serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 79648 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 09-07-09 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"चौथौ वार्षिकोत्सव बिशेष" 


समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ


 


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'

**********************************************************************

 






लौ बसुम यही चौतारीमा


तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी
चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी
मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु
तिमी मुसुक्क मुस्काउनु चौतारी
म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- क्रेजी, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानोअभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 158 editions.

चौतारी - वार्षिकोत्सव विशेष
"चौथौ वार्षिकोत्सव बिशेष"
 अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 

बधाइ तथा धन्यवाद !

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्


गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्


यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।

२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
 
Last edited: 08-Sep-09 12:05 PM

 
Posted on 09-08-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आए पनि बास मागी


चौतारीको भएर नवअगन्तुक।


फल, फुल सधैं चौतारी तिमी


शुभकामना तिमीलाई टक्राउछु।।



 


सुफल


 
सान्नानी
Posted on 09-08-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

धेरै धेरै शुभकामना चौतारी को जन्मौसबमा हामी सबैलाई

त्या माथि तितौरिले बनाको चित्रमा म, ठुली, मिस र तितौरी छम नि कस्तो रमाइलो हुन्थ्यो।



 
Posted on 09-08-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल दह्रो गयो गन्नु पुरान


त्यो रिट्ठे को आँखा निकाल्के गोटी खेल्ने हो गोटी -


घ्वाँई खेलेनी हुन्छ - घ्वाँई जस्तो छ आँखा



नक्कली केटी अनी सुफल लाई चौतारी मा स्वागत


आउनुस् बस्नुस् - आफ्नै हो क्यारे -


जिम्बाल भएको बेला आ छौ अब न्वारन पनि जिम्बाल ले नै गर्छ अब एकैछिन मा


नक्कली केटी चाँही नो डाउट नानी नै पर्नु भो


सुफल चाँही सुफल बाबु कि सुफल नानी


थाहा पाएको खण्ड मा न्वारन गर्न सजिलो हुन्थ्यो।।।। 


 


 
Posted on 09-08-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी नि आइछे ल टाईम मै आइपुगी


के छ हौ - सक्यो गुप्तबास कि अझै बाँकी छ 


 
Posted on 09-08-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता बाट सुरु गरुम !


हासेरै गर्नु पर्‍यो !


हा हा


जिम्माल तुस्सी देर आया पर दुरुस्त आया जि !


>>>गन्नुभाई- " पब्लिक लोग हैप्पिबड्डे मनारेला है कि तु मेरे कु बनारेला है?"<<< LMAO


गन्नु भाय को बैनी रे दिपिका त ! डर लाग्यो मलाई त ! अब निहु खोज्यो कि गन्नु लाई भनेर टप्काइदिने होला !


नक्कली जी लाई चौतारी मा स्वागत छ ! जन्मोत्सव मा मात्र होइन अरु बेलामा पनि यसो चौतारीमा बिसाउन आउनु हुनेछ भन्ने आशा का साथ शुभकामना को लागि धनीया को पात !


सुफल जी लाई पनि चौतारी मा धेरै धेरै स्वागत अभिवादन !  आउँदै गर्नु होला !


 


 


 
Posted on 09-08-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 माइला दाई मरे म हासेर। हुँदा हुँदा गन्नु को पनि बहिनी म। लौ न यस्तो सम्हाल्नी नसक्नुको दाई भएपछी मरिन म  


अनी माइला दाई अस्ती दर खाने दिन दाइले नबोलाको मलाई


 
 नक्कली केटी र सुफल लाई चौतारीमा स्वागत।


सानु त्यो चित्रमा नकोरिएको भन्दैमा हाम्लाई चै मायानै मर्दिने भन्या। हामी भएर नि त रमाइलो हुन्छ नि  


 
Posted on 09-08-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानु, वेल्कम ब्याक !


'हमने पुकारा तुम चली आयी' भने जस्तै भएछ त !


किन यसरी बेपत्ता हो? ल ल बस एक गिलास चिसो मोइ खाएर जाउ ! हर्के ले दिन्छ अहिले !


बौचा त्यो माथि को नाम हरु के भको? मिलाउन


 
Posted on 09-08-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए म त ठीक समयमा नै आएछु, पन्ढित आएकै बेला
म त नेपाली नारी हो लहरे, चनचुने होइन्न भन्दिएकी छु फेरी
 
Posted on 09-08-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे नडराउ तिमी। दाइको भुँडी ले केही गर्न दिदैन। बिचरा लड्डु कोचाउछन सबैले, खान्न भनेर पनि पाउनु हुन्न। फेरी अली अली हो र? भाकल भनेर १०८ वोटा अगाडि पसार्दिन्छन। दाई फेरी पुग्यो भन्नु हुन्न। जती पनि हसुर्नु हुन्छ। सुगर बढेर आँखा देख्न छोडिसक्नु भयो। भुँडी बढेर धोती को सुर्किनी बन्न छोडिसक्यो, अर्को धरो गास्नु परेको छ। बहान को नाममा त्यो मुसो छ तेइ पनि दाइको वजन बढेर मुसो ले धान्न नसक्ने भईसक्यो। भएको नाम मा त्यही एउटा बोली छ त्यही ट्यार ट्यार गर्नु हुन्छ बिचरा। अनी के डराउछौ?
 
Posted on 09-08-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>भुँडी बढेर धोती को सुर्किनी बन्न छोडिसक्यो, अर्को धरो गास्नु परेको छ।<<


हा हा दिपिका, काममा एती धेरै नहसाउन प्लिज !


>>>बहान को नाममा त्यो मुसो छ तेइ पनि दाइको वजन बढेर मुसो ले धान्न नसक्ने भईसक्यो।<<<


त्यो मुसा भाई ले पनि अब चाडै रिजाइन दिने होला !


 


गन्नु भाय सँग डर होइन नि त ! अब त गन्नु भाय को दीपिका बेन सँग पो त डर मान्नु पर्छ होला भनेको !


 
सान्नानी
Posted on 09-08-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई चा म त ठीक छु तिमी ज्ञानी नै छौ हैन?

रित्ठे तेइ त तिमी रैछौ एउटा सम्झिने हाम्लाई :)

लौ न यो नानु लाई कती कुरा आउने? धोती को सुर्किनो रे? के हो त्यो? अनी आफ्नो बालख काल सम्झ्या नि नानु तिमी हुँदा त रमाइलो नहुने कुरै भएन नि लाटी

 
Posted on 09-08-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली नारी नै परिछ त सुफल


चिने हजुर मैले चिने हजुर लाई


ल न्वारन गर्दिने हो कि


नक्कली केटी अनी सुफल उर्फ नेपाली नारी


दुबै लाई फेरी प्व्नी स्वागत अनी रिसाउन नपाई


पहिले नै FYI गर्देको नि - जिस्काउन चाँही भोली देखी शुरु गर्नु पर्ला


फेरी आउन पाछैन जिस्काउन शुरु गर्‍यो भन्लाउ


अनी दिपिका जि - आफ्नो आँगनको हात्ती नदेख्ने अनी अरुलाई राँगा भन्ने


 


 
Posted on 09-08-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदी चा - आफु त जहिले नि ज्ञानी - नपत्याए यो चौतारी को कसैलाई नसोधे हुन्छ

 
Posted on 09-08-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो प्यारो चौतारीको ह्यापी बर्थ डे-को सुखद उपलक्ष्यमा मेरो तर्फबाट सबै ज्ञात-अज्ञात अवतारीहरुलाई प्रणाम!

 
Posted on 09-08-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई, रिट्ठे, लहरे, दीपीका नानू, सुफे, सान्नानी, नक्कली, पुरे लगायत सबैलाई जदौ!


दीपीका नानू, दर खान त बोलाऊन साह्रै मन लाग्या थ्यो, के गर्नु बैनीको अत्तो पत्तो नपाएर छटपटिएर बसेँ!


लु बात मारम को को छौ!


 
Posted on 09-08-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन त म छु तर हामी सँग के बात मार्थौ र


अनी जिम्बाल को गुप्तबास कि बन बास सकेको हो


हो भने कथा चौतारी को दोश्रो भाग खै त


ट्रेलर आको नि एक बर्ष भइसक्यो


 
Posted on 09-08-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


जन्मोत्सब त भब्य भैराख्या रैछ । बिर्खेबा को गन्नु पुराणले चौतारी पवित्र भएको छ भने नयाँ नयाँ नक्कली र सक्कली नारिहरु नयाँ नयाँ सारी मा उपस्थित भएको देख्दा यो बुढो तन तर तन्नेरी मन अल्हादित भएको छ ।


तारेमाम सान्नानी, नक्कली केटी , सुफला , पुरे अनी आउँदै जादै गरेका अनाम बटुवाहरु ।
चौतारीमा स्वागत छ ।


दोसल्ला सम्मान कार्यक्रम स्थगित गरिएको सूचना।


भोली नव आगन्तुक चौतारीयनहरुलाई दोसल्ला ओढाइ स्वागत गर्ने कार्यक्रम फिक्सड भैसकेको मा दोसल्ला किन्न गएका लहरेकान्त लहरे ले पैसा हरायो भनी झुठा बिबरण पेश गरी बिहे को मरमसला जोडेको भन्ने अपुष्ट सम्चार प्राप्त भएको हुंदा , सो दोसल्ला को कार्यक्रम पछी सल्लाह बमोजिमा हुने गरी हाल अनिश्चित कालको लागि स्थगित गरिएको सूचना दु:खपूर्बक अबगत गराइन्छ ।


 
 
 


 
Posted on 09-08-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाको आदिम फ्रेटर्निटीको स्पिरिट घुम्ने कुनै ठाम छ भने त्यो साझाको चौतारी नै हो । चौतारीको चौथो वार्षिक उत्सवमा के लिएर आम भनेर सोच्दा सोच्दा सोच्दा मलाई के सुझ्यो भने किन साझाको आदिमयुगको कुनै अविस्मरणिय कविता लिएर नआम ।


 



 


एक जुग अगाडि जिराले टाँसेको एउटा अद्‍भुत मुक्त कविता टाँसें । यसको अद्‍भौतिकता के हो भने यो नबुझ्ने कोही छैन तर यसको व्याख्या गर्न सक्ने पनि कोही छैन । भि एस नयपालका उपन्यासको पनि शल्यक्रिया गर्ने र लण्डन स्कूल अफ ईकोनोमिक्सका ग्य्राजुयट एक प्रतिभाशाली साझा पोस्टरले यी शब्दहरुमा यस महाकविताको व्याख्या गर्ने कोशिस गरेका थिए “never has anyone summarized better the ways of the world so crudely, yet sweetly, by turning eight simple and clichéd Nepali words into a masterpiece.”


 


नि:सन्देह एक मास्टरपिस !


 


Nepe   


 
Posted on 09-08-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्डको जदौका साथमा तारेमाम सित्तैमा (ठुल्दाइ स्टाईलमा)


ठुल्दाइको दोसल्ला ओढ्याउने सल्लाह त हल्ला मात्र भएछन्त !


लहरे लाई त किन्मेल को जिम्मा देको अब के आश गराइ भो र ! सबै जना ठुल्दाइ जस्तो थोडी हुन्छन र सरकारी भटभटे मा आफ्नो पेट्रोल हाल्ने ! मखुला?


नेपे दाई लाई एउटा सानदार सलाम !
दाईले जिरा दाई ले उहिले राखेको मुक्तक लाई खोजेर ल्याएर टास्नु भएछ अन्त त्यो पढेर रिट्ठे हास्नु भएछ !
सुरुको दुई लाइन पढ्ने बित्तिकै हास उठ्यो त्यस्प्छी त पढ्दै पढिन मैले ! जे होस् नम्बर वान छ मुक्तक चाँही !


अनी अर्को प्रश्न धेरै अगाडि देखी नै सोध्छु भनेर सोचिराथे, दाई को त्यो प्रोफाइल पिक्चर मा देखिएको फोटो के को हो? पक्कै कुनै गजल को टेक्स्ट हुनु पर्छ !
 


 
Posted on 09-08-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन ढल्दै गए पछी औतारिहरु गल्दै जाने रहेछन - नयाँ रिसोच ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters