[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 79639 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 09-07-09 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"चौथौ वार्षिकोत्सव बिशेष" 


समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ


 


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'

**********************************************************************

 






लौ बसुम यही चौतारीमा


तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी
चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी
मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु
तिमी मुसुक्क मुस्काउनु चौतारी
म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- क्रेजी, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानोअभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 158 editions.

चौतारी - वार्षिकोत्सव विशेष
"चौथौ वार्षिकोत्सव बिशेष"
 अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 

बधाइ तथा धन्यवाद !

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्


गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्


यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।

२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
 
Last edited: 08-Sep-09 12:05 PM

 
Posted on 09-07-09 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY BIRTHDAY CHAUTAARII.... chuataarika awataari haru bhetne aasaa ma.. baato herdai...

~pure~

 
Posted on 09-07-09 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है मेरो तरफबाट पनि चौतारीलाई चौथो साल-गिरहको बधाई !
और सबलाई सलुट !


क्यानाम , चौतारी नआई ज्यान मानेन ।
डिप्टि छाडेर ज्यादा देर बस्न पनि मिल्दैन आफ्नो त । टेम मिलाएर दुसरा चक्कर काटम्ला केरे ...... 
Last edited: 07-Sep-09 02:41 AM

 
Posted on 09-07-09 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है म पनि आज त सबेरै आइपूगे चौतारीको जात्रामा ।
सारै राम्रा रैचन बेलुन त,मलाइ एउटा बेलुन देउन केटा हो।
केही पहिले चौतारीको महोत्सबमा लाइभ कबिता लेखिएथ्यो मुड चले नया लेखौंला नत्रै पूरानै भए पनि टासौंला।
जय चौतारी

 
Posted on 09-07-09 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


जन्मोत्सब को उपलक्षमा हामी सबैलाई बधाई । चौतारी यो लामो अद्वितिय यात्रालाई यहाँ सम्म ल्याइ पुर्‍याउने सम्पूर्ण पुराना अवतारिहरुमा बिशेष संझना।


 
Posted on 09-07-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सबै साथीहरुलाई चौतारी जन्मोत्सबको शुभकामना । चौतारीमा पाल्नुभएर चौतारीलाई रमनिय ठाउँ बनैदिनुभएकोमा सबैलाई धन्यवाद । सबैको फलोस् फुलोस् प्रगती उन्नत्ती होश् एही कामना छ।
 
Posted on 09-07-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हरु

चौतारी जन्मोत्सब को सबैलाई बधाई तथा शुभ कामना

 
Posted on 09-07-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मलाई माया गर्छु भन्नेहरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर


चौथो बार्षिकोत्सवमय जदौ सबै गाम्लेहरुलाई। आज त केही पुराना औतारिहरुलाई पनि देख्न पाइयो। लौ लौ बार्षिकोत्सव् भब्यताका साथ मनाउं। 


 
Posted on 09-07-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी बार्षिकोत्सबको उपलक्ष्यमा सबै साथीहरुलाइ बधाइ तथा शुभकामना!
 
Posted on 09-07-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो चौतारीको ह्यापी बर्थडेमा सबैले उइ बधाइ मात्रै दिनेहुन की कोसेलीको पोको पनि ल्याउने हुन।
हुन त सबैलाइ बिदा लागेको होला। यो चाही लाखुपरार चौतारीको ह्यापी बर्थडेमा लेखिएको कबिता । नकचरो बिर्खे २ साल अघि हिरक महोत्सबबाट जस्ताको तस्तै (यो कबिता लेखेको भन्दा अहिले बिर्खे २ साल बुढो भएकोले हाल  यो कम सान्धर्भिक नहोला):

छोराछोरी हुने तिनकै कथा लेख्छन
बुढाबुढी हुने आफ्नै कथा खोक्छन
कोहि नहुनेले कस्को पो लेख्छन
हेरी नकचरो बिर्खे ।

सबै जोगि मरे मेरै खप्पर भरे
हेर्दा हेर्दै याहा सबले बिहे गरे
फत्फताउदै बुढो बैशमा परें
हेरी नकचरो बिर्खे ।

जिम्माल्नी हास्छे कागजमा
कस्को पो घुस्ने यो मगजमा
आउले नि उडेर जहाजमा
हेरी नकचरो बिर्खे ।

यसपाली बाजा बजाउछु
दुनियालाइ देखाउछु
भियग्रा भेटाए चपाउछु
हेरी नकचरो बिर्खे ।


हा हा हा बिर्खेदाइलाइ पो झटारो लागेछ । जांडको सुरमा गालि ठोक्ने भए मलाइ ।
माथिको कुरा १००% सांचोनि हुन सक्छ १००% गलत नि हुन सक्छ, बिर्खे दाइलाइ सोधम है ?सुरुगरेको ट्याम : ८: ०९ ( गन्थन बाहेक)पोस्ट गरेको ट्याम: ८:२६

सांच्चै त्यो कबिता त हो ? कुन फर्मयाटमा पर्यो भनै है गुरुहरु ?

Last edited: 07-Sep-09 11:38 AM

 
Posted on 09-07-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोज शुरु भैसकेछ - पहिलो पाक गयो है -

अरु को को छ आउ ल - एस पछी बस्ने है

ल हेर साइली ले एला हालेको - मुस्वागु एला

 
Posted on 09-07-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकु छोएला पनि खाने कि

 
Posted on 09-07-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबलाई फिर से सलुट छ है ।

मासु-चिउरा भि छ भनेको भे त यो ज्यान भि जल्दी आउथ्यो नि हो , बाइ गड !
क्यानाम, चाय-सुट्टा मात्र होला भनेर डिपटि खतम गरेर अाईयो, यता अनाजका सिकारीहरुले बरतन खाली पारे जस्तो छ ।

लौ लहरे ! तीन्-आदमीको हिस्सा ,एक पलेटमा राखेर जल्दी पाम त ।
 
Posted on 09-07-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन आदमी  - हेर्दा आधा आदमी जस्तो छ - तीन आदमी को हिस्सा रे -

अहिले लाई यो एक आदमी ले खान पुग्ने जती खाइराखु - बाँकी थपिदिउँला

सोमरस पनि चाख्ने कि नाइ
Last edited: 07-Sep-09 12:27 PM

 
Posted on 09-07-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हार्दिक श्रदान्जली


साझा अनि चौतारीका का मित्र पवनेश्वर श्रेष्ठ (पवन चा ) क्यान्सररुपी काल संग सघर्ष गर्दा गर्दै आज बिहान यो संसारबाट नस्वर शरीर त्याग गर्नु भै ब्रम्हलीन हुनु भयो।  । एकजना असल मित्र, सह्रिदयी पिता तथा पतीको अपुर्णिय क्षतिमा मर्महात भएका छौ। उहाँ प्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दछौ ।  म्रितक आत्मले सुखावती भुवनमा बास गरुन भन्ने कामना गर्दै  यस दु:खद घडीमा सबै आफन्तजनमा धैर्य धारण गर्ने शक्ती परमेश्वरले प्रदान गरुन भन्ने पुकार गर्दछौ ।



ठुल्दाइ परिवार


 
Posted on 09-07-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पवन दाई को आत्मा ले चिरशान्ती पाउन।  RIP


 
Posted on 09-07-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि पवनचालाइ हार्दीक श्रदान्जली। उनको आत्माले शान्ती पाओस।

 
Posted on 09-07-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न मै मात्र ढिलो भएछु !

चौथौ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण चौतारीयन गाँउलेहरुलाई बधाई तथा शुभकामना !

साझा अनि चौतारीका मित्र पवनेश्वर श्रेष्ठ (पवन चा )प्रती हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै सोक सन्तप्त परिवारमा परमात्माले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन !

चौतारीको वार्षिकोत्सवको अवसरमा साझाका संस्थापक सान दाईले पनि आफ्नो पवित्र पाइला चौतारीमा राखिदिनु भएकोमा हार्दिक आभार !

नमे जी को कबिता सार्है नै सान्दर्भिक लाग्यो !

लहरे को भोज -- ओहो झन के कुरा गराइ भो र !

रिकुटेको नि दर्शन पाइयो धेरै पछी ! ज्यान हस्ट पुश्ट नै होला भन्ने मानिछु !

ठुल्दाइ, पुरे, क्रेजी, चिप्ले लाई पनि धेरै धेरै माया !  



 
Posted on 09-07-09 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सपै  चौतारीएन हरुलाई   म निकै ढिला भएछु।  
चौतारीको  चौथौ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण चौतारीयन गाँउलेहरुलाई बधाई तथा शुभकामना !

पवन दाई को आत्मा ले चिरशान्ती पाउन।  RIP


साथै हाम्री चौतारी कि   केली  को आज बिहान्  मोटर दुर्घत्ना  भएको र हात र निधार मा चोट लागेको छ भन्ने सुनिएको ले उन्को छिट्टै स्व स्थ  राम्रो होस् भन्ने कामना गर्दछु|


 
Posted on 09-07-09 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भएछ साइली

सामन्य नै होला चोट पटक भनेर आशा गरेको छु

अनी साथ साथै सिघ्र श्वास्थ लाभ को कामना पनि गर्दछु

गेट वेल सून केली
Last edited: 07-Sep-09 07:17 PM

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters