Posted by: Deep April 26, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
आज जसरी नराम्रो सँग तर्सेको खै कैले पो थ्यो?...सायद त्यै पुरानो बेलाँ हुँदो हो. झरीमा ओइरिदो पानी झैं ओइरिइ रन्जना आज जम्मै भिजाउने गरी. ओभानो भनेको कतै रहेन. को रन्जना रे? अब भो कि? रन्जनालाई चिनाउँला एक छिनमा, पैला मनमा उर्लदो भेललाई सम्झाई हालुँ होला पहिरो लडनु अघि नै, कसो? बच्चे ले ध्वस्तै पारी मलाई. डाँडामा बतास सरी म सँग उस्का राग मडारिन थालेसी मेरो के चल्थ्यो? नव जवानीका घामले दिन दिन सुकाको मेरो खरमा बच्चेले झिलिक्क के पार्या थी उस्का फिलुङ्गे निम्ताले डढीहालेँ नी रापमा. तर न्यानो रापमा. प्रबेशिका अर्थात एस एल सिको जाँच सकाइया थियो, नतिजा निस्किन लाग्ने महिनाहरु मनग्गे थिए तर. आफु त श्री किस्न टाईपिङ्गमा सुनिता नी आउँछे, त्यहिँ भइयो भर्ना, तँ नी आउने भे आइज तर सुनिता चैं मेरी हो भन्थ्यो नरे (नरेश)ले तर अब मलाई टाईपिङ्ग मन नपर्ने, मन पर्ने सुनिता उस्की भनेसि के गई भो र श्री किस्न टाईपिङ्ग पनि भनेर पुरानो मावलि गाउँ हानिएँ म चैं पूर्बी पाहाड तिर. एउटा मामाकि साली भिनाजुको घराँ बसेर माथ्ला डाँडा हाईस्कुल (नाम त जनता मा.बि. हो क्यार) भ्याउदी रछे. गोटा पन्ध्रेक बशन्त पार गरेकी त्यो उदाउदी सुन्दरी झुल्किनु अघिको सूर्य किरणले आकाश उजिल्याउँदा झैं गरी मामाघर धपक्क पार्दी रछे. पुर्पुरो बलियो भन्या यहि होला भन्ठानेँ मामाघर पुगेको साँझ. उडन्ते मनलाई थाम्न बडो मुसकिल भो तर. बच्चे भन्ने घरेलु नामले सुन्दरीमा शरण लिएर धन्ने भाको रे छ. गन्तब्य जता सुकै भए पनि बर्षादका काला बादल पहाड सँग ठोकिएसी त्यहिँनै मुकाम झैं जसरी बर्षन्छन, त्यसरी नै मेरा जवानीका मेघ पनि नवसुन्दरी नै मुकाम हो कि झैं मानी बर्षन तयार भएको चाल पाएर म किञ्चित अस्?थिर त भएँ तर त्यसमै रमाएँ पनि. मेरा मामाहरु माहाराजगंजमा नयाँ घर ठोकेर बस्या बर्षों भै सक्या थ्?यो तर पहाड जाने आउने बराबर गर्थे. केहि बर्ष अघि म नी एउटा मामाको पछि लागेर आइ पुग्या थें यो मामा गाउँमा पैलो पटक. हाँडिगाँउमै ब्यापक बिग्रिसक्या थें म भन्नेमा तेति बिबाद थे न ती दिनहरुमा. त्यहि छोरो बिग्र्यो हाँडिगाँउले संगतले भन्ने पिरले हुँदो हो मलाई घर बेबार मिलाउन पहाड हानिन ला मामासँग पठाका हिउदे छुट्टिमा. ती दिनमा यो गाउँले मामाघरको छिमेकि पल्लो घराँ दुईटी थिए कस्सेका दिदिहरु. ती दिदिहरुको रनाहा मलाई अहिले सम्म लागिरा थ्यो तर यै मङ्सिरमा दुईटा भाग्गेमानी नागाहरुले रात भरी जग्गे रुँगेर दिदिहरु उडाई सकेछन. भन्थे देउताले एउटा ढोका लाए आर्को खोल्छन रे. मेरो पालाँ देउताले हल्का गडबडि गरे हिसाबमा. दुईटा ढोका लाएर एउटा खोलेछन. तर गुनासो छैन. जसो तसो घुँडा सम्म आउने रातो फ्रक र ज्यान समेटन सक्ला नसक्ला झैं लाग्ने आकासे शर्टमा अगेना नजिकै त्यै अगेनाको ताप खिचेर रन्केकि बच्चेले म तिर छद्म नजरबाण हान्दा त म रक्ताम्मे.
Read Full Discussion Thread for this article