Posted by: Deep December 10, 2004
Login in to Rate this Post:
0
?
बाङ्गेको घरै नजिकै एउटा भब्य घर थ्यो, ठुला बडाको घर भन्थे। त्याँ चिल्ला मोटरहरु आउने जाने गरी रन्थे। ठुला बडाको आफ्नै पनि घच्चिको मोटर थ्यो। त्यै ठुला बडाको एक्ली छोरी, हामी सबै टोले बोकाहरुकी पनि एक्ली सपना थिई दिब्या जसलाई उस्का घरेलु सेबकहरु रानी मैसाप भन्थे। जाडोमा सल्केको मकल जस्ती रन्केकी रानी मैसापलाई ताप्न कसैले नपाको भये नी पोलिएर सन्केका भने अनगिन्ती थिए।
रानीमैसापको मोटर शङ्का गरी सकेसी ईट्टा ढुङ्गाको काम भएन, फ्याँकिदिएम। पछिल्लो सिटमा मान्छे बस्या जस्तो नी लाग्यो। नदेख्या जस्तो गरेर मोटरमा को रे छ भनेर हेर्दै ग्यानेश्वर जाने गल्लि तिर बढीम्। बत्ति कमजोर भाकोले मोटरमा को थ्यो मैले त चिनिन तर केटी त केटी बसेकी थिई। ड्राइभर भने थिएन। बाङ्गेले ठोकेर भन्यो, ?रानीमैसाप? रेछे। बिद्यानस? मैले सोधेँ। भुतेशवरले भष्म, बाङ्गे बोल्यो। ?किचकन्नी जस्तो राँडी एक्लै यो रातमा मोटर कुरेर किन बस्या रै छे?? बाङ्गेले मैले उत्तर नजानेको प्रश्न सोध्यो।