[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 airport मा loot कम्पनि

[Please view other pages to see the rest of the postings. Total posts: 48]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 28476 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-17-12 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://ekantipur.com/2012/12/18/top-story/official-cop-rob-woman-at-tia/364272.html

Official, cop rob woman at TIA

KATHMANDU, DEC 18 - In a classic case of guardians of the law turning lawbreakers, an official at the Tribhuvan International Airport and a police constable robbed a woman returning from Saudi Arabia four weeks ago.

Sita Rai (name changed) on Sunday filed a complaint at the Ministry of Home Affairs (MoHA) against the duo and said the she was sexually abused and robbed of 9,500 riyal (around Rs 218,000).

The woman from Bhojpur has named constable Parshu Ram Basnet and senior non-gazetted officer at the Department of Immigrations at the TIA , Somnath Khanal, in her complaint.

While police on Sunday arrested Basnet and is at the Metropolitan Police Range, Hanumandhoka, presently, Khanal is at large.

Spokesperson at the police range DSP Dhiraj Pratap Singh said Basnet told the police that Khanal fled with the money.

Rai, who had gone to Saudi Arabia via India, landed at the TIA on the night of November 21. She was carrying a fake passport in the name of Bimala KC, Rai admitted in her complaint.

The official and the policeman at the TIA seized her belongings and travel documents on the pretext of a 'regular check,' Rai said.

According to her, Basnet then took her to the New Bus Park to drop her. She was, however, forced to spend a night with him at a local guest house, she said.

"He paid all the bills at the guest house and bought a bus ticket to Bhojpur for me and left," Rai says in her complaint. She realised only later that the official s actually stole her money. "He paid for everything to make sure that I didn't reach for my purse," she says.

MoHA Secretary Navin Kumar Ghimire has formed a panel led by joint secretary Bhola Siwakoti to look into the case.

"I received the complaint today and talked with the victim. We are not in a position to comment until the probe panel prepares the report," Ghimire said.

Posted on: 2012-12-18 04:00  
 
Posted on 12-17-12 7:36 PM     [Snapshot: 160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hare ram k bhako hola aba
 
Posted on 12-18-12 7:29 AM     [Snapshot: 469]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://www.onlinekhabar.com/2012/12/18/22046.html
 

साउदीबाट फर्कीएकी युवतीमाथि अध्यागमन कर्मचारीद्वारा यौन शोषण र लुटपाट

३ पुस, काठमाण्डौ । कानुन कार्यन्वयन गराउन त्रिभुवन बिमानस्थलको अध्यागमनमा खटिएका नेपाल सरकारका कर्मचारीले साउदी अबरबाट फर्किएकी एक महिला कामदारमाथि यौन शोषण गर्नुका साथै दुई बर्षसम्म दुःखजिलो गरेर कमाएको रकम पनि लुटेका छन् ।

साउदी अरबमा घरेलु कामदार भएर फर्कदै गरेकी भोजपुरकी एक युवतीलाई अध्यागमनका तैनाथ प्रहरी पर्सुराम बस्नेत र अध्यागमनका कर्मचारी सोमनाथ खनालले ९ हजार ५ सय रियाल अर्थात करिव २ लाख १८ हजार रुपैयाँ लुटेका हुन् ।

पिडीत महिलाले यतिखेर आफुमाथि यौन शोषण भएको र रकम लुटिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र गृह मन्त्रालयमा किटानी जाहेरी दिएकी छिन् । जाहेरीका आधारमा महानगरीय प्रहरी परिसरले आइतवार बस्नेतलाई पक्राउ गरेको प्रवक्ता धिरजप्रताप चन्दले जानकारी दिनुभयो । अध्यागमन कर्मचारी खनाल भने फरार रहेका छन् ।

कसरी लुटे ?

पिडीत महिलाले दिएको निबेदनअनुसार मंसिर ६ गते राती उनी त्रिभुवन बिमानस्थमा उत्रिएकी थिइन् । आफुसँग नक्कली पासपोर्ट रहेको स्वीकार्दै उनले सुरुमा त्रिभुवन बिमानस्थलका कर्मचारीले पासपोर्ट र ट्राभल डकुमेन्ट र पैसा नियन्त्रणमा लिएको बताइन् । पिडीत महिलाका अनुसार त्यसपछि बस्नेतले उनलाई नयाँ बसपार्क छाडिदिने भन्दै लिएर गए । त्यहाँ बस्नेतले उनलाई गेष्टहाउसमा एक रात सँगै बस्न बाध्य पारेको र राती यौन शोषण गरेको महिलाको जाहेरीमा उल्लेख छ ।

‘उसले गेष्ट हाउसको सवै बील तिर्‍यो र मलाई भोजपुर जाने टिकट पनि लिइदियो’ महिलाले उजुरीमा भनेकी छिन-उ गएपछि मात्र मेरो पैसा चोरी भएको जानकारी पाएँ ।’

‘पर्स नखोजोस र पैसा चोरिएको थाहा नपाओस भनेर उसले सवै पैसा आफै तिरेको रहेछ’ महिलाले भनेकी छिन- बसपार्कतिर जाने बेलामा मात्र मैले पैसा हराएको थाहा पाएँ, त्यो पैसा बस्नेतले नै चोरेको हो ।’

जाहेरीका आधारमा गृह सचिव नविनकुमार घिमिरेले सहसचिव भोला सिवाकोटीको नेतृत्वमा एक छानविन समिति गठन गर्नुभएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अध्यागमन कर्मचारीहरुको ज्यादती यो पहिलो भने हैन् । अमेरिका जाँदै गरेकी महिलासँग पैसा मागेको अभियोगमा एक बर्षअघि त्यहाँ कार्यरत कार्यालय सहायक समातिएका थिए भने सेटिङ मिलाएर अबैध कामदार र शरणार्थीसमेतलाई बिदेश उडाउने धन्दामा पनि उनीहरुको संलग्नता रहने गरेको पटक पटक भेटिएको छ । सोझा कामदारलाई अनाबश्यक दुःख दिंदै फर्काउने र पैसा दिन सक्नेहरुसँग मिलेमतो गरेर अबैधलाई उडाउने गरेको आरोप उनीहरुमाथि लाग्दै आएको छ ।


 
Posted on 12-19-12 4:41 PM     [Snapshot: 854]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अस्मिता लुटेर उनीले दुख गरेर बिदेशमा कमाएर ल्याएको पैसा सबैले बांडी चुँदी खाएका रहेछन, मन्त्रीले समेत पाए भनेर चाही लेखेका छैनन् 

 
Posted on 12-19-12 4:51 PM     [Snapshot: 861]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuikka goru haruko buddhi ?? euta ta paisa lutnu chha, arko chai youn durbyabahaar ni garne re, ajha sala harulai duniya ma condom ko aabiskar bhako cha bhanne pani thaha chaina, bichari lai garvabati pani banayechhan. 


 
Posted on 12-20-12 3:17 AM     [Snapshot: 1058]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hamrai des maa testo huncha India ko news padhera chyaa k bhannu. Yesta laai ta phasi huna parcha
 
Posted on 12-20-12 8:17 PM     [Snapshot: 1253]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 http://www.onlinekhabar.com/?p=22690
 

दिल्लीपछि काठमाडौं तानिँदैछ बलात्कार काण्डमा

युवती गर्भवती, बलत्कारीलाई मार्न पाइने कानून

५ पुस, काठमाण्डौं । आइतबार दिल्लीमा एक महिलामाथि सार्वजनिक बसभित्र सामुहिक बलात्कार भयो । यता काठमाडौंमा पनि वैदेशिक रोजगारीबाट र्फकेकी एक नेपाली महिलामाथि अध्यामगमनभित्रै रहेका प्रहरी र कर्मचारीले पैसा र शरीर दुबै लुटेको घटना बाहिर आयो । भारतीय महिलामाथि भएको अन्यायको विरोधमा सिंगै दिल्ली जुर्मुराएको छ भने यता काठमाडौं चाँहि मानौं केही भएकै छैन कि जस्तो गरी जाडो मानिरहेको छ । तर, पीडित युवती मंगलबारदेखि न्यायका लागि जुर्मुराएपछि अब काठमाडौं पनि विस्तारै तात्न थालेको छ ।

सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरिने सरकारी अधिकारीहरुले डिंग हाँकिरहेकै बेला बर्दीवाल प्रहरीबाटै राजधानीमा नेपाली युवतीले आफू लुटिएको उजुरी प्रहरीमा दर्ता गराएकी हुन् ।

यस्तो भयो काठमाडौंमा

समाचारहरुमा जनाइएअनुसार साउदीमा घरेलु कामदारका रुपमा कार्यरत् भोजपुर घर भएकी एक महिला गत मंसिर ६ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ३ वर्षको विदेश बसाइपछि उत्रिएकी थिइन् । म्यानपावर दलालहरुले उनलाई विमला केसीका नाममा पासपोर्ट बनाएर विदेश पठाएका थिए । यसैलाई आधार बनाएर एक प्रहरी जवान र अध्यागमन कर्मचारीले उनका साथमा रहेको २ लाख नगद र जिन्सीसमेत लुट्नुका साथै गंगबूस्थित एक गेष्ट हाउसमा पुर्‍याएर बलात्कार गरी गाडी चढाएर जिल्लातिर पठाए । अहिले ती युवतीले एउटा सामाजिक संस्थाको माध्यमबाट न्याय मागिरहेकी छन् । बिहीबारको नयाँ पत्रिका दैनिकमा पत्रकार प्रमिला देवकोटाले बलात्कारबाट पीडित महिला गर्भवती रहेको समाचार लेखेकी छन् ।

युवतीलाई प्रहरी जवान पर्शुराम बस्नेत र अध्यागमनका नायब सुब्बा सोमनाथ खनालले लुटपाट र बलात्कार गरेको भन्दै दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवतीबाट लिएको रकम अध्यामगमनका शाखा अधिकृत टीका पोखरेल र रामप्रसाद कोइरालासम्म भागवण्डा भएको खबर आएपछि सरकारले अध्यमगमनका ३ कर्मचारीलाई निलम्बन गरेको छ । घटनाबारे गृहसचिव नवीन घिमिरे र सहसचिव भोलाप्रसाद शिवाकोटीले छानविन गरिरहेको बताइए पनि गृहमन्त्रालयले यसबारे औपचारिक रुपमा केही बोलेको छैन । पीडितले मंगलबार प्रंहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको हो । सर्वस्व लुटेर जिल्ला पठाएकी युवती पैसा माग्न काठमाडौं आएका बेला पीडितका आफन्तको सहयोगमा पहिलो पर्शुराम बस्नेत र पछि सोमनाथ समातिएका हुन् ।

दिल्लीमा के भयो ?

आइतबार दिल्लीमा एक २३ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भयो । अस्पतालमा रहेकी उनको अवस्था अहिलेसम्म गम्भीर छ । डाक्टरको भनाइ उधृत गर्दै भारतीय मिडियाले जनाएअनुसार बलात्कारीहरुले युवतीको शरीरभित्र फलामको रड घुसारेर बाहिर तान्दा उनको शरीर क्षत विक्षत भएको छ । डाक्टरले उनलाई बचाउने प्रयास गरिरहेका छन् । पीडितले कागजमा ‘आमा म जीवित रहन चाहन्छु’ लेखेको भेटिएको छ ।

आइतबार साँझ दिल्लीको सार्वजनिक बसमा यस्तो घटना भएको थियो । बलात्कारपछि उनलाई अचेत बनाई फालिएको अवस्थामा भेटेर उद्धार गरिएको हो ।

घटनापछि दिल्लीका महिलाहरु विरोधमा जुर्मुराएका छन् । दिल्लीकी मुख्यमन्त्री शीला दीक्षितको निवास अगाडि प्रदर्शन भएको छ । भारतीय संसद्मा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने अवाज उठेको छ । सुपि्रम कोर्टले समेत घटनाबारे बोलेको छ । नायक अभिताभ बच्चनले यस्तो विभत्सता पशुमा पनि सोच्न नसकिने बताएका छन् भने नायिका करिना कपुरले भारतमा न्यायमा ढिलाइ हुने गरेको प्रतिक्रिया दिएकी छन् । राष्ट्रिय महिला आयोगकी प्रमुख ममता शर्माले बलात्कारीलाई आजीवन कारावासको सजायँ दिन र नपुंशक बनाउन माग गरेकी छन् । गृहमन्त्री सुसीलकुमार सिंदेले महिला सुरक्षाका लागि विशेष योजना ल्याउने बताएका छन् । यसका लागि गृहसचिव स्तरको कार्यदल बनाइने भएको छ । महिलाको सुरक्षाका लागि गाडीमा सीसीटीभी जडान गर्नुपर्ने समाज कल्याण मन्त्री किरण बालियाको सुझाव छ ।

नेपालमा मौनता

यता, नेपालमा आफ्नै मातहतका प्रहरीबाट युवती लुटिँदा र बलात्कृत हुँदा हाम्रा गृहमन्त्री विजय गच्छदारले अहिलेसम्म चुइँक्क बोलेका छैनन् । उनलाई बोल्नका लागि बाध्य पार्ने कुनै नागरिक दबाव पनि छैन । जनताको पक्षमा आवाज उठाउने संसद् पनि छैन ।

प्रहरीबाट नागरिकको सुरक्षा हुनुपर्नेमा भोजपुरकी युवतीको सर्वस्व लुटिएको यो घटना कम दर्दनाक र संवेदनशील घटना छैन । के यसबारे नेपाल सरकारले गम्भीरतावपूर्वक छानविन गर्नुपर्दैन ?

बलत्कारीलाई मार्न पाइने कानून

नेपालको मुलुकी ऐन जबर्जस्ती करणी महलको महल नं ८ ले कुनै पनि पीडित महिलाले आफू बलात्कृत भएको १ घण्टाभित्र पीडिकलाई मारेको खण्डमा ती महिलालाई कानुन नलाग्ने छुट दिएको छ । नेपालमा मृत्युदण्डको कानून नभए पनि महिलाले पाएको यो विशेष प्रतिरक्षाको अधिकार हो । महिलाहरु यो अधिकारबारे सचेत हुने हो भने बलात्कृत हुनासाथ अपराधीलाई मारिदिन सक्छन् । तर, यो महलबाहेक नेपालमा बलात्कारीमाथि हुने कानून पर्याप्त र कडा नभएको गुनासो महिला अधिकारकर्मीहरुले गर्दै आएका छन्

मुलुकी ऐन, जबरजस्ती करणी ८ नं महलमा यस्तो लेखिएको छ-

‘आफूलाई जबर्जस्ती करणी गर्ने मनसाय लिई उद्योग गरी हातपात, छेकथुन, बाँधछाँद इत्यादि जोरजुलुम गर्न लाग्यो र त्यसबखत कराई गुहार मागी वा अरु केही उद्योग गरी जुल्मीको पञ्जाबाट उम्की भागी आफ्नो धर्म बचाउन नसक्ने अवस्था परी त्यस्ता जुल्मीलाई आफ्ना अक्कल बर्कतले सकेसम्मका कुरा केही नगरे आफ्नो धर्म नष्ट हुनेसम्मको ठूलो डर त्रास परी करणी लिन नपाउँदै वा उसैबखत आफ्नो जोडबल पुग्न नसक्नेमाकरणी लीसकेपछि पनि सोही कुराको रीस थाम्न नसकी उसैबखत करणी लिएकै थालामा वा त्यहीँदेखि लपेट्दै गई एक घण्टाभित्र हतियार, लाठो, ढुंगा इत्यादि चलाई ज्यान मर्न गएको ठहरे बात लाग्दैन । एक घण्टा उप्रान्त मारेमा ५ हजार रुपैयाँसम्म जरिवाना वा १० वर्षसम्म कैद हुन्छ ।’


 
Posted on 12-21-12 7:32 AM     [Snapshot: 1359]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Very sad to read this news; no justice in Nepal.

http://www.onlinekhabar.com/?p=22869

एयरपोर्टमा लुटिने युवतीले पैसा पाइनन्

आफन्तको वयान गृहद्वारा अस्वीकार, आशंका जन्मियोः पीडित

६ पुस काठमाडौं । साउदी अरबबाट नेपाल र्फकने क्रममा प्रहरी र अध्यागमन कर्मचारीबाटै लुटिएकी युवतीले अझैसम्म आफूबाट लुटिएको लाखौं रकम फिर्ता पाएकी छैनन् । रकम लुट्ने भनिएका प्रहरी र कर्मचारी यतिबेला प्रहरीकै नियन्त्रणमा छन् । लुटिएको रकम भागवण्डा गरेका भनिएका अध्यागमनका ठूला कर्मचारीलाई भने अहिलेसम्म कारवाही भएको छैन ।

हनुमानढोकाका एसपीले वयानका लागि पत्रसहित गृहमन्त्रालय पठाएका पीडितका आफन्तलाई गृहमन्त्रालयका सहसचिव भोलाप्रसाद शिवाकोटीले पीएमार्फत् हप्कीदप्की गरेर वयानै नलिई फिर्ता पठाएको गुनासो पीडित पक्षले गरेको छ ।

मंसिरको पहिलो साता एयरपोर्टबाटै लुटिएकी ती युवती यतिबेला आफ्नो लुटिएको धन फिर्ता गराउन काठमाडौंमा दौडधूप गरिरहेकी छन् । तर, नेपालमा न्याय ढीलो पाइन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रहरीले अहिलेसम्म उनलाई कर्मचारीबाट लुटिएको धन फिर्ता दिएको छैन । प्रहरी पर्शुराम बस्नेतको बलात्कारमा परेको बताउने युवतीको पेटमा तीन हप्ताको गर्भ रहेको डाक्टरी रिपोर्ट आएपछि त्यसलाई फाल्ने कि राख्ने भन्नेमा पनि उनी अलमलमा परेकी छन् ।

‘मैले अहिलेसम्म पैसा र सामान केही पनि फिर्ता पाएकी छैन ।’- पीडित युवतीले शुक्रबार अनलाइनखबरसित भनिन् । मसँग भएको ९ हजार ३ सय साउदी रियल लुटेकोमा अहिलेसम्म मैले फिर्ता पाएकी छैन । अध्यागमनका नायब सुब्बा सोमनाथ खनालले ३९ सय मात्रै लगेको हो भन्दै फिर्ता दिन खोजेका थिए, मैले मेरो सबै रकम चाहिन्छ भनेकी छु ।’ पीडितको थप गुनासो गर्दै भनिन्- ‘प्रहरी पर्शुराम बस्नेतले मैलेमात्रै खाएको होइन, माथिका हाकिमलाई पनि दिएको छ भनेर भोजपुरमै फोन गरेर आधा रकममात्रै भए पनि लिन आइज भनेर मलाई बोलाएका हुन् । तर, उनीहरु दाजुको सहायताले पक्राउ परेपछि प्रहरीले अहिलेसम्म मलाई पैसा फिर्ता गराएको छैन ।’

तीन वर्षपछि नेपाल आएकी युवतीको पासपोर्टमा नाम फरक परेपछि प्रहरी पर्शुराम बस्नेतले साथमा रहेको ९ हजार ३ सय रियलका साथै सामानसमेत आफैंले राखेर गंगबुस्थित एक होटलमा लगी जबर्जस्ती करणी गरेको आरोप लगाउँदै युवतीले हनुमानढोकामा उजुरी दिएकी छन् । यो घटनामा अध्यागमनका कर्मचारी सोमनाथ खनाल र प्रहरी पर्शुराम बस्नेत पक्राउ परिसकेका छन् भने अध्यागमनका अधिकारी टीका पोख्रेल र रामप्रसाद कोइराला पनि छानविनको दायरामा तानिएका छन् ।


 
Posted on 12-21-12 5:08 PM     [Snapshot: 1447]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-21-12 5:26 PM     [Snapshot: 1453]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनीहरु र यिनीहरु बचाउनेहरुलाई भ्रस्ट नेपालको कानुनले केहि गर्न नसके पनि चाडै भगवानको माथिको कानूनले सजाय दियोस भनेर प्रभुसंग कामना गर्दछु | नेपाल अब बस्न लायक मुलुक रहेन यो गृह सचिब सम्मनै बदमाश रहेछ, शायद त्यसले पनि यिनिको रगत चुस्न पाएको हुनु पर्छ 

nepalitvshow.com/2012/12/woman-robbed-tribhuvan-airport/

 
Posted on 12-21-12 6:16 PM     [Snapshot: 1487]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 फक नेपाल, महंगी ऊति छ, न्याय र कानून को पालना छैन, धनि र पोवोर वाला ले जे गरे नि हुने. तेसैले फक नेपाल. 
 
Posted on 12-21-12 8:06 PM     [Snapshot: 1537]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 This is very sad. This is probably one of the few incidents that got out into the media. God knows how many of these innocent people are scammed everyday by these greedy monsters. The fact that not many Sajhaites are willing to talk about it shows the fact that we as a society have taken these things for granted now. We collude with these crimes because of our silence. But then again what can we do. I think there is Systematic Corruption from top to bottom. But I so want to see this police officer and those two officers involved jailed for life. 










 
Posted on 12-21-12 8:33 PM     [Snapshot: 1563]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Apparently it took 15 months to get justice for Kopila Valley Kids without paying bribes.

That too after several national and international pressure.

We should keep pressuring this issue as well so that the victim gets justice.    Link is below


blinknow.org/journal/2012/9/4/32-laptops.html

 
Posted on 12-21-12 8:51 PM     [Snapshot: 1572]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

You work day and night as a slave in a foreign land, and earn some money. Once you land in your motherland, the team of vultures are waiting to loot your money and rape you. I think they target the vulnerable ones like this Janjati women. Media has exposed so much, and so called panel was just a formality. Like any other cases, this is also going to disappear while the criminals roam free in search of more victims. This network of crime is larger than what we can think; this looted money may have been channeled to lots of places such as Secretary Nabin Prakash Ghimire, Joint secretary Bhola Siwakoti, and Immigration department general Suresh Adhikari. We live in a very sick society, and we wonder why we suffer. After reading a story of corrupt official Chakra Bandhu Aryal on mysansar, I have more faith on god. The Wheel of Karma does indeed exist.
 
Posted on 12-21-12 8:53 PM     [Snapshot: 1577]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

It might be time to form a network of violent vigilantes to get even with these corrupt bloodsuckers. The said underground force could be financed by honest but resourceful people like you and me.

 
Posted on 12-21-12 9:17 PM     [Snapshot: 1595]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Last edited: 21-Dec-12 09:22 PM

 
Posted on 12-21-12 10:15 PM     [Snapshot: 1633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://nayapatrika.com/index.php?option=com_content&view=article&id=7992:2012-12-22-03-47-50&catid=56:cover-story&Itemid=75
नवराज मैनाली/नयाँ पत्रिका
काठमाडौं, ६ पुस 
साउदीबाट फर्किएकी युवती लुटिएको र बलात्कारको घटनामा अध्यागमन विभागका महानिर्देशक र निर्देशकसमेत छानबिनको घेरामा परेका छन् । अनुसन्धानका क्रममा विभागका महानिर्देशक सुरेश अधिकारी र लेखनाथ पोखरेलको संलग्नता देखिएको हो । 
युवतीलाई धम्क्याएर पैसा लिई छुटाउने काममा माथिल्ला अधिकारीको संलग्नता देखिएको छ । स्रोतका अनुसार 'सेटिङ'पछि महानिर्देशक अधिकारीले युवतीलाई पक्राउ परेको तेस्रो दिन नै मुद्दा नचलाई धरौटीमा रिहा गर्न आदेश दिएको अनुसन्धानमा खुलेको छ । 
वैदेशिक रोजगारका लागि अर्काको पासपोर्टमा साउदी पुगेकी ती युवतीलाई र्फकने क्रममा अध्यागमनले पक्राउ गरेको थियो । अध्यागमनका प्रहरी र कर्मचारीद्वारा सम्पत्ति लुट्नुका साथै उनीमाथि बलात्कार 
भएको थियो । ६ मंसिरमा फर्किएकोमा दुई दिन थुनामा राखी धम्क्याएर पैसा असुली विभागका प्रहरी तथा कर्मचारीले उनलाई छुटाएका थिए । 
घटनामा संलग्न अध्यागमन विभागमा कार्यरत प्रहरी जवान र नायब सुब्बा पक्राउ परिसकेका छन् । सबै सम्पत्ति लुटेपछि प्रहरी जवान परशुराम बस्नेतले धम्की दिई गेस्टहाउसमा लगेर बलात्कारसमेत गरेका थिए । विभागका नायब सुब्बा सोमनाथ खनाललाई भने प्रहरीले ठगीमा मुद्दा चलाएको छ । सोही घटनामा अध्यागमन विभागको मुद्दा शाखामा कार्यरत अधिकृतद्वय रामप्रसाद कोइराला र टीकाराम पोखरेल निलम्बनमा परिसकेका छन् । उनीहरूलाई ठगी मुद्दामा प्रहरीले पक्राउसमेत पुर्जी काटिसकेको छ । 
स्रोतका अनुसार पक्राउ परेकी युवती 'घुस' दिएर छुट्न तयार भएपछि सो कुरा महानिर्देशक समक्ष प्रस्ताव राखिएको थियो । 'महानिर्देशकबाट सहमति आएपछि सबै कुरा मिलाई उनलाई छुटाएको देखिन्छ,' अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । अर्काको पासपोर्टमा आफ्नो फोटो परिवर्तन गरेर विदेश गएकाले युवतीलाई राहदानी ऐनअनुसार फौजदारी मुद्दा चल्ने प्रावधान छ । 
पक्राउ परेकी युवतीलाई जीवनभर जेलमा सड्नुपर्ला भनेर धम्क्याउँदै जवान बस्नेतले बार्गेनिङ गरेका थिए । जेलमा बस्नुभन्दा तीन हजार नौ सय रियाल तिरेर निस्कन उनी सहमत भएकी थिइन् । सो कुरा जवान बस्नेतले विभागको मुद्दा शाखाका नासु खनाललाई राखेका थिए । पोखरेलले अधिकृत टीकाराम पोखरेललाई सो प्रस्ताव सुनाएका थिए । पोखरेलले माथिल्ला अधिकारीसँग अनुमति लिएपछि युवती छुट्ने निश्चित गरिएको थियो । 
युवतीसँग प्रत्यक्ष रूपमा रकम भने बस्नेतले लिएका थिए । बस्नेतले बौद्धको एक मनी एक्सचेन्जमा युवतीसँग लिएको तीन हजार नौ सय रियाल साँटेको प्रहरीले जनाएको छ । त्यसरी ८६ हजार नेपाली रुपैयाँमा ७० हजार मात्र आएको भन्दै उनले अधिकृतद्वय पोखरेल र कोइरालालाई हिसाब देखाएका थिए । त्यसमध्ये आठ हजार उनी आफैँले मागेर राखे भने २० हजार रुपैयाँ युवतीको धरौटीको नाममा राखिएको थियो । बाँकी ४२ हजार रुपैयाँ अधिकृतद्वय पोखरल र कोइरालालगायतका कर्मचारीले बाँडेको जवान बस्नेतकै बयानमा उल्लेख छ । 
घुस लिएर युवतीलाई छुटाएपछि जवान बस्नेतले भोजपुर पठाइदिने भन्दै पुरानो बर्सपार्क लिएर गएका थिए । तर, पूर्व जाने बस छुटिसकेको भन्दै उनले गेस्टहाउसमा राखेका थिए । त्यहाँ मदिरा पिई उनले युवतीसँग यौन प्रस्ताव राखेकोमा नमानेपछि पुनः मुद्दा चलाउने भन्दै धम्की दिएर बलात्कार गरेका थिए । भोलिपल्ट युवतीसँग रहेका सम्पूर्ण सामानसमेत लुटेर एक हजार रुपैयाँ भाडा दिएर घर पठाएको पीडितको जाहेरीमा उल्लेख छ । 
विदेशबाट फर्किएकी छोरी रित्तो हात घर फर्किएपछि सोधपुछ गर्दा उनले सबै कुरा खोलेकी थिइन् । युवती घटनाको दुई सातापछि मितदाइसँग काठमाडौं आई न्यायको लडाइँमा लागेकी थिइन् । 
ती युवतीले २९ मंसिरमा उनले आफ्नो सम्पत्ति लुटापाट गरी प्रहरीले बलात्कार गरेको भन्दै सिंहदरबार प्रभागमा ठाडो निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा सिंहदरबार प्रभागले १ पुसमा जवान बस्नेतलाई पक्राउ गरेको थियो । बस्नेतको बयानका आधारमा प्रहरीले नासु लेखनाथ खनाललाई पक्राउ गरेको थियो । बस्नेत पक्राउ परेलगत्तै फरार भएका खनालले दुई दिनपछि गृह मन्त्रालयमा आत्मसमर्पण गरेका थिए । मन्त्रालयले उनलाई प्रहरीमा बुझाएको थियो । 
बस्नेत र खनालकै बयानका आधारमा अधिकृतद्वय पोखरेल र कोइरालासमेत तानिएका हुन् । उनीहरूलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेका उनीहरू हाल फरार रहेको बताइएको छ । तर, प्रहरीले पक्राउ गर्ने चासो देखाएको छैन । गृहको सोधपुछमा उनीहरूले आरोप अस्वीकार गरेका छन् । 
स्रोतका अनुसार दुवै अधिकृतले युवतीका मितदाइ मनोज आलेमगरलाई भेटी पैसा फिर्ता गरिदिने भन्दै उजुरी फिर्ता लिन दबाब दिएका थिए, तर नमानेपछि उनीहरू फरार भएका हुन् । 
घटनाको विषयमा गृह मन्त्रालयले पनि सहसचिव भोला सिवाकोटीको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ । छानबिन रिपोर्ट आएपछि संलग्नताका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने गृहप्रवक्ता शंकर कोइरालाले बताए । घटनामा घुसको लेनदेन भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गर्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीको प्रतिआतंकवाद सेलले पनि घटनाको अनुसन्धान गरिरहेको छ । 
पीडित युवतीले सुरुमै आफ्नो चार हजार पाँच सय रियाल प्रहरीले लुटेको दाबी गरेकी छिन् । विदेशबाट फर्किंदा आफूसँग आठ हजार पाँच सय रियाल रहेको र चेकजाँचका नाममा प्रहरीले झोलाबाट रियाल चोरेको उनको आरोप छ । 
अन्य घटना स्विकारे पनि जवान बस्नेतले चार हजार पाँच सय रियाल लुटेको भने अस्वीकार गरेका छन् । बलात्कारको घटना सम्बन्धमा बिहे गर्ने सर्तमा आफूले शारीरिक सम्बन्ध राखेको दाबी उनले गरेका छन् । बलात्कारमा परेकी पीडित युवती गर्भवती भएको मेडिकल रिपोर्ट आइसकेको छ ।

 
Posted on 12-22-12 9:43 PM     [Snapshot: 1774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 who ever were involved, from top to bottom, deserve punishment under the law. 
The woman broke the law using someone else's passport, she deserves punishment under the law too. 
If the guy forced her into having sex, then he should be charged with rape as well. 

I don't mean anyone in this case deserves Death penalty, however Nepal needs to implement dealth penalty. 

 
Posted on 12-22-12 10:54 PM     [Snapshot: 1804]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

guy will be charged forrape
sowill be officers for misconduct
i think she might get 5lakhs instead ofjust 2 lakhs she has lost, if everybody press the TIA, atleast salary of one month of  all guilty officers shouldbe given to her, they tried to snatch her hard earning , why not take their only a month salary, let them and their family feel the pain
 
Posted on 12-23-12 4:34 PM     [Snapshot: 1949]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters