Nepal News May 18
Popular Videos





   [Show all top banners]

serial

Subscribers
[Total Subscribers 6]

raju161

jayhos-jaynepal

keli

lolitalover

Bhakte

ticktock
:: Subscribe
Related Videos
Back to: - KURAKANI GENERAL DISCUSSION Refresh page to view new replies | HOME PAGE
 चौतारी चौथौ वार्षिकोत्सव Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7  
Keywords associated with this thread
aau priye by Jira     
[VIEWED 9578 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 09-07-09 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"चौथौ वार्षिकोत्सव बिशेष" 


समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ


 


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'

**********************************************************************

 






लौ बसुम यही चौतारीमा


तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी
चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी
मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु
तिमी मुसुक्क मुस्काउनु चौतारी
म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- क्रेजी, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानोअभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 158 editions.

चौतारी - वार्षिकोत्सव विशेष
"चौथौ वार्षिकोत्सव बिशेष"
 अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 

बधाइ तथा धन्यवाद !

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्


गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्


यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।

२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
 
Last edited: 08-Sep-09 12:05 PM

 
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 09-11-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चौतारी तिमी आज चार बर्ष को भयौ। नेप्ची भाउजु भन्नु हुन्छ अब देखी तिमीलाई पुराना औतारीहरुको खांचो छ। यस्को सुरुवात तिमी रिंकुटे, नमे, दिप, बिर्खे-माइला, दीपीका, सान्नानी, नेपे-दाजु, चना-तर्कारी, पून्टे दाइ, गोतामे, मदनवा, हरि र रीया हरुबाट गर :)  


टुं ssssss.....   टुं  sssssssss......... टुंsssssssssssssss....................


 

Last edited: 11-Sep-09 12:24 PM

 
Posted on 09-11-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सबैलाई नमस्कार।


हेर्दा हेर्दै चार बर्षको भएछ। चौतारीका सम्पुर्ण साथी-भाइ, दिदी-बहिनी, काका-काकी, हजुर-आमा,हजुर-बा, फुफु, मामा-माइजु, साला-साली, भतिजा-भतिजी, भान्जा-भान्जी आदी-इत्यादी सबैलाई धेरै धेरै बधाइ अनि शुभकामना।


चार बाट चालिस पुर्याउने जिम्मा तपाइंहरुकै।


जय चौतारी, जय चौतारीका औतारी।


 
Posted on 09-11-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 09-11-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अहम !


इती श्रीइस्कन्दे  केदारखन्डे माघ माहत्मे श्री चौतारेस्वरी संवाद अत १५८ औ अध्याय ! 


नेप्ची भाउजु आज्ञा गर्नुहुन्छ  हे चौतारी का औतारी तिमीहरुले हात गोडाको नंग काटी गंगामा स्नान गरी एक चित्त एक भक्त भई  २००५ सेप्टेम्बर ७ तारिक का दिन सुरु गरेको चौतारी अनेकौ उकाली ओराली पार गरेर आज चार बर्ष पुगेको छ ! तर यसै बिचमा शिव शर्मा झै कैयो औतारीहरु बेपत्ता भई आजका दिन सम्म पनि नफर्केकाले सम्पूर्ण साथी-भाइ, दिदी-बहिनी, काका-काकी, हजुर-आमा,हजुर-बा, फुफु, मामा-माइजु, साला-साली, भतिजा-भतिजी, भान्जा-भान्जी आदी-इत्यादी सबैलाई यसै सुचना लाई आधार मानि फर्किन अनुरोध गर्दछु !


टुsssssssssssउ


नमस्ते भाभी !

Last edited: 11-Sep-09 12:39 PM

 
Posted on 09-11-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



रिट्ठे, लहरे, बैरे , चिप्ले, बिर्खे , ठुलि , पुरे लगायत सबैमा तारेमाम ।


धेरै समय पछी चना दाई पाल्नु भएको छ । चना दाई तारेमाम है ।


 
Posted on 09-11-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेप्ची भाउजुलाई तारेमाम् गरेको खोइ ठुल्दाइ


एसो गर्नु त भएन नि - ल तारेमाम् ठोकुँ त ठुल्दाइ 


 
Posted on 09-11-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम मात्र किन बौचा ? तारेमाम भन्दा अमुल्य greeting दिएको छु नि सधैं ।
 
Posted on 09-11-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आजको मेरो प्रश्न छ:


ओहो ओहो चौतारीमा को हो?
मुख पनि छ, कान पनि छ।
नाकको मुनि underline छ।
ओहो, ओहो चौतारीमा को हो?
कथा पनि छ, कबिता नि छ,
मार्ल्बोरो हैन तर हातमा सुर्य छ।
ओहो ओहो चौतारीमा को हो?


नमस्ते, तारेमाम र जदौ सबैलाइ।


 
Posted on 09-11-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम क्रेजी परमात्मा ।



मैले त चिनिन क्रेजी ले भनेको मान्छे।


 बौचा हो ?


 गेस हान्देको नि ।


 
Posted on 09-11-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

के हो त्यो अमूल्य greeting - ठुल्दै पनि बेला न कुबेला रोम्यान्टिक भइदिने


तारेमाम् क्रेजी के छ - त्यो भूत को कथा चाँडो पूरा गर त ल


 
Posted on 09-11-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

""ओहो ओहो चौतारीमा को हो?
मुख पनि छ, कान पनि छ।
नाकको मुनि underline छ।
ओहो, ओहो चौतारीमा को हो?
कथा पनि छ, कबिता नि छ,
मार्ल्बोरो हैन तर हातमा सुर्य छ।
ओहो ओहो चौतारीमा को हो?""


यसको उत्तर प्रश्नकै शैलीमा-


ओहो ओहो चौतारीमा के हो यस्तो


मुख र कान भएको जेन्टलम्यान जस्तो


नाक मुनि Underline जुंगा हो कि के हो


कथा र कविता मन चंगा हो कि के हो


मार्ल्बोरोको के कुरा सुर्यै हात परेपछि


चिलिम ब्रेकको बहानामा शिखर माथि चढेपछि


तारेमामको राग छोड्दै सबैलाई दोस्ति पस्कि


ढल्कि ढल्कि मस्कि मस्कि नेप्चुभाउजु देखि अलिकता झस्कि


मुसुक्क हाँस्दै आऊने आज चौतारीमा को हो


मुसुक्क हाँस्दै आऊने आज चौतारीमा को हो???



 
Posted on 09-11-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल अर्को है त,


ओहो, ओहो चौतारीमा को हो?
बुङुर पनि छ, सुङुर पनि छ,
२४-७ भोक लाग्यो भन्छ,
ओहो, ओहो चौतारीमा को हो?
बिहानै को झिसमिसे देखि,
राति भुत आउनेबेला सम्म,
फ्राइ मात्र खाँउ भन्ने हन्तकालि को हो?



 


बिर्खे बुढोले ठ्याक्कै मिलायो उत्तर चाहि।


लहरे, ल पुरस्कार देउ त जिम्मल बा लाइ।



 
Posted on 09-11-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठे को र्याप


लोल जिम्माल लोल
लोल लोल लोल
घरमा आज पाक्ने होला कुखुरीको झोल
क्रेजीको प्रश्न जिम्मालको उत्तर 
बुझिन केही सबै गोल गोल गोल
लोल जिम्माल लोल
लोल लोल लोल
ठुल्दाइ आए अघी अघी भाभी अली पछी
दुवै संगै नआइ के खुल्थ्यो र  पोल  
लोल जिम्माल लोल
लोल लोल लोल
घरमा आज पाक्ने होला कुखुरीको झोल




 
Posted on 09-11-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

""ओहो, ओहो चौतारीमा को हो?
बुङुर पनि छ, सुङुर पनि छ,
२४-७ भोक लाग्यो भन्छ,
ओहो, ओहो चौतारीमा को हो?
बिहानै को झिसमिसे देखि,
राति भुत आउनेबेला सम्म,
फ्राइ मात्र खाँउ भन्ने हन्तकालि को हो?""


 


ओहो ओहो चौतारीमा हल्लिँदै हिँड्ने को हो यस्तो


छोटो छोटो मोटो मोटो खाइलाग्दो आर्मि जस्तो


२४-७ भोक त लाग्छ चपाई चपाई त्यसैले त खान्छ


बिहानै झिसमिसे देखि धराने सुङ्गुरको सेकुवा तान्छ


काम चाहिँ के गर्छ कुन्नि महिनै पिच्छे नेपाल जान्छ


नेपालमा खाएको कुरा गरेर चौतारीमा झटारो हान्छ


हन्तकालि हन्तकालि पुग्यो होला दक्षिणकाली


के लिएर आउँछ हेरम न नेपालबाट यसपाली


ओहो ओहो चौतारीमा हल्लिँदै हिँड्ने को हो यस्तो


ओहो ओहो चौतारीमा हल्लिँदै हिँड्ने को हो यस्तो


 
Posted on 09-11-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

र्यायायायायाप लम्बर दुई-


 


लोल लोल लोल लोल रिट्ठे लोल


पाक्यो भने पिईदिउँला कुखुरिको झोल


गाउँबाट खान भनि किनि ल्याको कुखुरि


कुखुरिलाई काट्न पर्यो झिक् त केटा खुकुरि


खुकुरिले हानेपछि कुखुरि भो भुतुक्क


टाउको लुकाई छाति लुकाई भुट नानि खुसुक्क


लोल लोल लोल लोल रिट्ठे लोल


पाक्यो भने पिईदिउँला कुखुरिको झोल


तान्नु पर्छ तिनपाने लुछ्नु पर्छ सपेटो


भुत्लालाई "वो मदनवा कपडा से लपेटो"


चुरोट च्यापि ढल्कि ढल्कि ठूल्दाईले सुने यो र्याप


पुन्टे बुढा सलाई सक्कियो  कोर्न पर्यो तालु थाप


लोल लोल लोल लोल रिट्ठे लोल


पाक्यो भने पिईदिउँला कुखुरिको झोल


 


 


 
Posted on 09-11-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


ल अब अर्को चाहि,


ओहो ओहो रुखमा को हो....................???


यति भने पछि त उत्तर पक्कै आँउछ है।


 
Posted on 09-11-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तान्नु पर्छ तिनपाने लुछ्नु पर्छ सपेटो



भुत्लालाई "वो मदनवा कपडा से लपेटो"


 


लोल जिम्माल लोल
लोल लोल लोल


 
Posted on 09-11-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लोल जिम्माल बा लोल


<<ओहो ओहो रुखमा को हो....................???>>


 


यसको जवाफ त कवाफ खाँदै गरेका ले दिन्छ , मखुला ??


अब गाली, ताली बजे जस्तै गरी आउने होला।


 
Posted on 09-11-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आजै यस्तो बिजी भा बेला यस्तो रमाइलो भा रेछ चौतारीमा! ल बबाल जाँदै रेछ जिम्मालबा। अरु तन्काम तन्काम। आफुलाई न त्यस्तो प्रश्न सोध्न आउँछ, न त र्याप नै आउँछ। यता बस्यो, निच्च हाँस्यो बस एत्ती हो गर्न जान्ने!

म नि यतै छु है भन्न मात्र आ

 
Posted on 09-11-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुरी भन्यो, पुरे हैन,
पुरे भन्यो, पुरी हैन,
पुरेलाइ बोलायो, पुरी "हजुर" भन्छ,
पुरीलाइ बोलायो, पुरे "हजुर" भन्छ


ओहो, ओहो चौतारीमा को हो?


 
Posted on 09-11-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एउटा पुरानो अन्तरवार्ता च्याङ्बाको! नयाँ केहि नभएर चौतारीको जन्मदिनमा पुरानो प्रसारण राखेको :-)


 


 


पातली! ए पातली!


यहाँ मेरो सुट छैन, कमिज छैन यो घरको चालै बेग्लै छ।


उहि श्रेष्ठ टेलरिङ बागबजार जाने नि


भनेजस्तो सुट र कपडाहरु छानि छानि पाइन्छ


श्रेष्ठ टेलरिङ बागबजार


  


के तिमि क्लोजअप गर्दछौ


या दुनियाँ संग लड्दछौ


क्लोजअप किन गर्दछौ


क्लोजअप


  


श्रोताहरु, लामो समयको बिश्राम पछि हामि फेरि एकपटक लिएर आएका छौँ चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ता को कार्यक्रम! यो कार्यक्रमलाई तपाइँहरुले एकदम मनपराइदिनुभकोमा हामि आभारि छौँ! यसपटक हामिले एक यस्ता चौतारीका व्यक्तित्वलाई निम्त्याएका छौँ कि उनको प्रवेश संगै चौतारीबासिको मुहारमा एक रमाइलो मुस्कान उत्पन्न हुन्छ। उनका प्रत्येक शब्दहरु संगै चौतारीबासिहरुमा हाँसो छाउँछ। त श्रोताहरु तपाइँहरु अनुमान गर्दैगर्नुहोस, हामि एकैछिनको कमर्सियल ब्रेक पछि उपस्थित हुने छौँ!


 


के तिमि क्लोजअप गर्दछौ


या दुनियाँ संग लड्दछौ


क्लोजअप किन गर्दछौ


क्लोजअप


 


टुँsssss…


 


पुन: स्वागत छ चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ताको कार्यक्रममा! अगि नै हामिले तपाइँहरुलाई आजका अतिथी को हुनुहुन्छ अनुमान गर्न भनेका थियौँ! हजूर ठिक अनुमान गर्नुभयो। आजका अतिथी हुनुहुन्छ हाम्रा चिरपरिचीत च्याङ्बा चाम्लिङ्ग ज्यू! वहाँ अगि नै हाम्रो स्टुडियोमा आइसक्नुभएको छ र अन्तरवार्तामा आउन पाउँदा वहाँ यहाँ म संगै को कुर्सिमा गजक्क परेर मुसुमुसु हाँस्दै आफ्नो आँखाको नानि लुकाएर बस्नुभएको छ! त सुरु गरौँ आजको अन्तरवार्ता-


 


संवाददाता- तपाइँलाई स्वागत छ स्टुडियोमा च्याङ्बा जी!


च्याङ्बा- म्हेरो बानि तोँलाई स्वागाद चा साउदादा


संवाददाता- हा हा हा स्वागत मैले गर्ने हो च्याङ्बा जी तपाइँले त धन्यवाद गर्ने हो!


च्याङ्बा- तोइँले मोलाई जे कार्छा मो तेइ कार्छा, दानेबाद तोइँले पाइला दे आनि मो दिन्चा!


संवाददाता- (मनमनै उफ्!) हे हे हे यहाँ सम्म आफ्नो अमूल्य समय खर्च गरेर आइदिनुभएकोमा धन्यवाद छ च्याङ्बा जी


च्याङ्बा- को आंमुल्या?? स्याप्रुको टाराक चालाउने डाइबार आमुल्या? तेज्लाइ मोइले भेट्यु बाने दुइडुक्रा पार्छा एइ खुगुरिले काट्छा! तेज्ले म्हेरो मोइज्याङलाई गुमाउना लागेर मो एग्लाई बायो।


संवाददाता- हैन हैन च्याङबा जी तपाइँले पैसा खर्च गरेर पनि नपाइने समय हामिलाई दिनुभएकोमा धन्यवाद छ पो भनेको!


च्याङ्बा- त्याजो भान्नादा साउदादा त्यो डारबारको नाम नालि मो संगा, नाद्रा तोँलाईनि काट्छा म्ह!


संवाददाता- (मनमनै उफ्!) धन्यवाद भनेको च्याङ्बा जी तपाइँलाई


च्याङ्बा आगिनै भानेकु भाए के हुन्द्यो? लु म्हेरो नि दानेबाद छ तोँलाई आनि रिढिओ सुनेर बास्याकु सापैलाई


संवाददाता (मनमनै खुइयsss”)हँ त च्याङ्बा जी, तपाइँलाइ खच्चर ग्रुमिङको अध्यक्ष पदबाट बर्खास्त गरियो, के यो ठिक लागेको छ तपाइँलाई?


च्याङ्बा- बाङ्गारा साङ्गारा झार्दिन्जा मोइले तेरु साउदादा, मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ ठिक नलागेकु तोँलाई थाहा छा ताइ पानि सोद्जा, तोँलाई बाच्ना मोन छाइना???”


संवाददाता- (मनमनै “प्रभु रक्षा गर”) “ हैन हैन च्याङ्बा जी मलाई त थाहा छ नि, कति दुख लागेको तपाइँलाई बरखास्त गरियो भन्ने सुन्दा, तै पनि हाम्रो श्रोताहरु कतिलाई थाहा नहुन सक्छ त्यसैले सोधेको नि?”


च्याङ्बा-आगिनै भानेकु भाए के हुन्द्यो? लु सोर्दाहारु तँ पानि सुन् मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मान्जेलाई मोइले छाड्दाइना। मोइले काम गारेना भनेरु मोलाई हाटायु आबु तोँइँले बाँच्ना साक्याना भानेरु मो तेल्लाई सान्सार बाट हाटाउँछ!”


संवाददाता- ओहो च्याङ्बा जी धेरै नरिसाउनुस न, अब जे हुनु भैहाल्यो, अब गरेर देखाइदिनोस न त खच्चर सुन्दरी पर्तियोगिता?


च्याङ्बा ओइ साउदादा, काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ हो तोँलाई हाइना, धेरै जान्ने नाबान् नात्रा तोँलाई पाइला सान्सारबाट हाटाउँछ!”


संवाददाता – “ श्रोताहरु, प्राबिधिक कारणबस यस संवाददादता माथि नै केहि आघातहरु पर्ने सम्भावना भएकोले हामि केहि क्षर बिश्राम चाहन्छौँ। केहि बेर पछि हाम्रा अर्का संवाददाता कुम्ले जी च्याङ्बासंगको कुराकानिलाई निरन्तरता दिन आउनुहुने छ!


च्याङ्बा- के भोनिस तोइँले बुज्ने गारेरा भान??


संवाददाता- च्याङ्बा जी तपाइँलाई तिर्खा लाग्यो होला कोक मगाउनलाई केहि बेर बिश्राम भनेको हो , अरु केहि हैन!


च्याङ्बा- आगिनै भानेकु भाए के हुन्द्यो? मो कोक खाँदाइना मोलाई जाँड ल्याइदे


टुँsssss…….टुँssss…..


के तिमि क्लोजअप गर्दछौ


या दुनियाँ संग लड्दछौ


क्लोजअप किन गर्दछौ


क्लोजअप


 


टुँsssss…

Last edited: 11-Sep-09 02:47 PM

 
Posted on 09-11-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्रेजी आत्मा-पर्मात्मा
 
Posted on 09-11-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल यो नि पढियो जिमाल-बा, मोलाई मोज्जा लाघेरा अा-यो। अघिन्है राक्द्या भे के जान्थ्यो। बाबाSSSSS न्हसघिने पो रिह्छ। ल्होल ल्होल 

 
Posted on 09-11-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माफ गर्नुहोला उक्त अन्तरवार्ताको अर्को भाग भेटिएन। यहि पुराना चिहान खन्ने सिलसिलामा एउटा प्रश्नपत्र हात पर्यो। हुन त उक्त प्रश्नपत्रको उत्तर दिएर पुरस्कार पनि पाइसक्नुभएको थियो कोहि कोहिले तर पनि यि प्रश्नहरु नयाँ चौतारीमा पुन: एकपटक सोधिँदैछ। यो प्रश्नपत्र ले हाम्रा चौतारीका अग्रज तथा भेटेरान औतारी ठूल्दाईलाई कसले कति चिन्छ भन्ने देखाउँछ। प्रस्तुत छ प्रश्नपत्र-


(१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?


२) चुरोट जेठो कि ठुल्दाई जेठो?


३) ठूल्दाईले म:म खाएको र पकाएको अनुभवलाई केलाउनुहोस र भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!


४)सरकारी कामको अनुभवले ठुल्दाईलाई यि तीण मध्ये कुनमा बढि आनन्द दियो?  क) चिया खानमा, ख) घाम ताप्नमा, ग)चिलिम तान्नमा


५)भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?



 


 


 
Posted on 09-11-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाहा च्याङ्बा को अन्तरवार्ता त भब्य छ है !


पुरे चौतारी छिर्न अली ढिलो गरेउ नि, तेती खेर कता थियो कुन्नी


 
Posted on 09-11-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 


(१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?


उत्तर: ठुल्दाले नेताहरुको होइन चुरोटको मात्र खिल्ली उडाउनु हुन्छ !



२) चुरोट जेठो कि ठुल्दाई जेठो?


उत्तर: हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भने जस्तै भईहाल्यो नि ! 



३) ठूल्दाईले म:म खाएको र पकाएको अनुभवलाई केलाउनुहोस र भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!


उत्तर: ठुल्दाइकै मुख बाट सुने बमोजिम ३६ बर्षे  म:म अनुभवमा कम्तिमा पनि बर्षको एउटा भैंसी जोड्ने हो भने ३६ वटा भैंसी को प्राण आहुती भएको मान्न सकिन्छ !



४)सरकारी कामको अनुभवले ठुल्दाईलाई यि तीण मध्ये कुनमा बढि आनन्द दियो?  क) चिया खानमा, ख) घाम ताप्नमा, ग)चिलिम तान्नमा


उत्तर: चिया सुरुप्प पार्दै चिलिम फुइ फुइ तान्नमा !


५)भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?


उत्तर: महेन्द्र बौचा को म:म सम्झिदै वान डे म्याच हेर्नु हुन्छ ! अरु त उपाय नै छैन? मखुला?


 
Posted on 09-11-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाहाहाहा पुन: एकपटक फेरि ठूल्दाई महीमा। यो चाहिँ स्वस्थानीमा ठूल्दाईको चित्रण-- :-)


 


द्वितीय अद्याय-



भगुतेन्द्र योगी अनेकन अलाप बिलाप गर्दै तरुनिमोहमा परेर नानाँभाँती दुख पाउँदा भया भनेर मैले प्रथम अध्यायमा कहेँ। द्वितिय अध्यायमा गोताएँ मुनिले भुत,प्रेत,पिशाच, प्रमथगण,यक्ष, गन्धर्व,किन्नर सहित धतुरोको नशामा लाल लाल चच्छु पार्दै यस चौतारी भूखन्डको कथा कहे। अब म कसरि दिपेन्द्र र उनका सखाहरु भगुतेन्द्र योगिको हालत देखेर प्रतिकृया गर्दा भया सो कुरा कहन्छु।
तहाँ उपरान्त भगुतेन्द्रको अस्तव्यस्त शरीर,पँहेला चच्छु, कामेका हातखुट्टा र फक्रेर पानी समेत नपाएर त्यसै ओइलाउँदै गएको बैँश देखेर दिपेन्द्र र उनका सखाहरु ठूली ब्राम्हणीले खित्का छोडेको जस्तो गरेर खितितिति गर्न थाले। उक्त खितितिति कस्तो थियो भने,सम्पूर्ण वनलाई नै कँपाउने, रोलर कोस्टरको ट्रयाक मुनि बसेर माथि गुडेको आवाज श्रवण गरे भन्दा भयानक,पुन्टेन्द्र योगीको मुख छोडाइ भन्दा लाजमर्दो, ठुल्दाइस्सोरको अनुभव भन्दा पनि बटारिएको, माष्टरनी नानिले सोचेको अचेलको चौतारी भन्दा पनि बिग्रिएको, किरेजीको कथा भन्दा पनि तातो,  सान्नानिको रेसिपि भन्दा पनि पिरो,  लहरेको बोलि भन्दा पनि तोते, चनातरकारी भन्दा पनि खल्लो, अन्तरेले बाखरि बाखरि भनेर नाचे भन्दा पनि भयानक तथा ठूली ब्राम्हणीले बोले भन्दा नन स्टप थियो। रौद्र तथा अतिभयंकर यस्तो अट्टाहास रुपि खितितिति बाट यो सम्पूर्ण लोक काँप्न थाल्यो। यो कंपन यति रौद्र थियो कि, फुलौरे गाउँको वनमा "साझाबाट सन्यास पाउँ" भनि श्रिमहादेवको भुमिगत तपस्या गरेर बोका चम्रमा बसेका कुम्ले योगीको समेत तपस्या भङ्ग हुन पुग्दा, तपस्या सपस्या यस्तै हो भन्दै, उक्त बसेको बोका चम्रलाई टुक्रा टुक्रा पारेर, अनेकन मरमसला हालेर पकाई खाइ चौतारि तर्फ प्रस्थान गर्दा भया। नमे ऋषी चिम्टा बजाउँदै 'दौँतरी दौँतरी' को मन्त्र जाप गर्दै दौँतरीको ढोकामा भित्र छिर्ने टिकट बेच्न व्यस्त  भएको बेलामा आएको उक्त अट्टाहासले गर्दा एकछिन आत्तिए, तर बरदानका धनि नमे ऋषी उत्तिनखेरै सम्हालिए र 'आउँछ मौका पर्खँदैन, बगेको खोला फर्कँदैन" भन्दै चौतारी लोकमा पुगेर अब 'दौँतरी' नगर मात्र उक्त अट्टाहसबाट सुरक्षित छ सम्पूर्ण देवताहरु उतै लागौँ भनेर सबैलाई आग्रह गर्दा भया।
उक्त अट्टाहसले गर्दा, लुकेर सम्पूर्ण गतिबिधि नियालिरहेका र गजलमा मग्न भएका नेपे मुनीको बासस्थान समेत डगमगाउन थाल्यो। 'केवल त्यहि एक रात म जिउँदै थिएँ" भन्दै गरेका नेपे मुनिको बासस्थान डगमगाउन थालेपछि उनको मुखबाट वास्तविक गजलबाचन हुन थाल्यो। "केवल यो खितितिति नआउँदा सम्म म जिउँदै थिएँ" भन्दै उनि ठुल्दाइस्सोर महादेवको शरणमा जाँदा भया। अनुभव पर्वतमा ठुल्दाईस्सोर आफ्नि अर्धाङ्गिनी नेप्चिभवानि संग ठट्टामा व्यस्त  थिए। अनुभव पर्वत कस्तो थियो भने ३६ बर्ष लामा ममचा पर्वत हरुले घेरिएको,जताततै इलाहाबादि पानका बोटहरुले शोभायमान भएको,सम्पूर्ण निकेतन हेर्दा यस्तो लाग्दथ्यो मानौँ बिश्व निकेतन यहि हो, नारायाण गोपालको गितले सम्पूर्ण वातावरणलाई सेन्टि बनाइरहेको, यत्र तत्र टिरेन गुडिरहेको र वातावरणमा 'अनुराधा अनुराधा!'को मन्त्र जाप भैरहेको!यस्तो लोकमा पुगेर नेपे मुनिले ठुलदाइस्सोरको अगाडि आएर 'त्राहिमाम् त्राहिमाम्' गर्दा भया। ठुल्दाईस्सोरले नेपे मुनिको 'त्राहिमाम त्राहिमाम' सुनेर 'तारेमाम तारेमाम' मात्र भन्दा भया! नेपे मुनिले कसरि दिपेन्द्र र उनका सखाको अट्टाहासले सम्पूर्ण लोक कम्पन भयो भनेर बताउँदा ठुल्दाईस्सोरले 'बा'बा' गर्दै हाँस्दै भन्दा भया- "हे नेपे मुनि, म यो अट्टाहासलाई साम्य पार्न सक्छु, इलाहाबादि काइदा, यसैमा छ फाइदा, तारेमाम्। " ठुल्दाईस्सोरको यस्तो बचन सुनि नेपे मुनि पुन: शान्त भएर गजल बाचन गर्दा भया!
ठुलदाइस्सोरले गुप्त इलाहाबादि काइदा लगाएर त्यहाँबाट अन्तर्ध्यान भएर भगुतेन्द्र योगि मुर्छा परेको वनमा जाँदा भया। ठुलदाइस्सोरको इलाहाबादि काइदाले पनि जब दिपेन्द्र र उनका सखाको अट्टाहास रोक्न सकेन तब सबैले श्रि पुन्टेन्द्र योगिको नाम जप्दा भया। तहाँ उपरान्त पुन्टेन्द्र योगि आफ्नो बाहन ट्याक्सीमा चढेर उक्त वनमा आउँदा भया। पुन्टेन्द्र योगिले ठुलो स्वरमा गिटार बजाउँदै धोबिनिको च्यात्तेको पेटिकोटले तालु छोप्दै, दिपेन्द्र र उनका सखालाई सोमरस र कालो पदार्थको आश्वासन दिन थाले। यो आश्वासन सुन्ने बित्तिकै उक्त अट्टाहास रोकियो। अट्टाहास रोकिएपछि सबैको नजर भगुतेन्द्र योगिमा पर्न गयो। त्यतिबेला भगुतेन्द्र योगि अचेत अवस्थामा थिए तर अचेत अवश्थामै भए पनि उनको ओठबाट मसिनो स्वरमा "तरुनी!तरुनी" निस्किरहेको थियो।


इति श्री ग्वाँचन्दपुराणे
चौतारी खन्डे
माघमहात्म्ये
ग्वाँचागालबस्त संवादे
श्री सोस्तानीपररररमेस्वरि प्रथमोध्याय



 
Posted on 09-11-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

>>>ठुल्दाईस्सोरले नेपे मुनिको 'त्राहिमाम त्राहिमाम' सुनेर 'तारेमाम तारेमाम' मात्र भन्दा भया!<<<
 
Posted on 09-11-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<पुरे चौतारी छिर्न अली ढिलो गरेउ नि, तेती खेर कता थियो कुन्नी>>>


 
Posted on 09-11-09 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लु आजआ चौतारी यहिं बीट मारुम -

सप्ताहन्त राम्ररी बितेस ।

 



PAGE: <<  1 2 3 4 5 6 7  


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62