Posted by: PeaceSoul October 9, 2009
वर्तमान अतितसँग बिताउदा
Login in to Rate this Post:     0       ?        
ट्रैनबाट भर्ने बित्तिकै टाप कस्ने बानी आज किन छुट्थ्यो र । टाप कसियो र Smartrip card मेसिनमा सुँघाएर बाहिर निस्किये ।

निस्कने बित्तिकै एउटा लामो भर्र्याङ् (escalator) चढ्नु पर्छ । खुशीको कुरो के भने के करणले हो त्यहाँ बिजुली नभएकोले सबै जना भरयाङ हिंड्नु पर्‍यो नभये उभिये मात्र पुग्थ्यो । Free मा extra exercise मुनाफै भयो । मलाई स्टेसनबाट काममा जान लगभग ९-१० मिनट लाग्छ । जब म भर्र्याङ् चाढ्दै थिए मलाई अचानक हिजोको सपना याद भयो । पहिले पहिले त म दौडेर जान्थे तर आज खै किन हो दौड्ने जाँगर छैन । सपना झल झली आँखा अगाडि आयो । सबै सम्झना भयो । म उनी सँग कुरा गर्दै हिंडेको याद भयो । म उनी सँगै कुरा गर्दै हिड्दै छु । म गल्ली नम्बर १२ बाट मेरो कार्यालय जाँदैछु । बाटोमा ३ वटा ठुला र एउटा सानो ट्रफिक light पर्छ । त्यस पछी म ओरालो झरेर भावन भित्र छिर्नु पर्छ अनी भरयाङ चढेर माथिल्लो तलामा जानु पर्छ । तेस्पछी धोकामा मेरो कर्मचारी परिचय पत्र (employee ID) सुँघाउनु पर्छ र ढोका खुल्छ । भित्र गए पछी चौकिदर (security officer ) सँगैको अर्को मसिनमा मेरो परिचय पत्र सुँघएपछी म भित्र जान सक्छु । तर म झलस्स तर्सिये जब चौकिदार (नेपालीमा के भन्छन security officer लाई ) ले बिहान को सम्बोधन गरे । म उनी सँगै कुरा गर्दै थिए । मैले मेरो दाँयातिर फर्केर हेरें, सँगै कि उनी त्यहाँ थिईनन । म मेरो परिचय पत्र सुँघाएर भित्र पसेँ ।

म झलस्स तर्सिये, अचम्म लाग्यो । खै किन हो आफ्नी हुन नसकेकी मायालु आज अचानक मेरो यो मनमा कसरी आईन । लगभग १० मिनटको बाटो उनीसँग सँगइ हिंडेर, कुरा गरेर मैले ती ट्राफिक लाईट अनी त्यो भर्र्याङ् अनी बाहिरको ढोका कसरी खोले मलाई केही याद छैन। मलाई उनी म सँगै हिंडेरहे जस्तो लागि रहेछ । कस्तो आनन्द कस्तो स्फुर्ती !!! ओहो !! अतितका ती पलहरुलाई बर्तमान बनाएर हिँड्दा पनि छुट्टै आनन्द लिन सकिने रहेछ । आज को यो दिन राम्रै बित्यो । सारा दिन आफ्नै अतित लाई सम्झेर रमाईलै सँग बित्यो । घरी घरी लाग्यो उनिलाई ईमेल लेखु भनेर किन कि मलाई उन्को फोन त थाहा थिएन तर ईमेल चाँही थाहा थियो । सोँचे धेरै बर्ष भई सक्यो अब त उन्को बिहे पनि भयो होला अनी बच्चा पनि भये होलान । उन्ले ईमेल पठाउदा मेरी श्रीमतीले थाहा पाये झै उनका श्रीमानले थाहा पाये भने के गर्ने । मैले त हाम्रो सम्बन्ध को बारेमा मेरी श्रीमतीलाई बिहे पूर्व सबै बाताएको थिए । त्यो ईमेल पाये पछी मेरी श्रीमतीले शाहरै दु:ख मानेकी थिईन । उनले भनेकी थिईन - म हजुरको बर्तवान हो अतिततिर नफर्कनोहोस् यसैमा हामी सबैको भलाई हुन्छ । तेती बेला सम्म म उनीसँग संपर्कमा हुन्थे तर तेस पछी उन्को एउटा ईमेल आएको थियो र मैले नपढ्डै मेरी श्रीमतीलाई नै मेटाउन (Delete) लगाइ दिये र उन्को address लाई spam sender को समुहमा राखी दिये । .तेस पछी म उनी सँग संपर्कमा कहिले आईन । 

त्यसैले शायद अब ईमेल लेख्नु मुर्खता हुनेछ । मैले ईमेल लेख्नने कुरा छोडि दिये । शायद उनले पनि मलाई spam Sender को समुहमा राखेको पनि हुन सक्छ । हुन त चाहेको भये नयाँ ईमेल खोलेर पठाउन पनि सकिन्थ्यो तर मनले मानेन । शायद उनी कतै यही साझामा यो पढेर उनिलाई कसैले अझै पनि सम्झदो रहेछ भन्ने थाहा पाउँछिन कि ? कस्लाई के थाहा !!!!

जे होस् अतितलाई बर्तमानमा डोहराएर पनि जीवनका ती केही पल राम्रा पलमा बादल्न सकिने रहेछ ।

समाप्त ............
Read Full Discussion Thread for this article