nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ThahaChaena

shirish

Geology Tiger
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बेश्याको डायरी

[Please view other pages to see the rest of the postings. Total posts: 80]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 41626 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 08-12-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेश्याको डायरी

एक साँझ अनायासै छीरेको थीयो उ मेरो कोठामा। त्यसपछी हरेक साँझ आउन थालेको छ उ मकहाँ।
यो शहरमा शायद उ नयाँ हो। शायद उस्का कोही आफन्त छैनन यहाँ वा हुनसक्छ उ आफन्तहरुबाट भागेर आउछ मकहाँ। ठीक्क मोटाइ, चौडा छाती, हसिलो अनुहार, सयौ बसन्त उ सङ्सङै भित्रीय झै लाग्छ मलाई।
"को होला उ?" यो प्रश्न ले दिनभरी चीमटी रहन्छ। त्यही चीमटाइ खप्न नसकेर मैले उस्लाई एक दिन सोधेको थीए "तपाइको नाम के को?"
 "कमल" छोटो उत्तर दीयो उस्ले।
मैले थप केही सोधीन। हाम्रो सम्बन्धको लागि त्यती जानकारी आबस्यकता भन्दा बढी थीयो। "कमल!!!" धेरै दिनसम्म मेरो कानमा गुन्जीरह्यो त्यो स्वर। तर "कस्तो कमल?", "कहाको कमल?", "कस्को कमल?", "के गर्ने कमल?" यी "क" बाट उठेका शब्दहरुले कहीले चीमटेर, कहिले काउकुती लगाएर, कहिले जिस्क्याएर हैरान खेलाउछन मलाई।

***********************************************************************************

हुन त श्रीगारीएर बस्नु मेरो पेसानै हो। तर आजकाल म आँफैलाई राम्राी देख्न थालेकी छु। चमेली मेरो नाम मात्र नभएर बातावरणनै मगमग बनाउने चमेली फुल हुँ जस्तो लाग्छ। कमल मेरो सुगन्धले  मोहीत भएर लठीदै आएको भमरा हो। म आँफैसँग प्रण गर्छु म कहिलेपनी ओइलाउने छैन। म मेरो सुगन्धले कमललाई सधैं लठ्याइरहने छु। ९ बजी सके छ तर उ आइपुगेन। सधैं त ८:३० मा आइपुग्थ्यो। मलाई यो ३० मिनेट पनि ३० बर्ष झै लाग्यो। १० बज्यो, ११ बज्यो,  म उस्को प्रतीछ्यामा झ्यालबाट हेरेर बसिरहे तर उ आएन। म आत्तिए "कहा गयो होला?" "के भयो होला?" "कतै गाडीले पो ..............?" "होइन होइन काम पर्‍यो होला केही।" दोस्रो चोटि म छ्ट्पटीए, म निसासीए। मेरो आफ्नै बाउले मलाई यहाँ छोडेर गएको दिन म यसरी नै निसासीएको थीए। अनी म छक्क परे कहाँबाट आए यती धेरै पीडाहरु, यती धेरै भावनाहरु  मसँग? यी भावनाहरु त फक्रीन नपाउदै ती काला, गोरा, पुड्का, आग्ला, मोटा, दुब्ला, बुढा, भर्खरका अनेकथरी मान्छेहरुका हवसले मारीसकेका थीए। म मान्छे हुनुको वास्तबीकता बिर्साएर "बेस्या" भन्ने शब्द बनाइदिसकेका थीए।
 "जीबीत रहेछु" म मक्ख परे। अनी आफुलाई जीबीत पाएको खुसीमा एकछीन रोए।

