[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 120305 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-06-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mastarni didi le ke "here u go" bhanya? kehi bujhiena.
 
Posted on 04-06-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty
here you go

- http://www.musicindiaonline.com/l/7/s/album.502/language.11/


ysto bhanna khojeko bhayen aghi

ahile chhai sikeko hai . huna ta nepche ji le rakhi saknu bhayeko chha. sarai manparyo ke
 
Posted on 04-06-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे दाई कता हराका थेउ? भाउते जता तेतै लाएओ जस्तो मानिचु मुइले त। सालि जोगाम्न खोज्दा मुटुमा फालीले घोच्ला है दाजू होश अर।
हे हे हे नेप्चेओ मुटुलाई माछापोखरिमा राख्ने कुरो भैरा रेछ! गजपको आएडिया पिरती र माष्टरनी नानी!

चित्रे-

आज र मैले घाँसै र काटेँ
सुन माया खोलिको चिलाउने
ए नौलो गामको नौलै छ भाका
ए सुन माया कसरि मिलाम्ने
छम छम नाचिदेऊ निउरेर
हातमा रुमाल कानमा फूल सिउरेर

 
Posted on 04-06-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्डर अर्डर।।

भौते गुरुको बहस सुनेर यो अदालत यो निस्कर्स मा पुगेको छ कि त्यो चिटिक्क परेको सानो मन राख्ने उचित ठाउ फेला न परेको ले हाललाइ कसैलाइ पनि न दिनु , आफै सङ राख्नु।

> अदालतको फैसला मान्नै पर्यो नि अब।

:)
 
Posted on 04-06-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो पुन्टे दाइ, मलाइ आफै बसेको हागा मा बन्चरो हान्ने "कालि दास" सोचेको हो कि क्या हो?
अब त्यस्तो सबै षडयन्त्र था हुदा हुदै म किन पठाउथे नि तिमि लाइ साइपाटो अब?

:D
 
Posted on 04-06-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी त मेरा शिस्यहरुले गायत्री मन्त्र पाठ गरेको
सुनेर दङ पर्नु भए जस्तो छ नि।

:)
 
Posted on 04-06-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेओ घैँटोमा बल्ल घाम लाओ अस्तो छ।
खड्यन्त्र नै त अर्दैनन् पुन्टे दाईले अलि मुख छुच्चो मात्तै हो तिनको। तर सालिको कुरो आओ भुने चाइँ खडयन्त्रै अर्न पनि बेर लाम्दैनन् है। देखेओ, सुनेओ कुरो भन्देको मात्तै हो मुइले।
बरु तेस्ता कुराटी कसरि जोगिने हो भाऊते संअ बुझ्नु ठिक होला तिम्रा गुरु जो परे राम्रै कुरा सिकाउलान।
 
Posted on 04-06-06 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे साडु-दाइ, नमस्ते अरेँ है। :-)
आरामै हुनुहुन्छ होला के रे। यता पनि म र हजुरकी साली आरामै छम्। उचालिँदा उचालिदा सारै मुख छोडियो दाइलाई। धेरै रिसाउनु भो कि भनेर पिर परिराखेको थियो। बल्ल ढुक्क भो। :-)
अब साली लगिसके पछि साडु-भाइ सँग रिसाउने त कुरै भएन नि, हैन त?
अनि चेली र साली त एकदम फरक कुरा भए नि। चेली भनेकी चेली हुन्, साली भनेकी साली हुन्। :-)

अब त्यो भर्खरकी लाम्ला र खाम्ला उमेरकी सालीले त्यो कहिले चल्ने कहिले नचल्ने, कहिले हन-हनति तातो हुने कहिले म्याद सकि्किइसके झैँ चिसो हुने मुटु देखेर किन जान्थि उता। यता मेरो हेर्दै भर्भराउँदो, सँधै सधैँ हेरिरहुम जस्तो च्यान्टे मुटु छोडेर। :-)

पहिला त झुक्केर गइछ के रे। अनि यसो ढोका बाट हेर्दा त पुन्टेदाइको मुटु त धोबिनीले च्यात्तेको पेटीकोट लगाएर ढोकैमा कुरेर बसेकी रै'छ। अनि फरक्क फर्केर म तिर आएकी नि।
मैले देखाएको हैन, आफै देखेर झम्टिदै आ'की हो जुरेली। :-)

मयाँ त भान्जीको भन्दा चेलो कै बढी लाउछ। भान्जीले भन्दा चेलोले धेरै मायाँ गर्छन नि त। भान्जीहरु त खाली टिका लगाउने बेलामा मात्र आउछन के। :p त्यै पनि पैसा नदिए ठुसुक्क ठुस्किन्छन। कसैको मुटु भित्र बन्द भैसकेकी भान्जीलाई मुटु देखाएर फाइदा छैन है भनेर बेलैमा भनिदिनु पर्यो नि चेलोलाई। :p

नेप्चु-भाइ, चिन्ता नअर ! हाम्रो मुटु पुन्टेदाइको जस्तो हैन। थोरै ढोका खोलिदिन पर्छ, हररररर आउँछन भँमरीहरु। :-)

:-)
-भउते
 
Posted on 04-06-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो पुन्टे-दाई सँग भेट भा'को। "नमस्ते पुन्टेदाइ" भनेको त हनाआ राँगोले जस्तो हेर्छन के रे। अन्त्याँसी "साली राख्नि नै हो भने मेरा खुट्टाँ ढोउ अर्नु पर्छ भउते बज्जे, म साडु-दाइ भएसि" भन्दै धङ्धङाउदै खाल्टे तिर झरे। लु मास्टर्नी नानी, सम्झाइदिनु परो पुन्टेदाइलाई। :p

हुन त १२ बर्खमा पत्थर त पउलिन्छ भन्छन, यी कसो नपउलेनान। :-)
 
Posted on 04-07-06 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धारो आयो

महिनौदेखि सुकेको मेरो घरको धारो,
आज फेरि फोहोराहरु झार्न थालेछ,
कस्तो अचम्म !
कस्तो अचम्म, जबकि यो चैते खडेरीमा,
"काकाकुल! काकाकुल!!" एकनासे प्यासी स्वरको साथी म छु
कान्तिपुरका हरेक कलधाराअगाडिका सुख्खा गाग्रीका साक्षी पनि छु
तर मेरो घरको धारो किन आएछ?

बच्चीले हतपत फिर्का घुमाउदै धारो खोली
"ओहो अंकल, कस्तो धमिलो पानी!! किन यस्तो रातो?"
"हैन छोरी!" मैले भनें, "यो धमिलो पानी हैन"
"यो त सोझा दुखियाको सङ्ग्लो रगत हो,
ठुला ठुला साँढेहरु जुध्दा, बिचमै परेका निमुखाहरुको शरीरको फगत कञ्चन रगत हो।"
"ओहो, किन यस्तो नुनिलो अंकल?" उसले सोधी
"यसमा आँसु मिसिएको छ, छोरी, ती साना मानिसको
जसले जीवनभर चेपमा परेरपनि कालोलाई कालो भन्न सक्तैन
यसमा पसिना मिसिएको छ, तिनै श्रमिकको
जसले दिनभरि माटोमा डटेर पनि माटोलाई आफ्नो भन्न सक्तैन"

"उसो भए धारो बन्द गरौं अंकल?"
"हो छोरी, यो जनताको रगत आउने धारो,
आँसु र पसिनाको फोहोरा आउने धारो,
हामीलाई खोल्नु छैन,
आऊ हामी सबै मिलेर यो फोहोर धारोलाई
टम्म पारेर टालिदिऔं, सधैंलाई माया मारिदिऔं।"

अस्तु:
 
Posted on 04-07-06 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई उमेशले आफ्नो अड्डामा राखेको यो कविता असाध्यै मन पर्यो। पूरै त उतै गएर पढुम् है!


मान्छेहरु भन्छन्
म धेरै ढिला आउन लागेको छु,
तैपनि ऊनीहरु खुशी छन्
भन्छन्,
'ढिलै भयो तर आउने निर्णय त गर्यौ'
मलाई थाहा छ थुप्रै जंघार तर्नु छ,
थुप्रै बमगालाहरु पुर्नु छ।
.......
जनता मेरा लागि भगवान हुन्

म एक "क्रान्ति" हुँ।

-दीपक आचार्य
 
Posted on 04-07-06 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बमगालाहरु" हैन "भंगालाहरु" हो है!
 
Posted on 04-07-06 1:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे बाफ मुटुको लागि निकै युद्द चलेको रहेछ
अदालत नै खडा
नेप्चे ब्रो बेलैमा होस पुर्याउनु है
नत्र त्यो मुटु फिटि फिटि गर्दै जाला
हन यो नेप्चे ले गाम् नै हल्लिने गरेर गायेत्री
मन्तर पो राखेछ बा
तेस्लाइ बचार [Save] रख्न मिलोइन गाम्ले
लौ येसो मिल्ने भा बिचार (Idea) दिम्क्यारे

मुटु

मेरो यो पाउ को मुटु
फिटि फिटि गरिरहन्छ
कहिँ कतै लड्की देख्नै नहुने
जोर् जोर् ले धड्कीन्छ
समाल्नै गारो भो
येसलाइ यक्लै ले पाल्नै गारो भो
लौ न कोहि छ येस्लाइ समालि दिने
Aquarium मा होस् वा मन मै साँचेर रखिदिने
मात्रै येसलाइ बचाउनु छ
मलाइ पनि आरुको जस्तै जोडि जुडाउनु छ
कसैका सालि हुन वा कसै का चेलि
मलाइ जुराउनु छ येसपालि

नेप्चे ब्रो लाइ है
 
Posted on 04-07-06 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

roll no 3 Aaite

Yes miss
 
Posted on 04-07-06 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ६
यस मिस्
 
Posted on 04-07-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल लम्बर ११
गुमाने.......

यस मिस्sssssssssssssssss........

 
Posted on 04-07-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरे यो गुमने मेरो फोटो नि खिछे छ मलाई भन्दै नवनि यो गुमने कस्तो बदमाश रैछ
 
Posted on 04-07-06 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
के बिधी राम्रो हो तनी तिम्रो फोटो
लिन्चौ भुने भुन क्या रे पठाम्ला
राम्रो लार थाहा नै नदिएर खिच्या क्या

खुचिङ् खुचिङ्
लौ सबैले त्यो Updowngal का फोटा हेर
 
Posted on 04-07-06 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरे यो गुमने हाम्रो क्लस् को गुण्डा सबै को फोटो खिच्दै बस्छ । पढ्नु छैन पाक मास्टरनी दिदी लाई भन्दिन्छु । अनि तिमीलाई फैल पर्दिन्छ । अनि ठीक पर्छ ।
 
Posted on 04-07-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सुकबार केरे।


ढोका खोल भुन्टेको आमा
ढोका खोल न हो
बाहिर जाडो कस्तो सारो, म त मरे नि हो
आ छु छु छु
(कुकुरको झोल पिएर आएर कराउन लाज लाग्दैन। म त आज त मरे नि ढोका खोल्दिन।)
ए भुन्टेकी आमा I love lova love you!
अब, अउरेजी बुझ्दिन।
तिम्लाई देखेपछि सातोपुत्लो उड्छ भन्या क्या!
My सातोपुत्लो flying after seeing you.

(आज त ज्यान गए नि खोल्दिन भन्या ढोकासोका गए हुन्छ। तेई होटेलकी मालिक्नीसित।)

साथी भाइ भे्टदाखेरि २,४ बत्तल गयो
दु:ख सुखको कुरा गर्दा आधा रात भयो

... ...

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters