Posted by: nakkali keti August 12, 2008
बेश्याको डायरी
Login in to Rate this Post:     1       ?         Liked by
बेश्याको डायरी

एक साँझ अनायासै छीरेको थीयो उ मेरो कोठामा। त्यसपछी हरेक साँझ आउन थालेको छ उ मकहाँ।
यो शहरमा शायद उ नयाँ हो। शायद उस्का कोही आफन्त छैनन यहाँ वा हुनसक्छ उ आफन्तहरुबाट भागेर आउछ मकहाँ। ठीक्क मोटाइ, चौडा छाती, हसिलो अनुहार, सयौ बसन्त उ सङ्सङै भित्रीय झै लाग्छ मलाई।
"को होला उ?" यो प्रश्न ले दिनभरी चीमटी रहन्छ। त्यही चीमटाइ खप्न नसकेर मैले उस्लाई एक दिन सोधेको थीए "तपाइको नाम के को?"
 "कमल" छोटो उत्तर दीयो उस्ले।
मैले थप केही सोधीन। हाम्रो सम्बन्धको लागि त्यती जानकारी आबस्यकता भन्दा बढी थीयो। "कमल!!!" धेरै दिनसम्म मेरो कानमा गुन्जीरह्यो त्यो स्वर। तर "कस्तो कमल?", "कहाको कमल?", "कस्को कमल?", "के गर्ने कमल?" यी "क" बाट उठेका शब्दहरुले कहीले चीमटेर, कहिले काउकुती लगाएर, कहिले जिस्क्याएर हैरान खेलाउछन मलाई।

***********************************************************************************

हुन त श्रीगारीएर बस्नु मेरो पेसानै हो। तर आजकाल म आँफैलाई राम्राी देख्न थालेकी छु। चमेली मेरो नाम मात्र नभएर बातावरणनै मगमग बनाउने चमेली फुल हुँ जस्तो लाग्छ। कमल मेरो सुगन्धले  मोहीत भएर लठीदै आएको भमरा हो। म आँफैसँग प्रण गर्छु म कहिलेपनी ओइलाउने छैन। म मेरो सुगन्धले कमललाई सधैं लठ्याइरहने छु। ९ बजी सके छ तर उ आइपुगेन। सधैं त ८:३० मा आइपुग्थ्यो। मलाई यो ३० मिनेट पनि ३० बर्ष झै लाग्यो। १० बज्यो, ११ बज्यो,  म उस्को प्रतीछ्यामा झ्यालबाट हेरेर बसिरहे तर उ आएन। म आत्तिए "कहा गयो होला?" "के भयो होला?" "कतै गाडीले पो ..............?" "होइन होइन काम पर्‍यो होला केही।" दोस्रो चोटि म छ्ट्पटीए, म निसासीए। मेरो आफ्नै बाउले मलाई यहाँ छोडेर गएको दिन म यसरी नै निसासीएको थीए। अनी म छक्क परे कहाँबाट आए यती धेरै पीडाहरु, यती धेरै भावनाहरु  मसँग? यी भावनाहरु त फक्रीन नपाउदै ती काला, गोरा, पुड्का, आग्ला, मोटा, दुब्ला, बुढा, भर्खरका अनेकथरी मान्छेहरुका हवसले मारीसकेका थीए। म मान्छे हुनुको वास्तबीकता बिर्साएर "बेस्या" भन्ने शब्द बनाइदिसकेका थीए।
 "जीबीत रहेछु" म मक्ख परे। अनी आफुलाई जीबीत पाएको खुसीमा एकछीन रोए।

*****************************************************************************************

आज उ आयो। उ आउँदै गरेको मैले परैबाट देखे। म खुसीले उफ्रीए। हिजो उजाडीएको मेरो बगैचामा आज लाखौं कमल र चमेलीहरु फुले। "हिजो किन न आउनु भएको?" मैले उसँग टाँसीदै सोधे। उस्ले सहज उत्तर दीयो "बिहे गर्ने केटी हेर्न गएको थीए.................... किन अरु कोही ग्राहक पाइनौ?"
म ड्नरङ्र बिपनाको धरातलमा पछारीएँ। सपना र बिपना बीचको गहीराइ कती धेरै रहेछ भन्ने थाहा पाएँ। त्यती माथिबाट थचारीए म तर उस्ले पत्तै पाएन।  उस्को अनुहार अझै उज्यालो थीयो। म निसब्द भए। कती सजिलै उस्ले उ र म बिचको भिन्नता अभास गरायो।
"बिहे हुने भयो त?" थाहा छैन मैले यो प्रश्न किन सोधे। केवल ती शब्दहरु हावामा उढेको देख्एँ मुखबाट निस्कीएको थाहानै पाइन। "अँ हुने भयो। म भोली देखी आउँदिन। मलाई नकुर्नु।" उस्ले इमानन्दार उत्तर दियो। यो भन्दा कती इमानन्दार हुन सक्छ र उ एउटी बेस्यासँग?"

क्रमश:
Last edited: 12-Aug-08 09:13 PM
Read Full Discussion Thread for this article