै सोधेँ ?के गर्न टिप्ने ढुङ्गो बाङ्गे, त्यो क्याम्पसको ढोकामा बजाउने?? एक ताका भेटे जति टिनको ढोकामा हामि ढुङ्गा हान्दै हिन्थिम्, त्यै सम्झेँ।
 
Posted on 12-10-04 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

?देखिनस त्यो चिल्लो मोटर त्याँ, आइज बजाम त्यसैलाइ?। मैले अलि हिचकिचाउँदै भने ?कस्को मोटर हो फेरी, धुस्नु चुटाईमा परीने हो कि?? बाङ्गे बोल्यो ?न तेरो बाउको मोटर छ न मेरो बाउको, बाँकि जस्को सुकै होस त्यो हाम्लाई मतलव सतलव भा कुरो हैन?। ल न त यत्रै सित भनेर टिपेँ मजाको ईट्टाको टुक्रा एउटा। ?झर्ल्याम झुर्लुम पार्दिम् बुझिस? बाङ्गेले उक्सायो। बउद्धमा हिजै मात्र किन्या गम्मको गलबन्दि भिर्या थिम हाम्ले, त्यै गलबन्दिले अलि अलि टाउको तर नाक, कान र मुख, घ्याप्पै छोपेर आँखा मात्रै देखाउँदै सोहि अनुसार मलाई पनि गर्न टाउको हल्का झट्काएर बाङ्गेले सङ्केत गर्यो। म नि तयार भएँ, जिउ रनक्क, मन सनक्क, र मुटु ढ्याङ्ग्रो भैगो। बाङ्गेले मोटर तिर आँखा तिखार्दै हातमा ढुङ्गो कस्तै थ्यो, म पनि पल्याक पुलुक हेर्दै इट्टा बजाउने दाउ हेर्दै थिएँ। त्यो चिल्लो मोटर अब चिन्या चिन्या जस्तो लाग्यो। ताकि सक्या बाङ्गेलाई हतार हतार रोक्दै भनेँ, ?ए राँडीको बान, त्यो मोटर त रानी मैसापको हैन??
?हँ ?? बाङ्गे अड्यो।

 
Posted on 12-10-04 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेको घरै नजिकै एउटा भब्य घर थ्यो, ठुला बडाको घर भन्थे। त्याँ चिल्ला मोटरहरु आउने जाने गरी रन्थे। ठुला बडाको आफ्नै पनि घच्चिको मोटर थ्यो। त्यै ठुला बडाको एक्ली छोरी, हामी सबै टोले बोकाहरुकी पनि एक्ली सपना थिई दिब्या जसलाई उस्का घरेलु सेबकहरु रानी मैसाप भन्थे। जाडोमा सल्केको मकल जस्ती रन्केकी रानी मैसापलाई ताप्न कसैले नपाको भये नी पोलिएर सन्केका भने अनगिन्ती थिए।

रानीमैसापको मोटर शङ्का गरी सकेसी ईट्टा ढुङ्गाको काम भएन, फ्याँकिदिएम। पछिल्लो सिटमा मान्छे बस्या जस्तो नी लाग्यो। नदेख्या जस्तो गरेर मोटरमा को रे छ भनेर हेर्दै ग्यानेश्वर जाने गल्लि तिर बढीम्। बत्ति कमजोर भाकोले मोटरमा को थ्यो मैले त चिनिन तर केटी त केटी बसेकी थिई। ड्राइभर भने थिएन। बाङ्गेले ठोकेर भन्यो, ?रानीमैसाप? रेछे। बिद्यानस? मैले सोधेँ। भुतेशवरले भष्म, बाङ्गे बोल्यो। ?किचकन्नी जस्तो राँडी एक्लै यो रातमा मोटर कुरेर किन बस्या रै छे?? बाङ्गेले मैले उत्तर नजानेको प्रश्न सोध्यो।

 
Posted on 12-10-04 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गल्लीमा छिरी मात्रै के सक्या थिम हामी बाङ्गे एक्कासि फर्केर मोटल तिर हानियो। हेरदै छु म, बाङ्गेले मोटरको ढोका खोलेर रानीमैसापलाई आइ लभ यू भन्दियो। मारेन अब? बाङ्गे फर्किन भ्याको थिएन-- ए त्यो बाङ्गेकी रानीमैसापले मोटरबाट निस्केर धारे हात लाउदै मुख छोडी ?थुक्क अलच्छिनी मोरा, मर्न नसक्या असत्ति कुजात---चिच्याई चिच्याई सराप्न लागी। बाङ्गे झसङ्ग, म छक्क परीसक्नै पाथेन, गल्लिको ओझेलमा आफ्नो काम हतार हतार तमाम गरी सकेर के भो के भो छोरी भन्दै ड्राइभर आईपुग्यो। यो हैजाले हेर्नु न बा अर्का छोरीलाई जे मुखमा आयो त्यै भन्दो रे छ, छोरी बोली। बस्तुस्थिती मुल्याङ्कन गरी सक्नै पाथेन बाङ्गेले, ड्राइभरले मुन्ट्याई हाल्यो बिचरोलाई। एकै छिन हुँडलेको पेट गल्लितिर आनन्द सँग शान्त पार्न नपाउँदै आफ्नो छोरी उडाउन खोज्ने आँटिलो देखेर बाउ त तातने नै भो। बाङ्गेको जात्रा ड्राइभरले राम्रो बिधि पुर्याएर गरयो। म गल्लिमा अलि पर्तिर भागेर बाङ्गेलाई कुरी रहेँ। उसलाई सहयोग गरन जाम कि जस्तो नलागेको नी हैन तर के गर्ने आफ्नो ज्यानको चिन्ता परेसी।

रिसले चुर र चुटाईले झन्नै बेसुर हुन लाको बाङ्गेलाई पछि मैले गल्लिमा भनेँ ?जे होस बाङ्गे, तैँले रानीमैसापलाई आइ लभ यू चैँ भन्या भन्यै भो?।
**-**
 
Posted on 12-10-04 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो तमासा भाको नी --- दुई परिच्छेद भाको छैन ६५०० क्यारेक्टर पछारी सक्यो भन्छ, गाँठे।

अनि के बिधि प्रश्नबाचक चिन्ह भेला भाका नी? जोडी माथ्ला अर्ध बिराम (कमा-कोटेसन) जति जम्मै प्रश्नबाचक चिन्हमा फेरिएछन, मेरीबास्सै।
 
Posted on 12-10-04 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>मोटरबाट निस्केर धारे हात लाउदै मुख छोडी ?थुक्क अलच्छिनी मोरा, मर्न नसक्या असत्ति कुजात---चिच्याई चिच्याई सराप्न लागी।

I thought it was her Mom.

Comment:
You have used low levels word too much,
किचकन्नी जस्तो राँडी ?????????????????????????????????????????????

Ali ramro sabda rakhna siknu paryo.
 
Posted on 12-10-04 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


DEEP this is one of the best writings I have read in a long time! thanks for sharing tapai ko dhanya hos... ma chai hasda hasda ladi budi... sarala ko kuro nasum. no word is low level, that is how real people speak.
dyam...."हेरदै छु म, बाङ्गेले मोटरको ढोका खोलेर रानीमैसापलाई आइ लभ यू भन्दियो।"....i nearly cried at this line. ajhai jawos Deep; I am a fan!

mG.
 
Posted on 12-11-04 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NEPALI MA LEKHNA AAUDAINA MALAI SO


Besh nai cha Sarala bhanda
beshya kina bhanis bhanne??
Deep ko mukh bata sabda khasyo
ke usle lekhna na paune ??
manish thulo dil le huncha jaat le hudaina
lekh thulo bhav le huncha sabda le hudaina
devkota to 1 pint ragaat mero nasama bhakole maile thapidiye.
ke thapna na paune???
Sarala timi pani
hatti ra hatti chhap chhapal eautai ho bhanne
yo ta height bho antagonism ko
protagonist swotantra ghumna na paune
sahitya ko sansar ma
harek dobato ma timi
harek mod ma timi
murdabad ko nara lagaudai basne???
maile katiota baburam janmaune ?
ra katiota birendra ko hatya garne ?
tyo pani timro lagi
ma romeo pani haina
timi juliet jasti pani chaina
timro lagi deep le kina aafo sahitya marne ???
kina ???
kina ???
ani bihana uthera beer khana hunna bhanne ko ???




bhattu
 
Posted on 12-11-04 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wanted to write above in nepali but I DON'T KNOW HOW
 
Posted on 12-11-04 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भट्टुलाई प्रस्तुतिमा समाहित शब्द आडको लागि धन्यबाद।

सरला,
सम्बोधनको थालनी मेरो लेख पढिदीएर पोखेका टिप्पणी प्रति धन्यबाद बाट सुरु गर्ने बिचार गरँ।

अब मेरो प्रतिक्रिया म यहाँको टिप्पणी प्रतिको ससम्मान यथावत राखि के भन्न चाहन्छु भने उल्लेखित अभिब्यक्तिहरु सम्बन्धित पात्रहरुको शब्दावलीमा नितान्त निहित थिए ती दिनहरुको बोलीचालिमा। मनपरि शब्द रहित मोउखिक बाक्य नुन बिनाको तरकारी झैँ हुने तर्कमा बेचिएका पात्रहरुलाई यहाँले चिन्न खोज्न हो भने तपाईले टीप्पणीमा लुकाएको नजानिदो आपत्ति बिलिन नै नभए पनि निष्क्रिय भने हुन्थियो होला भन्ने मेरो बिचार छ।

यहाँको टीप्पणी एउटै मान्यताले प्रेरित भएको हो कि जस्तो लाग्यो मलाई। त्यो के भने राम्रो नेपाली प्रस्तुतिमा पात्रहरुले नराम्रो बोलि बोल्न हून्न। एउटा के प्रश्न पस्किदै मेरो प्रतिक्रिया रोक्दै छु भने के तपाई बयस्कहरुलाई ध्यानमा राखेर बनाइएका राम्रा भनिने अङ्ग्रेजी चलचित्रमा प्रयोग गरिएका शब्द र द्रष्यहरु प्रति पनि उत्तिकै सम्बेदनशिल हुनुहन्छ?
धन्यबाद!
 
Posted on 12-12-04 6:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhattu Jee,
>Wanted to write above in nepali but I DON'T KNOW HOW

You may refer the following page for it.
http://www.mpp.org.np
http://www.mpp.org.np/detail_guide/images/new_layout.JPG
 
Posted on 12-13-04 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

to dada giri
it needs windows cd to install and use the fonts
which i don't have
if anyone can send that file to me
it would be great

 
Posted on 12-13-04 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप जी को ऊत्तर सार्है मन पर्यो।

रिभाइभल
 
Posted on 12-13-04 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिभाइभललाई मेरो उत्तर मात्रै नभई प्रस्तुति पनि मन परेको भए ---- म त ठुटो खोज्दा चुरोस पाको जस्तो मान्थेँ तर के नी ---
 
Posted on 12-14-04 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Bhai,

Sarai khatara cha ni ta, katha!

I was taken by it. Please keep writing.

I am sure we will be able to read a collection of your stories later.

Been out of sajha for a while, you have make sajha shine.
 
Posted on 12-14-04 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Malaai matra Deep ko katha Nepali akchyar ma padhna garho bhayeko ho ki aru lai pani tyestai bhayo? Mero compooter le ramrari uultha nagareko ho ki yo unicode bhanne jantu? Balla balla Deep ko katha padhna paauda khushi lageko thiyo, tara padhnai sakiyena gaathey.
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters