Posted by: Bhaute April 6, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
पुन्टे साडु-दाइ, नमस्ते अरेँ है। :-) आरामै हुनुहुन्छ होला के रे। यता पनि म र हजुरकी साली आरामै छम्। उचालिँदा उचालिदा सारै मुख छोडियो दाइलाई। धेरै रिसाउनु भो कि भनेर पिर परिराखेको थियो। बल्ल ढुक्क भो। :-) अब साली लगिसके पछि साडु-भाइ सँग रिसाउने त कुरै भएन नि, हैन त? अनि चेली र साली त एकदम फरक कुरा भए नि। चेली भनेकी चेली हुन्, साली भनेकी साली हुन्। :-) अब त्यो भर्खरकी लाम्ला र खाम्ला उमेरकी सालीले त्यो कहिले चल्ने कहिले नचल्ने, कहिले हन-हनति तातो हुने कहिले म्याद सकि्किइसके झैँ चिसो हुने मुटु देखेर किन जान्थि उता। यता मेरो हेर्दै भर्भराउँदो, सँधै सधैँ हेरिरहुम जस्तो च्यान्टे मुटु छोडेर। :-) पहिला त झुक्केर गइछ के रे। अनि यसो ढोका बाट हेर्दा त पुन्टेदाइको मुटु त धोबिनीले च्यात्तेको पेटीकोट लगाएर ढोकैमा कुरेर बसेकी रै'छ। अनि फरक्क फर्केर म तिर आएकी नि। मैले देखाएको हैन, आफै देखेर झम्टिदै आ'की हो जुरेली। :-) मयाँ त भान्जीको भन्दा चेलो कै बढी लाउछ। भान्जीले भन्दा चेलोले धेरै मायाँ गर्छन नि त। भान्जीहरु त खाली टिका लगाउने बेलामा मात्र आउछन के। :p त्यै पनि पैसा नदिए ठुसुक्क ठुस्किन्छन। कसैको मुटु भित्र बन्द भैसकेकी भान्जीलाई मुटु देखाएर फाइदा छैन है भनेर बेलैमा भनिदिनु पर्यो नि चेलोलाई। :p नेप्चु-भाइ, चिन्ता नअर ! हाम्रो मुटु पुन्टेदाइको जस्तो हैन। थोरै ढोका खोलिदिन पर्छ, हररररर आउँछन भँमरीहरु। :-) :-) -भउते
Read Full Discussion Thread for this article