Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SaruBhakta----"Bhaute"

[Please view other pages to see the rest of the postings. Total posts: 167]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 58895 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-03-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१ (साझा बसिबियाँलो)

सरला पल्लो कोठामा अझै सुँक्क सुँक्क गर्दैथी। कोठा त खै के भन्नु, एक रातको लागि मात्र बना'को पराले छाप्रो नि अब। एउटा परालको भारिले मात्र लोग्ने मान्छे र स्वास्नी मान्छे सुत्ने ठाम छुट्ट्या'को थियो। ओढ्ने ओछ्छ्याम्ने सबै परालै पराल।
"ल ल अब नडरा, भोलि छेउघरे लामाकाँ लैजाम्ला तँलाई। अनि ठिक भैहाल्छ" सारुनी दिदीले सम्झाइन् तेसलाई। त्यो भने लगातार ह्वाँक्क ह्ववाँक् गरेको गरेइ।
"कस्ति केटी होली, जे हुनु भै'गो। कत्ति डराकि होली। यसको त सातै गएछ कि क्या हो!" मन मनै भुटभुटाएँ। तेस्का ह्वाँक्क ह्ववाँक् धेरै सुनेर कन्सिरि नै तात्न थालिसक्याथे के मेरा। मैले त राति हुँदो तेता नजाम् त भन्याँथेँ नि पहिले। त्यसैले कर गरेर जाम कि जाम गरी। फेरि जुन पनि आजै कस्तो टह टह लागेका नि । त्यसै घुम्न जाम् जाम् जस्तो के।
"गोबिन्दे आ'को भे यस्तो हुदैनथ्यो कि। "सरले र मेरो बिचमा गोबिन्देको आबश्यकता खट्केको आजै हो ल मलाई। नत्र त सँधै यो केटो किन हाम्रा पछि लाग्दोहोला भन्ने लाग्थ्यो। कहिले काहीँ त झनन्न रिस पनि उठ्थ्यो।

*** *** *** *** ***

"अहम्???.." सतम्कोटे माईला दाई घाँटि बजाउदै कोल्टो फेरे। सबैजना निद्रामा मस्त छन्, दिनभरिको थकाइले होला। मलाई मात्र छटपटी भै'रेछ। मेरा मनाँ फेरि कुरा खेल्न थाले। "यो केटी किन त्यसरि डराकी होली। खै मलाई त केहि डर लाग्याछैन, वा म केटा-केटी नै भे'र हो। म बल्ल आउने पुषमा १२ बर्ष। सरले चै ३ बर्ष ५ महिनाले जेठी" ।
मेरा आँखा जोडिएलान् भन्यो झन ठुला ठुला भे' जस्तो लाग्यो।

*** *** *** *** ***

म एकैचोटी खङ्रङ्ग तर्से। केको छायाँ परेजस्तो भो। यसो हेर्या त जुनलाई सानो बादलको भुल्कोले छोप्यारैछ। फेरि उज्यालो भो। यो बादलको पनि क्यै भर छैन के। कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
यसो ठनासेको, सरले चैँ चुप लागिछे। घरि घरि नाक मात्र बजेको सुनेँ। केटीले बल्ल मन दह्रो पारिछे भन्ने लाग्यो, मन मनै खुशि भएँ, अब सुत्न पाइने भो भनेर।
उता फेरि मस्राङ्गी घुर्न थाल्यो, बाघै गर्जे जसरि। मेरो मन भने फेरि सरले तिरै। निन्द्रा भनेको पटक्कै छैन बा, के भा' हो कुन्नि।

*** *** *** *** ***

मस्राङ्गीले जोडले खोक्यो। अगि घुर्दा परालको झुर्का मुख भित्र पसेछ के त्यसको त। खोक्दै उठ्यो र "खाक्" गरेर बाहिर तिर "थुउउउ" गर्यो।
मैले आँखा चिम्ले जस्तो गरेर तेसलाई हेर्दै थेँ। त्यसले त सबैको कपडा झुण्ड्या'को ठाम्मा छाम-छुम गर्छ बा।
"होइन,यो त चोर हो कि क्या हो? हो रे'छ भने त आज चै फेला पर्यो है यो। न निधा'को ठिकै भे'छ। सरलेले अहिले सम्म ह्वाँक्क ह्ववाँक् गरेको पनि काम लाग्यो जस्तो छ" मन-मनै सरलेलाई पनि धन्यबाद दिएँ।
त्यसले त बिजुली खैनि पो निकाल्यो र मुखमा हाल्यो, अनि आफ्नै ठाममा गएर सुत्यो।
"यसले कसैको केहि चोर्दे त मैले पक्रेर पौरख देखाउँछु" भन्ने सोँचेको। मेरो मन खिस्रिक्क भो।

*** *** *** *** ***
-भउते
 
Posted on 07-17-05 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K heres my poem
Gurlzz rocK[ A lil sentences from madonna's song lol]

gUrlZ cAn wEar jEanZ nD cuT thEiR haiR sh0rT,
wEar sHirtS nD B00tZ, Itz ok T b a boY 4 guRlz
bUt foR a boY to l00k lyK a gUrL iZ deGradiN
B-cuZ yU tinK ta beiN a guRl iz deGradiN
BuT it sEemZ T mE u'D luV T n0 waD itZ lyK,, wUd'N yU?
waD it FeelZ lyK T b A guRl///

silkY sm00th, liPz aS sweEt aS CandY, Babyy
TighT bluE jeAnZ, skIn Ta shouwZ in pAtcheZ...
stRonG insyD butZ yU dunn0 iT
g00d lil' guRlz teY neveR shoW iT..

T puT oN maKe-upZ, eye-lineRz
buT foR a boY t0 puT make-upZ 0n iz gaY;)
biLly joE, BenjI nd joEl R punK
s0 datZ okaY=D

T weaR piNk wuD chArM a GuRl'z LoOk
BuT A boY weaRin pinK wuD looK lyK a toTal lamE
iTz okaY foR a guRl t b a SkateR
buT 4 a boY T play BarbiE is stupid

TrEndy cHick, seXy honeY+ moneY
ThatZ Oll boyz seE, c00l tAt teY try tA b

fUnkY, daZzliN, saSsy oh dA onlY guRLz arE
tRiumpH nd TragEdieZ abaT fasHeN dA 0nlY guRlz knoW
thEy keeP iT rEaL nd hoT, prEety in pinK
heLL yeA who wuD'N luv iT?

 
Posted on 07-20-05 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन, यो बेबिफाटगुर्लले के टाँस्या हो यस्तो।
मैले त "फन्ट प्रब्लम" हो कि भनेर कान्तिपुर, हिमाल, प्रिति सबैमा प्रयास गरेँ। :)
पन्दित, आँखा लाम्ने हैन है हाम्रा गाम्का फूल तिर।

"बुलाँकी नाकैमा ढल मल परि पल्टन हुँदि
मसक्कै मस्किन्थिन उपल घरकी गुर्सिनी दिदी"


 
Posted on 07-22-05 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-५ (साझा बसिबियाँलो)

"जा खुट्टा धो'र आ'। आरन बाट आ'को जस्तो छ, हेर त" आमाले कपडा खोल्दिदै भन्नु भो। बल्ल पो चप्पल सम्झे मैले। अघि खेलेको ठाम्मैँ छुटेछ चप्पल त।
म हतार हतार पिपलधारा तिर लागेँ, भरखर आ'को, चप्पल त्यैँ हुन पर्छ भनेर। के का हुनु नि चप्पल त। एकछिन त क्यै सोच्नै सकिन। अलि पछि सम्झेँ। हामी, म, सरले र गोबिन्दे त सँगै हिँडेको त्याँ बाट। उजेली पनि सँगै उकालो लागेकी। त्यै ठगे दाउरा बटुले जस्तो गरेर बस्याथ्यो। फेरि त्यो त्यैँ बाट छुट्टिन्छ, पक्का त्यसले लग्यो होला भन्ने लाग्यो र म त्यस कै घर तिर लागेँ।
"के का तेरा चप्पल ल्याम्नु यसले ? आफ्ना त चुडाएर हातमा झुण्डाम्दै ल्याथ्यो।" ठगे कि आमाले त मलाई खाम्ला जस्तो पो गरिन्न्। आज ठगेले चप्पल नै लाथेन, के का चुडेका चप्पल झुण्डाम्थ्यो र। पक्का यसले नै ल्याएछ भनेर म ढिकी, गोठ, पिढी तिर सबैतिर खोज्न थालेँ। अर्काको घरमा त्यत्तिकै पस्न पनि भे'न।
"के को खोजि रा'छस्, मैले ल्याछैन क्या रे।" ठगेले बार्दलीबाट जुल्क्याम्दै भन्यो। चप्पल पक्कै बार्दलीमा रे'छन् जस्तो लाग्यो। घरि मलाई हेर्नी, घरि बार्दलीका खाट मुनि हेर्नि गर्याथ्यो के त्यसले। सबै मिलेर पिट्ने हुन् कि भनेर हेर्न जान पनि डर लाग्यो। म न्याउरे अनुहार लिएर फर्केँ।

*** *** *** *** ***

घरमा आम्दा सरले पनि आ'कि रैछे, आगो लिनलाई।
"ए सरले, यता आइजे त।" मैले त्यसलाई अलि पर बोला'र चप्पलका कुरा सबै भनेँ।
"त्यसैले लग्याछ। आउ मसँग।" भन्दै त्यो ठम ठम गर्दै अगाडि लागी। म पनि लुखुर लुखुर पछि लागेँ, तै नि चप्पल फुत्काइहाल्छे कि केटीले भनेर।
हामेरु पुग्दा ठगेका आमा-छोराले आगनमा बसेर मोही र मकै खाँदै थे। हाम्लाई देखे पछि दुबै जना रिपको फोहोर जस्तै ढुस्स फुले।
"काकी, ठगेले भउतेका चप्पल ल्याएछ।......" मात्र के भन्न भ्याएकि थी, ठगेकि आमाले त झ्याप्पै सरलेका कपालमा झम्टिन्। ठगे पनि उठेर पछाडिबाट सरलेका कपडा तान्न थाल्छ बा। त्यै बेला पारेर मैले नि ठगेलाई भुक्क एक लात्ति दिएँ। केटो म तिर पो जाइलाग्न थाल्यो। म घर तिर भागेँ।

*** *** *** *** ***
क्रमश
 
Posted on 07-22-05 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अलि तल पर्खालमा लुकेर हेर्दै थिएँ, तिनेरुले त सरलेलाई लछार र पछार पार्न थाले। कसो कसो गरेर फुत्किई केटी। भाग्दा भाग्दै "आइज त अब" भन्दै ठगेकी आमाले गिलासको जुठो मोहीले सरलेका टाउकैमा छ्यापिदिइन्।
अलि तल झरेर सरले कराउन थाली। "काम गर्ने बेला अsssss गाम गाम चहार्दै हिड्छे। आफ्ना छम्डालाई आफै चप्पलका डाङ्रा किनदिन पनि नसकेर दुनियाको चोर्दै हिड्न पर्नी। थुक्क चरिकोट्नी। तँलाई सँधै चोरेरै खान परोस्।"
सरलेका त कपाल पनि मोहीले सेतै। उल्टै भुत्ल्याएर कपालका रिबन सिबन पनि खोसेछन्। मेरा निम्ति अनाहकमा चुटाइ खाई त्यसले। त्यति बेला मेरी प्यारी सरुको कम्ति त मायाँ ला'को हैन, ल।

*** *** *** *** ***

"आफ्नो थैलीको मुख बन्द गर्नु, अरुलाई चोर नलाउँनु। किन सम्धि झै चप्पल खोलेर बस्न पर्याथ्यो त तँलाई। जाओ, नुहाएर आओ।" आमाले सम्झाउनु भो।
सरले र म तल धारा तिर झरेम, नुहाउनलाई।

*** *** *** *** ***

"भउते, मेरो पछाडि ढाड मिच्देउन बाई, मैले त पुग्नै सकिन।" सरलेले मतिर ढाड फर्काई।
एकछिन मै केटी त खुतुतुतु हाँस्छे।
"के भो, किन हाँसेकी?"
"काउकुति लाग्यो के। अगाडि त म आफै मिचिहाल्छु नि। पछाडि ढाड मात्र पो पुग्न नसकेर तिम्लाई भनेको। भैगो अब छाड।" सरले पखालिन थाली। दुबैले मज्जा सँग नुहाएर फर्केम।

*** *** *** *** ***

:)
-भउते
 
Posted on 07-22-05 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-22-05 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा, न सुतेर के गरेर बसिरा' यति राति सम्म ?
 
Posted on 07-22-05 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलि पनि अफिस जानु पर्ने भो, त्यसैले निद्रै लागेन क्या।
 
Posted on 07-22-05 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाम आउला के रे, के भो र।
घरमा झोल पिएर बस्न भन्दा त अपिस मै यसो हरियालि हेरेर दिन कटाए भो नि।
 
Posted on 07-22-05 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"काम गर्ने बेला अsssss गाम गाम चहार्दै हिड्छे। आफ्ना छम्डालाई आफै चप्पलका डाङ्रा किनदिन पनि नसकेर दुनियाको चोर्दै हिड्न पर्नी। थुक्क चरिकोट्नी। तँलाई सँधै चोरेरै खान परोस्।" - हेहेहे हास्दा हास्दा हैरान !!

भउते प्रष्ट भयन, पढ्ने बेलामा तरुनिको पछि लागिस् :)
रिपको फोहोर - ??

 
Posted on 07-22-05 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aabua!!!!! yaha ta mero photo po rakhidiye cha. Lau na kasto chor sakya hola mora chor le. chorya tyo pani mero 20 saal purano photo. aba yeti ko laagi ke ko police dai lai haat mol nu. La, aba arko pali chor na pare kana dungri, nakka bulaki chor nu tara mero photo chahi nachor nu hai bhanidiya cha maile.
 
Posted on 07-22-05 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhautebro,
Super narration yar.

Waling ta afule ne bhayko ho kunai din. ke garne ...

paskim paskim aba tyam bho---


 
Posted on 07-22-05 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma pani hajir chhu hai "...Jali" ko naata le!
dammi writing!
kunai shanka nai chhaina.

 
Posted on 07-22-05 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मरेँ म त हाँसेर, पेट नै दुखी सक्यो। आन्द्रानै बटारिसके, हास्ता हाँस्ता । युनिभर्सिटीमा बसेर पढ्न पनि नसकिने भो।

हैन ए, भउतेजी, तपाईँको त्यो ठगे सित खान्दानी दुश्मानी हो कि क्या हो?
अरु त सब तपाईको पाटी रहेछन्, बिचरा त्यो ठगे मात्र एक्लै रछ। चु...चु ।
---
ओके
 
Posted on 07-24-05 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पन्डित ज्यू,

नाम भने पन्डित रे, त्यति नि नबुझ्नी, हे हे त्यो अलि फोहर कुरा नै पर्यो के। त्यसैले मैले अलि अलि सेन्सर गर्देको नि। रिप भनेको सेपिलो शित पर्ने ठाउँ। फोहर भने को चैँ, त्यै के त्यै, आचि। सेपिलो ठाउँमा आचि गर्यो भने ५-७ दिन पछि ढुँसि लागेर ढुस्स फुलेर बस्छ नि :)
त्यस्ता कुरा खैरेका देशाँ के था' हुनु।

आबु ........ यो गुर्सिनी दिदी ता यैँ आइपुगेच। भुत हो कि क्या हो? २० बर्ष पैले नै त्यस्तो भुनेपछि आइले ता माथि गोइसक्यो होला नि। माथि पनि साझा पढ्दारे'छन् कि क्या हौ दिदै ? आफ्नै दिदै भुनेर पो फोटु टाँस्या ता। आब मार्कै पर्यो भाने ता हटाउन लाइदिन्छु नि सान्दाजुलाई भनेर। :)

दीप ब्रो, बाल्य कालका दिनहरु सम्झ्यो भने अझै आफैलाई एक्लै हाँसो उठ्छ। के गर्नु जसरि सम्झिन्छु त्यसरि लेख्न नसकेर पो गार्हो भो त।

फोए मित्र, धन्यबाद है। गाउँ ठाउँको साथि देखेर सारै हर्ष भो मलाई।

ओके दाइ, हे हे हे हे, तपाई हास्नु भो भन्ने था'पा'र त झन मलाई फेरि हाँसो उठ्यो। त्यो मोरो ठगे सँग कहिल्यै ग्रह मिलेको होइन ल, कोहि कोहि सँग त के हुने रे'छ कुन्नि।

अन्त्यमा गुरुङ दिज्यु, दीप दाज्यु, र फोए मित्रलाई स्वागत छ है यो भउतेको धागोमा।

:)
-भउते
 
Posted on 07-24-05 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-05 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति शनिबार यता तिर घुम्म गा'को। सारै रमाइलो भो।

अझ सरले पनि सँगै भा'को भा' कति रमाइलो हुन्थ्यो होला। :)

ठगे पनि भा'को भे त त्यैँ बाट धकेल्दिन्थेँ. अझै कम्ति त रिस उठिरा'छैन ल त्यो सँग। :P

:)

-भउते


 
Posted on 07-25-05 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katti najati ho ? arka lai pani tessai marna pain6ra??? Nepal-a jasto niyam kanoon nai 6aina vanthanya ya pani? paraula timra beje pulisaa fela ani tha pau6au.
 
Posted on 07-25-05 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईश्वर बुरोलाई नि साझाले मोहनी लगायो जस्तो छ नि। आफ्नो त यहाँ "भुटे भाङ पोले पिँडालु" हुने बेला भो। :)

-भउते
 
Posted on 07-25-05 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai nepali ya type garna sikai dim na yaar. nepali ma lekhnai napaine, mazzai aye na. yo moro sajha le msn lai birsai din6
 
Posted on 07-25-05 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली टाइप गर्न सिक्नको लागि यहाँ किटिक्क पारम त। धेरै छलफल भा'को छ यसमा।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
Driver license help ASAP sathiharu
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters