[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 122254 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-07-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो चौतारीमा त आउनै नभ्याइरा', एक तिहाई त सिध्दिनै लागिसक्यारैछ। प्रितीजीलाइ बधाइ है यो चम्तारी बनाउनुभएकोमा। अरू सब गाम्लेहरूलाई नमस्ते। याँ त मुटुको कुरा भईरा' रैछ, नेप्चेको मुटु राख्ने ठाउँ नपाएर हैरान भैरा' जस्तो छ। अनि भउते अचेल ढुंगा माटोको ईन्जीनियरिन् छाडेर डाउडर बन्न थालेछ कि क्या हो, नेप्चेको ओपन हर्ट सर्जरी गरेर सिङ्गै मुटु झिकेर चटकीले जस्तै प्रदर्शन गरिदे'छ।

यो ठूल्नानीको बोली चैं तोते भएनि रमाईलो लाग्छ। अरू लामो कुरा गर्ने फुर्सद नि छैन अचेल त। गएँ म, पछी भेटौंला।
 
Posted on 04-07-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! हाजिरै गर्न बिर्सेछु!

रोल नं ८ चित्रेऽऽऽऽऽ
येस् मास्टर्नी दिदीऽऽऽऽऽऽ
 
Posted on 04-07-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्ता पनि गाम्ले हुन्चन? झन चौतारीआँ सर्ने बेलाँ, यदी भांग धतुरो खार लड्या रैछु भने, उठार लैजानु है भनेर सपलाई बिन्ती गर्या त के मान्थे? हामी त मरे बाँचे नि कल्लाई के मतलब? सपका मतलब गर्ने मुन्छे छन्, हाउँरा पो कोइ छैनन्! बल्ल बल्ल लड्दै पड्दै आएँ यो नौलो चौतारीआँ! मास्टरनी नानी पनि हामी जस्तो "कालो अक्षर भुइँसी बराबर" लाई क मतलब राख्थिन ?
रिसै उठेर आम्छ भनेको मुलाई त, साँच्ची!
 
Posted on 04-07-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छा त मटर बाट लडेछन्। लु शिघ्र स्वास्थ्यलाभ अर है कान्छा। मेखे सक्रातीमा ज्याग्दीघाटको मेलामा धुम-धामले नाचेर रमाइलो गर्न पर्छ। शेखाम तिरका तरुनीहरुनि आउँदै छन के मेलामा। :-)

ए चित्रे, "आउँछु" लाई "आम्छु" अनि "पाउछु"लाई "पाम्छु" त चले कै कुरा भो। चौतारी लाई चम्तारी त अति भो यार, हजम भएन। :p

:-)
-भउते
 
Posted on 04-07-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो, चौतारीको पाँचौँ पेजमा गयो कि जगजीत सिंहको "तुम इतना जो मुस्कुरा रहे हो....." बज्छ, तीनचोटि जति चेक गरिसकें।
सबैकोमा हो यस्तो?
 
Posted on 04-07-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता बाट नि त्यस्तै सुनिन्छ गोताएँ। त्यो सान्कान्छो घाँस दाउरा गर्न जँगल पस्यो कि गीत गाउँन सुरु अर्छ के। केटीहरु छन् कि भनेर होला नि। :-)

त्यै सुनिएको हो। के का जगते ले गीत गाम्थ्यो र यहाँ चौतारीका वरी परी। :-)
 
Posted on 04-07-06 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै लिंक-सिंक पनि देखिन्न। तर जल्ले गरे पनि राम्रै गरेछ। बरु अर्को पेजमा नारायण गोपाल, अर्कोमा कुमार बस्नेत ..... आदि गर्दिए हुन्थ्यो। हाम्रो भलै हुन्थ्यो।
 
Posted on 04-07-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा राम्रो गीत चौतारी चिन्दा नै राख्न भन्नु परो। शुरुमा राके पछि त जति खेर नि बज्छ नि।
 
Posted on 04-07-06 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के राख्दा राम्रो होला? लोकगीत, राष्ट्रिय गीत, पप? लोकगीत पो ठीक होला की?
 
Posted on 04-07-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चौतारीमा मै बसे होला की" भन्ने गीत राख्ने। :-)
 
Posted on 04-07-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सही गीत सम्झनु भो। अर्को पनि छ, "चौतारीमा बसेर रुन पाऊँ, मनको पीर आँसुले धुन पाऊँ...." भन्ने। चौतारीमा छलफल चलाउनु पर्ला।
****************
बरु यतिखेर यो चौतारीमा हामी दुई मात्तै हो कि के हो? यता शनिवारको मध्यान्ह हुँदैछ। सुत्ने बेला भ' छैन भन्या तेता?
 
Posted on 04-07-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>ए चित्रे, "आउँछु" लाई "आम्छु" अनि "पाउछु"लाई "पाम्छु" त चले कै कुरा भो। चौतारी लाई चम्तारी त अति भो यार, हजम भएन। :p

हा हा हा ! अब "दौँतरी"लाई "दम्तरी" भन्न भएसि "चौतारी"लाई "चम्तरी" भन्न नि हुन्च कि भुनेर होला नि, है चित्रे! झुक्केछ बरा!

राखुम्, लु, बसुम्, मुलाई मुन लागो आदि सम्म त ठिकै हो हुँदा हुँदा हजुरले "भुनेर" "बुसेर" भुन्या बिर्सिनु भो?


गौतमजी,
मेरोमा नि आयो त्यो गीत। कसले राखेछ? चौतारीको वातावरण अनुसार दिनदिनै फेर्दिए सुनमा सुगन्ध हुन्थ्यो नि है। ल त नि १५ तारिक पैयुँका बोटमुनि बुसेर साके खाम् केरे।
मिल्यो भुने आम्ला। मिल्नलाई क्यार्च क्यार्च।
 
Posted on 04-07-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>एउटा राम्रो गीत चौतारी चिन्दा नै राख्न भन्नु परो। शुरुमा राके पछि त जति खेर नि बज्छ नि।
नाई! पेजैपिच्छे फरक गर्नुपर्छ नत्र त औडाहा हुन्छ। चौपारी भुनसि त लोकगीत नै बेश होला तर यो गीत पनि मिठो रेछ। मीठो भए देखुन अरु पनि चल्नर गरम् कि भून्या नि।
तर स्यानुखान्छो गुल्टेछ, कसले राख्छ है।
 
Posted on 04-07-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले अघिल्लो शनिवारबाटै थाल्या हैन हानामी? ल दादा मिलाएर आउनुप-यो।

यसपाली साके संगै मेरा हाइकु पनि खाने बनेका छन् साथीहरुले। हुनत आजभोलि नया केहि लेखिएको छैन पुरानै सुनाउनुपर्ला। धेरैजसो साझामा नआउने नै छन्, तीनका लागि त नयै भो।
 
Posted on 04-07-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste chha hai . chautari ma ramailo bhaira rahechha


:)

 
Posted on 04-07-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज सपै रेछन।
जदौ अरेँ है दादा, गोताएँ, भौते सपैलाई!
कान्छो छिटो ठिक हुनु र मजाओ लोकगितहरु टाँस्नु चौतारिमा।

हे हे हे चित्रे चम्तारि रे :)
 
Posted on 04-07-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु माष्टरनी नानी नि टुप्लुक्क आउनुभएछ!
नमस्ते है माष्टरनी नानी
 
Posted on 04-07-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी नानी पनि भो ! हाम्लाई पनि त्यस्तै नमस्कार गरेको हो कि के हो ? :P :-) :D

त्यसै हो भने त मैले नमस्ते फर्काइन हजुरलाई। :-)

बिर्खे-जिम्माल कता हो आजकाल, देख-भेट छैन नि। जिम्माल्नी आरामै ? :-)
 
Posted on 04-07-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठेर चिया पकाम्नी बनेको उठ्नै मुन लाग्दैन बा।
जदौ! बिर्खे भाइ!
जदट मास्टर्नी!
हेर, मास्टर्नी पनि क्रान्तिकारी छिन्। पारसेलाई तत्यस्तो भन्दिइन्। बुल्ल खायो।
---
 
Posted on 04-07-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हुनु भाऊते डियाँ चरार भर्खर फर्केओ म त!

दादा चियामा सुकमेल पनि हालुम है, मुलाई मन पर्छ क्या :)


झन सम्झ्यो रुन्छ मन
तल हेर्यो निला बन
माथि हेर्यो ठाडो भिर
पापिनीले पार्यो ठुलो पिर

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Why Americans reverse park?
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters