Posted by: PeaceSoul October 8, 2009
वर्तमान अतितसँग बिताउदा
Login in to Rate this Post:     0       ?        

October 6, 2009
Washington DC
Inside Metro

आज काममा साच्चिकै ब्यस्त थियो । बिहानको कुराले मनमा कस्तो कस्तो बनाइ रहेको थियो । ब्यस्ततको करणले होला बाहिरको कुरा सोच्ने फुर्सद नै हुँदैन काममा । अहिले म ट्रैनमा यात्रा गर्दै छु । अचम्म को संसार रहेछ । थरी थरिका मान्छे । साच्चै भन्ने हो भने DC मा धेरै बिविधता छ । एउटा रङ्गी चङ्गी मान्छेको बगैचा भन्दा फरक पर्दैन । एस्तो बिविधतामा पनि किन हो कुन्न्नी मलाई एउटा तस्विरले सताइ रहेको छ । हिजो देखेको सपनाले अझै तरङ्ग ल्यै रहेको छ । कस्तो कस्तो महसुस भईरहेछ । कसरी आज अचानक उनको याद आइरहेछ । उनलाई सम्झन छाडेको अथवा नसम्झेको भनु या याद नगरेको धेरै भईसक्यो । हिजो अचानक उन्लाई सपनामा देखे । उस्तै चन्चलता, उस्तै उमङ्ग, उस्तै चमक देखिन्थ्यो उनको आँखामा । उनको हसिलो अनुहार उत्तिकै बलेको उज्यालो थियो । उनको घर वरीपरी एस्तो रोनक छाएको थियो, शायद त्यो नयाँ बस्ती हुनु पर्छ । त्यो बस्ती सम्मो मैदानमा थियो तर अचम्म लाग्छ त्यँहा कही कतै पहाडको जङ्गल छिचोलेर निस्केको कुन्ज जस्तै देखिन्थ्यो त्यो बिहान । शायद त्यो बिहान हुनु पर्छ किनकी तेतिखेरको माहोल बिहानकै थियो तर अहिले अचम्म लाग्छ म तेती बिहान त्यहाँ किन गएँ ।

मलाई त्यहाँ कम्प्युटर बनाउन बोलाइएको थियो । तर अचम्म लाग्छ म त server मा काम गर्ने मान्छे कसरी PC repair गर्न त्यहाँ गएँ । म त office अर्थात business का कम्प्युटर पो बनाउछु घरको कम्प्युटर बनाउन कसरी पुगे ? जे होस् म कम्प्युटर बनाउन त्यो घर गएको थिए र म घरको माथिल्लो तलामा बसेर बनाएको थिए । मैले त्यो कम्प्युटर बनाये र घरका मान्छे सँग बिदा भएर बहिर निस्कें । कोठाबाट बाहिर निस्कंदा साथ बर्दली थियो । घर भित्र अमेरिकन तवरको अनी अमेरिकामा नै हो जस्तो लाग्छ तर घर बाहिर नेपाली तवरको बनाएको कस्तो कस्तो लाग्यो । जीवनमा यस्तो घर कहिले देखेको थिइन । यसो बर्दलिबाट बाहिर हेरेको Denver, Colorado जस्तो लाग्छ

क्रमस .....
Read Full Discussion Thread for this article