Posted by: metta December 20, 2012
airport मा loot कम्पनि
Login in to Rate this Post:     1       ?         Liked by
 http://www.onlinekhabar.com/?p=22690
 

दिल्लीपछि काठमाडौं तानिँदैछ बलात्कार काण्डमा

युवती गर्भवती, बलत्कारीलाई मार्न पाइने कानून

५ पुस, काठमाण्डौं । आइतबार दिल्लीमा एक महिलामाथि सार्वजनिक बसभित्र सामुहिक बलात्कार भयो । यता काठमाडौंमा पनि वैदेशिक रोजगारीबाट र्फकेकी एक नेपाली महिलामाथि अध्यामगमनभित्रै रहेका प्रहरी र कर्मचारीले पैसा र शरीर दुबै लुटेको घटना बाहिर आयो । भारतीय महिलामाथि भएको अन्यायको विरोधमा सिंगै दिल्ली जुर्मुराएको छ भने यता काठमाडौं चाँहि मानौं केही भएकै छैन कि जस्तो गरी जाडो मानिरहेको छ । तर, पीडित युवती मंगलबारदेखि न्यायका लागि जुर्मुराएपछि अब काठमाडौं पनि विस्तारै तात्न थालेको छ ।

सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरिने सरकारी अधिकारीहरुले डिंग हाँकिरहेकै बेला बर्दीवाल प्रहरीबाटै राजधानीमा नेपाली युवतीले आफू लुटिएको उजुरी प्रहरीमा दर्ता गराएकी हुन् ।

यस्तो भयो काठमाडौंमा

समाचारहरुमा जनाइएअनुसार साउदीमा घरेलु कामदारका रुपमा कार्यरत् भोजपुर घर भएकी एक महिला गत मंसिर ६ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ३ वर्षको विदेश बसाइपछि उत्रिएकी थिइन् । म्यानपावर दलालहरुले उनलाई विमला केसीका नाममा पासपोर्ट बनाएर विदेश पठाएका थिए । यसैलाई आधार बनाएर एक प्रहरी जवान र अध्यागमन कर्मचारीले उनका साथमा रहेको २ लाख नगद र जिन्सीसमेत लुट्नुका साथै गंगबूस्थित एक गेष्ट हाउसमा पुर्‍याएर बलात्कार गरी गाडी चढाएर जिल्लातिर पठाए । अहिले ती युवतीले एउटा सामाजिक संस्थाको माध्यमबाट न्याय मागिरहेकी छन् । बिहीबारको नयाँ पत्रिका दैनिकमा पत्रकार प्रमिला देवकोटाले बलात्कारबाट पीडित महिला गर्भवती रहेको समाचार लेखेकी छन् ।

युवतीलाई प्रहरी जवान पर्शुराम बस्नेत र अध्यागमनका नायब सुब्बा सोमनाथ खनालले लुटपाट र बलात्कार गरेको भन्दै दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवतीबाट लिएको रकम अध्यामगमनका शाखा अधिकृत टीका पोखरेल र रामप्रसाद कोइरालासम्म भागवण्डा भएको खबर आएपछि सरकारले अध्यमगमनका ३ कर्मचारीलाई निलम्बन गरेको छ । घटनाबारे गृहसचिव नवीन घिमिरे र सहसचिव भोलाप्रसाद शिवाकोटीले छानविन गरिरहेको बताइए पनि गृहमन्त्रालयले यसबारे औपचारिक रुपमा केही बोलेको छैन । पीडितले मंगलबार प्रंहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको हो । सर्वस्व लुटेर जिल्ला पठाएकी युवती पैसा माग्न काठमाडौं आएका बेला पीडितका आफन्तको सहयोगमा पहिलो पर्शुराम बस्नेत र पछि सोमनाथ समातिएका हुन् ।

दिल्लीमा के भयो ?

आइतबार दिल्लीमा एक २३ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भयो । अस्पतालमा रहेकी उनको अवस्था अहिलेसम्म गम्भीर छ । डाक्टरको भनाइ उधृत गर्दै भारतीय मिडियाले जनाएअनुसार बलात्कारीहरुले युवतीको शरीरभित्र फलामको रड घुसारेर बाहिर तान्दा उनको शरीर क्षत विक्षत भएको छ । डाक्टरले उनलाई बचाउने प्रयास गरिरहेका छन् । पीडितले कागजमा ‘आमा म जीवित रहन चाहन्छु’ लेखेको भेटिएको छ ।

आइतबार साँझ दिल्लीको सार्वजनिक बसमा यस्तो घटना भएको थियो । बलात्कारपछि उनलाई अचेत बनाई फालिएको अवस्थामा भेटेर उद्धार गरिएको हो ।

घटनापछि दिल्लीका महिलाहरु विरोधमा जुर्मुराएका छन् । दिल्लीकी मुख्यमन्त्री शीला दीक्षितको निवास अगाडि प्रदर्शन भएको छ । भारतीय संसद्मा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने अवाज उठेको छ । सुपि्रम कोर्टले समेत घटनाबारे बोलेको छ । नायक अभिताभ बच्चनले यस्तो विभत्सता पशुमा पनि सोच्न नसकिने बताएका छन् भने नायिका करिना कपुरले भारतमा न्यायमा ढिलाइ हुने गरेको प्रतिक्रिया दिएकी छन् । राष्ट्रिय महिला आयोगकी प्रमुख ममता शर्माले बलात्कारीलाई आजीवन कारावासको सजायँ दिन र नपुंशक बनाउन माग गरेकी छन् । गृहमन्त्री सुसीलकुमार सिंदेले महिला सुरक्षाका लागि विशेष योजना ल्याउने बताएका छन् । यसका लागि गृहसचिव स्तरको कार्यदल बनाइने भएको छ । महिलाको सुरक्षाका लागि गाडीमा सीसीटीभी जडान गर्नुपर्ने समाज कल्याण मन्त्री किरण बालियाको सुझाव छ ।

नेपालमा मौनता

यता, नेपालमा आफ्नै मातहतका प्रहरीबाट युवती लुटिँदा र बलात्कृत हुँदा हाम्रा गृहमन्त्री विजय गच्छदारले अहिलेसम्म चुइँक्क बोलेका छैनन् । उनलाई बोल्नका लागि बाध्य पार्ने कुनै नागरिक दबाव पनि छैन । जनताको पक्षमा आवाज उठाउने संसद् पनि छैन ।

प्रहरीबाट नागरिकको सुरक्षा हुनुपर्नेमा भोजपुरकी युवतीको सर्वस्व लुटिएको यो घटना कम दर्दनाक र संवेदनशील घटना छैन । के यसबारे नेपाल सरकारले गम्भीरतावपूर्वक छानविन गर्नुपर्दैन ?

बलत्कारीलाई मार्न पाइने कानून

नेपालको मुलुकी ऐन जबर्जस्ती करणी महलको महल नं ८ ले कुनै पनि पीडित महिलाले आफू बलात्कृत भएको १ घण्टाभित्र पीडिकलाई मारेको खण्डमा ती महिलालाई कानुन नलाग्ने छुट दिएको छ । नेपालमा मृत्युदण्डको कानून नभए पनि महिलाले पाएको यो विशेष प्रतिरक्षाको अधिकार हो । महिलाहरु यो अधिकारबारे सचेत हुने हो भने बलात्कृत हुनासाथ अपराधीलाई मारिदिन सक्छन् । तर, यो महलबाहेक नेपालमा बलात्कारीमाथि हुने कानून पर्याप्त र कडा नभएको गुनासो महिला अधिकारकर्मीहरुले गर्दै आएका छन्

मुलुकी ऐन, जबरजस्ती करणी ८ नं महलमा यस्तो लेखिएको छ-

‘आफूलाई जबर्जस्ती करणी गर्ने मनसाय लिई उद्योग गरी हातपात, छेकथुन, बाँधछाँद इत्यादि जोरजुलुम गर्न लाग्यो र त्यसबखत कराई गुहार मागी वा अरु केही उद्योग गरी जुल्मीको पञ्जाबाट उम्की भागी आफ्नो धर्म बचाउन नसक्ने अवस्था परी त्यस्ता जुल्मीलाई आफ्ना अक्कल बर्कतले सकेसम्मका कुरा केही नगरे आफ्नो धर्म नष्ट हुनेसम्मको ठूलो डर त्रास परी करणी लिन नपाउँदै वा उसैबखत आफ्नो जोडबल पुग्न नसक्नेमाकरणी लीसकेपछि पनि सोही कुराको रीस थाम्न नसकी उसैबखत करणी लिएकै थालामा वा त्यहीँदेखि लपेट्दै गई एक घण्टाभित्र हतियार, लाठो, ढुंगा इत्यादि चलाई ज्यान मर्न गएको ठहरे बात लाग्दैन । एक घण्टा उप्रान्त मारेमा ५ हजार रुपैयाँसम्म जरिवाना वा १० वर्षसम्म कैद हुन्छ ।’

Read Full Discussion Thread for this article