Posted by: Deep December 10, 2004
आइ लभ यू
Login in to Rate this Post:     0       ?        
आइ लभ यू सूरजे सर पश्चिमे डाँडा बाट छयास्स ओझेल परया के थिए बेला साँझ साँझ परन लागया जस्तो भैगो। बाङगे र म पनि पूर्ब तिर हाँनिदै परोपकारको उकालोमा आई पुगया थिम् तेती खेर बिनसित्तिमा ताचल हुँदै छाउनी तिर बरालीएर। दशाले ङ्याक्या बेला परया रेछ, एउटी पन्ध्र सोरह कि हुँदी हो केटी लहलहाउदै हाम्रो अघि आई लागि। अब भयेन के भाँडभैलो? हामीलाई लागी हाल्यो कात्तिक। बाङ्गे लाग्यो सुसेल्न। मैले भने भरखरै चलेको हल्का हाबालाई ध्यानमा राखेर घुँडा सम्म छरीएको त्यो केटीको फरकमा गिद्धे नजर फ्याल्दै ?चिसो पस्ला है कलिलो ज्यानमा? भन्दिएँ।
Read Full Discussion Thread for this article