[VIEWED 5519
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
PeaceSoul
Please log in to subscribe to PeaceSoul's postings.
Posted on 10-08-09 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
October 6, 2009 Washington DC Inside Metro आज काममा साच्चिकै ब्यस्त थियो । बिहानको कुराले मनमा कस्तो कस्तो बनाइ रहेको थियो । ब्यस्ततको करणले होला बाहिरको कुरा सोच्ने फुर्सद नै हुँदैन काममा । अहिले म ट्रैनमा यात्रा गर्दै छु । अचम्म को संसार रहेछ । थरी थरिका मान्छे । साच्चै भन्ने हो भने DC मा धेरै बिविधता छ । एउटा रङ्गी चङ्गी मान्छेको बगैचा भन्दा फरक पर्दैन । एस्तो बिविधतामा पनि किन हो कुन्न्नी मलाई एउटा तस्विरले सताइ रहेको छ । हिजो देखेको सपनाले अझै तरङ्ग ल्यै रहेको छ । कस्तो कस्तो महसुस भईरहेछ । कसरी आज अचानक उनको याद आइरहेछ । उनलाई सम्झन छाडेको अथवा नसम्झेको भनु या याद नगरेको धेरै भईसक्यो । हिजो अचानक उन्लाई सपनामा देखे । उस्तै चन्चलता, उस्तै उमङ्ग, उस्तै चमक देखिन्थ्यो उनको आँखामा । उनको हसिलो अनुहार उत्तिकै बलेको उज्यालो थियो । उनको घर वरीपरी एस्तो रोनक छाएको थियो, शायद त्यो नयाँ बस्ती हुनु पर्छ । त्यो बस्ती सम्मो मैदानमा थियो तर अचम्म लाग्छ त्यँहा कही कतै पहाडको जङ्गल छिचोलेर निस्केको कुन्ज जस्तै देखिन्थ्यो त्यो बिहान । शायद त्यो बिहान हुनु पर्छ किनकी तेतिखेरको माहोल बिहानकै थियो तर अहिले अचम्म लाग्छ म तेती बिहान त्यहाँ किन गएँ । मलाई त्यहाँ कम्प्युटर बनाउन बोलाइएको थियो । तर अचम्म लाग्छ म त server मा काम गर्ने मान्छे कसरी PC repair गर्न त्यहाँ गएँ । म त office अर्थात business का कम्प्युटर पो बनाउछु घरको कम्प्युटर बनाउन कसरी पुगे ? जे होस् म कम्प्युटर बनाउन त्यो घर गएको थिए र म घरको माथिल्लो तलामा बसेर बनाएको थिए । मैले त्यो कम्प्युटर बनाये र घरका मान्छे सँग बिदा भएर बहिर निस्कें । कोठाबाट बाहिर निस्कंदा साथ बर्दली थियो । घर भित्र अमेरिकन तवरको अनी अमेरिकामा नै हो जस्तो लाग्छ तर घर बाहिर नेपाली तवरको बनाएको कस्तो कस्तो लाग्यो । जीवनमा यस्तो घर कहिले देखेको थिइन । यसो बर्दलिबाट बाहिर हेरेको Denver, Colorado जस्तो लाग्छ क्रमस .....
|
|
|
|
PeaceSoul
Please log in to subscribe to PeaceSoul's postings.
Posted on 10-08-09 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जीवनमा यस्तो घर कहिले देखेको थिइन । यसो बर्दलिबाट बाहिर हेरेको Denver, Colorado जस्तो लाग्छ घरको उत्तर पट्टिको भेग । कता कता काठमाडौंको झल्को पनि दिन्छ । टाढा टाढा हरिया रुख र खुइला डाँडा पनि देखिन्छन । एउटा रमाइलो उपत्यका लाग्छ । बाहिरको बर्दलिबाट तलझर्ने भर्याङ्ग थियो नेपालको गाउ घरतिरको घर जस्तै । घरी घरी त्यहाँको माहोल देख्दा नेपाल नै लग्थ्यो । म जसै बर्दलीबाट तल झर्न के खुट्टा उचालेको थिए, तल भुइँमा एउटा चिनेको अनुहार कपाल बाँधेर पछाडि फर्काएको घर पारीको डीलमा हातको पलेटी कसेर एउटा खुट्टा सिधा र अर्को अल्ली छ्द्के टेकेर मतिर हेरिरहेको देखेँ । टी-सर्ट र स्कर्ट, जुन घुँडादेखी ३-४ इन्च तल सम्म झरेको थियो, मा सजिएकी कस्तो राम्रो सुहाएको !!! त्यो ११५ पाउण्डको त्यो शरीर जुन मैले कती पटक उठएको थिए, घुमाएको थिएँ साह्रै आकर्शक देखिएको थियो । म उनिलाई हेरदै पाइला अगाडि बढाएँ । मेरो शरीर एक प्रकारले स्थिर थियो । अचल बनेर बसेको थियो र एकदमै भारी भएर आयो । बिस्तारै पाइला भर्याङमा बढाये । म उनी तिर फर्के र बिस्तारै टाउको उनितिर फर्काए । उनी तेही ठाउमा उभिएर मन्द हाँसो हाँस्दै म तिर हेर्दै थिइन । म पनि अचम्म मानेर बिस्तारै बिस्तारै तल झर्दै थिए । मलाई अचम्म लाग्यो, कस्तो कस्तो भयो । कस्तो बिडम्बन यहाँ भेट्न परेको !!! मनमा कस्तो कस्तो भयो । ओहो यो के हो !!! मनमा कस्ता कस्ता कुरा चल्न थाले । उनी आफ्नै ठाउँमा उभिएर मतिरै हेरी रहेकी थिईन म बिस्तारै बिस्तारै तल झर्न थालें । घरी घरी अचम्म लाग्थ्यो । उनी त मलाई पहिला पहिला भेड्दा दगुर्दै चुम्दै अङगालोमा बाँधिन्थिन । म सोच्दै थिए भर्र्याङ् झर्दै थिएँ बिस्तारै बिस्तारै । उनी जहाँको तेही अडिक भएर बसिरहेकी थिईन । मलाई कस्तो कस्तो अनौठो लगिरहेको थियो । म पनि खै किन हो दोउडेर उनी छेउ गएर चुम्बन गरी अङलोमा बाँधी फन फनी घुमाउन सक्ने हिम्मत गर्न सकिरहेको थीईन . म मा दोउड्ने तागत खै कता हरायो , तागत नै छैन । आफ्ना अतित आँखा अगाडि झल झली झल्किए । एती छोटो, कम समयमा के-के सोचे सोचें । मेर पाइला धेरै काम गतिमा झर्दै थिए शायद यो अनन्त यात्राको एउटा शुभ घडीको सफल बिन्दु थियो। क्रमश ...
|
|
|
PeaceSoul
Please log in to subscribe to PeaceSoul's postings.
Posted on 10-08-09 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेर पाइला धेरै काम गतिमा झर्दै थिए शायद यो अनन्त यात्राको एउटा शुभ घडीको सफल बिन्दु थियो।
अनी अनायासै मलाई भान भयो, ओ हो म त बिहे भई सकेको मान्छे, म त २ बच्चा र श्रीमती भएको मान्छे के सोच्दै छु । अब म के गर्ने कसो गर्ने । उनी सँग म कसरी कुरा गर्ने । अनी सोचे त्यो मेरो अतित थियो र म बर्तमानमा छु । म आफुलाई सक्षम र शाहसिक बनाउनु पर्छ । मैले हाम्रो अतितलाई सरल तरिकाले लिनु पर्छ । म बिस्तारै झरे र उनी छेउ पुगें । म एक टकले उनी लाई हेरी रहेँ । ममा कुनै मुस्कुराहट थिएन । म उन्को मन्द मुस्कान उही तवरमा देखी रहेको थिए । म नजिकै गएर सम्बोधन गरे । उनी मुस्काउदै सम्बोधन फरकाइन । एक छिन हामी नबोली एक तवरले उभिरहयोउ । तेस्पछी म बिस्तारै अघी बढें अनी उनी पनि अघी बढीन । मलाई सार्है आनन्द लाग्यो। मैले उन्को घरमा उन्को श्रीमान र सासु आमालाई भेटेको थिएँ । मलाई न त उनका श्रीमान न त उन्की सासुको अनुहार नै याद छ । तर मलाई लाग्छ उन्का श्रीमान असल छन। उनी म सँग राम्रो ब्यवहार गरेका थिए । हामी बिच राम्रो कुरा कानी भएको थियो । म हिंडेपछी उनी पनि म सँगै हिडिन तर न त उन्की सासु न त उन्का श्रीमानले नै केही भने तर बर्दली बाट हेरी रहेको भने मैले फर्केर हेर्दा देखेको थिए । हामी कुरा गर्दै अगाडि बढ्योउ । उनी आफु गर्ववती भएको कुरा सुनाइन । मलाई एक प्रकारले धेरै खुशी लाग्यो । हामीले पनि यही समयको प्रतिक्षा सँगै धेरै बर्ष पहिले गरेका थियौ । मैले उन्को श्वासथ को बारेमा सोधे । आफु पनि बच्चाको बाबु पहिले नै भईसकेको हुनाले कस्तो स्थिती बाट महिलाहरु पार हुनु पर्छ भन्ने कुरा राम्ररी बुझेको थिए । हामी सँगै तेस्ताइ तेस्तै कुरा गर्दै हिडिरह्योउ। हामीले हाम्रो अतितको बारेमा कुरा गरेनौ । हामी धेरै बेर दुबै जना सँगइ हिडिरहेका थियौ । क्रमश ......
|
|
|
santosh1984
Please log in to subscribe to santosh1984's postings.
Posted on 10-08-09 5:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very touchy. Waiting for more.
|
|
|
PeaceSoul
Please log in to subscribe to PeaceSoul's postings.
Posted on 10-09-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी सँगै तेस्ताइ तेस्तै कुरा गर्दै हिडिरह्योउ। हामीले हाम्रो अतितको बारेमा कुरा गरेनौ । हामी धेरै बेर दुबै जना सँगइ हिडिरहेका थियौ । मेरो काम 7 बजेबाट सुरु हुन्छ तर काममा धेरै जसो ढिलो हुन्छ । ५ बजेर २५ मिनेटमा एउटा बस छ तर मलाई उठ्न र तयार हुन शारै गह्रो हुन्छ । बिहान उठेर अली अली योगा पनि गर्नु पर्यो किन कि अब बुढेश कालले पनि त छुन लाग्यो । त्यसैले तयार हुँदा लगभग ४५ मिनट लाग्छ । मेरो बस ५ बजेर ५८ मिनटमा छ । त्यो बस चढेर ट्रैन एस्टेसन आउन २० देखी ४५ मिनट सम्म लाग्छ । त्यो सबै बिहानको ट्राफिकमा भर पर्छ । अनी ट्रैन चढेर लगभग ४० देखी ६० मिनट सम्म लाग्छ । अती चाँडो भएको दिनमा चाँही १ घण्टा ५ मिनट देखी १ घण्टा 45 मिनट सम्म लाग्छ । तर खुशी नै छु यो खराब समय चली रहेको बेलामा पनि धन्न जागिर छ तेस्मा पनि हामी बिदेशी लाई काम पाउन अली गाह्रो छ नि । जे होस् यसरी नै मेरो दिन चर्चा बित्छ । बिहान ब्युझँदा कती बजेको थियो मैले घडी हेरिन किन कि म मेरो घन्टी (alarm) बज्नु पहिले नै उठिसकेको थिएँ । तेही खेर मलाई सपना देखेको पनि याद भएन । उठेर साधारण ब्यायम गरेर योग गर्न तिर लागे । नुहाइ धुवाइ गरेर तयार हुँदा ५-५० भई सकेको थियो । कुदेर station पुग्दा ५-५४ मा पुगेको थिए । जेहोस् गाडी छुट्ने भएन भन्ने धुक्क भये स्यँ स्याँ र फ्याँ फ्याँ गर्दै भए पनी । बस चढें । सधैं झै पुरान बस चाढ्दा देखेका या चिनेका साथीहरु थिए । गजब त गजबै छ वा धेरैसँगै बसमा हिन्दा देखेका मान्छे पनि आफ्नै लाग्न थाली सकेका थिए । कहिले गाडी छुटेर ढिला भयो भने हिजो के भो किन आईनस भनेर सोद्छन । शायद बिहानै भएर होला हामी जम्मा ५-७ जाना मात्रै हुन्छोउँ बसमा । बसबाट ट्रैन station नपुन्जेल रमाइलो हुन्छ तर बसबाट झर्नै बित्तिकै सबै कुलेलाम ठोक्छन । किन कि पहिलो ट्रैन छुट्यो भने अर्को चाढ्दा १० मिनट ढिलो हुन सक्छ किन कि ट्रैन जती पछी चढ्यो तेती ढिला हुन्छ । ट्रैन चढ्दा भने हामी बसमा भेटेका कोही सँगै हुँदैनौ किनकी धेरैको झर्ने station फरक फरक छ । आजको खुशीको कुरो के भने बाटोमा traffic भने कम थियो । म एस्टेसन झर्दा कती बजेको थियो थाहा भएन । ट्रैन बाट भर्ने बित्तिकै टाप कस्ने बानी आज किन छुट्थ्यो र । टाप कसियो र Smartrip card मेसिनमा सुँघाएर बाहिर निस्किये । क्रमस ....
|
|
|
PeaceSoul
Please log in to subscribe to PeaceSoul's postings.
Posted on 10-09-09 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ट्रैनबाट भर्ने बित्तिकै टाप कस्ने बानी आज किन छुट्थ्यो र । टाप कसियो र Smartrip card मेसिनमा सुँघाएर बाहिर निस्किये । निस्कने बित्तिकै एउटा लामो भर्र्याङ् (escalator) चढ्नु पर्छ । खुशीको कुरो के भने के करणले हो त्यहाँ बिजुली नभएकोले सबै जना भरयाङ हिंड्नु पर्यो नभये उभिये मात्र पुग्थ्यो । Free मा extra exercise मुनाफै भयो । मलाई स्टेसनबाट काममा जान लगभग ९-१० मिनट लाग्छ । जब म भर्र्याङ् चाढ्दै थिए मलाई अचानक हिजोको सपना याद भयो । पहिले पहिले त म दौडेर जान्थे तर आज खै किन हो दौड्ने जाँगर छैन । सपना झल झली आँखा अगाडि आयो । सबै सम्झना भयो । म उनी सँग कुरा गर्दै हिंडेको याद भयो । म उनी सँगै कुरा गर्दै हिड्दै छु । म गल्ली नम्बर १२ बाट मेरो कार्यालय जाँदैछु । बाटोमा ३ वटा ठुला र एउटा सानो ट्रफिक light पर्छ । त्यस पछी म ओरालो झरेर भावन भित्र छिर्नु पर्छ अनी भरयाङ चढेर माथिल्लो तलामा जानु पर्छ । तेस्पछी धोकामा मेरो कर्मचारी परिचय पत्र (employee ID) सुँघाउनु पर्छ र ढोका खुल्छ । भित्र गए पछी चौकिदर (security officer ) सँगैको अर्को मसिनमा मेरो परिचय पत्र सुँघएपछी म भित्र जान सक्छु । तर म झलस्स तर्सिये जब चौकिदार (नेपालीमा के भन्छन security officer लाई ) ले बिहान को सम्बोधन गरे । म उनी सँगै कुरा गर्दै थिए । मैले मेरो दाँयातिर फर्केर हेरें, सँगै कि उनी त्यहाँ थिईनन । म मेरो परिचय पत्र सुँघाएर भित्र पसेँ । म झलस्स तर्सिये, अचम्म लाग्यो । खै किन हो आफ्नी हुन नसकेकी मायालु आज अचानक मेरो यो मनमा कसरी आईन । लगभग १० मिनटको बाटो उनीसँग सँगइ हिंडेर, कुरा गरेर मैले ती ट्राफिक लाईट अनी त्यो भर्र्याङ् अनी बाहिरको ढोका कसरी खोले मलाई केही याद छैन। मलाई उनी म सँगै हिंडेरहे जस्तो लागि रहेछ । कस्तो आनन्द कस्तो स्फुर्ती !!! ओहो !! अतितका ती पलहरुलाई बर्तमान बनाएर हिँड्दा पनि छुट्टै आनन्द लिन सकिने रहेछ । आज को यो दिन राम्रै बित्यो । सारा दिन आफ्नै अतित लाई सम्झेर रमाईलै सँग बित्यो । घरी घरी लाग्यो उनिलाई ईमेल लेखु भनेर किन कि मलाई उन्को फोन त थाहा थिएन तर ईमेल चाँही थाहा थियो । सोँचे धेरै बर्ष भई सक्यो अब त उन्को बिहे पनि भयो होला अनी बच्चा पनि भये होलान । उन्ले ईमेल पठाउदा मेरी श्रीमतीले थाहा पाये झै उनका श्रीमानले थाहा पाये भने के गर्ने । मैले त हाम्रो सम्बन्ध को बारेमा मेरी श्रीमतीलाई बिहे पूर्व सबै बाताएको थिए । त्यो ईमेल पाये पछी मेरी श्रीमतीले शाहरै दु:ख मानेकी थिईन । उनले भनेकी थिईन - म हजुरको बर्तवान हो अतिततिर नफर्कनोहोस् यसैमा हामी सबैको भलाई हुन्छ । तेती बेला सम्म म उनीसँग संपर्कमा हुन्थे तर तेस पछी उन्को एउटा ईमेल आएको थियो र मैले नपढ्डै मेरी श्रीमतीलाई नै मेटाउन (Delete) लगाइ दिये र उन्को address लाई spam sender को समुहमा राखी दिये । .तेस पछी म उनी सँग संपर्कमा कहिले आईन । त्यसैले शायद अब ईमेल लेख्नु मुर्खता हुनेछ । मैले ईमेल लेख्नने कुरा छोडि दिये । शायद उनले पनि मलाई spam Sender को समुहमा राखेको पनि हुन सक्छ । हुन त चाहेको भये नयाँ ईमेल खोलेर पठाउन पनि सकिन्थ्यो तर मनले मानेन । शायद उनी कतै यही साझामा यो पढेर उनिलाई कसैले अझै पनि सम्झदो रहेछ भन्ने थाहा पाउँछिन कि ? कस्लाई के थाहा !!!! जे होस् अतितलाई बर्तमानमा डोहराएर पनि जीवनका ती केही पल राम्रा पलमा बादल्न सकिने रहेछ । समाप्त ............
|
|
|
PeaceSoul
Please log in to subscribe to PeaceSoul's postings.
Posted on 10-09-09 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks santosh1984 for reading my writing. Click here to subscribe to santosh1984's postings. You will get notification when the users posts in sajha.
|
|
|
santosh1984
Please log in to subscribe to santosh1984's postings.
Posted on 10-09-09 10:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very close to my own experience and well written. I wish I could write like that. Thanks for the post.
|
|
|
PeaceSoul
Please log in to subscribe to PeaceSoul's postings.
Posted on 10-13-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I think its like Karna Das's Song "Nata jodiyera tutnu bhanda na bhetekai ramro " or something like this. भेट्नु भन्दा नभेटेकै राम्रो । फोकटको सम्झना राम्रो होइन रहेछ । जस्ती सम्झ्यो तेही नराम्रो ।
|
|
|
santosh1984
Please log in to subscribe to santosh1984's postings.
Posted on 10-14-09 2:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
saathtimro
Please log in to subscribe to saathtimro's postings.
Posted on 10-14-09 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तपाईंको लेखले अतितको यादहरु आँखा अगाडी झल्झली आयो । राम्रो छ ।
|
|
|
PeaceSoul
Please log in to subscribe to PeaceSoul's postings.
Posted on 10-22-09 7:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks Santosh and saathtimro for reading the story. I could not write well enough to express my feelings but I did at least try to write. Anyway, sometimes its a strange feeling. I think its a great mistake not to marry a person you like because it keep killing you rest of your life even if you are happy on another side of your life.
|
|