[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 183074 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 06-28-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौंकी नेवारनी रुम्जाटारे गुरुङ्नी
थाक खोलाकी थकाल्नी हेलम्बुकी शेर्पिनी
सिन्धुपाल्चोक तमाङनी राम्रा भन्थे सबैले
पाँचै ठाउँमा म डुलें
पाँचै गाउँमा म घुमें
हित्तै चित्तै मिलेको भेट्टिन राम्री तरुनी
भेट्टिन राम्री तरुनी भेट्टिन राम्री तरुनी

बिहिबारे जदौ यो बिर्खे माइलाको।

कुम्ले, जर्मन चाँही कुन ठाउँलाई भनेको नि? जोगबनीलाई हो?
 
निशान्त
Posted on 06-28-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो झ्याप को सुरमा स्ट्रेssssट भानुचोकदेखि इनरुवा हन्दिएको कि अन्त बसमा साइडको सिटमा एउटा ढाका टोपि लाएको तोर्पे भेट्यो। सोम लोडेssड जस्तो लाग्यो कि आबो मोलाई, अन्त मोइले 'डो' झार्नुलाई लास्टैsss चाट्नु थाल्यो इटहरि देखि। सोम मेरो खोक्समा बबाsssल इम्प्रेस्ड भयो कि भरै झुम्का बजारमा उतारिदिएँ सोमलाई।
सोम धनकुटादेखि आएको रैछ कि काठमान्डु जानुलाई, कलेज पढ्ने रैछ हैन, घरभाडा र फि तिर्न बौ संग झगडा गरिवरि सए सए को नोट मैsssssलो कपडामा गाँठो पारेर बेल्ट बाँधेको जसरि लुकार राखिदिएकोन्त सोमले फिरि। मोइले थाहा पायो है, अन्त त्यसैले झुम्का बजारमा उतारेको सोमलाई।

" ब्रोलाई मो आजु 'ए' क्लासको मस्ति भनेको के हो बुझाउँछ आबो, अलि अलि डो लाग्छ" भनेर सोमलाई लिएर फस्टमा केस काट्नु गयो हैन, सोमको पैसाले केस काटिसकेपछि हरिsssप 'सर मालिस' गराएको्त खित् खित् खित्।
अन्त चतरा तिर गोयो हामि।
"ब्रो यताहुँदि लास्टै लुटेराहरु हुन्छ सोम, आबो तिमि ढाका टोपिमा ओरिजिनल सोझो नेपालि देखिएको छ हैन, भरै ब्रो लाई झारपातहरुले लुटिदियो भने लास्टै र्र्याग हुन्छ" भनेर डो जति सब मोइले वालेटमा हाल्यो हैन। अन्त चतरामा कोशिको तिरमा बसेर सोमलाई २ स्टिक दिएको कि तोर्पे त बालुवामै सुताssन दि रा! खित् खित् खित्...

आबो झ्याप हो मोर्न त मोर्दैन भनेर मो पनि त्यहाँदेखि टाsssप!
फिरि झुम्का बजार रिटर्न हानेको त एकजना कहाँ देखेको कहाँ देखेको जस्तो लाग्ने सोम बस स्टपमा नुन खाएको तेह्रथुमे कुखुरा जस्तो झोक्राssएर बसिराको कि। भरै नजिक देखि हेरेको त हाम्तो कुम्स पाट रैछन्त आम्बोssss! " सोम के भयो? जि एफ दुस्मन संग टाप दियो कि के हो?" भनेर सोधेको त सोमले इनरुवा जानु पर्ने बिराटनगर हान्देर 'डो लेस" भएको खोक्स दि'रा
खित् खित् खित्
 
Posted on 06-28-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, कुम्ले दाइ र निश पाट मिलेर बबाल खोक्स दिदै रैछन त बिहान बिहानै।

चिप्ले दाइ, ग्वाचे, थुली, चना दाइ, चित्रे अनि ठुल्दाइ, जम्मै लाइ पैताला देखि को नमस्ते छ है।

 
Posted on 06-28-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol nish paat ... ha ha ha!! jhumkaa maa babaal garyo re paat le!! lol

hello nepche!

:-)
 
Posted on 06-28-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तोर्पेहरु बिहानदेखी कति खोक्न सक्या हुन हौ!!

जम्मै लाइ पैताला देखि को नमस्ते छ है!!
 
Posted on 06-28-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तारेमाम् फेरि पनि। निशे र कुम्ले एकै गाम् का हुन् कि, बडा खोक्स दिदैं छन्।
चने को मूड् किन अफ नि? On गरि लिनुस्। चिप्ले ले पुराना दिनहरु लाई ताजा गराइ दिए। नेप्चे अनि ग्वाँचे के छ हौ खबर? ठुली भात भयो?


मायालु हजार् हुन्छन्,
तर माया एकै हुन्छ।
बुझेर माया देउ
लिनु पर्ने एकै हुन्छ।
माया सधैं नै चोखो
सत्य र अमर हुन्छ।
बरु कोहि मायालु नै ,
झुठो र जुठो हुन्छ।
सोचेर माया देउ,
संझेर माया देउ।

माया को रुप मुटुको
गहिराइ भित्र हुन्छ।
त्यो लिन गाह्रो हुन्छ,
दिन पनि गाह्रो हुन्छ
बुझेर माया लाउ
संझेर माया देउ
एक पल्ट सांचे पछि
फर्काउन गाह्रो हुन्छ।
 
Posted on 06-28-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oieeeeeeeeeeeeeee hariiiiiiiiiiiiiiiiiiiiiiiiii badar.
 
Posted on 06-28-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाइ को मुड किन अफ नि फिरि ??
थुल्दाइ, खबर त उही हिजै राती कै त हो। एक रातमा के नै नया हुन्छ र?
हरी लाइ पनि मेरो पैताला देखि कै नमस्कार छ है।
थुली, आज चिया के मा चोपेर खाको नि ?
 
निशान्त
Posted on 06-28-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स, नेप्चे, राहुल दाजु, ठुल्ल्ल्ल्ल्ल्ल्स,ह्यारि, ग्वाँछ्स, चनाज सबैलाई नमस्ते ठोकेँ ल!
 
Posted on 06-28-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्रो सान्स बहिनी कत्ता हरायो हौ!! कि हाम्रो भान्जीले बबाsssल दिमाग चाटीरा'को छ बिचराको? आबो के गर्ने हो हामीले, भान्जीको फिरी बानी बेहोरा पुरैsss निश मामाको जस्तो छन्त अनि सोझी मामुलाई बबाल हैरान गरिराख्छ। आबो रोको जस्तो गरेर हाँसीरा'को थिएछन्त। बिचरा सान्स चौतारीबाट याँsss दुगुर्दै पुगेकोरेन्त उ भाको ठाउँ अन्त भान्जी चाँहि हाँस्दै बसेको रैछ।

:-)
 
Posted on 06-28-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्द्रै बाट् कि पैतालै देखि? नमस्ते त नमस्ते कस्तो नमस्ते?
 
Posted on 06-28-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजो चाइ निश पाट को मुड ठिक छ जस्तो छ। नत्र त आउने बितिकै काट्ने, छिनाल्ने कुरो सुरु गर्थ्यो। सोम ले हिजो स्टिक तान्न बिर्सेको हो ?
 
Posted on 06-28-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित, ठुल्दाइ लाइ पैताला देखि को नमस्ते था नै रैन्छ। आबो त्यो पहिल पलेटी कसेर बस्ने है। तेस पछी ए उटा हात र पैताला जोडेर नमस्ते भन्ने। हो तेइ हो पैताला देखि को नमस्कार। अब दाइने हात र देब्रे पैताला अथवा देब्रे हात र दाइने पैताला जुन जोडे पनि हुन्छ नि फिरि।

 
निशान्त
Posted on 06-28-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते 'आन्द्रै देखि' गोरेको हौ राहुल दाजू!
लोल कुम्स पाट! सान्स साँच्चिकै गायब छन्त! हाम्रो तित्स सालि पनि देखिँदैन हौ आजकल त!
खित् खित् खित् नेप्चे सोम! आबो स्टक सकिएर स्टिक तान्नु नपाएको हौ! बोरु छ भने पास हान त सोम मो तिर?
 
Posted on 06-28-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे सुध्रिएकै हो जस्तो लाग्यो नत्र,च्वाँक स्वांक छप्किहरुलाई संबोधन नगरी नमस्ते पनि ठोक्दैनथे पहिला। लर्की मिल्यो कि क्या हो?
 
निशान्त
Posted on 06-28-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौबन्दी चोली र तिम्रो
रातो रिबन
ढाका सारिमा मस्केर हिँड्दा
चोर्यौ यो मन
चोर्यौ यो मन
होsss डाँडापारिमा चौतारिमा
डाँडापारिमा चौतारिमा
चियाss बारिमाsss

 
Posted on 06-28-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो निस दाई लाई किन चिच्याउनु पेर्ने होला। म यताइ छु नि। किन के भो?
नेम्छे आज चियामा मेरो जिब्रो चोपेर खाको। यि ल हेर मेरो जिब्रो
 
Posted on 06-28-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता बल्खु गाममा तितौरी पुलुक्क आइथिन के रे, सारो दु:खाँ परेकि जस्स लायो, तितौरीलै माया गर्ने हजुरबाको कथा सुनेसिन मन कस्तो कस्तो भओ ।

सान्नानि, दुर्गेमाता,शब्बु, नेप्चि दि, बिर्खे जिम्माल बा, देखा परेआ छैनन, कता कता ला"का हुन था' पाउन पाए हुन्थो के रे ।
 
Posted on 06-28-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो कुमलवा र बदमाश निशेको कथा पढियो, हँसायो। :D

ओ ग्वाँचे, कसरी थकाइ लागेको तिमीलाइ?

नेप्चे, हरी, राहुलदाइ, चनादाइ के छ हालखबर?

ठूली, तिम्रो जिभ्रो कस्तो रातो! रेड लेबल चियामा चोपेर खाको हो?

आज भौते कता गयो? अरू गाम्लेहरू नि गायब छन्।
 
Posted on 06-28-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे कस्को जासुसी गर्दै नि अहिले, ढिला भो नि चौतारि पुग्न? त्यो अस्ति मैले भनेको जन्तु को जासुसी रिपोर्ट कता पुग्यो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters