gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 189713 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-15-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सप्पै ओएरो लागेछन म न'भा बेला

ए! बिराली !(तितौरी)कति हसाएको होला । जिम्माल बा आँखा देख्न छोड्नु भे'छ
 
Posted on 02-15-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरालि रे :O
होइन खैरो आखा अनि अलि अलि बिरालो बिरालो जस्तो देख्यो भन्दै मा मलाइ बिरालि भन्न नपाइ है मिस :P

जिम्माल् बा मैले माम् कायो हजुर् ले खायो ?
 
Posted on 02-15-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दाजू चैले बिरालोको फटु राख्दा ' दादु मेरो फोटो' किन राक्या भनेर ठूस्किन थाले पछि बिरली नै रेछिन अस्तो लाग्यो नि :)
अनि खेरि बिरालीको दादू नि बिरालो नै त होला :D :D
 
Posted on 02-15-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-15-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! बिराली !(तितौरी)कति हसाएको होला । जिम्माल बा आँखा देख्न छोड्नु भे'छ
 
Posted on 02-15-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<भौतेदादु मेरो फोटु किन टासेको :( >>>>>

तितौरीको जुँगा कति लामो लामो, अब ज्वाईँ-सापले तिम्रा जुँगा उखेल्दिनीभए। :D :D

हरियो-किताप भरे-भोलि आउँछ रे हरि। गोस्वारा हुलाक कै ताल रे'छ यहाँ पनि। दिक्क लाग्ने के कहिलेकाहीँ त।

भावी-जी, दर्शन अरेँ।

कउतानकी छोरी कुरा चलाको रे जिम्माल हउरबा? कुन चैँनि सँग हो? ठूलिचैलाई त अस्ति हरिले खेता'ट फर्किँदा बाटाँ भेटेर आँखा झिम्क्याएछन्। बैँस आयो भन्दैमा गामका छोरी मुन्छे जिस्काम्दै हिन्छौ? भनेर उसको पालो झ्याप कपालाँ समातेर पर्खाल तिर धकेल्दिइछ। बिचरा सोझो हरि, केटी मुन्छेलाई के हात हाल्नु चुप लागेर बसेछन केरे। केटी त झन झन लाउ पाएर हरिको दुइटै खुट्टा समाएर उचालेर पर्खाल नघाएर हउरका गैह्राबारी तिर खसाल्दिइछे। सँग सँगै पर्खालको छपनी नि खसेर झन्डै खप्परमा बज्रेन भनेर भन्दै थे हरिले। निधारनेर अलि अलि मकैको ठेसोले कोतरेछ, अरु त केही भएनछ भनम न अब। त्यस्तो सोझो मुन्छे हरि, यै पात्तेको बुढो-मामाको सँगतले त होला नि। मामाले सिकाको तकनिक हेरिहालुम न त भनेर यसो टेस गरेका थे' होलान, सुरुकै गासमा ढुङ्गा परेछ। :p :p

केटी नि सारै ज्याङ्गो छे के रे। पाइँट ला'र जुँगा टाँसेर जानि हो भने गल्ला नि झुक्केर बिर्टिसको लाहुरेमा लिन्छ जस्ति छे। त्यो बुढो काउरोको रुखाँ चढेर सप्पै घाँस त्यसैले झार्छे ल। त्यै भ'र त कउतानले जैले नि "ठुल्छोरीको त ज्वाईँ भित्र्याउनी हो मैले" भन्छन नि। :-)

कुरै अर्नी हो भने कान्छी सँग अर्नु। साह्रै कमलको फूल जस्ति छे कान्छी त। त्यो सँग कुरा मिले त सधैँ काखैमा राखेर लिएर हिँड्थेँ लु। पुन्टेदाइका अगाडि मेरा पनि रवाफ बढ्थ्यो। :-)

:-)
-भउते
 
Posted on 02-15-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*

कुरा गर्छन कसरी
भँगेरा र भँगेरी
चुरचुर गर्छ भँगेरा
चिरचिर गर्छे भँगेरी


अरु बिर्स्यो....
 
Posted on 02-15-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरू यहाँ छ हरी....

चारा चर्न हुन्न है
यताउति नहेरी
यौटा आँखो तँ हेरी
अर्को आँखो म हेरी
चुर्र गर्छु म फेरी
भुर्र उड्नु तँ फेरी


:)
 
Posted on 02-15-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा भउते, तेई भन्या। म नि बैनी चैं लाईनै हो आँखा झिम्काको त, पछीपछी थिई, दिदी चैंले उल्लाई भनेर बित्यास पारी हालि नि। अईले त जेठीले ल्याईसकी रे आर्को, बिहान ठुलीले यहीँ चौतारीआँ कुरो गरेको।

अब चैं कान्छी फकाउन जानु छ, बेल्कातिर घाँस काट्न निस्किन्छे रे, तेतिखेरै भेट्ने भन्या छ :-)

चित्रे धन्यबाद है, यहाँ बिराला कुरो गर्या सुनेर भँगेरा याद आयो :-)
 
Posted on 02-15-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवरजी दर्शन फर्काए है मैले नि
:D 'बिरालो 'भन्दा रिसाएर झटारो खाइन्छ कि भनेर डराउनु मात्रै रे'छ । आँखाँ राखेनि नबिझाउने रेचदेवरजीको बानी त । कुन चै भाग्यमानी भेटिइछिन बरै मेरी देउरानी ( अब चै पक्कै गालि पाइन्छहोला भागे है म)
:D
 
Posted on 02-15-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ यो गोताएँको! अब आफ्नाँ त शुक्रबार लागिसको के रे, अरुकाँ लागोस् नलागोस्, छु मतलब!

तितौरीको फोटु कस्तो क्यू-----ट! मूसा मारिरा' फोटु पनि टाँस त भउते काजी।

भउतेले पढ्दा पढ्दा हरियो कितापै पढ्नी भईसकेछ रे गाँठे! हैन के लेख्या हुन्छ भउते तो हरियो कितापाँ?!

******************
चिप्ले, म दश दिनजतिमात्रै बस्छु। तर समय मिलाएर पक्का भेटौंला। चिप्ले ब्रोभन्दा पछि हो जस्तो छ मेरो प्रस्थान। बिजुली चिठ्ठी ठोकौंला म, यता'ट हिड्ने बेलाँ।
 
Posted on 02-15-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमबाउ( बाबु) नमस्ते अरे है :)
 
Posted on 02-15-07 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस! सकुशल हुनुहोला के रे!
 
Posted on 02-15-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकुशल छु गौतमबाउ । हजूर नि कुशल मंगल नै हुनुहोला अस्तो मानिचू

तितौरी-बिराली ( मर्छिन कि) चै मूसा सअ नि दोस्ती अर्न सक्नि रचीन के रे ल हेर्नुस त

 
Posted on 02-15-07 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! बिराली !(तितौरी)कति हसाएको होला । जिम्माल बा आँखा देख्न छोड्नु भे'छ
 
Posted on 02-15-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्छिन‍‍= गालि गर्छिन कि
गल्तिले मिस्टेक भ'रच है तितु (बिराली)
 
Posted on 02-15-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे :P
ठूली : मिस दि बिरालो ले मूसा कसरी मार्छ
म: ल तल हेर त ठूली फटुआँ
:D :D
बिरालो ले मूसा मारेको ---तितौरि नरिसाए है :)

 
Posted on 02-15-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी भउतेले दिन काटेर खानी मैले मानिन.
सिरेले जिते यिनीलाई. अब हुँदा हुँदा लास्टाँ कुम्लेले नि उछिन्छ यिनीलाई.

नअँस्ते ईँस्! जदौ गोताएँजी.
 
Posted on 02-15-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सब लाई चिलिम तानेर । आज बल्ल यो बुढाको दिल खुश भएको छ । चौतारीमा गज्जाभाको जमघट भए छ । हाम्रो शहर को पिपल बोट्मा जस्तो भीड भाड छ । चिर वीर चिर बहुत सुनिएछ । बडा मज्जा आएछ । पखेटा लाए छन कि नानी हरु को, बुझन कठिन भा छ ।
 
Posted on 02-15-07 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto dar lagdo foto miss. chi
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters