चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
के हो यस्तो सुनसान हाम्रो चौतारी? सबै जना पंडितनी श्री सुश्री श्रीमति ठुलनानी थपलियाद्वारा पति महात्म्य पुराण भन्ने गाम् मै जस्तो छ। चौतारीमा आई चौतारीलाई नि पुराण सुनाइ दिनु पर्यो प्रभूनी!!!!!!!!!!!!!!
हेरि कुरो के परो भन्देखुन, उता एउडा नानीले कथा कथेर धागो उन्या रेछिन के रे, त्याँ तो पड्न छिर्या, त्याँसि हाउँरो चित्रे नि तेइँ जिस्किरा रेछ। पछि धागो बन्द नअरि के जाति रिफ्र्यास अर्या अरेइ गरियो के रे, मइँले त चौतारी भन्ठानेर नानिहरु सँअ जिस्केर बसेँ। पछि एसो हेर्या त धागो रेछ, बित्याँस परो जस्तो छ। धागो बिउरेर बित्याँस परो भन्या होइन, म बुडो भन्ने था पाएर बित्याँस परो भन्या! !
"केटीहुरले लोला हान्दा नि सहेर बस्ने तँ नामर्द! थुक्क तेरो तालु!", साथीको गाली गुन्जी रह्यो रात भरि कानमा। सोंचे, केहि त गर्नै प-यो। तर के गर्ने? वरिष्ठ दाजु राहुलदाईले भने झैं लोलाको साटो गोला हानुम्, सिपाही परिएन। नजानी नजानी गोला हान्न बन्दुक उठाउँदा खप्परै तारेमाम् हुने राहुलदाईको सुझाव चित्त बुझेन।
के गर्ने त?
कसरी बदला लिने त?
गुलेलीको रबर नि प्याट्ट नचुँडियोस्, मट्याङ्ग्रा नि खेर नजाओस्, चरी खुत्रुक्कै हुने गरि मरी भन्ने टेन्सन् नि नपरोस्, लाग्न त लागोस्, तर मायाले सुम्सुम्याउँदै फेरि बचाउन मिल्ने गरि घाईते भएर चरी आफ्नै हाताँ परोस्...यस्तै यस्तै योजनाहरु सोंच्दा सोंच्दै दिन बिते, रात बिते, हप्ता बिते, महिनै बितिएछ। आफू परियो अलि सुस्त।
ल्यासी पाऊँ लोप लेटरको जवाफ ल्यासी पाऊँ प्याकेटले नै दिम् भन्ने असल पिलान जब गिदीमा प-यो, सुनें ति चरी त छैनन् रे वरी परी। अमरिका लागिछन्, बर्ष्यो मेरो मनमा झरि। ति लोला हनुवा, ल्यासी पाऊँ लेटर लेखुवा, तोते बोलुवा, चरी उढेको पिलेन तेही हो जस्तो लागेर ताकेके हो पिलानको गुलेलीले, मट्याङ्ग्राऽ सत्त्यानाश!
बर्षौं बिते। तरुणो भईयो। बिहेको कुरो चल्यो। उ बेला अमरिका पुगेकी थिई ति चरी, हामी पनि अम्रिका कै केटी बिहे गरेर त्यहीं पुगिए त कतै दशैं भेलाँ, नभए कन्सर्टाँ, नभए काम चोर बनेर तलब खान पाईने सरकारी अड्डाँ, नभए आफू भाँडा माझ्ने रेस्टुराँ ऊ वेट्रेस भए पनि...भेट भईहाल्थ्यो कि भन्ने झिनो आशाँ, अमरिकाने नेपाली केटीको राख्नु भ'को बुवा मुवाको प्रस्तावलाई मैले नाई भन्न सकिन।
संयोगबश भेट भईहालेमा उसलाई के भन्ने? के गर्ने? कसरी पुरानो बदला लिने? अर्को योजना बनाउन बित्ने होलान् फेरि बर्षौं। म त अझै सुस्त....
तिमी के जाति तो पिरेम चोपरा को डाँका खेल खेल्छु भन्दै सात गाम सुनाम्दै हिन्या थेउ रे पुन्टे बुडा। क्यार्न बुडेसकालाँ खप्पर फुटाउन खोज्या हौ कुन्नि। देशाँ त तेस्ता सेनिमाँ खेल्नि डाँका बाटाँ देखे नि भकुर्छन भन्ने सुन्याहुम के रे यो कानले। म भन्दा जेठा हौ के रे, अब कति बर्ख बस्छौ कुन्नि सन्साराँ क्यार्न बुडेसकालाँ कोलको कात्ति जस्तो पेलिन खोज्छौ ए बुडा???
आज बल्ल अलिक सास फेर्न पाएर रमाउँदै साझा छि-या नि। भउते मुन्ट्यो के रे बल्ल, साली छिन् सहि सलामत्!
मैले त एयरपोर्टाँ बुझि लिने बखतै मुखै हेरेर भनेको यो बिर्खेको भरोसा छैन भनेर। नभन्दै आ'को २ दिन मै मेरो जिनको जकिट हडप पार्नि कुरो अर्दै थ्यो बेईमानले! बज्जे जानि बेलाँ ढोका ने'र कस्टम चेक अर्न पर्छ यस्को भनेको हो कि होईन मैले? तेई कस्टम चेकाँ फेला प-या'त्यो बज्जेको बाकसाँ रिट्ठेको गलबन्दी!
कताऽटि लुकाम्न भ्याएस कुन्नि अर्को एउटो माल चईं? आज बिहान पो भउते जानि बेलाँ, "दाई, मेरो प्याजी रंगको हनुमान कट्टु देख्नु भो कतै? भाउजुले भेट्टाउनु भो' भने लाजै हुन्छ।" भन्द े कान फुकेका थिए मेरो।
अरु ककस्को के के हरायो, हँ? बिर्खे बेईमानको भरोसा छैन!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.