*****************************************************************************************

आज उ आयो। उ आउँदै गरेको मैले परैबाट देखे। म खुसीले उफ्रीए। हिजो उजाडीएको मेरो बगैचामा आज लाखौं कमल र चमेलीहरु फुले। "हिजो किन न आउनु भएको?" मैले उसँग टाँसीदै सोधे। उस्ले सहज उत्तर दीयो "बिहे गर्ने केटी हेर्न गएको थीए.................... किन अरु कोही ग्राहक पाइनौ?"
म ड्नरङ्र बिपनाको धरातलमा पछारीएँ। सपना र बिपना बीचको गहीराइ कती धेरै रहेछ भन्ने थाहा पाएँ। त्यती माथिबाट थचारीए म तर उस्ले पत्तै पाएन।  उस्को अनुहार अझै उज्यालो थीयो। म निसब्द भए। कती सजिलै उस्ले उ र म बिचको भिन्नता अभास गरायो।
"बिहे हुने भयो त?" थाहा छैन मैले यो प्रश्न किन सोधे। केवल ती शब्दहरु हावामा उढेको देख्एँ मुखबाट निस्कीएको थाहानै पाइन। "अँ हुने भयो। म भोली देखी आउँदिन। मलाई नकुर्नु।" उस्ले इमानन्दार उत्तर दियो। यो भन्दा कती इमानन्दार हुन सक्छ र उ एउटी बेस्यासँग?"

क्रमश:
Last edited: 12-Aug-08 09:13 PM

 
Posted on 08-14-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये रास्ता हे प्यार के चलते चलते कोई मील्गया
दील का  क्या कसूर  हां मैंने भी प्यार किया
दील तो पागल हे  दील धड़कने लगा तेरे नाम पे
कीस् को क्या पता  कल हो ना हो
तुम भी आज कहो न प्यार हे
हम दील दे चुके सनम ,हमारा दील आप के पास हे
प्यार तो होनाइ था  हमको तुम से प्यार हे
मासूम तेरे चेहेरा ने दील का रिश्ता जोड़ दिया
अकेले हम अकेले तुम जीवन साथी चुनलिया
कुछ न कहो में प्रेम की दीवानगी
इश्क के शिलशिला में कभी फ़िदा कभी खुशी
तुम बीन  जींदगी अधूरा हे अपुरा भी
प्यार किया तो डरना क्या हम किशी से कम नही
दील क्या करे जानेमन
इश्क बिश्क सलाम नमस्ते
कभी अल बिदा ना कहेना
हम तुम फ़िर मिलेंगे

 
Posted on 08-14-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a presentation from nakkali keti....
waiting for the next episode...
 
Posted on 08-14-08 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


shirish
भावनाको कुनै लिङ्ग हुँदैन। तपाईं भावना र त्यसलाई कोर्ने मान्छे बिचको सम्बन्ध खोज्न लाग्नु भयो भने सँधै अलमलिनु हुनेछ।
जहाँसम्म मेरो experience को कुरा छ,  म America को एक  ठुलो शहरको कुनै अल्गो building मा बसेरे planning को कुरा गर्छु, अनी design र construction को कुरा गर्छु। के गर्नु म पनि आफ्ना निजी स्वार्थहरु पुरा गर्नको लागि भौंतारीएको मान्छे हुँ।

sarkozy
साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। साथ दिनेहरु कमै हुन्छन यो संसारमा।

do_not_remember_me
मान्छे त म अली अली नक्कलीनै छु तर मन चैँ सक्कली छ। मलाई शब्दहरु रातका जुनकिरी झै लाग्छन। हरेक सँग आफ्नै छुट्टै उज्यालो हुन्छ।

daum
Hats off to your name and your encouragement too.

ziyo
तपाईंले २ पटक यो रसियन उपन्यासको अनुवाद हो भनेर लख्नु भएको रहिछ। दोस्रो पटक अली ठुलो  font मा लेखेको अली कराएर भन्न खोज्नु भएको जस्तो लाग्यो। मैले यस्को शीर्षक "चमेलीको डायरी" राख्न खोजेको थीए तर त्यो अलिक हलुको भएको जस्तो लागेर "बेश्याको डायरी" राखें। मलाई पनि यो शिर्षक कतै सुने सुने जस्तो लाग्यो तर पत्तो लगाउन सकिन। जानकारीको लागि धन्यवाद। तर विश्वास गर्नुस् यो अर्काको सिपिभित्रका मोतीका दानाहरु सबै मेरै हुन।

Entrepreneur
मेरा जुनकिरीहरुले तपाईंलाई उज्यालो दिएछन म धन्य भए। तर यो कथामा वास्तविकता पस्किने बिचार  गरेकी छु मैले। वास्तविकताहरु सधैं सुखद नहुन सक्छन।

surajkharel, rahul99, सान्नानी, bender
तपाईंहरुको प्रोत्साहनको लागि धेरै धेरै धन्यवाद। प्रतिक्षा सकेसम्म छोट्याउने प्रयास गर्नेछु।

abnish
साँच्चै यो कथा लेख्न थाले देखी मपनी यि पात्रहरु चलचित्रमा झै आफ्नै आँखा अगाडि बोलेको देख्छु।

rajug
"I have no words to admire and appreciate.." यो भन्दा बढी admiration र appreciation कसरी पाउँला र मैले?
म नक्कली हुँ, निर्लज्ज होइन। अर्काको सन्तानलाई म कसरी आफ्नो भन्दै हिंड्न सक्छु र? मलाई थाहा छ सन्तान जन्माउन कती गार्हो छ भनेर। गल्ती यतिमात्र हो आफ्नो सन्तानको  नाम मैले विश्वचर्चीत मान्छेको सन्तानसँग मिल्ने रखेँछु।

samaebajii, Nepali Thita, gyanguru
मेरा भावनाहरुको कदर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

shaanti
तपाईंका शब्दहरु सार्है जटिल लागे मलाई, अर्थ नै बुझ्न सकिन।
 





 
Posted on 08-15-08 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A best short story I have ever read, Keep it on dear. We want somr more..
 
Posted on 08-15-08 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

wow.. loved it.

you have expressed a serious stuff in a very clear and simple way.. rather artistically.. write more diary.. (though i dont want chameli living such a life anylonger).


 
Posted on 08-15-08 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good piece of art. Really like the presentation. Keep on writing. I know its very hard to manage time but try to write lil longer episode next time.

 

Gud Luk

AMIT


 
Posted on 08-15-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW! Good job Nakkali. Eagerly waiting for the rest.
 
Posted on 08-15-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्दैछु म पनि।
 
Posted on 08-15-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती देखी पढ्न मन लागेको थियो शिर्सक हेरेर ,बल्ल पढि भ्याएँ।
चमेली को गुम्सिएका भावनाहरु हरु राम्ररी पोखनु भाको छ डायरी मा।
 
Posted on 08-15-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nakkali,

Your writing touched everyone's heart. It's very deep and very meaningful . I guess we are so lost in our own struggles that we forget how fortunate/Lucky we are in life. You story shows the emotions ...feelings and pain in one's mind which people cannot just imagine and feel. It has pushed my innerself towards those who may have gone through the situations as you had explained.

I  pray to god from my heart that please take care of those in need. Give me the strength and what it takes to help those like Chameli and others that are sold in India....and also in Nepal who were forced due to the maoist in villages (running for their lives) to come to the capital and get into this profession for survival.

I think about the lives they are going through. I wish I could do something about it. I wish we all could do something about it. At least your story made some of us think/understand about the pain they are going through..their dreams scattered like glasses....

 

-Hari

 


 
Posted on 08-15-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम गहकिलो शब्दरुमा बुन्नु भएको रहेछ बिचरी परिस्थिती र बाध्यताका सिकारहरुको मनोभाव। लेख्दै गर्नुस है। 
 
Posted on 08-16-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

साझाको वेबपेज खोल्दा धेरै चोटि "बेस्याको डायरी" मेरो आँखामा ठोकिन आईपुग्थ्यो तर कुनै सस्तो यौनकाहानीले भरिएको कथा होला भनेर मत्लबै गरिन। तर पटक पटक यो कथामा साथीहरुको प्रतिकृया आईरहेको चाँही देखी रहन्थे। हिजो चाँही अती भयो एक चोटि हेर्नै पर्‍यो भनेर "नक्कली केटीको" यो कथा पढ्न बसे। तर कस्तो अचम्म! मैले सोचे भन्दा धेरै फरक, धेरै गहिरो र यथार्थबादी कथा पाए। केटीको कथा सललल बगेको छ, कतै केही बिझाउदैन। शब्दचयन र भाबको प्रस्तुती बिचमा बेजोडको मेल छ। एउटा बेस्याको मनोदशा चित्रण गर्न केटी वास्तवमै सफल भएकी छिन "म ड्नरङ्र बिपनाको धरातलमा पछारीएँ। सपना र बिपना बीचको गहीराइ कती धेरै रहेछ भन्ने थाहा पाएँ। त्यती माथिबाट थचारीए म तर उस्ले पत्तै पाएन।  उस्को अनुहार अझै उज्यालो थीयो। म निसब्द भए। कती सजिलै उस्ले उ र म बिचको भिन्नता अभास गरायो।"।


केटीलाई शुभकामना!

 

Last edited: 16-Aug-08 11:31 AM

 
Posted on 08-17-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बेश्याको डायरी

(भाग ३)

प्यारी दिदी

तिमी यहाँबाट गएकी पनि ३ बर्ष भयो। कस्ती भेयौ होला? म पनि ठुली भये अब त। घरधन्दा सबै म नै भ्याउँछु। बा आमालाई बेशीमा खेत किनेदेखी भ्याइ नभ्याइ छ। दिदी अब त हाम्रो घरमा पनि टीनको छानो छ। तिमो परिश्रमले हामीलाई अब दुई छाक चामलको भात खान दु:ख छैन। साँहिली र काँहिलीलाई  पनि बाले स्कूल भर्ना गरिदीएका छन। हामी सार्है खुशी छौं दिदी। तिमी पनि त त्यता सर्हैं रमाएकी छौ जस्तो छ। त्यसैले त फर्किएर एक चोटि पनि आएकी छैनौ। तिमीलाई हाम्रो याद आउँदैन?

तिम्री साथी सिताको पनि बिहे भयो अस्ती। तिमी यहाँ भएकी भए बाले तिम्रो पनि बिहे गरिदिन्थे होला। कस्ती राम्री देखिन्थौ होला तिमी सिन्दूर, पोते लगाउँदा। घरमा मेरो बिहेको कुरो गर्छन् तर मलाई तिम्रो बिहे हेर्ने असाध्यै रहर छ।  हामीले नदेख्ने गरी उतै बिहे नगर है।

अर्जुनले सधैं सोध्छ " तिम्री दिदिले कही खबर गरिन" भनेर। तर सधैं "छैन" भन्नु पर्छ। निराश भये झैं लाग्छ उ। मैले भनेको लाग्ने भए तिम्रो बिहे अर्जुन सँग गरिदिन्थें। तिमीलाई अर्जुन मन पर्छ?

आमाले तिमीलाई सधैं सम्झिन्छीन। घरमा तिम्रो कुरा चल्यो भने बा केही बोलदैनन किन को कुन्नी। तिम्रो खसी पनि बाले पोहोरको दसैंमा खड्कादाइलाई बेचिदीए। मैले दिदी आएर रिसाउँछीन भनेर कत्ती अड्डी गरें तर बा मानेनन। मैले दुइवटा पाठाहरु पालेकी छु। तिमी आएपछी एउटा तिमीलाई दिन्छु भनेर।


घास दाउरा जाँदा, मेला पात जाँदा तिम्रो याद सार्है आउँछ दिदी। यसपाली दसैंमा त आउ है। अब त धादिङ बेशीबाट गाउँसम्म बस पनि चल्न थालेको छ। हिंड्नु पनि पर्दैन। आउ है दिदी।


उही तिमीलाई सधैं सम्झीरहने बहिनी
यसोधा

***************************************************************************************************************

मैले त्यो चिट्ठी पटक पटक पढें। ठुली भएँ भन्छे यसोधी तर मैले  चिट्ठी भरी उस्को अबोधपन भन्दा पर केही पाइन।  उस्लाई संसार कती कुरुप छ भन्ने कुराको सुइँको समेत छैन।  स-साना कुराहरुमा कत्ती खुसी छे उ। तर मैले भने बेशीको खेत, टीनको छानो अनी चामलको भातमा कुन खुशी लुकेको हुन्छ भन्ने पत्तै लगाउन सकिन। मान्छे मरेपछी अन्धो हुँदो रहेछ जस्तो लाग्यो।

तँलाई के थाहा म यहाँ कती रमाएकी छु भनेर। म यती रमाएकी छु  कि म कोहो भन्ने नै बिर्सिसके। अँह मलाई तिमीहरुको याद आउँदैन। आफ्नै याद आउँदैन भने तिमीहरुको   के आवोस?

बहिनी तँलाई के थाहा बाले  यहाँ ल्याएर मेरो बिहे हजारौं मान्छेहरुसँग गरिदीएको कुरा। ती मान्छेहरुसँग सिन्दूर, पोते हुँदैन त्यसैले कागजका नोट थमाएर जान्छन। तँलाई के थाहा मेरो सिन्दूर, पोते किन्ने पैसाले टीनको छानो हालेको, बेशीको खेत किनेको कुरा। के थाहा तँलाई। मेरो बिहे हेर्ने हिम्मत नै गरिस भने पनि  तँलाई भ्याइ नभ्याइ हुनेछ। उस्तै मौका परे म दिनमा ३,४ चोटि सम्म बिहे गर्छु।

आमाले सम्झीरहन्छीन रे मलाई। अहिले सम्झीनु नै थियो भने किन तिमीले मलाई बासँग पठायौ त आमा? म पिडाले छट्पट्टीदा कती चोटि "आमा आमा" भनेर कराएँ। खै त तिमीले एक चोटि पनि सुनिनौ।

बाले मेरो खसी बेचेर के भयो र यसोधी? त्यो खसी बेच्नु भन्दा अगाडि उन्ले मेरो नारित्व बेचिदीए का थिए। बहिनी के तैले २ वटा नारित्व पालेकी छस? म केहीगरी यो दसैंमा आइ हालें भनें के तँ मलाई एउटा नारित्व दिन सक्छेस?

***********************************************************************************************************

क्रमश:

Last edited: 17-Aug-08 10:57 AM

 
Posted on 08-17-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Amazing piece of work, these days I keep on logging on to sajha just to check if

nakkali keti has posted her story. Good job, keep it up.

 
presidentofnepal2035
Posted on 08-17-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aasu aayo mero ta bhag 3 padhda. :(


 
Posted on 08-17-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kya dammi cha yaar..sarhai mann paryo malai ta!
the story is simple...but the theme and use of words are very powerful.
the flow is terrific....episode 3 gajjab cha!
yestai khal ko nepali short stories haru post gardai garnu hai......
 
Posted on 08-17-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well everytime i see this title i was like man why do i wanna hear this story but today i was like lemme see why actually it is but this a very good story keep it up


 
Posted on 08-17-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय कती निस्थुर छ, जस्लाई जती अनुराग गरे पनि सर्पले कचुली फेरे झै बेपता भइ दिन्छ, मात्र प्रप्ती र अप्रप्तीका दोबहरुले उस्को स्मरन दिलाऊछ  
Last edited: 17-Aug-08 01:18 PM

 
Posted on 08-17-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hats off, nakkali_keti, for your fabolous effort. It is indeed a piece of work, in every terms expression, flow, and presentation. Could not resist myself congratulating you.
 
Posted on 08-17-08 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मन मा एउटा कुरा तरिङ्गइन पुग्यो । जब अरु छोरीहरुलाई स्कुल पठाउछन भनी उस्लाई कसरी त्यो नर्क मा पुरायो, हुनत यो मेरो सोचाइ  मात्रै हो तर पनि कताकता मलाई अमिलो लागो तेसैले केही शब्द कोर्न म पनि वाध्य भये । कथा को मर्ममा बझो लगाउने ठाउँ नै छैन, न त प्रस्तुती म नै, अन्तत बेस्या को अरु श्रीजना को पर्खैमा 
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters