Posted by: Deep December 10, 2004
आइ लभ यू
Login in to Rate this Post:     0       ?        
?देखिनस त्यो चिल्लो मोटर त्याँ, आइज बजाम त्यसैलाइ?। मैले अलि हिचकिचाउँदै भने ?कस्को मोटर हो फेरी, धुस्नु चुटाईमा परीने हो कि?? बाङ्गे बोल्यो ?न तेरो बाउको मोटर छ न मेरो बाउको, बाँकि जस्को सुकै होस त्यो हाम्लाई मतलव सतलव भा कुरो हैन?। ल न त यत्रै सित भनेर टिपेँ मजाको ईट्टाको टुक्रा एउटा। ?झर्ल्याम झुर्लुम पार्दिम् बुझिस? बाङ्गेले उक्सायो। बउद्धमा हिजै मात्र किन्या गम्मको गलबन्दि भिर्या थिम हाम्ले, त्यै गलबन्दिले अलि अलि टाउको तर नाक, कान र मुख, घ्याप्पै छोपेर आँखा मात्रै देखाउँदै सोहि अनुसार मलाई पनि गर्न टाउको हल्का झट्काएर बाङ्गेले सङ्केत गर्यो। म नि तयार भएँ, जिउ रनक्क, मन सनक्क, र मुटु ढ्याङ्ग्रो भैगो। बाङ्गेले मोटर तिर आँखा तिखार्दै हातमा ढुङ्गो कस्तै थ्यो, म पनि पल्याक पुलुक हेर्दै इट्टा बजाउने दाउ हेर्दै थिएँ। त्यो चिल्लो मोटर अब चिन्या चिन्या जस्तो लाग्यो। ताकि सक्या बाङ्गेलाई हतार हतार रोक्दै भनेँ, ?ए राँडीको बान, त्यो मोटर त रानी मैसापको हैन?? ?हँ ?? बाङ्गे अड्यो।
Read Full Discussion Thread for this article