Your very own sajha blog!  

Other Blogs by rahulvai
किन?
दशैंको टीका
मनकी रानी !
आलु" अर्थात रमेश।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।भाग २
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
भूतेश्वर महादेब
किचकन्याको कथा (Part 1)
भोक र लोहचा मरीको कथा।
यो माया पाप हो भने,
भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
तिम्रो हाम्रो कथा
हाम्रो संबन्ध!
गजल-राहुलभाइ
गजल-राहुलभाइ
पिताजी को सुनको तक्मा-2
"पिताजी को सुनको तक्मा"
मेरो कथा- भाग 2, "दुखद सुख"
मेरो कथा- भाग १, "दुखद सुख"
निस्ठुरि
गीत
बैंश



Guild by Type
Articles
Poems
Stories
Essays
Humor
Movie/Book Reviews
     आलु" अर्थात रमेश।
Blogger: rahulvai, September 13, 2007
    

आलु" अर्थात रमेश।
"भगवानले फेल गराएको"
*******************

आलु अर्थात रमेश, हाम्रो क्लासको छुट्टै क्यारेक्टर। थोरै बुझ्ने धेरै बोल्ने, धेरै पढ्ने थोरै बुझ्ने, उनको बिषेशता थियो। तर आफुलाई अब्बल् दर्जाको बिद्यार्थीको श्रेणिमा राख्ने गर्थे आफै।
पढाइमा पनि गोबर नै नभए नि आलु चाहिँ पक्कै थियो।
तर डल्ले मोटे भएकै कारणले आलु भनेका हुन् रे उनका पुराना सहपाठीहरु भन्ने गर्छन्।
१० कक्षा पढ्दा अरुको औसत उमेर १५-१६ थिए भने उनको १८। सबै भन्दा जेठा भएकोमा उ गर्ब गर्थ्यो र सबैले दाइ भन्थे। आलुचा भन्यो कि मुला भन्दै रिसाउथ्यो तर "आलु दाई"
भन्यो कि मख्ख पर्थ्यो।
१० पढ्दा पढ्दै जवानी सल्के छ। हाम्रो क्लासले के बाल दिन्थ्यो, त्यसैले
छिमेकी क्लास ( अर्को सेक्सन) कि एक जना छात्रालाई मन मनै मन पराउन थाले। एके छिन क्लास खाली भएको कि उता झ्याल् तिर चियाएर बस्थ्यो।

पढाइ सक्यो। एस् एल् सी को परिक्षा अलि पर नै थ्यो। कमजोर् आलुको पढ्ने भन्दा नि "कमला"को सपना मै मस्त थियो। कमला जहाँ जहां ट्युशन पढ्न जान्थी, त्यतै ट्युशन पढ्न पुग्थ्यो। अरु साथीहरुले कमलाको कुरा प्रसंग बे प्रसंग निकाल्दा आलुको अनुहार् मा चमक् आउथ्यो र सबलाई चिया नास्ताको बन्दोबस्त गर्थ्यो। उनको यो स्वभावले पम्पू हाल्नेहरुले मज्जाले हावा भरे।

त्यति सम्म त ठिक्कै थियो। बिहान बिहान चिया नास्ताको लागि जेरी स्वारी हलुवा किन्न उ जैसी देबल पुग्थ्यो।अब त्यही भोंसिको टोलमा अनेक मिठाइ पसल हुंदा हुदै नि आधा घण्टा हिडेर जैसि देबल् पुग्नुको एुटै कारण, कमला पनि त्यतै मिठाइ किन्न गर्छिन् रे।
एस् एल् सी सकियो। पास हुनेहरुको नामावलीमा "आलु" को त नाम आश गरेको थिएन। तर कमला भन्ने आलुको दांजोमा पढ्ने मै गनिन्थ्यो र पनि फेल भइन। १८ प्रतिशत मात्र पास भएको सालमा केही होनहार हरुको पनि हार् भएकोथ्यो।

एक दिन बिहानै, आलु भेट भयो बाटोमा( शायद, जेरी स्वारी किन्न जान लागेको होला)।
"ए आलु, कता जान लागेको? " मैले सोधें।
उ अक्कमक्कियो र "त्यहीं सम्म जुत्ता बनाउन जान लागेको।"
उस्ले ढाँटेकोमा आश्चर्य भएन। त्यतिबेला जुत्ता बनाउने सार्कीको पसल खुल्दैन, त्यो मलाई थाहा थियो।
भेट भए पछि त्यसले मलाई लामो गफ लगाउंछ त्यो थाहाथ्यो।
"तंलाई बधाई छ, बोर्ड ल्याइदियो।"
"तेरो के भएको नि? जाँच त राम्रै भयो भन्थिस् नि?"
"पास त पक्कै हुनु पर्ने। के भयो के भयो?"
"इङलिस् चाहिं अलि बिग्रेको, तर नेपाली मा त फेल हुनु नपर्ने, त्यो कापि जाँच्ने मुलाले नेवार भनेर थाह पाएर ल्यायो जस्तो छ।"
"तर बुझिस्, फेल भए नि खुशी छुं"
फेल भएर नि खुशी? मैले बुझिन उनको कुरा।
"ए आलु, फेल भएर नि कोही खुशी हुन्छ, तं कसरी
खुशी?"

"ल मुला त्यति पनि थाहा छैन तिमीलाई?
म मात्र फेल भएको भए पो, दुखी हुन्थे, त्यो कमला नि फेल भयो नि। हामी दुबैलाई भगवानले फेल गराएको नि। नत्र पछि अप्ठ्यारो हुन्छ भनेर।"

यो जवाफ सुनेर म अवाक भएं । मेरो सानो काम छ, ढिला हुन लाग्यो भनेर आफ्नो बाटो लागें।
अचेल आलुको छोरो केटी घुमाउने भैसके र पनि हरेक मछिन्द्र नाथको रथ यात्रा र इन्द्र जात्राको कुमारी यात्राको भीडमा आलु भेटिन्छ, जैसी देबल तिर्। कहीं झ्यालमा, चोकमा कमलाको दर्शन पाइहाल्छ कि भनेर।
अस्तु!।


Viewed: 2968 times.
COMMENTS:
Date: September 20, 2007
Name: rampudke
Comments: Bichara Aloooo

 

 

Leave Comments on this blog (Needs to be Approved by blog owner)
Your Name:
Email: [will not be published]
Location:
Comments:
Please log into sajha to be able to comment!
+++++ A Presentation of Sajha.com - Bringing Together Nepali Communities +++++