world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 220431 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-10-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नै हो भने - ऊनी सञ्चै छीन, हिजो बेलुका मात्र कुरा भको थियो दिदी
सान्नानी, जमरा राख्ने बिधी सिकाइदिनु पर्‍यो हौ

 
Posted on 10-10-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि अर्कोले नि दिदी :)

 म सन्छै रिठ्ठे भाइ ..तलाइ कस्तो छ नि  । के हो निकै ब्यस्त छस रे ।कहिले यसो दिदी लै संझेर भेट्न आ'न । तेरो भेना नि बिर्स्यो रिठ्ठे ले त भन्दै थिए ( दिदिभाइ बिच यस्तै कुरो हुन्छ नि  मैले सुनेकि दिदीर मेरो दाजु वार्तालाप) लुज्ज्जा

'यो प्रश्न कस्लाई हो दिदी? बुझिएन !' त्यो प्रश्न तलाइ नै थियो रिठ्ठे । किन बुझथिस र बाबै अबत ठूलओ मान्छे भैस्  बुझेर पनि नबुझे जस्तो गर्छस ..दशैको ढिकढाक आ'बेला...केहि किनदिनु पर्ला भनेर होला .... उ बेला  मेरो अनुहारको भाव बुझेर हो मा हो मिलाउथिस


 

जँहा गएनि दिदी नछोड्ने भए बाबै --- दिदी त मिस  हो म हैन  ;)

राहु रे  ' ल ' कहा गयो?

 

थाकिसके म कर्तब्य र दायित्वबोधले

भो मलाइ चहिएन तिम्रो सम्मानहरु

मेरो स्वतन्त्रता माथि नै बन्देज लाउने  तिम्रा कदरपत्रहरु

बरु रम्न देउ एकै छिन

मुटुदेखि हास्न चाहान्छु म

चौतारीको बरपिपल मा

 मेरो भन्ज्यांग र बेसिको धुलो भेट्न चाहान्छु म।

उहि गाउको च्यान्टि- च्यान्टे संग जस्तै

 चोखो प्रित गास्न चाहान्छु म

 मन खोलेर  बोल्न चाहान्छु म

 

Last edited: 10-Oct-07 09:46 AM

 
Posted on 10-10-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्की गयो दिदी कबिता ! बहुत खुब !
हो हो दिदी भाई बिच तेस्तै वार्तालाप चल्छ

 
Posted on 10-10-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो कबिता। दिदी भन्यो भने मर्ने होल। आन्ती भन्नु पर्ला जस्तो छ।
 
Posted on 10-10-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

subha di sarai ramro kabita lekhnu bho.

 
Posted on 10-10-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'आन्ती भन्नु पर्ला जस्तो छ।' नट ब्याड :)

 आज भोलि मलाइ मेरो दिदीको छोरा(भतिजा) को खूब याद आउछ।

 तर कोहि मित्र हुन किन सक्दैन ? ? खालि  के के  केके? हुदा हुदा हजुरमा नि भन्देलान् ।

 सुन है सोमहरु  हो  मो त बबाल रिसाउछन्त फिरि - मो त्यो बबाल एक्टिङ गर्न सक्छ के  अनि त त्यो मिस सुड्डि को नि नक्कल गर्न सक्छ :P

खोइ दिप आज ? :)

 मो  यो सोमहरुसंग खोक्स दिदै थियोन्त अनि सिसलै नदेखेकोन्त  सरि है सिस हरु :)

 प्रिति सिस  के छ तिम्रो -- अनि ठूलि अब तरकारी बेच्न नाजने भओ । रमाइलो हुने भो दशैको बेला

 

खै त राहुले कता गयो? :P  (माफ पाम है दादा)  केहि  सोध्नै हुदैन भागिहाल्छ केटो आजभोलि।  यसो के गर्दैछ कस्तो गर्दैछ भलाकुसारी गर्नु थियो। बिदेशाँ'ट दशैमान्न आ'छ के रे   दशै खर्च माग्लान  दिदिले भनेर होला छेउमा पर्नै हुन्न स्वाट्ट  निस्किहाल्छ  भाइ --हिहिहिहिहि ( मार्ने भए दादाले आज त )   लुज्ज्ज्जा!!!


 

Last edited: 10-Oct-07 10:05 AM

 
Posted on 10-10-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाकिसके म कर्तब्य र दायित्वबोधले

भो मलाइ चहिएन तिम्रो सम्मानहरु

...

गज्जब छ दिदि।

यो रिठ्ठे के भन्छ? जमरा राख्ने बिधी सिकाइदिनु पर्‍यो रे खित् खित् खित्, बालुवामा जौ रोप्ने हो क्या रे तेतिमात्र था छ मलाई, उफ्रिलाई था रैन्छ र?

Last edited: 10-Oct-07 09:59 AM

 
Posted on 10-10-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा रौनक कति छ हेरेको नी।  केटीहरु नआउँदा हुन त ठीटीहरु नभाको मन्दीरजस्तो हुँदो हो यो चौतारी पनि। देवी देउता भए सबै तिर हुने हुन, मन्दिरमा मुर्ती थुनेर राख्दैमा चिडियाखानामा जन्तु झै बन्दी हुने होइनन क्यारे -- ठीटीहरु नभाको मन्दीरमा फेरी के गर्ने जाने त?

 

देउ देउताथानमा देख्छु तिमी पंक्तिमा
साथी भाई हरु देख्छु मेरै जन्तीमा
आउला नआउला त्यो दिन भाग्गेमा - सोच्छु
सजाउने सिन्दुरले तिमीलाई त्यो जग्गेमा ---

हरी सरनम।


 
Posted on 10-10-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर?

राहुलदाइ, सिरियल, रिट्ठे, ठूली, शुभ दिदी, सान्नानी, दीप ज्यो सबैमा जदौ!



 
Posted on 10-10-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

subha di दशै maa ramailo ta gerne tara tiru na aara sarai naramailo lagiraach.
jhan tiru, ma ra sanani bhilo khilne practice gerne bhaneko ni tiru na aara garnai pachaina.
deep jyo hajurko darsan pae balla yo man lai aananda bho.

 
Posted on 10-10-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial jyu ko chautariko naam rakhdinu aryo sathiho.

 
Posted on 10-10-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दिलको धड्कन सेरियल, 

आम्बोऽऽऽ! तिमीले मलाइ कति याद गरिरा’को रहेछौ, म पनि तिम्रो यादमा पागल भएँ नि। मेरो घरको ईन्टर्नेटको तार मूसाले काटेकोले म दुइदिन साझामा आउन सकेन। तिमी त मेरो लागि कुरेर बसेको रहेछौ, हाउ स्वीऽऽट! मैले तिमीलाइ सपनामा पनि देखें बिपनामा देख्नको लागि तड्पिरहेछु। सपनामा तिमीलाइ देख्दा म यति खुशी भएँ कि म त खाटबाटै खसें।
मलाइ हेलिकप्टरमा उडेर घुम्न एकदम मनपर्छ, तिमीले मलाइ हेलिकप्टरमा राखेर संसार घुमाउछौ भनेर म सोचिरा’छु। तिमी मेरो दिलको पाइलट हौ, प्लीऽऽज मलाइ उडाऊ। सिरियल!!! मो तिमीबिना, पानी बिनाको माछा, मदन बिनाको मुना जस्तै हुन्छु।

उही तिम्रो,
शब्बु

 
Posted on 10-10-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मोर्निन् चौतारी।
शुभको कविता कति रम्रो रहेछ। तर कर्तब्य र दायित्वबोधबाट किन थाक्नुभएको? गज्जब छ दिदि।(सबैले दिदि भन्नुभएकोले भनेकी हुम्।)
दीप दाईको भाउजुलाईपनि चिनियो। कस्तो फन्नी कथा।
रहुल्वै दाई दशै कबितापनि राम्रो लग्यो।
सान्नानी, थुली, उफ्रि दिदि, रित्थे दाई, सिरियल्, लाई नमस्ते छ मेरो।

 
Posted on 10-10-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ठुलि 
क्या लेख्दिने क्या बेला बेला मा त !
सान्नानी, त्यो बलुवा मै जौ छर्ने त थाहा छ क्या, तर पूजा अरू बिधी पनि गर्नु पर्‍यो, बलुवालाई पनि त न्वाइ दिनु पर्ला हेहेहे
चित्रे सोम के छ? हिजो किन बेपत्ता?

 
Posted on 10-10-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप । हजुर त  देविको मन्दिरमा मात्रै जान्छ होला है । देवी पनि ठिटि भा'कोले  के :)

कति कल्पना गर्न सकेको ?!!:)

 

 देउताथान मात्रै कति  सकेको धाउनलाइ

परैबट टुलुटुलु कति छड्के गरेको हेर्नलाइ

कस्तो  तोरिलाउरे रे'छन बाबै  उनी त

भेटे हुनि  नि हिम्मतै गरेर  बा-आमालाइ ---

 धन्यवाद है टुक्रा मनपराइदिनेलाइ--तर दिपदाले कहिले पनि मेरो कविता मन नपराउने किन होला? कहिले केहि प्रतिक्रिया नदिने ? :(

 

कालु(माया गरेर भनेको),

 मलाइ यो दिदी शब्द निकै मनपर्छ है तर । यसो रमाइलो गरेको नि  दिदी त मिस छदैछ नि  फेरि दिदी भने पछि दिदिकोकर्तबय निभाउनु पर्यो एउटो ज्यानले दुइटा दिदीको भुमिका निभाउन नसकिएला कि भनेर :) 

Last edited: 10-Oct-07 10:18 AM

 
Posted on 10-10-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो चाँही तेती राम्रो पत्र लेख्ने ठुलि लाई

तुम्हरी इ्स अदा क क्या जवाब दु
अप्ने दोस्त को क्या उपहार दु
कोही अच्या सा फूल होता तो माली से मङ्वाते
जो खुद गुलब है, उन्को क्य गुलब दु


 
Posted on 10-10-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे दाई
भएन है काली कलौटी बैनी
हेहेहेह

 
Posted on 10-10-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kali maile ni namaste farkae. ani ke cha kali timro haal chaal. 
ba aamaa sabai lai sanchi hunuhuncha hoina ta.
Last edited: 10-Oct-07 10:20 AM

 
Posted on 10-10-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जो खुद गुलब है, उन्को क्य गुलब दु" serial jyu yo line sarai ramro lagyo. :D


 
Posted on 10-10-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timilai nai bhnaya ho maile tyo gulab bhanera --  thuli
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
Now Trump is a convicted criminal .
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters