Your very own sajha blog!  

Other Blogs by rahulvai
किन?
दशैंको टीका
मनकी रानी !
आलु" अर्थात रमेश।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।भाग २
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
भूतेश्वर महादेब
किचकन्याको कथा (Part 1)
भोक र लोहचा मरीको कथा।
यो माया पाप हो भने,
भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
तिम्रो हाम्रो कथा
हाम्रो संबन्ध!
गजल-राहुलभाइ
गजल-राहुलभाइ
पिताजी को सुनको तक्मा-2
"पिताजी को सुनको तक्मा"
मेरो कथा- भाग 2, "दुखद सुख"
मेरो कथा- भाग १, "दुखद सुख"
निस्ठुरि
गीत
बैंश



Guild by Type
Articles
Poems
Stories
Essays
Humor
Movie/Book Reviews
     दशैंको टीका
Blogger: rahulvai, October 09, 2007
    

दशैंको टीका

त्यतिबेला सम्म जिउंदो रहे भने,
च्याण्टेको आमाको सिउंदो रहे भने,
काका! यसपालीको दशैंमा
टीका लागाउन आउंदै छु।
आषिश थाप्न आउंदै छु।

भो काका,
खसी किन्न हाट जानु पर्दैन।
ज्यानमारा साहुको लात खानु पर्दैन।
बाटा भरि बारुद हरु होलान्,
निस्तब्ध रात फेरि चिर्नु पर्दैन।

मान्छेको मोल खसी भन्दा सस्तो भएको बेला,
बोली भन्द सस्तो गोली भएको बेला।
काका,
चुकुल लगाऔं
र सुकुलमा बसौं।
अर्को साल भेट होला न होला,
यसैपाली आगौंको भाग समेत
टिका लगाइ दिनुस्,
मान्छेको म्रित्यु मर्न सकुं
यही आषिश दिनुस्।


Viewed: 3122 times.
COMMENTS:
Date: October 10, 2007
Name: rahulvai
Comments: धन्यबाद, आचार्य दिलिप जी। यथार्थतालाई शब्दमा बाँधेको मात्र हो, बाकी त वास्तबिक तस्बिर हो, तपाई हामीले देखेको, भोगेको।

Date: October 09, 2007
Name: Acharya Dilip
Location: http://dacharya.blogspot.com/
Comments: वाह ! साच्चै मन छुने कविता !! नराम्रो कामको बिरोध गर्न नसक्नु कायरता हो भने राम्रो सृजनाको प्रशंसा गर्न नसक्नु पनि कृपणता हो जस्तो लाग्छ मलाई । तपाईको कविता पढे पछी केहि नलेखी बस्नै सकिन । साच्चै भन्ने हो भने मेरो मनमा अहीले यस्तो भाव आईरहेको छ कि जसलाई ठ्‍याक्कै व्यक्त गर्न म हिन्दी भाषाको सहायता लिदैं छु ......."...काश।।! ए मैनै लिखा होता !"

 

 

Leave Comments on this blog (Needs to be Approved by blog owner)
Your Name:
Email: [will not be published]
Location:
Comments:
Please log into sajha to be able to comment!
+++++ A Presentation of Sajha.com - Bringing Together Nepali Communities +++++