Your very own sajha blog!  

Other Blogs by rahulvai
किन?
दशैंको टीका
मनकी रानी !
आलु" अर्थात रमेश।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।भाग २
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
भूतेश्वर महादेब
किचकन्याको कथा (Part 1)
भोक र लोहचा मरीको कथा।
यो माया पाप हो भने,
भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
तिम्रो हाम्रो कथा
हाम्रो संबन्ध!
गजल-राहुलभाइ
गजल-राहुलभाइ
पिताजी को सुनको तक्मा-2
"पिताजी को सुनको तक्मा"
मेरो कथा- भाग 2, "दुखद सुख"
मेरो कथा- भाग १, "दुखद सुख"
निस्ठुरि
गीत
बैंश



Guild by Type
Articles
Poems
Stories
Essays
Humor
Movie/Book Reviews
     भूतेश्वर महादेब
Blogger: rahulvai, August 14, 2007
    

भूतेश्वर महादेब
****************

मल्लकालमा उपत्यकाका तिनै शहरको बैभव र उन्नति इतिहास पढेकै हुनु पर्छ।
कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा शिद्धि नरसिंह मल्ल बीचमा आपसी दुश्मनी त छंदै थियो त्यो भन्दा बढि प्रतिस्पर्धाको भूत सवार थियो। एक ले नयाँ कुनै काम् गर्यो कि वा नयाँ सिर्जना गर्यो कि अर्को ले त्यो भन्द चर्को अर्को बनाउनु नै पर्ने। हुन त त्यतिबेला को नेपाल् बैभवशाली थियो नै। कला, संस्क्रिति को स्वर्णयुग मानिन्थ्यो।
शिधि नरसिंहले वास्तुकलाको अनुपम नमूना पाटनको क्रिष्ण मन्दिर बनाए। महाभारतका सम्पूर्ण इपिसोड शीलाका कुंदिएको त्यो सुन्दर मन्दिरको बारेमा यता तान्त्रिक एवं कबि प्रताप मल्ललाई जानकारी थियो नै।

मूर्ति प्रतिस्थापन गरी त्यो भब्य मन्दिरको अति भब्य उदघाटन समारोह गर्ने तिथिको साइत जुर्‍यो। देश देशाबरका गण्यमान्यलाई राजकीय निम्ता पठाए। तर प्रताप मल्ललाई त्यो खुशी प्राप्त भएन। पाए पनि के गर्नु, शत्रु देशमा पाइला न टेक्ने कसम् खाएका, फेरि कसम नै तोडुं भने शत्रुबत ब्यबहार गरेर दन्डित हुनु पर्ने हो कि भनेर चिन्तित थिए।
क्रिष्णजन्माष्टमीको पबित्र दिनमा मन्दिर प्रतिस्थापनको समारोह अश्वामेघ यज्ञ सहित सुरु भयो।
यता प्रताप मल्लको छाति पोल्न थाल्यो। प्रताप मल्ल, कबि र तान्त्रिक मात्र थिएनन्, कलाका पारखी पनि त्यतिकै भएका ले, अति बर्णित त्यो मन्दिर जसरी भए नि हेर्ने भनेर निर्णयमा पुगे। बिना निम्तो शत्रु देशमा त्यसै जाने कुरा भएन, सुरक्षाको कुरो पर्‍यो। भारदारहरु सङ छलफल भयो भने हुदैन भन्ने निर्णय हुने। त्यसैले उनले कसैलाई न भनीकन क्रिष्ण मन्दिरको त्यो अलौकिक द्रिश्य हेर्न गए।

प्रताप मल्लले आफ्नो तान्त्रिक शक्तिको बल ले एउटा सानो सर्पको रूप धारण गरे र तन्त्रको मद्दतके एकै चोटि यज्ञ स्थलमा पुगे। मन्दिरको कला र सिर्जना देखेर आल्हादित के भएका थिए, यज्ञमा संलग्न एकजना वटुकले सर्प देखि हाले र डराएर चिच्याउन थाले। उपत्यकाका मान्छे न ठहरे, सर्प भने पछि त्राहिमाम त्राहिमाम्। भागदौड मच्चिन थाले। यज्ञा र प्रतिस्थापनको साइत माथि नै संकट आयो। राजाले आफ्ना सैनिकलाई आदेश दिए, जसरी भए नि त्यो सर्प समातेर ल्याउनु। केही क्षणको संघर्ष पछि त्यो यज्ञा बिथोल्न आएको सर्पलाई पाटा कसेर झ्याइँकुटि गर्दै ल्याए। र यज्ञ पूर्बत सुरु भए। अब त्यो सर्पलाई के गर्ने, झन्डै कार्यकरम नै बिथोलिएको बज्याले गर्दा, राजाले पण्डित जी संग राय मागे। अब पण्डितको नि सातोपुट्लो उडेको त्यो सर्पको कारणले, "त्यो सर्पलाई यही यज्ञको ज्वालामा आहुति दिनु पर्छ, महाराज!" पण्डितजीले आफ्नो रिस पोखि हाले।
यता कान्तिपुर दरबारमा प्रताप मल्ल बेपत्ता। उनका अभिन्न मित्र एवं महा तान्त्रिक जामन: गभाजुले कहाँ गए होला भनी तान्त्रिक चक्षुले हेर्दा त सर्परुपी राजा यज्ञ को अग्निमा ॐ स्वाहा हुन लागेका। वटुकहरु मन्त्रोचारण गर्दै स्वाहा गर्न ठिक भएको भयाबह द्रिश्य देखे, जामन: गभाजुले।
लौ राजालाई जसरि भए नि बचाउनु पर्यो भनी गुभाजुले गजबको जुक्ति निकाले।

जामन: गुभाजुले २ जना ससाना बालक रुपी भूतको साधना गरे र आफुले ऋषिको भेष धारण गरी तान्त्रिक शक्तिको बलले निमेषमै यज्ञ स्थल पुगे। अन्तिम मत्रोछरण गर्दै ॐ स्वाहा के गर्न लागेका थिए, जामन: गभाजु सङ आएका ती बालकहरु ह्वाँ ह्वाँ रुन थाले। अचनक बालक रोएको सुनेर यज्ञमा स्वाहा गर्ने काम रोकियो। को किन यसरी बेसास्री रोए त? खुल्दुलीको बिषयभो। यस्तो पबित्र कार्य गरिरहेको ठाउंमा बालक रुनु अपशकुन हुने हुन्छ। शिद्धि नरसिंह राजाले बालक रुनुको सत्यतथ्य पत्तालगाउन हुकुम् गरे। बालकहरु सङै आएका ऋषिले भने" यी बालकहरु हजुरको बैभवशाली साम्रज्यमा पनि खान नपाएका अभागीहरु हुन्। धेरै दिन देखिका भोका छन्। यिनलाई खाने कुरा दिए, रुन बन्द गर्छन, सरकार"। ऋषिको यो कुरा सुनेर राजाले जे जति खान्छन् खान् दिनु भनेर भण्डार् हेर्ने अंात्यलाई आदेश जारी गरे। यत्तिकैमा अलमल् हुदां सर्प आहुती गर्ने काम त्यसै रोकियो।

आदेशानुसार् बालकहरुलाई खानेकुरा दिए। जति खाए नि न अघाउने, भण्डार् का भण्डार् सखाप परि दिए। आखिर् भूत जो ठहरियो। खाने कुरा सकियो। बालकहरु फेरि रुन थाले। राजा शिद्धि न्रसिंह समेत अचम्म, भण्डार् सकिने गरि खाए पनि न घाउने फेरि रुने? अचम्म मान्दै ऋषिलाइ "अब के गरे यिनीहरु रुंदैनन् ऋषिबर्" भनेर सिओधे। जाम्न" गुभाउजुले मौकामा चौका हानी हाले।
" ख्वामित, त्यो अघि यङ्ञामा आहुति दिन ठिक्क पारेको सर्प खोजेका हुन् यी बलक ले"। " सर्प दिएमा चुपचाप गाउं फर्कन्छ , महाराज"।

सर्पलाई तह लगाउन पो यज्ञमा होमिन लागेको अरु कुनै बैद्क र धर्मिक उपक्रम थिएन।
राजाले सर्प बालकलाई दिनु भनी हुकुम् बक्से।

यसरी सर्परुपी राजा प्रताप मल्ललाई म्रित्युको मुखबाट बचाएर सकुशल कान्तिपुर फर्काउन सफल रहे, जामन: गभाजु र दुइ भूतहरु। नत्र अनर्थ हुन्थ्यो।

यो कार्यमा ती दुइ बालकरुपी भूतहरुको महत्वपूर्ण भूमिका रहेकोले प्रतापमल्लले तिनको सम्मनस्वरुप भूतेश्वर् महादेबको स्थापना गर्न लगाए। तर यसको कुनै मन्दिर छैन। एक बसाह सहितको शिब लिङ्ग र एक खाल्डो निर्माण गर्न लगाए।

कुनै पनि भूत पिशाच भगाउने र शुद्दिकरण कार्य गर्दा भूतको भाग छुट्याइ त्यहि भूतेश्वर महादेबको खाल्डोमा चढाउनु पर्ने चलन चलाए र आज पनि त्यो परम्परा अद्यापी छंदै छ।
अब त्यो महादेब कहाँ पर्छ भन्ने जिज्ञासा पक्कै भयो होला। त्यो भूतेश्वर काष्ठमण्डप को सिंढिको ठिक अघिल्तिर छ। अर्थात कुमारी घर्को छेउ भएर काष्ठमण्डप अौदा, बाटोको बिचमा खाल्डो र बसाह अझै देखिन्छ।
अर्थात ठुल्दाई को घर छेउमै पर्दछ। अर्थात अशोक बिनायक, काठमाडौ गणेशस्थान अघिल्तिर बिच भागमा खल्डो जो छ त्यही भूतेश्वर हो।
धेरैलाइ ज्ञात नभएको र थोरै ठाउमा मात्र बर्णित यो सत्य ओझेल् मा परेको छ।
खोला तर्‍यो लौरो बिर्सियो जस्तो हाम्रो ब्यबहार छ। भूतलाई सम्झेर बर्तमान बनाउन खोइ हामीले जानेको? चेतना भया।
अस्तु! © तारेमाम्।


Viewed: 2895 times.
COMMENTS:
Date: August 14, 2007
Name: isolated freak
Comments: BTW, if you want to see how Pratap Malla looked like, then go to the National Art Museum in Bhaktapur. There's a painting of him dancing after returning home from tirthas in India. Its an amazing painting.

Date: August 14, 2007
Name: isolated freak
Comments: another excellent piece. i am amazed by your knowledge of kathmandu's culture. besides bhuteswor mahadev, there are other intertesting gods in kathmnadu-kan deuta than, luku: mahadeva, ajimas, khyaks. just wondering, if you have devamala banshabali or hamro samaj ek adhyayan by janak raj sharma with you? aru pani jaos. why not post this in the main kurakani forum too. that way people who normally do not visit the blog page too can read your excellent pieces ? Just a suggestion.

 

 

Leave Comments on this blog (Needs to be Approved by blog owner)
Your Name:
Email: [will not be published]
Location:
Comments:
Please log into sajha to be able to comment!
+++++ A Presentation of Sajha.com - Bringing Together Nepali Communities +++++