Posted by: Deep May 2, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
....बा पनि झरे आँगनमा र म तिर एक सर्को तिखो हेराई फ्यालेर टेकेलाई आदेश दिए, "त्यति दुध खाएसि तैले पुर्याएर आउनु". संकेत मै तिर थ्यो. टेकेले टाउको हल्लायो मैले अलमलीदै सोधें, "काँ?" .... मेरो मावलिगाउँ तिर अम्ला सोझ्याउँदै गरेका बालाई हेर्दै गर्दा मेरा मनाँ नराम्रो सँग दर्कियो पानी. डराई डराई मैले सोधें , "अनि बच्चे?" "जान्न बच्चे ऐले" बाको बोलिमा कठोरता ब्याप्त थ्यो. उ कतै देखिईन, न नै मैले फेरि काँ छे सोध्ने हिम्मत गरेँ. भात पनि नखाई टेकेको पछी लागेर ओरालो लाग्नु पर्यो मैले. के भाको होला भन्नेमा म अलमलिएको थिईन बरु के हुने होला भन्नेमा चिन्तित पक्कै थिएँ. टेकेलाई नबोल्नु भन्या हो की मान्छे नै उ नबोल्ने हो था भे न. त्यस्को मुखबाट एक शब्द निस्कया भे मरीजाम ल. पटक्कै बोल्दैनथ्यो. टाऊको हल्लाउथ्यो बेला बेला केहि सोधे. त्यत्ति हो. खोला नजिकै आउँदा कान नि बन्द भए. ढुक्कै भो. तर त्यो खोला माथिको गोठले हिजो बच्चे सँग बिताएका सिमसिमे पानी पर्दाका पलहरु सम्हालेर राखेको रे छ..मन भरगं भो गोठ देखेर. खोला तरेसि टेकेलाई भै गो यहाँ बाट म आफैं जान्छु भनें. मेरो मुखाँ पुलुक्क हेर्यो र फर्कियो. तर फर्किदा त्यसको अनुहारमा हल्का हाँसो थ्यो. "हँ?" मेरो मनमा आयो. म उकालो बाटो लागें. बाजे बजैलाई के भन्ने हो तत्कालको समस्या त्यै थ्यो. जति जति मावलि घर नजिक पुगें, उति उति खुट्टामा साँगलो लाको जस्तो हुन थाल्यो. एक मन त लाग्यो बाजे बजैकाँ नगै यसै यसै भागेर जाम गाईघाट तिर. मावलि घर आईपुगया त मामा आईरारेछन. अफिसको कामले गाईघाट आ रेछन, त्यै मौकामा घर नी पुगम भनेर हिजो बेल्का आइपुग्या रे. "बच्चे पछि आउछे रे" भन्देँ लामो कुरो भएन. बाजे बजैलाई बच्चेको भन्दा मामाको कुरो सुन्ने सुर चड्या रे छ राम्रै भो. मामा भोली ब्यानै फर्किने रेछन काठमाडौं, म नि साथ लाग्ने भएँ. अब के बसाई भो र त्याँ गाममा.
Read Full Discussion Thread for this article