Posted by: nakkali keti August 14, 2008
बेश्याको डायरी
Login in to Rate this Post:     0       ?        

shirish
भावनाको कुनै लिङ्ग हुँदैन। तपाईं भावना र त्यसलाई कोर्ने मान्छे बिचको सम्बन्ध खोज्न लाग्नु भयो भने सँधै अलमलिनु हुनेछ।
जहाँसम्म मेरो experience को कुरा छ,  म America को एक  ठुलो शहरको कुनै अल्गो building मा बसेरे planning को कुरा गर्छु, अनी design र construction को कुरा गर्छु। के गर्नु म पनि आफ्ना निजी स्वार्थहरु पुरा गर्नको लागि भौंतारीएको मान्छे हुँ।

sarkozy
साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। साथ दिनेहरु कमै हुन्छन यो संसारमा।

do_not_remember_me
मान्छे त म अली अली नक्कलीनै छु तर मन चैँ सक्कली छ। मलाई शब्दहरु रातका जुनकिरी झै लाग्छन। हरेक सँग आफ्नै छुट्टै उज्यालो हुन्छ।

daum
Hats off to your name and your encouragement too.

ziyo
तपाईंले २ पटक यो रसियन उपन्यासको अनुवाद हो भनेर लख्नु भएको रहिछ। दोस्रो पटक अली ठुलो  font मा लेखेको अली कराएर भन्न खोज्नु भएको जस्तो लाग्यो। मैले यस्को शीर्षक "चमेलीको डायरी" राख्न खोजेको थीए तर त्यो अलिक हलुको भएको जस्तो लागेर "बेश्याको डायरी" राखें। मलाई पनि यो शिर्षक कतै सुने सुने जस्तो लाग्यो तर पत्तो लगाउन सकिन। जानकारीको लागि धन्यवाद। तर विश्वास गर्नुस् यो अर्काको सिपिभित्रका मोतीका दानाहरु सबै मेरै हुन।

Entrepreneur
मेरा जुनकिरीहरुले तपाईंलाई उज्यालो दिएछन म धन्य भए। तर यो कथामा वास्तविकता पस्किने बिचार  गरेकी छु मैले। वास्तविकताहरु सधैं सुखद नहुन सक्छन।

surajkharel, rahul99, सान्नानी, bender
तपाईंहरुको प्रोत्साहनको लागि धेरै धेरै धन्यवाद। प्रतिक्षा सकेसम्म छोट्याउने प्रयास गर्नेछु।

abnish
साँच्चै यो कथा लेख्न थाले देखी मपनी यि पात्रहरु चलचित्रमा झै आफ्नै आँखा अगाडि बोलेको देख्छु।

rajug
"I have no words to admire and appreciate.." यो भन्दा बढी admiration र appreciation कसरी पाउँला र मैले?
म नक्कली हुँ, निर्लज्ज होइन। अर्काको सन्तानलाई म कसरी आफ्नो भन्दै हिंड्न सक्छु र? मलाई थाहा छ सन्तान जन्माउन कती गार्हो छ भनेर। गल्ती यतिमात्र हो आफ्नो सन्तानको  नाम मैले विश्वचर्चीत मान्छेको सन्तानसँग मिल्ने रखेँछु।

samaebajii, Nepali Thita, gyanguru
मेरा भावनाहरुको कदर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

shaanti
तपाईंका शब्दहरु सार्है जटिल लागे मलाई, अर्थ नै बुझ्न सकिन।
 




Read Full Discussion Thread for this article