|
[VIEWED 29660
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 11-22-19 4:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
| |
यो बाटो नहिनेको खै कती बर्ष भो कती। कुनै बेला बास नै यतै साझामा थियो कि जस्तो थ्यो। तेतीबेलाका सूर्य, चन्द्र, नक्षत्र, अनि ताराहरु आ-आफ्नै आकासमा जगमगाईरहेका हुँदा हुन अहिले। यताको आकासमा नयाँँ सूर्य, चन्द्र, नक्षत्र, अनि ताराहरु चम्केको देख्छु। सबैलाई स्वस्ती गरेर जाउँ आएको बेला भनेर उपस्थित भएको। सुखद पलहरुको लागि पनि सबैलाई शुभकामना।
|
| |
|
|
|
|
chicagoan
Please log in to subscribe to chicagoan's postings.
Posted on 11-22-19 5:40
PM [Snapshot: 33]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
Welcome back Deep dai. "Aabha" jastai aru katha padhna pheri paiyos!
|
| |
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 11-25-19 8:25
PM [Snapshot: 719]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
|
|
| |
|
|
khoi k
Please log in to subscribe to khoi k's postings.
Posted on 11-25-19 8:45
PM [Snapshot: 734]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
Deep Dai, I am your big fan. Daiko each and every story kamtima pani 50 times padheko chhu. dai ko kushal mangal hos ani daile feri hamro kushal mangal garidinu hunchha bhani aasha rakheko chhu Thank you Deep dai
|
| |
|
|
makar rashi
Please log in to subscribe to makar rashi's postings.
Posted on 11-26-19 9:21
AM [Snapshot: 840]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
khoi k - हाम्ले पनि दीप ब्रो को प्राय सबै जसो कथा हरु पढ्या हुम कुनै कुनै धेरै राम्रो लागेर फेरि पनि पढियो होला तर पचास चोटी एउटै कथा त अत्ति भएन र भन्या? फ्यान मात्र हैन ५०,००० BTU को AC नै हुनु पर्छ ब्रो त !
|
| |
|
|
khoi k
Please log in to subscribe to khoi k's postings.
Posted on 11-26-19 7:25
PM [Snapshot: 946]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
मकर राशी जी , दीप दाईको कथाको दीप आफू नै हो को जस्तो लाग्छ. टू मेनी सिमिलारितिज क्या , ५० चोटी पढे पनि फेरी पढ्न मन लाग्छ. तपाई मलाई फ्यान भन्नुस कि ए सी , अप टू योउ, आइ डोन केर ..कुरा बुझ्या हो ब्रो
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 11-27-19 11:25
AM [Snapshot: 1079]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
सम्झेकोमा आभार। यसो मौका पारेर एउटा कथा त लेख्नु पर्छ कि क्या हो? जमघट भाको बेला।
|
| |
|
|
khoi k
Please log in to subscribe to khoi k's postings.
Posted on 11-27-19 7:37
PM [Snapshot: 1154]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
लेखम दाई लेखम, सुभ कार्य मा ढिला नगरम ....
|
| |
|
|
AprilShower
Please log in to subscribe to AprilShower's postings.
Posted on 12-01-19 8:40
AM [Snapshot: 1535]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
Would love to read your stories....
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-18-20 1:58
AM [Snapshot: 3253]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
दुनियाँँमा सबभन्दा ठुलो हात्ती, त्यो भन्दा ठुलो मान्छेको छाती भन्थे। के हुन्थ्यो। मान्छेको छाती भनेर मनलाई भनेका हुँदा हुन। तर अहिले आएर हेरी यसो बुझी ल्याउँदा कुरा मिलेन नी। ठुला ठुला कुरा गर्थे, ठुला ठुलाका कुरा गर्थे तर बास्तबमा सानो चै ठुलो र छ नी। लु हेरुम त यो भाईरसको तमासा। दुनियाँँ थर्कायो गाँठे। सबै थुरुरु। एटम र न्युक्लिएर, हाड्रोजन र के के जाती बम भन्थे ती पनि बाँदरको पुच्छर भा छन, कसैको केइ नलाग्ने गरी आईलाग्या छ। बन्द बेपार, जागीर, सामाजिक, आर्थिक, सान्सकृतिक, धार्मीक क्रियाकलापहरु लगभग ठप्प। सर्बसाधारण र गरीब जनताको बिजोग। भाईइरसले त्राहीमाम त्राहीमाम मच्चाको छ। पन्नीतले न्वारन गर्दा चै के ताल फुस्क्यो, नमिल्ने नाम जुराएछन। अलि मिलार राख्नु पर्छ नी, के को भाई कस्को भाई? यता दाईहरु, काकाहरु, दीदी भिनाजु जम्मै लग लग भैरा बेलाँ। के को भाईरस हुन्थ्यो यो, बाउ बाजे को त कुरै छोडम, कम्तीमा पनि बराजुबाट सुरु गर्नु पर्ने। हुन त बराजुको पनि बिहे तिरिमिरी झ्याईँ गरेर देखाउने खालको यो बदमासलाई बराजुरस पनि के भन्नु। पूर्खा तिर पनि नजाम, यसलाई बिषारस न्वारन गर्नु पर्ने। बिषको रस जस्तोलाई के को भाईइरस। हुन त भाईले साँधको जग्गा मिचेर उल्टो उसैले हाल्या मुद्दामा हार्या दाईले भन्न त भाईरस नै ठीक छ नी भन्लान। जे होस, ज्यान जोगाम। यो खेलाची गर्ने न बेला हो न बिषय। साबधान र जानकार रहुम, आफु जोगीम र अरुहरुलाई पनि जोगाम। सकेको मद्दत गरुम। शास्त्रमा भनेको पनि छ, "दुष्ट कोरोना कोभिड उन्नाईसम साबधानम, स्वयम जोग्गिम अन्यम जोग्याम"। अचेल त जागीरे काम पनि घरैमा आईपुग्या छ। घराँ काम गरेर बस्दा बस्दै झ्वाट्टै पोल्या मकै खान मन लाग्यो अघि मलाई त्यो पनि हेटौँडाको बस पार्कको। मनले धेरै बर्ष अघिको त्यो दिन निमेषमै पुर्यायो जुन दिनको म तल कुरा गर्दै छु। भात बिहानै उदरस्थ गरेर घराँ बेलुकीको यात्राको लागि झोला ठीक पार्दै पनि थिएँ धाईजनबाट आउने बुढाथोकी साथीलाई पर्खिदै पनि थिएँ। उ पनि संगै जाने भाथ्यो काठमान्डौ। बुढाथोकी त आईपुगेको थिएन तर छिमेकी मैनाली साथी आईपुग्यो। उस्ले ढोका बाहीरै बाट टाउको देब्रे तिर ढल्काएर बिना शब्दै बोलायो। म पछी लागेँ। "घराँ चुपलागेर नबसेर" भन्दै घरका मान्छेहरु शर्टबेभको स्टेसन जसरी झ्यार झ्यार गर्दै थिए, उनीहरुको भोलुम एउटा कानले सुनेर अर्कोले घटाऊँदै हिने "एकै छिन हो" भन्दै। अनारमनीको त्यो महेन्द्र रत्न स्कुल पछी गएर सुख दु:खका कुरा गरीयो। चुरोट तान्दै गर्दा खै के कसो जोग मिलेर हो सुख दु:खका कुरा निस्किन्थे। ट्वाँट र सितन सँग त सुख दु:खका कुरा झन हलक्कै बढथे। चुरोटले चै कुरा चै मजाले उमार्थ्यो। मैनाली पनि एक दुई मैनामा आउँछु भन्दै थ्यो। मैनालीको कथा पछी भनुम्ला। दिउँसो डेढ बजे तिर झोला बोकेर बिर्तामोड तिर लागेँ रीक्सामा। बुढाथोकी आएन। उस्लाई यता पर्खेर उता बस छोडने कुरा भएन। यता आयो भने उतै बिर्ता तिर पठाईदिनु भन्ने सन्देश घरमा छोडेँ। उ आको भए उस्को नी कुरा सुनाउन हुन्थ्यो। आएन। तेसैले त्यो बुढाथोकीको पनि कुरा अब अर्को चोटी। बिर्तामोडमा बेलैमा आईयो। एक कप चिया आफुले खाईयो, तीन कप अरु तीन न तेरकालाई ख्वाईयो। उनीहरुको पनि आफु तीन न तेरको तर पनि उनीहरुको चिया, नास्ता, चना चिउरा भेटे सम्म आफुले पनि छोडीएन। उही २ x २ आरामदाई फोल्डिङ् सीट, अगाडीको, नयाँँ गाडी पुरानै गफ तर पनि चिनेको मान्छे थ्यो भाडा अलि सस्तैमा मिलाईदीयो तर काकडभित्ताबाट आउने नयाँँ गाडीमा लास्टको सीट मात्रै छ, इटहरीमा पुगेर चेन्ज गर्ने मोरङ-पशुपतीमा। तेस्मा राम्रो सीट मिलाईदेको छु भन्यो। त्यहाँबाट एउटा गाडी समाएर आईयो ईटहरी। भन्दा भन्दै आयो बस मोरङ पशुपती। अगाडीको भन्या सिट बिच तिर रे छ, २ x २ भएर के गर्नु र उतै बाट वाक्क गरेर आइपुगेका थकित बाजे संगैको सीटमा देखे पछी अघि भरखर छेउमा सुन्दरी परे देखुन भनेर कन्काई माईलाई गरेको भाकल पनि खेर गै सकेको प्रस्टै थ्यो। तर भाडा चै जे होस मिलाकै हो। चित्त बुझाउनै पर्यो। इनरुवा तिर आईपुग्दा घाम पस्चिम आकासमा ढल्कीसकेका थिएा। कोशी ब्यारेज आईपुग्दा सूर्यले आफ्ना सुनौला किरणहरु सप्तकोशीको पानीमा पोखे झै देखिन्थ्यो। लाहानमा दरो भोजन गरीयो। दाल भात तरकारी कुखुराको मासु। एक बोतल स्टार बियर झिरीप्प। अघि भाडामा बचाको पैसामा मोज गरीयो। गाडी गुडन थाले पछी झ्याप्प झ्याप हुन लाग्यो। छीमेकी बाजेले भात खाएनन लाहानमा। मलाई नी होटलको भात नखानु भन्दै थिए। उनको कुरा कस्ले सुन्यो र। घर बाटै ल्याको चिउरा र सख्खर खाए उनले। उता तेह्रथुम तिरका सीटौला रे छन। मेरा पनि बाउ बाजे जम्मै सोधे। एल्लाई र उल्लाई चिन्या छु भन्थे आफुले वास्ता गरीएन। ती छेमेकी सिटौला बाजे पनि टोपी गोजीमा हालेर झ्यालमा अडेस लागेरा झकाउँदै थिए। आफुले चै आँखा खोल्न सकिएन। बस कुदेको कुदेकै थ्यो। अघिको स्टार बियरले रुप फेरे छ र अब म ओर्लिन्छु भन्दो र छ, बत्तीको झिलिमिली आयो। निन्द्रा खुल्यो आफ्नो पनि। हेटौंडा आईपुगेछ। बस रोक्दा नरोक्दै बाजे उठ्न खोजे। उनलाई भन्दा हतार मलाई थ्यो। हतार हतार ओर्लेर म कुना खोज्न लम्केँ। कुदन मन लागेको थ्यो तर कुद्ने हुँदा लोला फुस्केला भनेर कुदन सकिन। कुना खोज्दा खोज्दै एक छीन बित्त्यो। आधारातको बेलामा फेला परेको त्यो कुनामा सानोतिनो राप्ती आफुले पनि बगाईयो। तेस पछी त क्या आनन्द आयो भने। जिउ नै हलुम जस्तो भो। तर टाउको चै गरुम नै थ्यो। आँखामा बालुवा हाल्या जस्तो। हेटौंडामा त्यो ब्लेन्डरले फिटेर दिने कफीको मजा फेरी बेग्लै। त्यो कफीको गुम्ती संगै पोलेको मकैको बास्ना उस्तै मीठो। खानै पर्यो। एक घोगा मकै खाईयो फ्रेस पोल्न लगाएर। तेस पछी कफीको अर्डर दीईयो। कफी बनी सक्नै पाको छैन, गाडीले हर्न बजायो। भोकी अब। कफीको पैसा तीरी सकेँ। नखाई त मरीगए हिन्नै भएन। हतार गरे पनि उस्ले फीटने फीटनै पर्यो। बसले हर्न बजाउँदै गर्छ नी, के को हतार भन्छ कफी साहु। उस्लाई त के हतार हुनु त्यै बसेर कफी बेच्ने लाई। छुटे मेरो बस छुट्छ तेल्ले के हतार भनेर हुन्छ। हतार हतार कफी खाने हुँदा जिब्रो खुईलेको खुईलेई छ। छोड्न भा छैन फ्याल्न भा छैन। पैसा तिर्या छ। जिब्रो खुईलियो, स्वाद केही छैन कफीको, भित्र छाती नी पोलेको पोलेई छ। गाडी हर्न बजाउँदै अघि बढी त गो। अब कफी तिर लागेर भो के त। दुई तीन घुट्की एकै घुट्की पारेर कुदेँ म बस तिर। बिस्तारै गुडदै गरेको बस समातेँ र उक्लीएँ। कसो छुटेन। पसीनै आउँला जस्तो भो। यसो हेर्छु त सबै मैलाई हेर्या जस्तो देखिन्छन। बसाँ चडी सके पछी सीटाँ बस्न त के हतार। एक छीन त्यै ढोकामा हावा खाएर उभिएँ। बसले गती लीसकेको थ्यो। सित्तल भो। अनि लागेँ आफ्नो सीट तिर। सिटाँ पुग्छु त आफ्नो सीटाँ बच्चा च्याप्या दीदी बस्या छीन बा! तेसरी अर्काको सीटाँ बस्न त भएन नी। यिनी यै हेटौँडाबाट चढेकी होलिन। उतै पूर्वबाट चडेकी भए त म त्यो सीटमा भाको उनलाई थाहा हुनु पर्ने। संगैको सीटमा सीटौला बाजे पनि छैनन। थुन्से घोप्ट्याको जस्तो ज्यान भाको जुँगे बस्या छ। कतै म अर्को बस त चडीन? आँफैलाई सोधेँ। "होइन, आफ्नै बस हो।" आँफै जवाफ दिएँ। किनभने म दौडेर बस चढ्नु अघि बस कुद्दै गरेको भए पनि मैले बसमा लेख्या पशुपती प्रस्टै पढेको थिएँ। पक्का भो सिटौला बाजेले सीट साटेछन। मलाई नसोधी मेरो सीट नी दीएछन कल्लाई हो। झनक्क भो। बाजेको सीट जस्लाई सुकै दिउन केई मतलब भएन तर आफ्नो सीट त छोडन सकिन्न। ती बच्चा च्याप्या दीदीलाई राम्रै सँग भन्नु पर्यो तर के भन्ने कसरी भन्ने जुँगेको पनि ख्याल गर्नु पर्यो भनेर दीदीलाई हेर्दै थिए जुँगे पो झर्कियो "के अर्काको सीटाँ आएर ठिङ्ग उभीरा आफ्नो सीटाँ जानु नी" भन्दै। मेरो ठाममा उनीहरु बसेर अझ मलाई नै उल्टो आफ्नो सीटमा जानु भन्दा त। रीस उठ्दैन? "कस्तो आफ्नो सीटमा जानु? यै हो मेरो सीट। ल उठनुस मैले पुलुक्क जुँगेलाई अनि दीदीलाई हेर्दै तातेर भने। म ताते पछी जुंगे पनि तात्यो। चर्का चक्री पर्न लागे पछी कन्डक्टर आयो के भो भन्दै। बस कुद्दै छ तर हाँडीखोला आईपुगेको छैन क्यारे। तेस्ताइ लाग्थ्यो। कन्डक्टरले आएर कुरा बुझ्यो। मैले आफ्नो सीट माथिको दाबी छोडीन। उस्ले मेरो टीकट माग्यो। मैले फुर्ती सँग दीएँ टीकट। के यत्तिकै भन्या हो र? तेसपछी कनडक्टर झर्कियो --- " ह्या किन चड्या यो बस?" भन्छ मलाई त ! गुरुजीले पछाडी नहेरी सोधे "के भो?" "रड्डी भो नी, मोरङ पशुपतीको मान्छे चढेछ..... यो दन्तकाली पशुपती हो धरान बाट आको" कन्डक्टरले म तिर हेर्दै भन्यो। ****
|
| |
|
|
The Thamelean
Please log in to subscribe to The Thamelean's postings.
Posted on 04-18-20 12:10
PM [Snapshot: 3435]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
Wow! Great writing Deep bro. Welcome back and thank you.
|
| |
|
|
khoi k
Please log in to subscribe to khoi k's postings.
Posted on 04-19-20 8:09
PM [Snapshot: 3666]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
Great!!! sahi majjja aayo padhera ...Dai keep going hai ...bepatta chai nahunuhola...
|
| |
|
|
soundByte
Please log in to subscribe to soundByte's postings.
Posted on 04-20-20 9:35
PM [Snapshot: 3848]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
लौ पुरान्या आउनु भयछ ! तेसैले यो धागो लै त अलि माथि नै लैजानु पर्यो भनेर यसो दुइ शब्द थप्दे ! म साझा मा धेरै वर्ष देखि नै सदस्य छु ! सायद त्यो साझा चौतारो भन्ने हुदा खेरि देखि होला ! तेती खेर दीप, जिओलोजि तैगर, नास , सान, twenty-amendment जस्ता हस्ती हरु को बास हुन्थ्यो ! अरु नाम लिने भुलेका हरु नरिसाउनु होला नि ! त्यो त type गर्न अल्छि लगेर नलेखेको ! साझा का सबै मित्र हरु हस्ती नै हुन ! फेरी अर्थ लै अनर्थ नलागेमा हो नि हस्ती 😁! अब चै बाटो नभुल्नु है दीप ब्रो !
|
| |
|
|
soundByte
Please log in to subscribe to soundByte's postings.
Posted on 04-21-20 1:20
PM [Snapshot: 4025]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
”साउण्ड बाइट ब्रो ... पुरानो इउजर पो हुनु हुन्छ ... मैले त् हिजो आज मात्र नोटिस गरेको ब्रो लाइ ! 🙈“ म साझामा हेर्ने अनि यसो अलि अलि पढ्ने मात्र गर्थे ब्रो ! अनि मैले यो साझामा धागो खोल्ने काम त हालसाल मात्रै सुरु गरेको हो ! तेहिपानी यसो फुर्सद को बेलामा robinhood खोलेको भयर मात्र हो नत्र तेती active युसर त होइन म ! यसो स्टक बेचेर अलिकति पैसा बन्ला भनेको त उल्टो घाटा पो हुदै छ त हो !
|
| |
|
|