Posted by: PeaceSoul October 8, 2009
वर्तमान अतितसँग बिताउदा
Login in to Rate this Post:     0       ?        
मेर पाइला धेरै काम गतिमा झर्दै थिए शायद यो अनन्त यात्राको एउटा शुभ घडीको सफल बिन्दु थियो।

अनी अनायासै मलाई भान भयो, ओ हो म त बिहे भई सकेको मान्छे, म त २ बच्चा र श्रीमती भएको मान्छे के सोच्दै छु । अब म के गर्ने कसो गर्ने । उनी सँग म कसरी कुरा गर्ने । अनी सोचे त्यो मेरो अतित थियो र म बर्तमानमा छु । म आफुलाई सक्षम र शाहसिक बनाउनु पर्छ । मैले हाम्रो अतितलाई सरल तरिकाले लिनु पर्छ । म बिस्तारै झरे र उनी छेउ पुगें । म एक टकले उनी लाई हेरी रहेँ । ममा कुनै मुस्कुराहट थिएन । म उन्को मन्द मुस्कान उही तवरमा देखी रहेको थिए । म नजिकै गएर सम्बोधन गरे । उनी मुस्काउदै सम्बोधन फरकाइन । एक छिन हामी नबोली एक तवरले उभिरहयोउ । तेस्पछी म बिस्तारै अघी बढें अनी उनी पनि अघी बढीन । मलाई सार्है आनन्द लाग्यो। मैले उन्को घरमा उन्को श्रीमान र सासु आमालाई भेटेको थिएँ । मलाई न त उनका श्रीमान न त उन्की सासुको अनुहार नै याद छ । तर मलाई लाग्छ उन्का श्रीमान असल छन। उनी म सँग राम्रो ब्यवहार गरेका थिए । हामी बिच राम्रो कुरा कानी भएको थियो ।

म हिंडेपछी उनी पनि म सँगै हिडिन तर न त उन्की सासु न त उन्का श्रीमानले नै केही भने तर बर्दली बाट हेरी रहेको भने मैले फर्केर हेर्दा देखेको थिए । हामी कुरा गर्दै अगाडि बढ्योउ । उनी आफु गर्ववती भएको कुरा सुनाइन । मलाई एक प्रकारले धेरै खुशी लाग्यो । हामीले पनि यही समयको प्रतिक्षा सँगै धेरै बर्ष पहिले गरेका थियौ । मैले उन्को श्वासथ को बारेमा सोधे । आफु पनि बच्चाको बाबु पहिले नै भईसकेको हुनाले कस्तो स्थिती बाट महिलाहरु पार हुनु पर्छ भन्ने कुरा राम्ररी बुझेको थिए । हामी सँगै तेस्ताइ तेस्तै कुरा गर्दै हिडिरह्योउ। हामीले हाम्रो अतितको बारेमा कुरा गरेनौ । हामी धेरै बेर दुबै जना सँगइ हिडिरहेका थियौ ।

क्रमश ......
Read Full Discussion Thread for this article