Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SaruBhakta----"Bhaute"

[Please view other pages to see the rest of the postings. Total posts: 167]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 59037 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-03-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१ (साझा बसिबियाँलो)

सरला पल्लो कोठामा अझै सुँक्क सुँक्क गर्दैथी। कोठा त खै के भन्नु, एक रातको लागि मात्र बना'को पराले छाप्रो नि अब। एउटा परालको भारिले मात्र लोग्ने मान्छे र स्वास्नी मान्छे सुत्ने ठाम छुट्ट्या'को थियो। ओढ्ने ओछ्छ्याम्ने सबै परालै पराल।
"ल ल अब नडरा, भोलि छेउघरे लामाकाँ लैजाम्ला तँलाई। अनि ठिक भैहाल्छ" सारुनी दिदीले सम्झाइन् तेसलाई। त्यो भने लगातार ह्वाँक्क ह्ववाँक् गरेको गरेइ।
"कस्ति केटी होली, जे हुनु भै'गो। कत्ति डराकि होली। यसको त सातै गएछ कि क्या हो!" मन मनै भुटभुटाएँ। तेस्का ह्वाँक्क ह्ववाँक् धेरै सुनेर कन्सिरि नै तात्न थालिसक्याथे के मेरा। मैले त राति हुँदो तेता नजाम् त भन्याँथेँ नि पहिले। त्यसैले कर गरेर जाम कि जाम गरी। फेरि जुन पनि आजै कस्तो टह टह लागेका नि । त्यसै घुम्न जाम् जाम् जस्तो के।
"गोबिन्दे आ'को भे यस्तो हुदैनथ्यो कि। "सरले र मेरो बिचमा गोबिन्देको आबश्यकता खट्केको आजै हो ल मलाई। नत्र त सँधै यो केटो किन हाम्रा पछि लाग्दोहोला भन्ने लाग्थ्यो। कहिले काहीँ त झनन्न रिस पनि उठ्थ्यो।

*** *** *** *** ***

"अहम्???.." सतम्कोटे माईला दाई घाँटि बजाउदै कोल्टो फेरे। सबैजना निद्रामा मस्त छन्, दिनभरिको थकाइले होला। मलाई मात्र छटपटी भै'रेछ। मेरा मनाँ फेरि कुरा खेल्न थाले। "यो केटी किन त्यसरि डराकी होली। खै मलाई त केहि डर लाग्याछैन, वा म केटा-केटी नै भे'र हो। म बल्ल आउने पुषमा १२ बर्ष। सरले चै ३ बर्ष ५ महिनाले जेठी" ।
मेरा आँखा जोडिएलान् भन्यो झन ठुला ठुला भे' जस्तो लाग्यो।

*** *** *** *** ***

म एकैचोटी खङ्रङ्ग तर्से। केको छायाँ परेजस्तो भो। यसो हेर्या त जुनलाई सानो बादलको भुल्कोले छोप्यारैछ। फेरि उज्यालो भो। यो बादलको पनि क्यै भर छैन के। कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
यसो ठनासेको, सरले चैँ चुप लागिछे। घरि घरि नाक मात्र बजेको सुनेँ। केटीले बल्ल मन दह्रो पारिछे भन्ने लाग्यो, मन मनै खुशि भएँ, अब सुत्न पाइने भो भनेर।
उता फेरि मस्राङ्गी घुर्न थाल्यो, बाघै गर्जे जसरि। मेरो मन भने फेरि सरले तिरै। निन्द्रा भनेको पटक्कै छैन बा, के भा' हो कुन्नि।

*** *** *** *** ***

मस्राङ्गीले जोडले खोक्यो। अगि घुर्दा परालको झुर्का मुख भित्र पसेछ के त्यसको त। खोक्दै उठ्यो र "खाक्" गरेर बाहिर तिर "थुउउउ" गर्यो।
मैले आँखा चिम्ले जस्तो गरेर तेसलाई हेर्दै थेँ। त्यसले त सबैको कपडा झुण्ड्या'को ठाम्मा छाम-छुम गर्छ बा।
"होइन,यो त चोर हो कि क्या हो? हो रे'छ भने त आज चै फेला पर्यो है यो। न निधा'को ठिकै भे'छ। सरलेले अहिले सम्म ह्वाँक्क ह्ववाँक् गरेको पनि काम लाग्यो जस्तो छ" मन-मनै सरलेलाई पनि धन्यबाद दिएँ।
त्यसले त बिजुली खैनि पो निकाल्यो र मुखमा हाल्यो, अनि आफ्नै ठाममा गएर सुत्यो।
"यसले कसैको केहि चोर्दे त मैले पक्रेर पौरख देखाउँछु" भन्ने सोँचेको। मेरो मन खिस्रिक्क भो।

*** *** *** *** ***
-भउते
 
Posted on 07-30-05 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेरम काफ्लेबाट खड्केटारी

 
Posted on 07-30-05 3:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

JPT foto tasera Khadketari herni re:))
khadketari ko "kha" pani dekhiyena!
Binocular use garna parchha ho dada bro?
 
Posted on 07-31-05 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute,
Kata haraunu vaa ho yo bidaaaa??
sarale le lakheti ki k ho haamra guru ji lai ???
 
Posted on 07-31-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त" देखियो होला नि, तल्लो खड्केटारी हो के। पारिको डाँडा करम्दी भैहाल्यो।
अनि तल भाट खोला भयो, भट्ट्ट्ट्ट।
त्यो खोलाँ बाम माछा पाइन्छ के चोपिऽलो।
 
Posted on 08-01-05 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खड्केटारी भनेको बांयांटारी थिम् हो ? सुने सुने जस्तो मानेर नी

Lets keep rolling...
 
Posted on 08-01-05 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झोलुन्गे, बांयांटारी भनेको, वालिन्ग बाट पश्चिम ५-१० किलो मिटर जति।
दाईं गरम्, माड्दै गरम्, पुल्टुन्पाली गरम् (Lets keep rolling...)
 
Posted on 08-01-05 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bayatari walling ra galyang ko bich ma parchha bhane, Khadketari kubhinde ra phedikhola ko bich ma parchha. Ani arko chha Sarketari, tyo chai karendanda ra helu ko bich ma parchha!
Arko kun tari chha syangja ma?? :P

 
Posted on 08-01-05 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dyammit!!!
kasto Galti bhayechha :P
"Tari" le garda confused kya ;)
"Sarketari" chai Phedikhola ra Nagdanda ko bich ma parchha "bhalu pahad" nazik!
ani, Karendanda ra Helu ko bich ma parne lai ta "Mayatari" po bhanchha ni!

 
Posted on 08-01-05 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउ पाली हुँगी मा एउ जाना दमई जातीकी महिला "जान्ने" हुनु भएछ, हुगी हो कि असर्दी कता हो, ठाम को नाम त ठ्याक्क बिर्सें । म आई येस्सी देर काठमान्डु 'ट घराँ गाको बेलाँ हो । त्याँसी, आमाले जाद्रै कर गर्नु भ ' र बाटो चिनेको इउ जाना सईं सित हेराउन गइया थ्यो । त्यै बेलाँ फेरि कुन्नि कुन पाटीको हाताँ कीरा परे छन्, नेपाल बन्द ग-यो, नत्र त आर्य भन्ज्यान्ग 'ट त ट्याउटर नी चल्न ला ' थ्यो अरे । घर ' ट हिनेर बल्ल बल्ल गल्यान्ग सम्ग पुगेम् , वाँसी फेरी हिन्न पर्नी भ ' भनेर मेरा त सातो गओ, यहीं ' ट फर्कम, घर आमालाई जम्मै मिलाउदी रच, अब ह्याँट उता जम्मै राम्रो हुन्छ अरे भनेर ढाँटम् भनेको सईले पटक्कै मानेन । इउ जोर चप्पल किन्दिम्ला भनेर फकाएँ एउ छिन्, मान्ला मान्ला जैं त ग-यो थ्यो, चप्पल नि किन्दिएँ । नयाँ चप्पल ला ' सी त तेल्लाई झन् हिडम् हिडम् लाएछ, झन् अब त घर ग' सी आमालाई जम्मै भन्दिन्छु पो भन्छ । ठ्याक्के तपाईको ठगे जस्तै थ्यो तो ।मनमनै सोचें, यो फरेबी को के ठेगान, स्याउंजाली न हो भनेर फेरी फकाउन थालें, अनी फेरी तेसो भा नभन्नी भा मलाई घुमाका रोटा (सेल रोटी ) र चा ख्वाउ भन्न थालो, अब क्यार्नी, परिबन्दाँ परियो भन्ठानीं र तेल्लाई घुमाका रोटा र चा नि ख्वाएँ । अझै डरा 'र अर्थोक नी केही खान्थ्यौ कि भनेको त च्याउ च्याउ खानी भनो, अनि रम्भा चाउचाउ नी ख्वाएँ ।

त्याँसी गल्यान्ग मा बास बसेम तो दिन् । भली पल्ट हिँडेर गयम् तर जब साईत बिग्रेसी कल्ले कयार्न सक्छ र, ति जान्ने मुन्छे त अगिल्ला दिन नै पन्छिकी (नछुने भएकी) रहिछन् । हेराउनी कुरो नै भएन, वाँसी तेसै फर्केम् ।

भउतेको कथाको "set" तेतै तिर को जस्तो लागेर आफ्नो सम्झना बिछ्याएको नी । माईन्ड नगर्नु होला है प्लीज ।

साँची, कथाको शुरुआन नै दाई बाट गर्नु भा र ' छ । निस्सन्देह, दाइ एउटा यस्तो परिघटना (event) हो कि it just binds groupism, sharefulness, love, community etc etc and you can apparently divert to any course of story-telling. Bhaute, you must be a great story-teller. हाम्ले नि एउटा क्रान्तिकारी दाईमाडो गर्न ला ' छम् , यसो फुर्सद भा बेलाँ यता तिर आम्नु होला ।
- http://sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=22921&show=all

दाईं गरम्,पुल्टुन्पाली गरम् , माड्दै गरम् (Lets keep rolling...)
 
Posted on 08-01-05 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री ५ तपाईँ पास ल कथा हाल्नमा खप्पिस।
मितज्युको खुट्टी हेरेसी चिन्छु मैले।

कस्ता रैचन यिनी त।
साझाँ आऽका अरे अनि जम्मैलाई डाक्दै हिन्चन् बा आर्कै ठामतिर।
हैन यहीँ दाईँमाडो गरुम् न ।

तपाईँको त्यो "हात हेराम्न जाँदाको कथा" को दोस्रो खण्ड कहिले आउँछ नि।
हेऽरी म बसेँ है कथा सुन्नलाई चिलाम्नीका फेदाँ अडेस लाऽर।
 
Posted on 08-01-05 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी एउ थोक भन्न खोजेको कस्तो मर्लक्कै बिर्सेँछु।
यो पनि मुन पर्यो।
>दाईं गरम्,पुल्टुन्पाली गरम् , माड्दै गरम् (Lets keep rolling...)

 
Posted on 08-01-05 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
नाकै घिरम्लाको लाक्रो जत्रो भओ, तर क्यार्नी, पुरफेशरको सस्तो खेतालो भैयाछ । दिन भरी मेलाँ जान पर्छ, अझ कैले कैले त आर्का ' मेलाँ नी पर्म लाउन पठाम्छ पुरफेशरले । जे भा नी दाईंमाडो गर्दै गरम के रे ।

दाईं गरम्,पुल्टुन्पाली गरम् ,माडम्, माड्दै गरम् (Lets keep on rolling...)
 
Posted on 08-01-05 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरीपाँच जी,
लु, हजुर नि आम्नु भेsच, मलाई सारै हर्ख भो। कस्तो छ हजुरलाई ? हिजाsज अलिलि दम बढ्याsच रे भन्ने खबर पाsथेँ र।

रुद्री मजा़sले फड्कार्नुsदो रेsच। परथम अध्यायsटै थाs भो। यसो त्यो केराको थाम नेरि बसेर रुद्रीका दोसरा अध्याय नि हजुरले पढ्नुस्। म यताsटि सत्यनारनका कथा बाच्छु।

अनेsरि आम्न पाsचैन, साउन मासै के का शिवरात्रिका पुजालाई निम्ता दिनु भाs त ? आम्ला नि, क्यार्न आम्दैनहुम्। आअँन-पिँडि सबै पराल ओछ्याsर, राख्नुहोला, मजाsले दाईँमाडि गर्नुपर्छ यो बर्ख त। दैला मुनिका भोगटेका फेदाँ काँडा साँडा हटाsर बेलैमा सफा बनाम् है।

" दाईं गरम्,पुल्टुन्पाली गरम् ,माडम्, माड्दै गरम्"

:)
-भउते
 
Posted on 08-01-05 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिने, चिने

माथी काँहूकी फुपै अस्ति न हाम्रा घराँ आम्दा रित्तै आई थिन । सधैं बालाई भेट्न आम्दा केही न केही ल्याम्थिन, यो पाला रित्तै आईचन् । अनि खेराँ कसैको नी बक्के फुट्न नपाम्दै उपल्लाहरे भौत काँ यो पाली फेरी भौती फलारी बसे, अब ठूली एकादसी मा साँगे जग्गे नगरे वल्तीर सम्म खाली फलाहार मत्रै खानी अरे, तेसो भ 'र हाम्रा 'ट त भा 'का केरा, फाल फूल जम्मै लये , तेई भ 'र केई नी पाउर ल्याम्न पाईन भन्थिन । सत्ते नारनको पुजा लाउने भौत को होला भनेर अब चिनें । अब सके सम्म फुपै लाई छोड्न भनेर तपईंकाँ आम्ने कोशित अर्छु , क्यै मेसो नआए तपईं ठूली एकादसी नुहाम्न आम्दा तेई भेटम्ला ।

दाईं गरम्,पुल्टुन्पाली गरम् ,माडम्, माड्दै गरम् (Lets keep on rolling...)

 
Posted on 08-01-05 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo seeri panch vanne pani gajjaba kathakar rechh gaathe, paltang pultung gare samma ta thikai thiyo, arko kun dhago rechh vaner samatna gako ta ke ho k, bujhanai garo binafwank ma time kher go. sappai hamra baari ya dilla falne kheti ko kuro gardo rechh baa... timra tira pani holan ni hogi maile pani chakheko thyo tara gathe kasto nachaine chiz rechh tyo ta, hasda hasda dhannai mareko,euta bajjiya lai ta okhati garna saharaa lanu paro tyo ta khattam ni dhannai parlok sawari hunu venaaba chaine jo jindagi mai nakhane kasam khachhu tara chakhna lai ta kei naholani , ki kaso------
 
Posted on 08-01-05 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hana yo BHaute guru ji kata ho. Ya paltyang pultung gardai garma vaner chai vanni, afno ya dhhadai dukhi sakyo kailo amni dhago liyera???
 
Posted on 08-01-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईश्वर बुरो,
शनिबार क्याम्पिङ्ग गाsको, अगि भर्खर फर्केको यार। २ दिन सम्म जंगलमा दाईँमाडि गर्दा गर्दा थाकेर हलाप परियो। अर्को अध्यायलाई १-२ दिन कुर्नु पर्ला।

गालब जी नि आम्नु भा'रेछ। स्वागतम् है।

ल अब, दाईं गरम्, पुल्टुन्पाली गरम् ,माडम्, माड्दै गरम्, नछाडम्, मज्जाले माडम्, कस्सिएर माडम्, अझै माडम्, लहै लहै, छाड्ने हैन, माडम् माडम्, उठेर माडम्, बसेर माडम्, सुतेर माडम्, एक खुट्टाले टेकेर माडम्, दुइटै खुट्टा छोडेर माडम् .......................... :०))))))

:)
-भउते
 
Posted on 08-01-05 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्, जेदेखेँ जीलाई स्वागत गर्नै बिर्सेछ। स्वागत छ है। :)

माडम् माडम्............................................................................. नछाडम्। :)

:)
-भउते
 
Posted on 08-01-05 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Raajkhandani shree5 bhanne hamra guru ji ko natedar ta hoinann??? lekhai ta ustoi 6 ni bro ko. ani k k madiyo asso khusukka hamra kaana ni parum na campa kuro
 
Posted on 08-01-05 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेका मेलाँ सयौँ खेतारो (100th poster) बनम् भनेर हात चिलाए । ईस्सोरे ले कुन गुरुको कुरो अरेको होला गाँठे ।फेरि के के माड्यौ नी भन्छन् , जता पाच्छे कुरो अर्न पाईन्न है ।

दाईं गरम्,पुल्टुन्पाली गरम् ,माडम्, माड्दै गरम् (Lets keep on rolling...)
- http://sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=22921&show=all
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Now Trump is a convicted criminal .
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters