Posted by: Deep December 10, 2004
आइ लभ यू
Login in to Rate this Post:     0       ?        
गल्लीमा छिरी मात्रै के सक्या थिम हामी बाङ्गे एक्कासि फर्केर मोटल तिर हानियो। हेरदै छु म, बाङ्गेले मोटरको ढोका खोलेर रानीमैसापलाई आइ लभ यू भन्दियो। मारेन अब? बाङ्गे फर्किन भ्याको थिएन-- ए त्यो बाङ्गेकी रानीमैसापले मोटरबाट निस्केर धारे हात लाउदै मुख छोडी ?थुक्क अलच्छिनी मोरा, मर्न नसक्या असत्ति कुजात---चिच्याई चिच्याई सराप्न लागी। बाङ्गे झसङ्ग, म छक्क परीसक्नै पाथेन, गल्लिको ओझेलमा आफ्नो काम हतार हतार तमाम गरी सकेर के भो के भो छोरी भन्दै ड्राइभर आईपुग्यो। यो हैजाले हेर्नु न बा अर्का छोरीलाई जे मुखमा आयो त्यै भन्दो रे छ, छोरी बोली। बस्तुस्थिती मुल्याङ्कन गरी सक्नै पाथेन बाङ्गेले, ड्राइभरले मुन्ट्याई हाल्यो बिचरोलाई। एकै छिन हुँडलेको पेट गल्लितिर आनन्द सँग शान्त पार्न नपाउँदै आफ्नो छोरी उडाउन खोज्ने आँटिलो देखेर बाउ त तातने नै भो। बाङ्गेको जात्रा ड्राइभरले राम्रो बिधि पुर्याएर गरयो। म गल्लिमा अलि पर्तिर भागेर बाङ्गेलाई कुरी रहेँ। उसलाई सहयोग गरन जाम कि जस्तो नलागेको नी हैन तर के गर्ने आफ्नो ज्यानको चिन्ता परेसी। रिसले चुर र चुटाईले झन्नै बेसुर हुन लाको बाङ्गेलाई पछि मैले गल्लिमा भनेँ ?जे होस बाङ्गे, तैँले रानीमैसापलाई आइ लभ यू चैँ भन्या भन्यै भो?। **-**
Read Full Discussion Thread for this article