Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Khai ke ke----Deep

[Please view other pages to see the rest of the postings. Total posts: 84]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 28329 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 04-26-05 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जसरी नराम्रो सँग तर्सेको खै कैले पो थ्यो?...सायद त्यै पुरानो बेलाँ
हुँदो हो. झरीमा ओइरिदो पानी झैं ओइरिइ रन्जना आज जम्मै भिजाउने गरी. ओभानो
भनेको कतै रहेन.

को रन्जना रे?

अब भो कि? रन्जनालाई चिनाउँला एक छिनमा, पैला मनमा उर्लदो भेललाई सम्झाई
हालुँ होला पहिरो लडनु अघि नै, कसो?

बच्चे ले ध्वस्तै पारी मलाई. डाँडामा बतास सरी म सँग उस्का राग मडारिन थालेसी
मेरो के चल्थ्यो? नव जवानीका घामले दिन दिन सुकाको मेरो खरमा बच्चेले
झिलिक्क के पार्या थी उस्का फिलुङ्गे निम्ताले डढीहालेँ नी रापमा. तर न्यानो रापमा.

प्रबेशिका अर्थात एस एल सिको जाँच सकाइया थियो, नतिजा निस्किन लाग्ने महिनाहरु
मनग्गे थिए तर. आफु त श्री किस्न टाईपिङ्गमा सुनिता नी आउँछे, त्यहिँ भइयो
भर्ना, तँ नी आउने भे आइज तर सुनिता चैं मेरी हो भन्थ्यो नरे (नरेश)ले तर अब मलाई टाईपिङ्ग मन नपर्ने, मन पर्ने सुनिता उस्की भनेसि के गई भो
र श्री किस्न टाईपिङ्ग पनि भनेर पुरानो मावलि गाउँ हानिएँ म चैं पूर्बी पाहाड तिर.

एउटा मामाकि साली भिनाजुको घराँ बसेर माथ्ला डाँडा हाईस्कुल (नाम त जनता मा.बि. हो
क्यार) भ्याउदी रछे. गोटा पन्ध्रेक बशन्त पार गरेकी त्यो उदाउदी सुन्दरी झुल्किनु
अघिको सूर्य किरणले आकाश उजिल्याउँदा झैं गरी मामाघर धपक्क पार्दी रछे. पुर्पुरो
बलियो भन्या यहि होला भन्ठानेँ मामाघर पुगेको साँझ. उडन्ते मनलाई थाम्न बडो
मुसकिल भो तर. बच्चे भन्ने घरेलु नामले सुन्दरीमा शरण लिएर धन्ने भाको रे छ.

गन्तब्य जता सुकै भए पनि बर्षादका काला बादल पहाड सँग ठोकिएसी त्यहिँनै
मुकाम झैं जसरी बर्षन्छन, त्यसरी नै मेरा जवानीका मेघ पनि नवसुन्दरी नै मुकाम
हो कि झैं मानी बर्षन तयार भएको चाल पाएर म किञ्चित अस्?थिर त भएँ तर
त्यसमै रमाएँ पनि.

मेरा मामाहरु माहाराजगंजमा नयाँ घर ठोकेर बस्या बर्षों भै सक्या थ्?यो तर पहाड
जाने आउने बराबर गर्थे. केहि बर्ष अघि म नी एउटा मामाको पछि लागेर आइ
पुग्या थें यो मामा गाउँमा पैलो पटक. हाँडिगाँउमै ब्यापक बिग्रिसक्या थें म भन्नेमा
तेति बिबाद थे न ती दिनहरुमा. त्यहि छोरो बिग्र्यो हाँडिगाँउले संगतले भन्ने पिरले
हुँदो हो मलाई घर बेबार मिलाउन पहाड हानिन ला मामासँग पठाका हिउदे छुट्टिमा.
ती दिनमा यो गाउँले मामाघरको छिमेकि पल्लो घराँ दुईटी थिए कस्सेका दिदिहरु.
ती दिदिहरुको रनाहा मलाई अहिले सम्म लागिरा थ्यो तर यै मङ्सिरमा दुईटा
भाग्गेमानी नागाहरुले रात भरी जग्गे रुँगेर दिदिहरु उडाई सकेछन. भन्थे देउताले
एउटा ढोका लाए आर्को खोल्छन रे. मेरो पालाँ देउताले हल्का गडबडि गरे हिसाबमा.
दुईटा ढोका लाएर एउटा खोलेछन. तर गुनासो छैन.

जसो तसो घुँडा सम्म आउने रातो फ्रक र ज्यान समेटन सक्ला नसक्ला झैं लाग्ने
आकासे शर्टमा अगेना नजिकै त्यै अगेनाको ताप खिचेर रन्केकि बच्चेले म तिर
छद्म नजरबाण हान्दा त म रक्ताम्मे.




 
Posted on 05-04-05 6:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रस्तुती पढिदिने, आफ्नो बिचार राखिदिने, अनि खै के के ठान्दीने सबै शुभेच्छुकहरु (सही आलोचना गर्नेहरु
पनि त शुभेच्छुक नै हुन्) प्रति आभारी छु.

बिषय बस्तु न त पूर्ण काल्पनिक हो न नै हुबहु सत्य. चोट मलाई परेको चैं हो.
उस्लाई नि पर्यो रे चोट त भन्थी तर खै कुन खाले चोट हो अर्काकी स्वास्नीलाई
सोधिरहने कुरो भे न.

बिनोदगुरुले नै फेला पारे छ बच्चेलाई ठानेको थिएँ मैले नी. तर ...
फेला पार्नु पर्ने त मैले थ्यो नी के गर्नु.



 
Posted on 05-04-05 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Joon phool maile rojeko thie, kasaile tipecha...

Yestai ho Deep, jindagi bhaneko..kahile ghaam kahile paani

Baru yeso hamro Trikalji lai cheena dekhaune ho ki..

La la, chhittai nai 32 laxyan le yukta kanya sita jhyai jhyai hos.
 
Posted on 05-05-05 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ani pundit jeeee, k ko jutho chokho ko kura ni eekaisau satabdi ma pani, Testai jutho nai laagne bhaye, suun paani charkine, teti le pani bhayena bhane gaai ko gahut khaye ta bhai haalyo ni.

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
Harke dai, euta kura thapna mann lagyo,

......Gai ko Gahut le ni nabhaye chokhina ko lagi tehi jutho manchhe kai gahut khane, lu jaa.........

ha ha ha......chya
 
Posted on 05-05-05 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pundit je dekhe ko paidaina , lekhe ko matra paicha ( hamra buda paakha le tesai ukhaan tukaa banaudaina ke) uni haru ko experience le baneko ho ke
jeevan bhanekai balidan raicha ke.................yo maanche ko cholo liyera aaye pachi maato ko rin tirnupardo raicha ke........tyo rin tirne bhaneko nai balidan le ho........jaba hami ko sansar chodera jaanchau.....taba baala matho ko bhar utrincha....

karma ko khela bhancha ne..............ho ( jindagi ma chita ko maageko sabai paune bhaye jindagi ma raas nai ke hunthiyo ra) aja jindagi mitho cha kina bhane chiso ko biparit tato cha, dukha ko badli sukha cha............yedi dukha ko paribhasa nai bujena bhane sukha ko ke artha bhayo ra........tesai le afule ramro karma garne ho haina....

for example........jasri aanka sunye( zero) bata suru huncha tesari nai aanta pani sunya maa nai huncha artha....hamro life zero bata suru bhayo ra 200 maa anta bhayo re.........agadi ko 20 achivement ho.........arko juni ko laagi tesaile sake saama purai sunye maa tungau nu parcha........kina bhane maanish ko chola liyera barambar aaunu dharti maa bhaneko nai aabisab ho........
 
Posted on 05-05-05 6:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै फेरी अन्तै भोलि बतासिन सक्छु
अलि होस गर
बतास सँग मितेर लाको मन बोकेको छु.





 
Posted on 05-05-05 6:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सँधै झैँ, जब दीपको ज्वती यी आँखामा परे अनि टुसुटुसु पालुवा पलाउन जमर्को गर्न थाले, जसरी हिउँदमा फालिएको मुढो पनि जेष्ठको पानिले सकी नसकी पलाउने चेस्टा गर्दछ।
 
Posted on 05-05-05 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


परे त के भो शिषिरको तुषारो
बयँर न हो
फलिरहोस
हावाको झोँकालाई चिरेर सँधै
दीप यसरि नै बलिरहोस,
बलिरहोस...

:)

-सरु
 
Posted on 05-05-05 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन बाङ्गे भैरवा पुगि गया तन मनको गरुँ हीत भनी
"सुन्दरी त्यहीं थिया पर्या शरणमा खुसि गराया पनि"
भन्या बिचार मनमै रह्या कोसिस गर्या धुनधान त्यै पनि
दु:खी तन मन ली फिर्यो हाँडीगाउँ धिक्कार पुरपुरो भनी.

बाङ्गे भैरहवा गा थ्यो एक ताका. दुई चार दिनलाई. त्यसको बाउको त्याँ सरुवा
भा बेलाँ. सुन्दरी एउटी सिनेमाकी हिरोनी जस्ती सँग तन मन जोडने आशामा. तर
बाङ्गेको भाग्गे नी उहि त हो बाङ्ग्या रे छ, देखेछ मात्रै धेरै भेटेनछ कोही पनि तर.
कोही नि भेटेनछ त नभनम्...भैरवा बहुमुखि क्यामपसमा
मानविकी संकाय तर्फ स्नातक पैलो बर्षमा अध्ययनरत कपिलबस्तु जिल्ला बाँणगंगा
गा.पं (हो गा.पं कै बेला) वडा नं ४ घर भै गोरुसिङ्गेमा रात्रि बसमा दुई चोटि ढुङ्गा
हानेको गलत अभियोगमा ढाड सोझ्याईमागेको बर्ष २४को हाल त्याँ रूपन्देही जिल्ला,
भैरहबा न. पं. वडा नं ८ मा डेरा ली
बस्ने तर दिन रात काठमाडौंको सपना देख्ने धन बहादुर थापा "बिबश" भन्ने लाई भेटेछ.

बिबशले "काठमाडौं आउँछु म कुनै दिन आको बेला घुमाईदिनु पर्छ है भाई" भन्दा
"भै हाल्छ नि दाई..त्यो नि अब भनिरन पर्छ र"
भनेछ र फोन नम्बर माग्दा घरको नम्बरको एउटा नम्बर उडार अर्को हावा नम्बर
हाल्देर दे छ बाङ्गेले बिबशलाई.

"किन नि?" भनेर सोध्दा हुँदी
"कल्लाई के को सुर कल्लाई के को सुर...एउटी
भेट्या भे नि त लौ भन्नु ... त्यो धनेलाई घुमाउने ठेक्का ल्या छ र मैले?" बाङ्गेले
झर्केर मनको भडास निकाल्यो.

त्यस्तै हो ट्याम जान के बेर....हेर्दा हेर्दै त्याँ सरसोतीथान पछिल्तिरबाट घाम धेरै चोटि
उदाए.

एक दिन बाङ्गेलाई के सनक चलेछ..बिज्ञापन सेबामा किस्न पाउरोटि र च्या
खाँदै नु....री....नु...री आजारे आजारे ओ मेरे दिलबर आजा सुनिरा बेलाँ
भक्तपुर साइटसिनलाई जान्छु भनेर हिन्देछ एक्लै मानौं उ नुरी हो अनि
भक्तपुर एउटी स्वप्न सुन्दरी....
...










 
Posted on 05-05-05 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-05-05 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही कामले गा भे पो काम सकाउने आउने भन्ने हुन्छ, यत्तिकै सनक छुटेर गा
बाङ्गे भक्तपुर अब काँ जाने काँ नजाने. यता र उता भौंतारिदा भौंतारिदै हराएछ.
अब भो कि? यसो उसो गर्यो जाँ बाट हिन्या तिं आईपुग्दो रे छ. जान खोज्या बस
स्टप तिर. साँझ पर्न लाईसक्यो. सनकले नि छोड्ला छोड्ला जस्तो भै सकेसि त
घर त आउनु पर्यो नी.

बाङ्गेका सन्तान नेपालगञ्ज तिराट आका भे नि बाङ्गे आफुलाई खाँटि काठमाडौंको
ठान्थ्यो. अब त्यस्तो लोकल काठमाडौंले भएसी "हराएँ गुहार लौ न घर पठाईदेओ
मलाई" भन्ननी ईज्जतले दे न बाङ्गेलाई. बडा टेन्सनमा परेर रन्थन्नी रा बेला मा..
"ल, काँ बाट ह्याँ पो भेट भो भाई सँग" भन्ने भनाई सँगै एउटाले कुममा हात राखेछ
बाङ्गेको. पुलुक्क हेर्या त उही भैरबाको धन बहादुर "बिबश" दाई.

बाङ्गेलाई के भन्नि के भन्नि भै रा बेलाँ फेरी बिबशदाई बोलेछन, "म फोन
गर्दा गर्दा हैरान..लाग्दै लाग्दैन".

मन मन मा "मेरो घराँ त के खार लाग्थ्यो र नी तर काईं न काईं त लाग्नु
पर्ने त्यो हावा नम्बर" बाङ्गे ले सोचेछ. फेरी सोचेछ, "राम्रै भो काईं नी नलाग्या
मैले हावा नम्बर देको त था पाएन नी" तर भनेछ "दाईले अन्तै गर्नु भो होला
फोन अनि."

"यै हैन नम्बर?" एउटा झुत्रो कागज देखाउँदै सोधेछ बिबशले.
दे को नम्बर त त्यै हो भए पनि नम्बर हेर्दै बाङ्गेले भनेछ "हे दाई पनि त्यो २ पछि त
सात नि काँ चार लेख्या त?"

"ए...त्यै त किन फोन लाग्दैन भन्छु म चैं"

"अनि कता बाट त दाई आज ह्याँ?" बाङ्गेले हुर्याएछ प्रश्न.

 
Posted on 05-05-05 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aa deep jeee, tyo mathi ko saki sakyo ho bhanya ? ki maile chutaye hau ?

Ma ta tyo ajja baaki hola bhanthaneko ta.



 
Posted on 05-05-05 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के को रेल छुट्यो कि क्या हो? कन्डक्टारले बोलाउँदा तरुणी हेर्दै टोल्लाई राऽ थिईस्! बल्ल ठीक पर्यो।

खुच्चिङ्!!!!

 
Posted on 05-05-05 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्तपुरकि ज्यापुनी र वाङ्गे हो दिप दाई कथाको नाम चाँहि ।
 
Posted on 05-06-05 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दिप दाइले अर्को कथा शूरु गर्नु भएछ, झण्डै छुटेको। ल अरु नि चाँडो पस्किम है दाइ॥
निर्माण
 
Posted on 05-06-05 6:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनि कता बाट त दाई आज ह्याँ?" बाङ्गेले हुर्याएछ प्रश्न.
"कता बाट हुनु नि..साथिहरु याँ मन्त्रालयमा कुरा गर्न आउनला मौका पारेर म नि घुम्न आ नि काठमाडौं" बिबशदाईले
अर्थ्याएछन. अनि बाङ्गेलाई हेर्दै थपेछन, "ल भाई त यहाँको लोकल, साँझ नि पर्न लाई सक्यो यो भक्तपुर नि
यसो घुमाइदिनु पर्यो मलाई..फुर्सद त छ हैन?"

"आफु त हराएर रिङ्गिरा बेलाँ ....."बाङ्गेले मनमनै ठाने पनि "अब हराएँ भनेर यस्को अगाडी गति के छाडी भो र" सोच्दै
, "भै हाल्छ नि ..ल यता बाट सुरु गरम" भनेर एका तिर लागेछ. यसलाई घुमाउने सुरमा बस स्टप पनि
भेटी हाल्छु कि भन्ने आश पनि बाङ्गेमा पलायो. भक्तपुरको बिशेषतानै मन्दिर र गल्लि हो हाँकेछ बाङ्गे ले
तर कुन मन्दिर कस्को..त्यो ठामको नाम के त उस्लाई नि था भा भे पो भनोस. यता र उता गर्दा गर्दै
ब्यापक साना र अध्यारा गल्लि तिर पसेछ बाङ्गे हरार.

"ओहो, भाईलाई त यस्तो यस्तो गल्लिको बाटो नि था रे छ, म भाको भे त अघि नै हराईसक्थें यस्ता बाटामा".
बिबशदाईको टिप्पणिलाई प्रत्योतर दिदै बाङ्गेले "अब हींको भए सि त यति गल्लि त चिन्नै पर्यो नि" फाल्यो डाइलग.
कता कता बाट कता पुग्यो बाङ्गेलाई केहि था भा हैन. केहि नलागेसि बाङ्गेले हराकोमा समर्पण गर्ने बिचारले
"बिबशदाई, खास के भने.." भन्दा भन्दै बिबशदाईले "ल भाई मैले त माने तिम्लाई...काँ काँ हो काँ काँ
लगेर त्यस्ता त्यस्ता गल्लिबाट ...अघि जाँ बाट हिन्या तीँ ठ्याक्कै ल्याईदिया ल.." भनेसि पल्याक पुलुक
हेर्दै बाङ्गेले नि ठम्याएछ "हो त नि अघि उ तीँ बाट लाग्या त हो नि".

फेरि बस स्टपजाने समस्या जाँ को तीँ. "अब यस्ले बस चढन जाम भन्यो भने?" बाङ्गेको पिर बढ्दो थियो.
"ल अब जाम" बिबशदाई बाटो लागे.."बसाई काँ छ त दाईको?" बाङ्गेले सोध्यो. "त्याँ सुनधारा गेष्ट हाउसमा..
अब त साथिहरु नि आइसकेहोलान लजमा..पर्सि त फर्किने हो..म भाईलाई भोलि फोन गर्छु नि..पशपती
लग्दिनु पर्छ है" बिबशले कुरा पोखे. बाङ्गेले हुन्छमा टाउको हल्लायो.
कुरा गर्दै सुरु सुरु हिनिरा बिबशलाई हेर्दै बाङगेले सोचेछ, "काँ जान ला हो यो?" सोध्नै ला बेलाँ हेर्छ त बिबशले बस स्टप पो
ल्याईपुर्याएछ.
 
Posted on 05-06-05 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहाहाहह

बिचरा बाङ्गे। मै जस्तो रे'छ, जता गो उतै हराम्नी।

सारै रमाईलो छ दीप दाई। आर्को भागको प्रतिक्षामा

-सरु
 
Posted on 05-06-05 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice one deep ji


 
Posted on 05-06-05 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, भक्तपुर साँच्चै तेस्तो हराउने ठाँउ हो र दीप ज्यु?
म त पुग्नै पाको छैन। बिचारा म...........
तपाईँको नेपाली लेखाई चाहिँ मलाई औधी मन पर्छ होऊ।

अब अर्कै कहानीको आसामा छु।
-----
ओके

 
Posted on 05-06-05 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा बाङ्गेलाइ त बिवशले पो घुमाएछ, हासेर मरे हाहाहाहाहाहाहाहाहहाहाहा
ल ल अरु नि जावस् दाइ!!!
 
Posted on 05-07-05 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बाङ्गेलाई एकताल भेट्नु मुन छ।
अब दीप बुरोले ब्या गरेर, ब्या को खबर दिनू भो भने जाम्ला नि। निम्तो सिम्तो नआए नि जानी हो।
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters