Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Khai ke ke----Deep

[Please view other pages to see the rest of the postings. Total posts: 84]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 28498 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 04-26-05 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जसरी नराम्रो सँग तर्सेको खै कैले पो थ्यो?...सायद त्यै पुरानो बेलाँ
हुँदो हो. झरीमा ओइरिदो पानी झैं ओइरिइ रन्जना आज जम्मै भिजाउने गरी. ओभानो
भनेको कतै रहेन.

को रन्जना रे?

अब भो कि? रन्जनालाई चिनाउँला एक छिनमा, पैला मनमा उर्लदो भेललाई सम्झाई
हालुँ होला पहिरो लडनु अघि नै, कसो?

बच्चे ले ध्वस्तै पारी मलाई. डाँडामा बतास सरी म सँग उस्का राग मडारिन थालेसी
मेरो के चल्थ्यो? नव जवानीका घामले दिन दिन सुकाको मेरो खरमा बच्चेले
झिलिक्क के पार्या थी उस्का फिलुङ्गे निम्ताले डढीहालेँ नी रापमा. तर न्यानो रापमा.

प्रबेशिका अर्थात एस एल सिको जाँच सकाइया थियो, नतिजा निस्किन लाग्ने महिनाहरु
मनग्गे थिए तर. आफु त श्री किस्न टाईपिङ्गमा सुनिता नी आउँछे, त्यहिँ भइयो
भर्ना, तँ नी आउने भे आइज तर सुनिता चैं मेरी हो भन्थ्यो नरे (नरेश)ले तर अब मलाई टाईपिङ्ग मन नपर्ने, मन पर्ने सुनिता उस्की भनेसि के गई भो
र श्री किस्न टाईपिङ्ग पनि भनेर पुरानो मावलि गाउँ हानिएँ म चैं पूर्बी पाहाड तिर.

एउटा मामाकि साली भिनाजुको घराँ बसेर माथ्ला डाँडा हाईस्कुल (नाम त जनता मा.बि. हो
क्यार) भ्याउदी रछे. गोटा पन्ध्रेक बशन्त पार गरेकी त्यो उदाउदी सुन्दरी झुल्किनु
अघिको सूर्य किरणले आकाश उजिल्याउँदा झैं गरी मामाघर धपक्क पार्दी रछे. पुर्पुरो
बलियो भन्या यहि होला भन्ठानेँ मामाघर पुगेको साँझ. उडन्ते मनलाई थाम्न बडो
मुसकिल भो तर. बच्चे भन्ने घरेलु नामले सुन्दरीमा शरण लिएर धन्ने भाको रे छ.

गन्तब्य जता सुकै भए पनि बर्षादका काला बादल पहाड सँग ठोकिएसी त्यहिँनै
मुकाम झैं जसरी बर्षन्छन, त्यसरी नै मेरा जवानीका मेघ पनि नवसुन्दरी नै मुकाम
हो कि झैं मानी बर्षन तयार भएको चाल पाएर म किञ्चित अस्?थिर त भएँ तर
त्यसमै रमाएँ पनि.

मेरा मामाहरु माहाराजगंजमा नयाँ घर ठोकेर बस्या बर्षों भै सक्या थ्?यो तर पहाड
जाने आउने बराबर गर्थे. केहि बर्ष अघि म नी एउटा मामाको पछि लागेर आइ
पुग्या थें यो मामा गाउँमा पैलो पटक. हाँडिगाँउमै ब्यापक बिग्रिसक्या थें म भन्नेमा
तेति बिबाद थे न ती दिनहरुमा. त्यहि छोरो बिग्र्यो हाँडिगाँउले संगतले भन्ने पिरले
हुँदो हो मलाई घर बेबार मिलाउन पहाड हानिन ला मामासँग पठाका हिउदे छुट्टिमा.
ती दिनमा यो गाउँले मामाघरको छिमेकि पल्लो घराँ दुईटी थिए कस्सेका दिदिहरु.
ती दिदिहरुको रनाहा मलाई अहिले सम्म लागिरा थ्यो तर यै मङ्सिरमा दुईटा
भाग्गेमानी नागाहरुले रात भरी जग्गे रुँगेर दिदिहरु उडाई सकेछन. भन्थे देउताले
एउटा ढोका लाए आर्को खोल्छन रे. मेरो पालाँ देउताले हल्का गडबडि गरे हिसाबमा.
दुईटा ढोका लाएर एउटा खोलेछन. तर गुनासो छैन.

जसो तसो घुँडा सम्म आउने रातो फ्रक र ज्यान समेटन सक्ला नसक्ला झैं लाग्ने
आकासे शर्टमा अगेना नजिकै त्यै अगेनाको ताप खिचेर रन्केकि बच्चेले म तिर
छद्म नजरबाण हान्दा त म रक्ताम्मे.




 
Posted on 05-01-05 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किचकन्नीले खायो कि के हो दिप दाइलाइ कथा त अगाडि नै बढ्दैन यार,;-P
निर्माण
 
Posted on 05-01-05 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Arko superb katha...........
Wah wah deep jee................maile ta jammai katha ekkai patak ma ghat ghat ghat swatta paridiye..........sarai majja aayo bhanya........

Saru jee le hasayo yar pahila ko kura samjhayera, ma ni yehi channel ma base yaar sirane ma adhesh lagera...........yehi channel ma kehi hola jasto chha...........


 
Posted on 05-02-05 6:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(के गर्ने पंडितले लगन छैन भन्दिए ब्या गर्ने ट्याममा, अब लगन नआए सम्म
भाँग खाएर भित्ता हेर्या झैं गरेर त के बसाई भो र. हैन? अस्ति शनिबारकथा बढाम न त भन्या
कायममुकायम प्रेमिका आइन, उनै सँग बरालिदैं बिताईयो भनम न विकेण्ड. अब
पसकिन्छु कथा तर ट्याम लाग्छ क्या एक छिन..छडकिदै छ नि त..)

 
Posted on 05-02-05 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ती अलछ्छिनी रैछ ता ती प्रेमिका पनि! बेला न कुबेला टुप्लुक्क आईदिने? अरुलाई कथा सुन्न हत्तार भई राऽ बेलाँ। आउनु नि आउनु, फेरि दिपलाई लिएरै गईदिनि? यो त भएन नि बाऽऽऽऽऽऽऽऽऽऽ! कठोर अन्याय भो! गोर्खा लाग्न पर्?यो कि क्या हो?
 
Posted on 05-02-05 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


(ल अब बाटो लागम...)

अब बिनोदगुरुले त घरजम गर्यो, मेरो पो कैले हो भन्ने तर्कना आईरह्यो. जुन सुन्दरि
देखे नी यै त हो मैले खोज्या भन्ने लाग्न थाल्या नि अब त बर्षौं भो. धेर थोर
परीक्षण नि गरियो पर्खाईको दौरानमा बेग्लै कुरा हो तर कन्सट्यान्ट र भेरिएबलको
अर्थात घर र डेराको अन्तरमा अचेल थप ध्यान जान थाल्या छ. डेरामा बस्न त
सजिलो तर भर नहुने...जति उमेर ढल्कियो उती भरको भाउ बढदो रे छ.

बिनोद आएसि गफ हान्न थालियो. बिनोद गुरु अब बेस्ट फ्रेन्ड नभए नि बेसै फ्रेण्ड त हो.
धेरै जसो गफ त्यै ब्याको हानियो. अनि तिम्रो ससुरालि चैं कता नि? मैले मासु भात सोझ्याउँदै सोधें.
"ससुरालि त उता कता पूर्ब तिर रे, तर काठमाण्डुमा दिदि भिनाजु काँ बसेर पढिरा
रै छे."
"हँ?" "पूर्ब काँ?" मलाई नसोधि भे न फेरी.
"खै त्याँ गाईघाट बाट जाने रे..आफु त गईएन..ब्या तीं गुजेश्वरिमा गर्या, भोज
होटेलमा. हतार हतारको बे. के भन्ने. आफ्नो ब्या भन्दा जन्ती जान रमाईलो रे छ
यार. तिमिले था पाई हाल्छौ नि." बिनोदले अर्थ्यायो.

"गाईघाटबाट जाने रे?" हातमा उठाई सक्या गाँस रोकेर मैले गम खाएँ.

बिहान उठ्दा घाम पूर्बबाट उकालो लागि सक्या रेछन. बच्चे के गर्दै होलि? पैलो
कुरा यै आयो मनमा. खाटमै पल्टि पल्टि सोचें राति जे भो के त्यो साँच्चै हो त?
डरको लहर मनलाई छोएर त्यसरीनै गयो जसरी चिल्लो कागजमा पानीको थोपा
चिप्लेर जान्छ. चिप्लिन त चिप्लिन्छ तर छाप छोडेर.
"राति जे भो के त्यो साँच्चै हो त?" पछि आर्को प्रश्न उठ्न लाथ्यो मैले किच्दिएँ
किन कि उत्तर दिन ढिलो भै सकेको थियो, निश्चय नै.

उठेर आँगनमा आँए. बच्चेलाई भेटन मन थियो पनि थिएन पनि.

" घुर्ने आजै हैन त?" बच्चेका बाको आवाज अलि भारी स्वरमा आयो. पछाडि फर्केर
हेरेको बा घर माथिको टाँकिको फेदाँ उभ्या रे छन. "हो" मैले बोलें. "टेके" बा कराए.
मेरो पछाडि टेक बहादुर अंखोरामा पानी बोकेर आयो. मुख धोई सक्दा नसक्दा
एक गिलास दुध लिएर टेके फेरि म छेउ आईसक्या थ्यो. बा पनि झरे आँगनमा र म
तिर एक सर्को तिखो हेराई फ्यालेर टेकेलाई आदेश दिए, "त्यति दुध खाएसि तैले
पुर्याएर आउनु". संकेत मै तिर थ्यो. टेकेले टाउको हल्लायो मैले अलमलीदै सोधें, "काँ?"


 
Posted on 05-02-05 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


( बिचरा गुरू! )

जेहोस, कथाकारमा चमत्?कार छ ।

 
Posted on 05-02-05 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....बा पनि झरे आँगनमा र म
तिर एक सर्को तिखो हेराई फ्यालेर टेकेलाई आदेश दिए, "त्यति दुध खाएसि तैले
पुर्याएर आउनु". संकेत मै तिर थ्यो. टेकेले टाउको हल्लायो मैले अलमलीदै सोधें, "काँ?" ....


मेरो मावलिगाउँ तिर अम्ला सोझ्याउँदै गरेका बालाई हेर्दै गर्दा मेरा मनाँ नराम्रो सँग
दर्कियो पानी. डराई डराई मैले सोधें , "अनि बच्चे?"
"जान्न बच्चे ऐले" बाको बोलिमा कठोरता ब्याप्त थ्यो.

उ कतै देखिईन, न नै मैले फेरि काँ छे सोध्ने हिम्मत गरेँ. भात पनि नखाई टेकेको
पछी लागेर ओरालो लाग्नु पर्यो मैले. के भाको होला भन्नेमा म अलमलिएको थिईन बरु
के हुने होला भन्नेमा चिन्तित पक्कै थिएँ.

टेकेलाई नबोल्नु भन्या हो की मान्छे नै उ नबोल्ने हो था भे न. त्यस्को मुखबाट
एक शब्द निस्कया भे मरीजाम ल. पटक्कै बोल्दैनथ्यो. टाऊको हल्लाउथ्यो बेला
बेला केहि सोधे. त्यत्ति हो.

खोला नजिकै आउँदा कान नि बन्द भए. ढुक्कै भो. तर त्यो खोला
माथिको गोठले हिजो बच्चे सँग बिताएका सिमसिमे पानी पर्दाका पलहरु सम्हालेर राखेको रे छ..मन भरगं भो गोठ देखेर.

खोला तरेसि टेकेलाई भै गो यहाँ बाट म आफैं जान्छु भनें. मेरो मुखाँ पुलुक्क हेर्यो र फर्कियो.
तर फर्किदा त्यसको अनुहारमा हल्का हाँसो थ्यो. "हँ?" मेरो मनमा आयो.

म उकालो बाटो लागें. बाजे बजैलाई के भन्ने हो तत्कालको समस्या त्यै थ्यो.
जति जति मावलि घर नजिक पुगें, उति उति खुट्टामा साँगलो लाको जस्तो
हुन थाल्यो. एक मन त लाग्यो बाजे बजैकाँ नगै यसै यसै भागेर जाम गाईघाट तिर.

मावलि घर आईपुगया त मामा आईरारेछन. अफिसको कामले गाईघाट आ रेछन,
त्यै मौकामा घर नी पुगम भनेर हिजो बेल्का आइपुग्या रे.
"बच्चे पछि आउछे रे" भन्देँ लामो कुरो भएन. बाजे बजैलाई बच्चेको भन्दा मामाको
कुरो सुन्ने सुर चड्या रे छ राम्रै भो. मामा भोली ब्यानै फर्किने रेछन काठमाडौं, म
नि साथ लाग्ने भएँ. अब के बसाई भो र त्याँ गाममा.


 
Posted on 05-02-05 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खै फोटो होला नि त श्रीमतिको हेरम त" मन हुईंकन खोज्दै थ्यो.
"छैन नि याँ त, वालेटमा त प्रियसिको पो फोटो राख्ने त श्रीमतिको काँ हो र? घरमा आउन.
यार त्यो सुरेशलाई नि भेट भै रा भन्या थाईको अफिसाँ म फर्किने टिकट मिलाउन
जाँदा. ब्या गरेछ तेल्ले नि. स्वासनी क्या च्वाँक यार तेसको. अब तिमी नी तातनु पर्यो" बिनोदले भन्यो.

म ताती होरी सेलाउन ला बिनोदगुरुले नबुज्या हो बा छेड हान्या हो था भे न तर मैले
सोधें, "सुरेश को सुरेश?"
"त्यै स्प्रिगंफिल्डको" बिनोदले भन्यो.
मैले "ए" मात्रै भनें. चिन्या हो त्यो सुरेशलाई--हाई हेलो सम्म हो खास मतलब लागेन त्यै भे र. तेल्ले ब्या गर्यामा तरै पनि मलाई नि हत्तेरि
भन्या झैं त भो.

मलाई चैं बिनोदगुरुकी श्रीमतिको फोटो नहेरी भा थे न. "तिम्रो ससुरालि के थर नि?"
"दाहाल" बिनोदले जबाफ दियो. "दाहाल त उ पनि दाहालै त हो" मेरो मनले भन्यो.
रनभुल्लमा परिराबेलाँ फोन आयो.

आलोक --मेरो फुपुको छोरो---- रे छ. "भरे भात खान यतै आउनु न है" भन्यो.
"बिनोद छ" भन्या लिएर आउनु न भन्यो.
....


बेलुका पुगिम आलोक काँ बिनोद र म. सानो भेला रे छ. सुरेशगुरु नि तिं रेछन. गुरुलाई देख्नासाथ
बधाई त दिनै पर्यो. "ल बधाई छ.." भन्दै थिएँ, यसो ऊता फर्केकी युबतिको हात च्याप्प
समातेर घुमाउँदै नयाँ श्रीमतीको परिचय गराई हाल्यो.
"रञ्जु, यता दीप जी..." नमस्ते फरकाउँदा नफर्काउँदै अरु एक दुई जना थपिए,
"ल ल सुरेश जी बधाई छ भन्दै". त्यै बेलाँ आलोक ले सोध्यो, "के छ दीपदाई?"

फुत्त निस्कियो "खै के के..."

"हो त नि बच्चेको स्कुलको नाम रञ्जना त हो त " बाटोमा फर्किदाँ म मनमनै
भन्दै थिएँ.





[अब बिसाम होला.]
 
Posted on 05-02-05 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रञ्जे ' बच्चे ' लाइ त अर्कैले लग्यो ! तर जे भे नि गुरुको जुठो हो क्यार चल्छ होलानि त सुरेशगुरुलाई पनि । थाहा न पाएसंम्म ;)
 
Posted on 05-02-05 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विचरा दीप दाई,

कस्तो मेरै कथा पढे जस्तो लाग्यो गाँठे :(। तै नि क्यै छैन, पिर नगर्नुस। बरु आजै तपाईँ पनि FOSLAN को सदस्यता लिहाल्नुस। तपाईँलाई हार्दिक स्वागत छ। :)

-सरु
 
Posted on 05-02-05 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAHI....................bhandai kaso Deep bro le Bacche lai angalo halenan!!!!!!!!!

Yee pundit pani kasto kasto kura garchhan bhanya.....bholi palta nuhaye pachi chokho bhai halyo ni............testo kura ma pani katai jutho lagchha bhanya?
 
Posted on 05-02-05 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro,

kura ta gahirai raichha ni? Aani man ta dukhchha hola ni samjhera lauda?

Waiting for more....kya kare dil he man ta hi nahin :(
 
Posted on 05-02-05 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wish I had patience like you dude to write in that romanized unicode. What is even more commendable is your grammar is almost 100% correct which is really amazing for a nepali, especially in an era where "vultures" here judge their intelligence by picking on each others' english spelling mistakes :).

Of course I can't read nepali pieces without JD on the rocks! When I do, I'll barge in yor thread again!
 
Posted on 05-03-05 6:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को कस्को हो, को कस्को हो कस्ले भन्न सक्छ र?

माया भनेको त्यस्तो आगो रे छ जुन एक चोटि जोरे
पछि ननिभ्ने रे छ फेरी. घृणामै भए पनि बाँच्दो रहेछ. यो मेरो अनुभव हो.
 
Posted on 05-03-05 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhanesi bachhey lay ni ek dui gaans kum haali holi ni ta tow din ..aankha nabhigrya bha dekhin
 
Posted on 05-03-05 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, एउटा कुरो बुझिन मैले ? मगज अलि सुस्त भाऽ हो कि के हो खै?

त्यो रञ्जुको सिउँदो सिंगार्ने को त? सुरेशे कि बिनोदे? पुर्वेली ::दाहाल:: लाई बिहे गर्ने त बिनोदे हो, बच्चे (रञ्जु) चईं फेरि सुरेशेले हात पारेछ।

स्पष्टिकरण चाहियो यो पुन्टेको साऽऽऽनो मगजलाई! :s

 
Posted on 05-03-05 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्पष्टिकरण चाहियो यो पुन्टेको साऽऽऽनो मगजलाई!>>>>>>>>>>>
Pooonte ko ra mero magaj ko size yeutai hola jasto laago malai ta, maile pani hau tehi kuro nabujhya kya.

Ani pundit jeeee, k ko jutho chokho ko kura ni eekaisau satabdi ma pani, Testai jutho nai laagne bhaye, suun paani charkine, teti le pani bhayena bhane gaai ko gahut khaye ta bhai haalyo ni.

को कस्को हो, को कस्को हो कस्ले भन्न सक्छ र?>>>>>>>>>>
aaa deep guru maile ta bhannai sakina. lau na kura lai alik fyaaaa parum na hau.
 
Posted on 05-03-05 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khai ke ke bhaecha yo Deep lai :)

Anyways, enjoyed reading your story, dherai bhaeko thiyo Deep ko katha padhna napaeko.
 
Posted on 05-03-05 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा दिप दाइ। धन्दा मान्नु पर्दैन है अर्को आइहाल्छ नि रे क्या। ;-p
निर्माण
 
Posted on 05-03-05 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you deep bro ta pir pare pani katha chai nikai ramailo para le sunaudo raicha. Keep on going.
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters