Posted by: uptowngal October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
मेरो दिलको धड्कन सेरियल, 

आम्बोऽऽऽ! तिमीले मलाइ कति याद गरिरा’को रहेछौ, म पनि तिम्रो यादमा पागल भएँ नि। मेरो घरको ईन्टर्नेटको तार मूसाले काटेकोले म दुइदिन साझामा आउन सकेन। तिमी त मेरो लागि कुरेर बसेको रहेछौ, हाउ स्वीऽऽट! मैले तिमीलाइ सपनामा पनि देखें बिपनामा देख्नको लागि तड्पिरहेछु। सपनामा तिमीलाइ देख्दा म यति खुशी भएँ कि म त खाटबाटै खसें।
मलाइ हेलिकप्टरमा उडेर घुम्न एकदम मनपर्छ, तिमीले मलाइ हेलिकप्टरमा राखेर संसार घुमाउछौ भनेर म सोचिरा’छु। तिमी मेरो दिलको पाइलट हौ, प्लीऽऽज मलाइ उडाऊ। सिरियल!!! मो तिमीबिना, पानी बिनाको माछा, मदन बिनाको मुना जस्तै हुन्छु।

उही तिम्रो,
शब्बु
Read Full Discussion Thread for this article