[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31  
[VIEWED 216184 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-11-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे राम्, हे सीता, हे गीता, हे रिता.............................


के सुन्नु परो आज यो कान ले? किन काग ले यो कान लगेन?
गाइ जस्तो गौ प्राणी, दया माया कि खानी, देश खाएर शेष भएका, काशी जाने उमेरका जिम्मालले यस्तो बदमासि गर्ला त?
यस्तो अनर्गल झुठ्ठा लान्छना त लगाउनु हुन्न नि दुश्मनी भए नि। दुष्ट भए नि रुष्ट भए नि छिमेकी आखिर छिमेकी नै हुन् नि।


 
Posted on 10-11-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे तो लप लेटर को सम्बोधन र उपसंहार बाहेक बिचको लइन पढ्दा लप लेटर हो कि, गुनासो हो कि, धम्कि हो थाहा नभएर धम्कि बढेकोले रिप्लाइ गर्न नपा हो-

लु कुरा यस्तो हो-


तिम्लाई हेर्दै साइड द्या थे
तेइ साइडमा अर्कि आइन्
दायाँ तिर यसो के हिन्या थेँ
तेइ साइतमा आँखा झिम्क्याइन्
हेर्नलाई त कस्सम पूर्व तिरै हेरेको हो
घाम जस्ति रैछन उनि हेर्दा हेर्दै पश्चिम भयो
खै म किन त्यस्तो?

मेरो नाकको के कुरा
सम्पुर्ण थुतुनो नै गुलियो छ रे
उनले पनि यसै भन्थिन्
नजिक आउने सबै झिङ्गा धपाउँथिन्
मेरो बोलिको के कुरा
बोल्यो कि मिल चल्या जस्तो हुन्छ
त्यसैले होला उनि घट्टे पोइलाई छाडेर आइन्
खै म किन यस्तो किन?

ठिटिलाई कहाँ घुमाउनु प्रभु
ठिटिले घुमाए नराम्ररी
भुरुङखेल बाट पिछा गरि
लगनखेलमा समातिन्
पैसो छैन भन्दा भन्दै
मिटरवाला टेम्पुमा पछारिन्
बा को पैसा सत्ते चोरेको हैन
उसैले बुलाकि बेचेको पैसो हो
कालो ट्याम्पुमा नगरकोटबाट नफर्कुन्जेल कस्सम
तिम्रो साथि भन्ने थाहा थिएन्
खै कुन्नि म किन तेस्तो?


 
Posted on 10-11-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन क्या सारो हसाउन सक्या हौ यो भउते ले
"अन्खेरी चिरिप्प पारेर बाँधेर ल्यार भस्मार सँअ बेटरीको कालो दलेर अनि गोठाँ बाँधेर राखेछन्। "
हाल तो ठीक हे जनाबका उफ्री ज्यु
एउटा गाना याद आयो-
मेरे दिल मै आज क्या है
तु कहे तो मै बतादु
तेरी जुल्फ फिर सवारु
तेरी माङ फिर सजादु

 
Posted on 10-11-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-11-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गम्भिर ध्यानाकर्षण:

भउत भाइ भन्डारि द्वारा हालै व्यक्त गरिएको केहि बर्ष पहिलाको दशैँको समाचार तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण गएको छ। भउत भाइ भन्डारि द्वारा व्यक्त सम्पुर्ण कथा, पुर्णतया झुठो, कपोलपल्पित, र पुर्वाग्रहि भएको कुरा जानकारि दिलाउन चाहन्छु। हामिले आज सम्म हिसाब गरेमा करिव दुई सय खसि चपाइसकेको र ति सबै दुई सय खसिहरु कुनै खनखनि पैसा गनेरा किनेका, कुनै पाठो देखि हुर्काएका र कुनै आफ्नै आँखा अगाडि खसि पारेका बोकाहरु थिए। हामिले आज सम्म सिङ्गो खसिको त के कुरा मासुको एक टुक्रा सम्म पनि बेसार बाहेकको अरु रंग लगाएर र चोरेर खाएको छैन। हामि सम्पुर्ण चौतारीबासिहरुलाई अनुरोध गर्न चाहन्छौँ कि, कोहि पनि भउतभाइ भन्डारीको अनर्गल प्रचारमा बिश्वास नगर्नुहोस।

धन्यवाद्

बिर्खे माईला

Last edited: 11-Oct-07 02:47 PM

 
Posted on 10-11-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु हो जिम्मालबा धेरै बाँचेर, यै जिन्दखी बढी भईसको अस्तो लाग्छ। अब मासु नै लाने हो भने त तपाईंले किन दु:ख गर्नु परो हाम्रा घर तिर उक्लिन, मैँ ल्याइदिउँला तपाईंलाई र जिम्मालनी आमा को लागि फिलाको फल मासु। बरु तपाईंले भन्नु हुन्छ भने खसी पनि तपाईं कै आँगन मा ढाल्नु परो कि क्या हो?


ठुलि छैन दसैंको सपिङ गरेको। अस्ती अस्ती तिमी साग बेच्न गयौ, अब मेरो पालो जस्तो छ। बल्ल अहिले घर आएर चौतारीमा छिर्ने मौका मिल्यो, अड्डामा त पानी खाने फुर्सद नि छैन आजकाल, के आ इलाग्या होला, दसैंको बेला। अब सपिङ नै गर्न लाई त महिना मर्नु पर्छ, यो महिना हाड घोटेको ज्याला आएसी दसैंको किन्मेल गर्ने। तिमीलाई पनि एउटा कपालमा लाउने किलिप किन्दिउँला।


म सँचै छु उफ्री, अरु नभए नि सास फेर्ने सम्मको फुर्सद चाँही मिलेकै छ। तिम्रो के छ नि हालखबर, रिट्ठे पाट त भुन्टिको आमा पटाउन तिर लागो रे हो?


नयाँ साथीहरु पनि आउनु भा जस्तो लागेको छ, नमस्ते गरे है, सबैलाई! पुराना गाम्लेहरुलाई नि नमस्ते!


 
Posted on 10-11-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिमाल बाले किन येस्तो हसाँउनु भाको?

Ritthe timle jamara rakhna laako ho?


 
Posted on 10-11-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

ritthe jyu,

जुल्फ आजकाल खालि नक्कलि बिग राख्या मात्र हुन्छ होश गरेर र सवारनि नि। khasla ni feri
माग भर्दा चाहि हेल्मेट र लाइफ ज्याकेट लाउनु पर्ने हो कि?


 
Posted on 10-11-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वछे मेरो कपाल त बोइ कत छ। अब एस्तो कपालमा कसरी किलिप लागाउने । 
बरु किलिप को सत्त एउटा लिपिस्तिक किन्देउन हुन्न।

 
Posted on 10-11-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेको गित कन्टिन्यू-

 

मैने उफरी पटाकर

मेरि चाहतोँको पुजा

मेरा बोकेमन कह रहा है

मै तुझे आँख मारुँ

तेरि भुन्टिको चकलेट दिलादुँ

भुन्टिके बा को कोट सिलादुँ

मेरे दिलमे.....


 
Posted on 10-11-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe Ji, tapaaiko yo kabita uta pani tasau na hajur.

 

I like ur sense of humour. aba ta pachhi laage timro. forever. kati bhagne ho bhaga.


 
Posted on 10-11-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भयो कि भएन भनुम् गाम्लेहरू!!!

 
Posted on 10-11-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Chitr bro for chautari with malashrei dhuna,

jimaala baa le aaja kati hasaauna sakya ho.


 
Posted on 10-11-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre good job. sarai ramro cha. 

 
Posted on 10-11-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Ritthe timle jamara rakhna laako ho?'

राख्नी भन्या त हो, तर एइ तालले त राखिहाल्यो नि रिट्ठेले जमरा
जौ भिजाउनु पर्ने, भुसुक्कै बिर्सेंर आएछु, अघी भउतेले भनेसी पो झल्यास्स सम्झे त
अब भरे फेरी एउटा भोज मा जानु छ
कती खेर राख्ने हो त्यो जमरा पनि


 

'जुल्फ आजकाल खालि नक्कलि बिग राख्या मात्र हुन्छ होश गरेर र सवारनि नि। khasla ni feri
माग भर्दा चाहि हेल्मेट र लाइफ ज्याकेट लाउनु पर्ने हो कि'

 

हाम्ले जुल्फ सवार्नीले विग राख्या हुँदैन हजुर
'खुबसुरती सादगी मे होती है' भन्ने कूरा हाम्ले जुल्फ सवारनीलाई थाहा छ


रह्यो कूरा लाईफ ज्याकेट र हेल्मेट को
'अब प्यार किया तो डरना क्या '


 
Posted on 10-11-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो कुरा बुझिल्याउंदा, भद्र भलादमीको कुरा सुन्दा, साक्षी परमाण बुझ्दा, भउत भाइ भण्डारीले लगाएको आरोप झुट्ठा भएको ठहर यो अदालत गर्दछ।
पोहर खसीको मासु पैंचो माग्दा न दिएको झोंक पोखेको मात्र देखियो। तसर्थ यो सम्मानीय अदालत, भउत भाई भण्डारीलाई सजाय स्वरुप २ धार्नी खसिको मासु, जिम्माल बा नाम ले चिनिने बिर्खे माइलालाई र २ धार्नी मासु सम्मानिय अदालतका माननिय न्यायधिस समक्ष जरिवाना स्वरुप बुझाउनु पर्ने ठहर गर्दछ।
यो फैसला चित्त नबुझे, आधिकारिक जानकारी पाएको मितिले १५ दिन भित्र माथिल्लो निकायमा पुनराबेदन गर्न सक्ने छ।
सरोकारवालाले मिसिलको नक्कल माग्न आएमा, नियमानुसारको दस्तुर लिई मिसिल नक्कल दिनु।
 मा न्यायधिस
तारेमाम् शरण।

 
Posted on 10-11-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब नयाँ चौतारी यहाँ बाट जाम्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters