२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु । यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं । यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो । जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि । अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।
अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ । अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ । ए चिटिक्कै भा छु रे पोते र चुराले मै दङ्ग परेँ, मै छक्क परेँ सङ्गिको कुराले
ए चिटिक्कै भा छु रे हिराको टपैले हो क्यारे साँच्चै खाउँला झैँ काच्चै हेर्छन नि सबैले
ल कता गएछन सबजना ??!! आज भोलि सबजनालाइ बिदा लागेको रहेछ ? ए!!सानकान्छो कि आफै गित बजाउनु पर्यो कि सिकाइदिनुपर्यो अरुलाई नि यसरी गित बजाउ भनेर ...... कस्तो सुनसान भयो के..। ******** ल कुम्ले ले दाइभाउजुको लभ स्टोरी को पो कथा बनाइदे'छन । वास्तव मै काल्पनिक कुरा भन्दा देखे भोगेको कुरालाई नै यसरी पढ्न पाउदा झन सन्तुष्टि र रमाइलो हुन्छ।
ए ठुल्नानि तिमि आस्ति आएन अनि खान पाएन केक् तर अलि अलि त बाँकि होला माथि हेर त, :) तर होस् बासि केक् नखाउ है पर्सि चौतारी को b'day (महोत्सब्) को फ्रेस् केक् खानु पर्छ :D
सबैभन्दा पहिले त मैले धन्यवाद दिनु पर्छ राज अनि सुम्निमालाई। उहाँहरुले एक आपसलाई गर्ने प्रेम, आदर, बिश्वासले मलाई धेरै कुरा सिकाएको छ। यो कथाले मेरो feelings पुर्ण रूपले reflect गर्न सकेको छैन। अथवा भनौ मैले उहाँहरुको त्यो पललाई राम्ररी समेट्न सकेको छुइन।
कथा मनपराइदिनु भएको मा धेरै धेरै धन्यवाद!
भउते: धेरै धेरै धन्यवाद कथा मनपराइदिएकोमा। मलाई बिश्वास गर्नु तिम्रो बारेमा पनि कुनै दिन अवश्य लेख्ने छु। एउटा त फुरि सकेको छ। :डि
जिम्माल बा: भउतेले सबै पोल खोलिसक्यो। हे हे हे!!
मिस: हजुरको कुरा एक्दम सहि लाग्यो। देखेको सुनेको कुरा लेख्न जस्तो रमाइलो अरु लेख्दा नहुने रहेछ। कुरै कुरामा मैले कथा भेटेको पत्तै पाइन। अनि सुत्ने बेलामा निन्द्राले साथ नदिएपछि कलमको साथ खोजेको। लामो लेख्न त अझै धेरै सुन्नु पर्ने हुन्छ। तर मलाई थाहा छ यहाँ धेरै कथाहरु आउनेछन् यसो फुर्सदको समय मिलाएर कुरा गर्ने चान्स मिलाउन पाएँ भने :डि
तितौरी: धेरै धेरै धन्यवाद कथा पढिदिएकोमा। त्यहि हो लामो लेख्ने इच्छा त छ तर हेरुम् कत्तिको सहयोग पाइन्छ पात्रहरुबाट।
ठुल्नानी: तिमीलाई थाहा छ? मैले चौतारी आएपछि धेरै कुराहरु सिकेँ। कबिता लेख्नु अनि कथा लेख्नु मेरो बसको कुरै होइन। तर अहिले हेर न ६-७ हफ्तामा यत्ति धेरै लेखिसकेँ। तिमी पनि शुरु गर।
अनि जाँदा जाँदै निश्चयको लागी उस्ले धेरै नै मनपराएको सिन्धु मल्ल को यो भिडियो यहाँ प्रस्तुत गर्ने अनुमति माँग्दछु।
हे हे हे हे कुम्ले सिन्धुको दाइभाइ त परेनौ ??:P मज्जाले बिज्ञापन गरेछौ सिन्धु मल्लको गितको बरु कुन चाहिँ गित हो निश्चयले मनपराएको ? निश्चयको नाम ले'र आफैलाई मनपरेको गित राख्न खोज्या त हैन :D
तितौरी तिमी ले ठीक भनेउ बासी केक खानु हुन्न । फेरी पेत दुक्छ । तर तिमी हरु ले एसो मेल बात केक पठाएँदेको भएनी हुन्त्यो नि । मित्तो खाने बेलामा मलाई किन सम्झिन्थ्यो ।
लौन यो महोत्सबमा त म एक्लै पो हुने जस्तो छ गाठे । जापान तिर ७-८, अनि अम्रिकातिर ६-७ लाइ महोत्सब मनाउने भनेको त खै सप्पै हराजस्तो छ ? म त भर्खर त्यो फ्लुरिडा तिर गर आको के रे !
सप्पैलाई यै बेलाँ बेथाले च्यापेजस्तो छ नमे! मचैँ महोत्सब कुरेर बसिराखेको छु। अलि अलि बेथाले च्यापेको त मुलाई पनि हो के रे, तर महोत्सबमा दुई चार गफ नहानी त के बसुम्ला र म गाँठे? बरु जग खनिसकियो र?
लौ न साथीहरु, अब यता होइन चौतारी महोत्सवमा गन्थन गरौ न हो । यो पुरानो चौतारीलाइ चाँइ यत्तिकै छोडिदिउ, लोड बढी भेर्' भात्किन भात्किन लागिसक्यो । लौ सप्पै जना उता तिर जाँउ, जलपानको पनि ब्यबस्था छ आज..................
नजिस्काउ झुकाइ ती परेलीहरु थामि नसक्नु छन अचेल मेरा आँखाहरु नबोलाउ रोकेर ती चालहरु बेहाल छन अचेल मेरा हालहरु नभड्काउ अधरमा ती आँधिहरु आगो सरी छन अचेल इ मेरा ओठहरु
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.