Posted by: PeaceSoul October 8, 2009
वर्तमान अतितसँग बिताउदा
Login in to Rate this Post:     0       ?        
जीवनमा यस्तो घर कहिले देखेको थिइन । यसो बर्दलिबाट बाहिर हेरेको Denver, Colorado जस्तो लाग्छ घरको उत्तर पट्टिको भेग । कता कता काठमाडौंको झल्को पनि दिन्छ । टाढा टाढा हरिया रुख र खुइला डाँडा पनि देखिन्छन । एउटा रमाइलो उपत्यका लाग्छ ।

बाहिरको बर्दलिबाट तलझर्ने भर्याङ्ग थियो नेपालको गाउ घरतिरको घर जस्तै । घरी घरी त्यहाँको माहोल देख्दा नेपाल नै लग्थ्यो । म जसै बर्दलीबाट तल झर्न के खुट्टा उचालेको थिए, तल भुइँमा एउटा चिनेको अनुहार कपाल बाँधेर पछाडि फर्काएको घर पारीको डीलमा हातको पलेटी कसेर एउटा खुट्टा सिधा र अर्को अल्ली छ्द्के टेकेर मतिर हेरिरहेको देखेँ । टी-सर्ट र स्कर्ट, जुन घुँडादेखी ३-४ इन्च तल सम्म झरेको थियो, मा सजिएकी कस्तो राम्रो सुहाएको !!!  त्यो ११५ पाउण्डको त्यो शरीर जुन मैले कती पटक उठएको थिए, घुमाएको थिएँ साह्रै आकर्शक देखिएको थियो ।

म उनिलाई हेरदै पाइला अगाडि बढाएँ । मेरो शरीर एक प्रकारले स्थिर थियो । अचल बनेर बसेको थियो र एकदमै भारी भएर आयो । बिस्तारै पाइला भर्याङमा बढाये ।  म उनी तिर फर्के र बिस्तारै टाउको उनितिर फर्काए । उनी तेही ठाउमा उभिएर मन्द हाँसो हाँस्दै म तिर हेर्दै थिइन । म पनि अचम्म मानेर बिस्तारै बिस्तारै तल झर्दै थिए । मलाई अचम्म लाग्यो, कस्तो कस्तो भयो । कस्तो बिडम्बन यहाँ भेट्न परेको !!! मनमा कस्तो कस्तो भयो । ओहो यो के हो !!! मनमा कस्ता कस्ता कुरा चल्न थाले । उनी आफ्नै ठाउँमा उभिएर मतिरै हेरी रहेकी थिईन म बिस्तारै बिस्तारै तल झर्न थालें । घरी घरी अचम्म लाग्थ्यो ।  उनी त मलाई पहिला पहिला भेड्दा दगुर्दै चुम्दै अङगालोमा बाँधिन्थिन । म सोच्दै थिए भर्र्याङ् झर्दै थिएँ बिस्तारै बिस्तारै । उनी जहाँको तेही अडिक भएर बसिरहेकी थिईन । मलाई कस्तो कस्तो अनौठो लगिरहेको थियो । म पनि खै किन हो दोउडेर उनी छेउ गएर चुम्बन गरी अङलोमा बाँधी फन फनी घुमाउन सक्ने हिम्मत गर्न सकिरहेको थीईन . म मा दोउड्ने तागत खै कता हरायो , तागत नै छैन । आफ्ना अतित आँखा अगाडि झल झली झल्किए । एती छोटो, कम समयमा के-के सोचे सोचें । मेर पाइला धेरै काम गतिमा झर्दै थिए शायद यो अनन्त यात्राको एउटा शुभ घडीको सफल बिन्दु थियो।
क्रमश ...
Read Full Discussion Thread for this article