Posted by: CaMoFLaGeD September 5, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
सबैभन्दा पहिले त मैले धन्यवाद दिनु पर्छ राज अनि सुम्निमालाई। उहाँहरुले एक आपसलाई गर्ने प्रेम, आदर, बिश्वासले मलाई धेरै कुरा सिकाएको छ। यो कथाले मेरो feelings पुर्ण रूपले reflect गर्न सकेको छैन। अथवा भनौ मैले उहाँहरुको त्यो पललाई राम्ररी समेट्न सकेको छुइन। कथा मनपराइदिनु भएको मा धेरै धेरै धन्यवाद! भउते: धेरै धेरै धन्यवाद कथा मनपराइदिएकोमा। मलाई बिश्वास गर्नु तिम्रो बारेमा पनि कुनै दिन अवश्य लेख्ने छु। एउटा त फुरि सकेको छ। :डि जिम्माल बा: भउतेले सबै पोल खोलिसक्यो। हे हे हे!! मिस: हजुरको कुरा एक्दम सहि लाग्यो। देखेको सुनेको कुरा लेख्न जस्तो रमाइलो अरु लेख्दा नहुने रहेछ। कुरै कुरामा मैले कथा भेटेको पत्तै पाइन। अनि सुत्ने बेलामा निन्द्राले साथ नदिएपछि कलमको साथ खोजेको। लामो लेख्न त अझै धेरै सुन्नु पर्ने हुन्छ। तर मलाई थाहा छ यहाँ धेरै कथाहरु आउनेछन् यसो फुर्सदको समय मिलाएर कुरा गर्ने चान्स मिलाउन पाएँ भने :डि तितौरी: धेरै धेरै धन्यवाद कथा पढिदिएकोमा। त्यहि हो लामो लेख्ने इच्छा त छ तर हेरुम् कत्तिको सहयोग पाइन्छ पात्रहरुबाट। ठुल्नानी: तिमीलाई थाहा छ? मैले चौतारी आएपछि धेरै कुराहरु सिकेँ। कबिता लेख्नु अनि कथा लेख्नु मेरो बसको कुरै होइन। तर अहिले हेर न ६-७ हफ्तामा यत्ति धेरै लेखिसकेँ। तिमी पनि शुरु गर। अनि जाँदा जाँदै निश्चयको लागी उस्ले धेरै नै मनपराएको सिन्धु मल्ल को यो भिडियो यहाँ प्रस्तुत गर्ने अनुमति माँग्दछु। धन्यवाद
Read Full Discussion Thread for this article